झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, १२ असोज । झापाको बिर्तामोड नगरपालिकाले निःशुल्क रेविज खोप कार्यक्रम सुरु गरेको छ । विश्व रेविज दिवसको अवसर पारेर नगरपालिकाले आजदेखि सप्ताहव्यापी रेविजविरुद्धको खोप कार्यक्रम सुरु गरेको हो । कार्यक्रमको नगरपालिकाका जिन्सी शाखा प्रमुख अधिकृत मेघराज बाँस्तोलाले उद्घाटन गर्नु भयो । वडा नम्बर १० स्थित सैनिकबजारमा आयोजित कार्यक्रमका प्रमुख अतिथि अधिकृत बाँस्तोलाले नगरका पशुपंछी तथा मत्स्य विकास शाखाका अधिकृत राजेश अधिकारीलाई भ्याक्सिन हस्तान्तरण गरेर उद्घाटन गर्नु भएको हो । नगरका १० वटै वडामा रहेका सडक सामुदायिक तथा घर पालुवा कुकुर र बिरालोलाई एक साताभरि रेविजविरुद्धको खोप लगाइने छ । प्रमुख अतिथि बाँस्तोलाले वडा–वडामा आएको यो सेवाबाट लाभ लिन सबैलाई…

Read More

भद्रपुर, १२ असोज । युवा उद्यमी आदित्य पराजुली नेपाल एलपी ग्यास उद्योग संघको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । बुधबार काठमाडौंमा सम्पन्न संघको २८ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनबाट केन्द्रीय कार्यकारिणी समिति सदस्यमा पराजुली निर्विरोध निर्वाचित भएका हुन् । पराजुली रोटरी क्लब अफ भद्रपुरका पूर्व अध्यक्ष, भद्रपुर झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष एवम् भद्रपुर क्रिकेट संघका अध्यक्ष पनि हुन् । उनी यसअघि पनि नेपाल एलपी ग्यास उद्योग संघको केन्द्रीय सदस्य थिए । अधिवेशनबाट निर्विरोध निर्वाचित १५ सदस्यीय कार्यसमितिको अध्यक्षमा शिवप्रसाद घिमिरे, वरिष्ठ उपाध्यक्षमा कृष्णभक्त श्रेष्ठ, उपाध्यक्षमा दिवानबहादुर चन्द र सुरेन्द्रराज पौडेल, महासचिवमा जीतबहादुर कार्की, सचिवमा अमित अग्रवाल र…

Read More

झापा, १२ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरेका छन् । ओलीले देशको समस्यालाई असरल्ल छाडेर लामो विदेश भ्रमणमा रमाएको भन्दै प्रचण्डको आलोचना गरेका हुन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले १७ दिन संसद बैठक रोकेर प्रधानमन्त्री लामो विदेश घुम्न निस्कनु कुनै पनि हिसाबले सोभनीय हुन नसक्ने बताए । अध्यक्ष ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसमा देशप्रतिको चिन्ता नभएको भन्दै तत्काल सरकार परिवर्तनको सम्भावना आफूले नदेखेको पनि बताए । ‘कांग्रेसमा देशप्रतिको चिन्ता छैन । उ बेग्लै संसारमा छ’, ओलीले भने । कोशी प्रदेश अधिवेशनको उद्घाटनका लागि विराटनगर आएका ओलीले सकेसम्म सहमतिमा…

Read More

झापा, १२ असोज । झापाको बिर्तामोड–४ स्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले विद्यालयलाई सिलिङ फेन (पंखा) प्रदान गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत मेचीनगर–८ स्थित आदर्श आदर्श मावि इँटाभट्टालाई पाँच थान सिलिङ फेन प्रदान गरेको हो । संस्थाका सञ्चार तथा प्रकाशन उपसमिति सदस्य कल्पना कडरिया र इँटाभट्टा सेवा केन्द्र प्रमुख मनिषा तिम्सिना लगायतले पंखा हस्तान्तरण गर्नुभएको थियो ।्संस्थाले पंखा प्रदान गरेकामा विद्यालयका प्रधानाध्यापक कृष्ण पुरीले धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा विद्यालयका सहायक प्रअ हेडम्बर निरौला, अभिभावक टिकाराम रिजाल, शिक्षक लम्बोदर पौडेल लगायतको उपस्थिति रहेको थियो ।

Read More

झापा, १२ असोज । झापालाई लाहामा आत्मनिर्भर बनाउने उद्देश्यले गौरादह नगरपालिका–९ मा लाहाको बीउ उत्पादन गर्न थालिएको छ । पर्याप्त बीउ उत्पादनसँगै जिल्लामा लाहाको व्यावसायिक खेती गरिने भएको हो । पाँच वर्षअघि लाहा प्रशोधन कारखाना सञ्चालन गरेका डम्बर विश्वकर्माले नै लाहाको बीउ उत्पादन गर्न सुरु गरेका हुन् । सुनका गहना बनाउन, फर्चिनरको प्राकृतिक रङ उजिल्याउन र शिलबन्दी कार्यमा लाहाको प्रयोग हुने गरेको छ । उनले भारतको उडिसा र झारखण्डबाट लाहा उत्पादन गर्ने कीरा ल्याएर दुई बिघा जमिनमा सेमियालता जातको बिरुवामा लाहाको बीउ उत्पादन गरिरहेको बताए । स्थानीयवासीको दुई बिघा जमिन १३ वर्षको लागि प्रतिवर्ष रु ८० हजार भाडा तिर्ने शर्तमा…

Read More

काठमाडौं, १२ असोज । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ३ बोहोरेटार नजिक भ्यान दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१ ज ००६२ नम्बरको इलेक्ट्रिक गाडी आज बिहान ७ः५० बजेतिर सडक किनारको नालीमा पल्टिएको थियो । दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका वडा नं– ६ बस्ने ४६ वर्षीय निरकुमार चालिसे, कमलामाई नगरपालिका ५ बस्ने ४६ वर्षीया कमला घिमिरे, कमलामाई नगरपालिका वडा नं–१ बस्ने ३४ वर्षीय मुकुन्द थापा, सोही स्थानका ४१ वर्षीय भुवन थापा घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चिरन्जीवी दाहालले जानकारी दिए । यसैगरी सिन्धुलीकै कमलामाई नगरपालिका वडानम्बर ४ बस्ने…

Read More

ताप्लेजुङ, १२ असोज । ताप्लेजुङको हिमाली बस्तीका बासिन्दालाई याक र चौँरीलाई घाँसको जोहो गर्ने चटारो लागेको छ। हिउँदमा हिमपात हुने हुँदा उनीहरु चौँरी र याकका लागि हिउँदे खुराकको जोहो गर्न व्यस्त भएका हुन्। ओलाङचुगोलावासी प्रत्येक वर्ष असोज ३ गतेको दिन घाँस काट्ने पर्वकै रूपमा लिने गरेको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ। चौँरी याकपालक परिवार सबै मिलेर एक ठाउँमा घाँस संरक्षण गरेका हुन्छ। त्यस क्षेत्रमा कसैले पनि चरन गर्न पाउँदैन। संरक्षण गरेपछि हुर्एका घाँसलाई परिवार नै मिलेर घाँस काट्ने गर्दछन्। पशुपालक सबै परिवार जुटेर घाँस संकलन गर्ने गरिएको र चार–पाँच दिनसम्म सुकाएर आ–आफ्नो घर गोठमा भण्डारण गरेर राख्ने गर्दछन्। राम्ररी सुकाएर घर–गोठमा…

Read More

काठमाडौं, १२ असोज । नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण फरवार्ड अञ्जन विष्ट दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि झापा एफसीसँग मार्की खेलाडीको रूपमा अनुबन्धित भएका छन् । झापा एफ.सी.ले आफ्नो सामाजिक सञ्जालबाट अञ्जन बिष्ट अनुबन्ध गरेको जानकारी दिएको हो । नेपाली राष्ट्रिय फुटबल टोलीबाट ५७ क्याप जितिसकेका विष्टले १२ गोल समेत गरेका छन् र सर्वाधिक गोलको कीर्तिमान बराबरी गर्न १ गोल मात्र टाढा रहेका रहेका छन् । २५ वर्षीय नेपाली फुटबलका एकजना प्रतिभावान खेलाडी अञ्जनले भर्खरै सम्पन्न भएको सहिद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडलाई पहिलो प्रयासमा नै च्याम्पियन बनाउन टोलीको तर्फबाट सर्वाधिक गोल समेत गरेका थिए ।…

Read More

इलाम, ११ असोज । इलामको सूर्योदय नगरपालिका–३ स्थित मेहेलबोटेमा भलिबल प्रतियोगिता हुने भएको छ । दशैंको अवसरमा मेहेलबोटे खेलकुद समितिको आयोजनामा असोज ३० गतेदेखि भलिबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको प्रथम पुरस्कार २५ हजार र दोस्रो पुरस्कार १५ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाण पत्र रहेको आयोजकले जनाएको छ । असोज ३० गतेदेखि शुरु हुने प्रतियोगिता कात्तिक ३ गतेसम्म चल्ने आयोजक मेहेलबोटे खेलकुद समितिले जनाएको छ ।

Read More

शिवसताक्षी, ११ असोज । झापाको शिवसताक्षी नगरपालिकाले छड्के अनुगमन गरेको छ । शिवसताक्षी–८ स्थित झिलझिले बजारमा आज छड्के अनुगमन गरेको हो । अनुगमनका क्रममा अधिकांश किराना पसलमा म्याद गुज्रिएको समग्री फेला परेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । नगर उपप्रमुख नरमाया कार्कीको नेतृत्वको टोलीले गरेको अनुगमनमा पसलमा भेटिएका म्याद गुज्रिएका सामग्री जफत गरिएको छ । अनुगमन टोलीले पसल दर्ता तथा नवीकरण नगरिएका पसलको लगत संकलन समेत गरेको शिवसताक्षी नगरपालिकाका राजश्व शाखा संयोजक बद्री दाहालले जानकारी दिए । उनका अनुसार धेरै पसलहरुमा शिवसताक्षी नगरपालिका तथा आन्तरिक राजश्व कार्यलयमा दर्ता नगरी चलाएको भेटिएको छ । दर्ता नगरिएका पसलहरुलाई असोज महिना भित्रमा दर्ता गर्न…

Read More