झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २१ असोज । आतङ्ककारी हमलामा घाइते भएकामध्ये दुई जना नेपाली अस्पताल भर्ना भएको इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले बताएकी छन् । उनले नेपाली दूतावासले निरन्तर घाइतेहरूको उपचारका लागि पहल गरिरहे पनि अवस्था प्रतिकुल रहेकाले कठिनाइ भइरहेको बताइन् । उनका अनुसार घाइते अन्य दुई जना दूतावासको सम्पर्कमा रहे पनि अन्यसँग सम्पर्क स्थापित हुन सकिरहेको छैन । प्यालेस्टाइनी हमास समूहको आक्रमणमा परी ९ जना नेपाली घाइते भएको जानकारी प्राप्त भएको रिजालले बताइन् । ‘दुई जना अस्पताल भर्ना हुन सफल हुनुभएको छ । अन्य घाइतेमध्ये दुई जना सम्पर्कमा भएपनि अरु अवस्था यकिन हुन सकेको छैन’, उनले भनिन् । घाइतेहरू उपचारविहीन अवस्थामा बङ्करमा…

Read More

झापा, २१ असोज । सरकारले दसैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर आजदेखि झापासहित ४२ जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। सरकारले चाडपर्वको बेला नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि देशका ४२ जिल्लाका ४८ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले सञ्चालमा ल्याएका सुपथ मूल्य पसल आगामी मंसिर ३ गतेसम्म सञ्चालन हुनेछ । झापासहित काठमाडौं, मोरङ, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी,…

Read More

झापा, २१ असोज । उदयपुरको दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ सवा ७ बजे बिषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको बेलका नगरपालिका–८ कोठु स्थित कोशी पुल नजिकै आउँदै गरेका सुनसरीको कोशी गाउँपालीका–५ श्रीपुरका २१ वर्षीय खैरुल वासरलाई चेकजाँच गर्दा उनको साथबाट २० ग्राम ९० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको थियो । त्यसतै, चेकजाँचमा खटिएको सोही प्रहरीको टोलीले १६ ग्राम ४७० मिलि ग्राम ब्राउनसुगरसहित सप्तरीको कंकालिनी नगरपालिका–१ का २७ वर्षीय बेचन मण्डल र ३२ वर्षीय जितेन्द्र मुखियालाई उदयपुरको बेलका नगरपालिका–१ आम्वासी स्थितबाट प्र.२–०१–००१ प.…

Read More

मानेभञ्ज्याङ (भारत), २० असोज । सातौ मानेभञ्ज्याङ गोल्डकप प्रतियोगितामा सिलोङ लाजोङ एफसी र टेरिटोरियल आर्मी दार्जिलिङ विजयी भएका छन् । शनिबार सम्पन्न खेलमा सिलोङले घरेलु टोली मानेभञ्ज्याङ एफसी तथा आर्मीले रोलिङ क्लब धुलाबारी झापालाई हराएको हो । पहिलो खेलमा सिलोङले २–१ गोल अन्तरले जित निकालेको थियो । खेलको सुरुवाती अग्रता सिलोङले लिएको थियो । १५ औ मिनेटमा सानोले सिलोङलाई अग्रता दिलाए । २३ औ मिनेटमा वादाजितले अग्रता दोब्बर बनाए । पहिलो हाफमा २–० ले पछि परेको मानेभञ्ज्याङका लागि कप्तान टाक्सिक भुटियाले ६० औ मिनेटमा १ गोल फर्काए । त्यसैगरी दोश्रो खेलमा आर्मीले रोलिङ माथि ३–० को जित निकाल्न सफल रहयो…

Read More

बिर्तामोड, २० असोज । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् अग्रज नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसको राजनीतिक शब्दावलीमा निराशा भन्ने शब्द नरहेको बताउनुभएको छ । नेपाली कांग्रेस झापा जिल्ला सम्मेलनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता सिटौलाले २००७ सालदेखि अहिलेसम्मको ब्यवस्था परिवर्तन एवं सरकार सञ्चालनको नीतिगत नेतृत्व कांग्रेसले नै गरेको बताउँदै निराश नबनी उत्साहका साथ संगठन निर्माणमा लाग्न कार्यकर्तालाई आह्वान गर्नुभयो । नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले सडक, विजुली, खानेपानी, स्वास्थ्य, सञ्चार, शिक्षा लगायत पूर्वाधार निर्माण एवं नीति निर्माणमा थुप्रै काम गरेको बताउँदै उहाँले यसको प्रचार–प्रसार गरेर कांग्रेसप्रति जनआकर्षण बढाउन कार्यकर्तालाई आग्रह गर्नुभयो । नेपालमा उडान भर्ने आकाशे मार्गको अनुमतिविना अन्तर्राष्ट्रिय…

Read More

भद्रपुर, २० असोज । झापाको भद्रपुर–१० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष प्रकाश निरौलाको अध्यक्षता तथा भद्रपुर १० नम्बर वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा उत्कृष्ट सम्मान, रिक्त पद पूर्ति तथा वार्षिक प्रगतिविवरण पेश लगायत विविध गतिविधिका साथ सभा सम्पन्न गरिएको हो । उपाध्यक्ष डिल्लीराम अधिकारी तथा कोषध्यक्ष मञ्जु खतिवडाले सम्युक्त सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष निरौलाले संस्थाको वार्षिक प्रगति विवरण पेश गर्दै २३१ महिला, ३०४ पुरूष र ५ संस्था गरी ५४० शेयर सदस्य तथा ४१ लाख २६ हजार शेयर पूँजी विवरण प्रस्तुत गर्दै नीति…

Read More

झापा, २० असोज । झापाको बिर्तामोड स्थि सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १३औं साधारण सभा सम्पन्न भएको छ । संस्थाको इकाइगत रुपमा शुरु भएको साधारण सभाको आज बिर्तामोडमा अन्तिम प्रमाणीकरण भेला भएसँगै साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि पवित्रा महतरा प्रसाईंले सहकारी सदस्यको सुखदुःखको साथी भएको बताउनुभयो । उहाँले जन्मदेखि मृत्युसम्म सहकारीले सदस्यको साथी हुने भएकाले सहकारी क्षेत्रको छुट्टै महत्व रहेको औंल्याउनु भयो । उहाँले सहकारीलाई विकृतिरहित बनाएर समृद्धिको दह्रो आधारण बनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला सहकारी संघ झापाका सञ्चालक समिति सदस्य केशव बस्नेत, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले शुभकामना मन्तव्य राख्नु…

Read More

झापा, २० असोज । झापा र सुनसरीका तिन छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ५ जनालाइ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–१० खयरडाँगीबाट झापाको मेचीनगर नगरपालिका–१५ का २६ वर्षीय कैलाश थेबेलाई १ ग्राम ५ सय मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित शुक्रबार साँझ पक्राउ गरेको हो । त्यसैगरी, प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका–३ का २० वर्षीय उमेश गुप्तालाई ८ सय मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको थियो । यसका साथै इलाका प्रहरी कार्यालय महेन्द्रनगर चकरघट्टीबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र…

Read More

बिर्तामोड, २० असोज । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको राम जानकी बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा कात्तिक २ गते हुने भएको छ । संस्थाको सञ्चालक समितिको असोज १५ गते बसेको बैठकले कात्तिक २ गते १५ औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको संस्थाका व्यवस्थापक शुक्रराज भण्डारीले जानकारी दिनुभयो । संस्थाको असोज ३० गते सबै सेवा केन्द्रहरुमा एकै पटक इकाइगत साधारण सभा सम्पन्न भई कात्तिक २ गते अन्तिम माइन्युट प्रमाणीकरण भेला हुने उहाँले बताउनुभयो । असोज ३० गते संस्थाको सुरुङ्गा, हल्दिबारी, बिर्तामोड, चकचकी, कामाटोली, शनिश्चरे, माइधार र चन्द्रगढी सेवा केन्द्रमा इकाइत साधारण सभा हुने भएको हो । बिहान १०…

Read More