
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २६ साउन । पार्टी भित्रको आन्तरिक अभियानका क्रममा झापामा रहेका नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कांग्रेसले कांग्रेसलाई नै खेदिराखेको अवस्था र पार्टीभित्रका छिद्रलाई सार्वजनिक ठाउँमा देखाउने गलत बानी सुधार गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीको आन्तरिक जीवनमा देखिएका समस्याको पहिचान गर्ने र समाधानका लागि कार्यकर्ताको सुझाव संकलन गर्ने उद्देश्यले कांग्रेसले साउन २० देखि ३० गतेसम्म अभियान सञ्चालन गरिरहेको छ । सोही अभियान अन्तरगत झापा क्षेत्र नं–२ क्षेत्र, नगर, वडा तथा जिल्ला सदस्यहरुसंगको छलफलका क्रममा उपस्थित कार्यकर्ताले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा अभियानमा झापाका लागि केन्द्रीय प्रतिनिधि विश्वकर्माले यस्तो बताएका हुन् । राजनीतिक दलले पनि कति बेला के…
नवेश गुरुङ अर्जुनधारा, २६ श्रावण । झापाको अर्जुनधारा नगरपालिका–२ को एक परिवार पीडै पीडाबाट गुज्रिरहेको छ । हाल युवा अवस्थाका एक जना परिवारका सदस्य ३१ वर्षीय सन्तोष सिञ्जाली मगर सामाजिक अगुवाहरुको सहयोगमा उपचारपछि भक्तपुरको ‘आफ्नो घर आश्राम नेपाल’ पुगेका छन् । विगत ३ वर्षदेखि मानसिक रोगबाट पीडित मगरलाई रेडक्रस शोसाइटी खुदुनाबारी उपशाखाका सभापति मुकुन्द भट्टराई, अर्जुनधारा शाखाका सचिव कमल पोख्रेलको सक्रियतामा उद्धार गरिएको जनाइएको छ । उद्धार गरिएका मगरको परिवारमा बुवा उच्च रक्तचापका कारण विगत ६ महिनादेखि ओछ्यानमा छन् भने उनका आमा कम्मरको नशा च्यापिएका कारण असक्त अवस्थामा छन् । त्यस्तै, ९० वर्षीय हजुरआमा शरीरको एक पाटो नचल्ने रोगले पीडित…
नवेश गुरुङ बिर्तामोड, २६ साउन । झापा गाउँपालिका–६ स्थित हनुमान चोकका २० वर्षीय राहुल शिवाकोटीको उद्धार गरिएको छ । मानसिक रोगबाट ग्रसित शिवाकोटी विगत केही महिनादेखि आफन्तजनबाट टाढिएर जङ्गल छेउमा कष्टकर जीवन बिताइरहेकोमा उनलाई उद्धार गरिएको हो । उनलाई झापा गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जु विमली थपलिया, सामाजिक अभियन्ता विष्णु आचार्य, मोहन पोख्रेल, मोहन मैनाली, मिडियाकर्मी सन्तोष अग्रवाल, काजी राउत लगायतको पहलमा उद्धार गरिएको थियो । उपचार हुँदै उद्धार गरी उपचारपछि हाल भक्तपुरस्थित आफ्नो घर आश्रम नेपाल पुर्याइएको सामाजिक अभियन्ता विष्णु आचार्यले जानकारी दिनुभयो । मानसिक रोगबाट ग्रसित शिवाकोटीको परिवारमा बुवाले अर्की श्रीमती लिएर बेपत्ता भएको र उनको आमा पनि मानसिक…
झापा, २६ साउन । नेपालमा रोजगारी नपाएर युवा बिदेसिने क्रम उच्च छ। केहीले विभिन्न मुलुक गएर श्रम गर्दै राम्रो आम्दानी पनि गरेका छन्। केही जहाजमा गएर बाकसमा फर्किएको तितो यथार्थ छ भने, केही विभिन्न मुलुकका जेलमा छन्। जेलमा पर्नुको कारण छोटो समयमा धेरै पैसा कमाउने लोभमा त्यहाँको कानुनविपरीतको काम गर्नु नै हो। अहिले साउदी अरेबियाको जेलमा ४ सय ८० नेपाली रहेको दूतावासको तथ्यांकले देखाउँछ। यो हालसम्मको तथ्यांक हो। जेल पर्नेमध्ये ८० प्रतिशत मदिरा बनाउने र ओसारपसारको आरोपमा कैद सजाय भोगिरहेका छन्। बाँकी भने, साउदीको नियमविपरीत काम गरेर जेल परेको दूतावासले जनाएको छ। साउदीमा अवैधानिक तरिकाले कार्यरत कम्पनी छोडेर भाग्ने नेपालको…
झापा, २६ साउन । झापाको काँकडभिट्टामा सिसीक्यामेरा जडान गरिएको छ । नाकाको सुरक्षा र निगरानीका लागि सिसीक्यामेरा जडान गरिएको हो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार सिसीक्यामेरा जडानपछि गति मापनमा समेत मद्दत पुग्ने छ । मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित पूर्व–पश्चिम राजमार्गको पुरानो भन्सार क्षेत्रमा दुई सिसीक्यामेरा जडान गरिएका छन् । सिसीक्यामेराको सवै गतिविधिको निगरानी इलाका प्रहरी कार्यालय काँकडभिट्टा कार्यालयले गर्नेछ । कोशी प्रदेश प्रहरी कार्यालयले काँकडभिट्टाका साथै विराटनगरमा समेत सिसीक्यामेरा जडान गरेको छ । दुर्घटना र अपराध न्यूनीकरणमा यसबाट सघाउ पुग्ने प्रहरी नायब उपरीक्षक भारती बताउछन्। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार पूर्वीनाका काँकडभिट्टालाई सुरक्षित सहरका रूपमा…
चन्द्र बस्नेतकनकाई, २६ साउन । डेंगु सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा बढेपछि झापाको कनकाई नगरपालिकाले डेंगु नियन्त्रण अभियानमा जुटेको छ। डेंगुको लार्भा खोज र नष्ट गर अभियानको शुरुवात गर्दै नगरका सबै वडाहरुमा डेंगु विरुद्धको अभियानलाई तीव्रता दिइएको छ। नगरपालिकाको स्वास्थ्य शाखाले पालिकाको सभा हलमा एक सचेतनामूलक कार्यक्रमसमेत आयोजना गरेको छ । नौ वटा वडा रहेको कनकाईमा डेंगु सङ्क्रमितको संख्या बढ्न थालेसँगै बिहीबार वडा नं. ४ र ८ का प्रत्येक बाटो, चोक गल्ली तथा घर–घरमा पुगेर सचेतनामुलक र्यालिसहित औषधि छिट्ने काम शुरु गरिएको कनकाईका जनस्वास्थ्य अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । वडा नं. ४ मा वडाध्यक्ष रोशन सुवेदीको अध्यक्षतामा साथै वडा नं.…
कनकाई, २५ साउन । झापाको कनकाई नगरपालिका–१ स्थित सिर्जना टोलमा आज दिउँसो खाल्डोमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । स्थानीय विजय भुजेलकी चार वर्षीया छोरी निशा भुजेल र अर्का प्रकाश जोगीका अढाई वर्षीय छोरा अनमोल जोगीको भैसी आहाल बस्ने पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो । स्थानीय बाघे खोलाले बनाएको खाडलमा जमेको पानीमा खेल्ने क्रममा दुबै बच्चाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका बरिष्ठ प्रहरी नायव निरिक्षक अशोक कोइरालाले बताउनुभयो । दुबै घरका अभिभावहरु काम गर्न अन्यत्र गएको र ती बालबालिका खेल्नेक्रममा डुबेर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । बालबालिका डुबेर मृत्यु भएको गाउँमा थ्रोत्रा…
झापा, २५ साउन । चिकित्सा शिक्षा आयोगको कारण प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीईभीटी० अन्तर्गत सञ्चालित २ सय २८ शिक्षण संस्था बन्द भएका छन् । ती संस्था बन्द भएका कारण करिब १५ अर्ब रुपैयाँ क्षति भएको बताइएको छ । आयोग र सीटीईभीटीको द्वन्द्वका कारण कलेज बन्द भएपछि चिकित्सा शिक्षा सरोकार तथा संघर्ष समितिले आन्दोलन गर्ने चेतवानी दिएको छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार चिकित्सा शिक्षा आयोग गठन भएदेखि हालसम्म प्रि–डिप्लोमा तहका स्वास्थ्य विषयका १ सय ३७, डिप्लोमा तहका ९स्टाफ नर्स० ७३ , स्नातक तह ९बीएन०का १० र बीएस्सी नर्सिङका ८ गरी २ सय २८ वटा शिक्षण संस्था…
झापा, २५ साउन । सरकारले राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजी फिर्ता लिएको छ । यसअघि सरकारले चालु आवको बजेटमार्फत बोर्ड खारेजीको घोषणा गरेको थियो । मन्त्रीपरिषद्को बैठकले बोर्ड खारेजी फिर्ता गर्ने निर्णय लिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषिमन्त्री डा. बेदुराम भुसालको निजी स्वकीय सचिव सुशील भट्टराईका अनुसार बोर्डको आवश्यकता देखेर खारेजी फिर्ता गरिएको बताए । आत्मनिर्भरको अवस्थामा रहेको दुग्ध क्षेत्रलाई नियमन तथा अनुगमनका लागि बोर्ड आवश्यक देखिएकाले यसलाई खारेजी गर्न नहुने मन्त्रीपरिषद्ले निर्णय गरेको भट्टराईले बताए । खारेजीको घोषणा भएकै दिनदेखि यस क्षेत्रसँग सम्बन्धित सरोकारवालाले फिर्ता लिन आग्रह गर्दै आएका थिए । सरकारको यो निर्णयको संसद्देखि…
झापा, २४ साउन । नेपालले पछिल्लो १० वर्षमा विद्युत् क्षेत्रमा निकै ठूलो प्रगति हासिल गरेको छ । १० वर्ष अघिसम्म नेपालमा कहाली लाग्दो लोडसेडिङ थियो । नेपालको विद्युत् उत्पादन क्षमता १ हजार मेगावाट पनि थिएन। शहर र बजार क्षेत्र बाहेकका ठाउँमा विद्युतीकरण भएको थिएन । तर, अहिले अवस्था निकै परिवर्तन भइसकेको छ । नेपालमा उत्पादित विद्युत्को जडित क्षमता करीब ३ हजार मेगावाट पुगेको छ । यसमा करीब १ हजार मेगावाट विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीको उत्पादन छ भने करीब २ हजार मेगावाट ९परीक्षण उत्पादन शुरू गरे पनि व्यावसायिक उत्पादन शुरू नगरेका आयोजना समेत० निजी क्षेत्रको उत्पादन रहेको छ ।…