झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

दीपा थोकरनेपाली समाजमा छोरी मान्छेको जीवन सबैतिर एकनासको छैन । किनकि अन्य देश झैँ नेपाल पनि शहर र गाउँ तथा धनी र गरिब जस्ता विविधताले भरिएको देश हो । तर एउटा कुरा समान धनी, गरिब वा शहर, गाउँतिर सबैमा के छ भने त्यही एउटै परिवारमा पनि छोरा र छोरी बिच जन्मदेखि नै परिवारको फरक व्यवहार भने छ र त्यो आजीवन विभिन्न आयाममा देखा पर्छ । महिलालाई पुरुष पिता, भाइ र दाइ वा श्रीमानको रूपमा जीवनमा जति आवश्यक छ, त्यतिकै पुरुषलाई पनि महिला आमा, दिदी र बहिनी तथा श्रीमतीको रूपमा उत्तिकै जरुरी छ । यी दुईटैको सम्मान भाषा, व्यवहार र सोच…

Read More

झापा, ८ भदौ । सामाजिक सञ्जाल र मिडियामार्फत अनेक किसिमले प्रताडित भइन्– नायिका करिस्मा मानन्धर। सहनै नसक्ने अवस्थामा पुगेपछि उपचार खोज्दै उनी नेपाल प्रहरीको साइबर ब्युरो पुगिन् आफूमाथि साइबर हिंसा गर्नेलाई कारबाही गराउन माग गर्दै अदालतसम्म पुगिन्। उनले भनिन्, “म सार्वजनिक व्यक्ति त हुँ तर मेरो पनि आफ्नो निजी जीवन छ, जोसुकैले जथाभाबी रूपमा भन्न वा लेख्न पाइन्न भनेर म उपचार खोज्न गएकी हुँ।” कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठ पनि यस्तो हिंसाबाट पीडित छन्। प्रदेश नामकरणको विषयलाई लिएर आफूमाथि अनेकौँ लान्छना सामाजिक सञ्जाल र अनलाइन मिडियामार्फत आइरहेको उनले बताइन् । उनीहरू अनलाइन हिंसा भोग्ने प्रतिनिधि पात्र हुन्। कतिपय अवस्थामा…

Read More

बिर्तामोड, ८ भदौ । नेपाल दशनामी समाजको केन्द्रीय कार्यालयको घर तथा जग्गा व्यवस्थापनका लागि संस्थापक संरक्षक सदस्य कृष्णकुमार गिरीले एक करोड रुपैयाँ दिने घोषणा गरेका छन् । समाजको घर तथा जग्गाका लागि एक करोड रुपैयाँ दिने घोषणा गरेका समाजका संस्थापक संरक्षक सदस्य गिरीको घोषणालाई माइन्यूटमा अभिलेखिकरण गर्दै केन्द्रीय समितिको तर्फबाट उच्च सम्मानसहित हार्दिक आभार प्रकट गरिएको छ । समाजका केन्द्रिय अध्यक्ष गोबिन्दबिक्रम गिरीको नेतृत्वमा केन्द्रीय सदस्य एलबि गिरीको संयोजनमा केन्द्रीय उपाध्यक्ष तेजबहादुर पुरी, कार्यबाहक महाससचिव अशोक गिरी, कोषाध्यक्ष भक्तबहादुर पुरी, केन्द्रीय सदस्य नबिन गिरी, पूर्व केन्द्रीय सदस्य शेखर गिरीको टोलीसहित संस्थापक सदस्य गिरीको निवासमा भएको छलफलमा उनले उक्त रकम दिने…

Read More

बिर्तामोड, ८ भदौ । झापाका विभिन्न स्थानबाट चार जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको फैसला कार्यान्वयन टोलीले चार जनालाई पक्रउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा वालयौन दुरुपयोग मुद्दामा दमक–३ भुटानी शरणार्थी शिविर सेक्टर डिएस हट नं. ३९० का ५९ वर्षीय तारावीर महत भन्ने टेकबहादुर महत रहेका छन् । झापा जिल्ला अदालतले महतलाई गत २०७८ फागुन ३० गते पाँच महिना कैद १० हजार जरिवाना, २५ हजार पीडितलाई क्षतिपूर्ति र दुई सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला सुनाएको थियो । त्यस्तै, जिल्ला अदालतले २०७८ चैत २ गते लागुऔषध (गाजा) मुद्दामा…

Read More

झापा, ८ भदौ । सप्तरीको प्रहरी हिरासतमा रहेकी एक महिला यातना, यौन उत्पीडन र बलात्कारको सिकार भएकी छन्। कर्तव्य ज्यान मुद्दामा पक्राउ परेपछि हिरासतमै रहेका बेला प्रहरी अधिकृतबाट आफूमाथि बलात्कार र यातना दिइएको ती महिलाले बताएकी हुन्। पेट दुखेपछि उनलाई उपचारका लागि वैशाख १२ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो। जिल्ला प्रशासनबाट स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्‍याएकी उनले अस्पतालको रेकर्डमा प्रहरीले बलात्कार गरेको र कसैलाई भनेमा जेलमा २० वर्ष थुनाएर सडाउने धम्की दिएकाले कसैलाई भन्न नसकेको लेखाएकी छिन्। पीडित महिलाले अस्पतालमा दिएको बयानलाई गोप्य राखिएको छ। महिलाले अस्पतालमा दिएको बयानका आधारमा मुद्दा अगाडि नबढे पछि उनले जिल्ला प्रहरी कार्यालय…

Read More

शिवसताक्षी, ७ भदौ । इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज युवराज कटुवाल माथि धारिलो हतियार प्रहार भएको छ । विहीबार साँझ करिब ७ बजे शिवसताक्षी नगरपालिका वडा नं. ९ झरना खोला पुल नजिक मोटरसाइलमा सवार तीन जनाले धारिलो हाते बन्चरो इचार्ज कटुवाल माथि प्रहार गरेको प्रहरीले जनाएको छ । सडकमा मोटरसाइकल असभ्य ढंगले चलाएको देखेपछि प्रहरी इञ्चार्जले रोकेर सोधपुछ गर्ने क्रममा धारिलो हतियार प्रहार भएको थियो । हतियार प्रहारबाट कटुवालको टाउकोमा र हातमा गहिरो चोट लागेको छ ।हतियार प्रहार गर्ने तीन जना मध्ये दुई जनलाई इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले पक्राउ गरेको छ । कटुवाललाई झिलझिलेमा सामान्य उपचार पछि थप उपचारका…

Read More

हल्दिबारी, ७ भदाै । हल्दिबारी –२ स्थित हल्दिबारी माविकी छात्रा करुणा विश्वकर्माले माध्यमिक तह कक्षा १२ को परीक्षामा पालिकाकै उत्कृष्ट अंकका साथ प्रथम भएको दावी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको परीक्षा फल अनुसार विश्वकर्माले कक्षा १२ को परीक्षामा ३.७१ अंकका प्राप्त गरी पालिका प्रथम भएको प्रधानाध्यापक टंकबहादुर पाख्रिनले दावी गरेका हुन् ।व्यवस्थापन संकायमा अध्यनरत विश्वकर्माले हल्दिवारी गाउँपालिका भित्र सञ्चालनमा रहेका माध्यमिक विद्यालयका विद्यार्थी सवैलाई उछिनेर प्रथम भएको विद्यालयको दावी रहेको छ । कक्षा १२ सम्म अध्ययन गर्दा विश्वकर्मा लगनशील र मेहनती भएकाले परीक्षा परिणाम राम्रो आएको प्रधानाध्यापक पाख्रिनको भनाइ छ । यता उत्कृष्ट विद्यार्थी करूणा सरकारी…

Read More

बिर्तामोड, ७ भदौ । झापा जिल्लाका चिया बगानका मजदुर तथा विपन्न नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने भएको छ । ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान अन्तरगत प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघले झापाको मेचीनगर–७ स्थित अरनिको माविमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो । नेकपा (माओवादी केन्द्र) को तीन महिने अभियान अन्तरगत प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ कोशी प्रदेशले प्रत्येक जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको जनाइएको छ । बिशेष गरेर महिलाहरुलाई प्राथमिकतामा राखेर हुने निःशुल्क स्वास्थ्य शिविरमा झापा भरका जो कोहीले पनि परिक्षण गर्न सक्ने प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघकी केन्द्रिय उपाध्यक्ष तथा कोशी प्रदेश फ्याक्सन इन्चार्ज अञ्जना पोखरेलले जानकारी दिइन् । निःशुल्क स्वास्थ्य…

Read More

झापा, ७ भदौ । झापा र सुनसरीका छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार अपरान्ह ४ बजे प्रहरी चौकी चारआलीको प्रहरी टोलीले झापाको चारआली चौकबाट शंकास्पद अवस्थामा हिँडिरहेका झापाको मेचीनगर नगरपालिका–१४ का २२ वर्षीय अजय राजवंशी र मेचीनगर नगरपालिका–१२ का २२ वर्षीय समिर धिमालको साथबाट ३ ग्राम लागुऔषध ब्राउनसुगरसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । यसैगरी, वडा प्रहरी कार्यालय धरानले प्रतिबन्धीत औषधि ट्रामाडोल १९२ एम्पुल र डिकोलिक १९२ एम्पुलसहित सुनसरीको धरान नगरपालिका–१० की १९ बर्षीया श्रदा क्षेत्री, २३ वर्षीय का किसन राई, १५ वर्षीय गोपाल क्षेत्री र १७ वर्षीय उत्सव बिकलाई उक्त परिणामको अबैध लागुऔषध सहित…

Read More

झापा, ७ भदौ । मनसुनी वर्षा अझै तीन दिन जारी रहने छ । शनिबारदेखि भने मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबारसम्म झरी जारी रहनेछ । विशेष गरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । “आज र भोलि यस्तै झरी रहन्छ, केही समय वर्षा रोकिए पनि घाम लाग्दैन । शनिबारदेखि पशिचम क्षेत्रबाट मौसम सुधार हुदैँ जानेछ”, मौसमविद् पौडेलले भने । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका केही स्थानमा…

Read More