
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ७ बैशाख । शिक्षा विकास तथा समन्वय एकाइले स्थायी नियुक्तिपत्रका लागि शिक्षकसँग गैरकानुनी रूपमा शुल्क असुलेका छन्। शिक्षक सेवा आयोगले सिफारिस गरेका शिक्षकले नियुक्तिपत्र बुझ्न एकाइमा शुल्क बुझाउनैपर्ने बाध्यता सिर्जना गरिएको छ। त्यसरी शिक्षकसँग शुल्क लिन पाउने कानुनी व्यवस्था छैन। मातहतका निकायले त्यसरी रकम असुलेको प्रवृत्तिप्रति केन्द्रीय निकायका पदाधिकारीले आपत्ति जनाउँदै त्यस्तो कार्यलाई गैरकानुनी भनेका छन्। त्यसरी रकम असुलिए पनि रकम फिर्ता वा सचेत गराउन सकेका छैनन्। एकाइले जिल्ला शिक्षा समितिको नाममा रसिद काट्ने गरेका छन्। यस्तो रकम जिल्लाअनुसार फरक–फरक छ। प्राथमिक तहका शिक्षकसँग पाँच सयदेखि एक हजार रुपियाँसम्म, निम्नमाध्यमिक तहका शिक्षकसँग आठ सयदेखि एक हजार पाँच सय रुपियाँसम्म…
झापा, ६ बैशाख । नारी सञ्चार गृह झापाले संस्थापक अध्यक्ष सावित्रा दाहाललाई एकलाख १ हजार १११ रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको छ । झापाको बिर्तामोडमा आज आयोजित एक समारोहका बीच पत्रकार दाहाललाई उक्त राशिको ‘नारी सञ्चार साधना सम्मान’ पुरस्कार प्रदान गरिएको हो । त्यस्तै, नारी सञ्चार गृहले २५ हजार रुपैयाँ राशिको नारी सञ्चार युवा पत्रकारिता सुष्मा राजवंशीलाई प्रदान गरेको छ । प्रदेश सरकारका सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लीलावल्लभ घिमिरे, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले पुरस्कृत प्रतिभालाई प्रमाण पत्र र नगदसहित दोसल्ला ओढाएर सम्मान गरेका…
जलथल, ६ बैशाख । जलथल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नौ सदस्यको लागि भएको निर्वाचनमा सर्वसम्मत भएको छ । हल्दिबारी गाउँपालिका–३ , ४ र ५ का जनतालाई शुद्ध खानेपानी खुवाउने उद्दश्यले स्थापना भएको खानेपानीको नाममा आजको मिति सम्म जग्गाको स्वामित्व आएको छैन । जलथल खानेपानीमा करिब २ हजार सदस्य रहेका छन भने १७ सय बढीले धारा जडान गरी शुद्ध खानेपानी खाइरहेको समितिले जनाएको छ । जलथल खानेपानी अन्तरगत करिब ६ करोड लगानी भइसकेको छ । खानेपानीको बिधान अनुसार वडा नम्बर ५ बाट भानु प्रसाईं, टिकाराम सुवेदी र कोपिला सिरुवाल निर्वाचन घोषणा गरेको दिन नै सर्वसम्मत भएका थिए भने वडा नम्बर…
भद्रपुर, ६ बैशाख । झापाको मेचीनगरबाट प्रहरीले आज अवैध काठ बरामद गरेको छ । आज बिहान ११ः४५ बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–८ दुर्गा मन्दिर टोलस्थित उत्तरबाट दक्षिणतर्फ सुपाडीको सुकेको पात लिएर आउँदै गरेको मे १ ज ११८० नम्बरको पिकअप गाडीलाई शंका लागेर रोक्न खोज्दा चालकले गाडी रोकी भागी फरार भएकोले उक्त गाडीलाई चेकजाँच गर्दा गाडीमा सखुवा जातको ४० क्युफिट चिरान काठ फेला परेकोले उक्त गाडी सहित काठलाई नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागी लागी डिभिजन वन कार्यालय चन्द्रगढीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विराटनगर, ६ वैशाख । कर्मचारीहरुको संयुक्त ट्रेड युनियनले देशभर बुझाएको ज्ञापनपत्रमा कोशी प्रदेशका कर्मचारीले फरक मत राखेका छन् । संघीय सरकारले संसदमा प्रस्तुत गर्न लागेको संघीय निजामती सेवा ऐनको विषयमा कर्मचारी संगठनहरुले बुृझाएको ज्ञापनपत्रमा आफ्नो असहमति जनाउँदै कोशी प्रदेशको नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)ले फरक मतसहित छुट्टै ज्ञापनपत्र बुझाएका छन् । केन्द्रको घोषित कार्यक्रम अनुसार कर्मचारी संगठनहरु नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजमती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), मधेशी कर्मचारी मञ्च र एकीकृत सरकारी कर्मचारी संगठन नेपालले सरकारलाई आज देशैभर संयुक्त रुपमा ज्ञापन पत्र बुभाएका हुन् । संयुक्त रुपमा बुझाइएको ज्ञापनपत्रको बुँदा नम्बर १६ र २१(२) मा आफ्नो…
विराटनगर, ६ बैशाख । विश्व हिन्दू परिषद नेपाल, मोरङ शाखाले मानव सेवा आश्रम विराटनगर–२ लाई सोह्र हजार दुई सय नगद रकम प्रदान गरेको छ । परिषद मोरङ शाखाकी सभापति शोभा पोखरेलले सो रकम आश्रमकी संयोजक गंगा थापालाई हस्तारण गरेकी हुन् । सो कार्यक्रममा परिषदका कोषाध्यक्ष माधव काफ्ले, उर्मिला सुवेदी, बालकृष्ण भट्टराई, भूषण कोइराला, सरिता रेग्मी, सलिना कोइरालाको समेत उपस्थिति थियो । सो अवसरमा तीन वर्ष अघि स्थापित सो आश्रमलाई स्थानीयको सहयोग र मायाले नै यो अवस्थामा आइपुगेको संयोजक थापाले बताइन् । परिषदकी सदस्य सरिता रेग्मीले मानव सेवा आश्रमलाई रकम प्रदान गर्दा सही काम गरेको अनुभूति भइ आफूलाई भित्रैबाट आनन्द मिल्ने…
भद्रपुर, ६ बैशाख । भद्रपुर झापा गोल्डकपले आयोजना गर्न लागेको उमेर समूहको झापा जिल्लास्तरीय अन्तरपालिका लिग फुटबल प्रतियोगिताको मिति तय भएको छ । आज मेची रंगशाला चन्द्रगढीमा बसेको गोल्डकप कार्यसमितिको बैठकले उमेर समूहको लिग फुटबल प्रतियोगिता यही मंसिर पहिलो साताबाट गर्न लागिएको हो । झापाका १५ वटै पालिका सहभागी हुने लिग फुटबल प्रतियोगिता २०८० मंसिर ७ गतेदेखि मेची रंगशालामा सञ्चालन गर्ने निर्णय गरिएको गोल्डकपका अध्यक्ष दिपेश ढकालले जानकारी दिए । लिग प्रतियोगिता–२०८० सञ्चालन तथा व्यवस्थापन सम्बन्धी नियमावली मस्यौदा तयार गर्न झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाको संयोजकत्वमा समिति बनाएको महासचिव जीवनकुमार श्रेष्ठले बताए । समिति सदस्यहरुमा गोल्डकपका उपाध्यक्ष…
सन्तोष शर्माबिर्तामोड, ६ बैशाख । झापाको बिर्तामोड नगरपालिका–३ मा गुरुङ संग्रहालय शिलान्यास निर्माण हुने भएको छ । आज एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंले संग्रहालयको शिलान्यास गर्नुभयो । नगरको गहना र सम्पत्तिको रुपमा गुरुङ संग्रहालय निर्माण हुने बताउँदै उहाँले भन्नुभयो, “नेपाल सबै जातजातिको साझा फुलबारीको रुपमा रहेको छ, सबै जातजातिको धर्म, संस्कार, भेषभुषाको संरक्षण गर्न नगरपालिका प्रतिबद्ध छ ।” भावि पुस्तालाई जानकारी दिने र गुरुङ समुदायको संस्कार, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले संग्राहल निर्माण गर्न लागिएको तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिसद्का केन्द्रीय सदस्य आनन्द गुरुङले बताउनुभयो । “गुरुङ समुदायको संग्रहालय निर्माण गर्ने ठूलो सपना थियो”, उहाँले…
झापा, ६ बैशाख । सहकारी संस्थामा वित्तीय कारोबार गरेको आधारमा शेयर सदस्यहरुले पाउने संरक्षित पूँजी फिर्ता अन्तरगत झापाको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७८÷०७९ मा एक करोड ५५ लाख रुपैयाँ कारोबारी सदस्यहरुलाई प्रदान गरेको छ । शेयर सदस्यहरुले बचत तथा कर्जा कारोबारमा पुर्याएको वित्तीय योगदानका आधारमा संरक्षित पूँजी फिर्ता गर्नुपर्ने सहकारी ऐन २०७४ ले अगाडि सारेको नीति हो । ऐनको दफा ६९ मा संरक्षित पूँजी फिर्ता कोषको व्यवस्था गरिएको छ । सो ऐनलाई कार्यान्वयन गर्न बनाइएको सहकारी नियमावली २०७५ को परिच्छेद ६ नियम २५ (ख) मा वित्तीय संस्थामा सदस्यले जम्मा गरेको बचत र लिएको ऋण रकममा तिरेको…
मोरङ, ५ बैशाख । मोरङको उर्लाबारी नगरपालिका–३ केर्खाली चोक स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती साढे ११ बजे १९ बर्षीय बिश्वास धिमालको घरमा लागुऔषध बेचबिखान भइरहेको छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उनको घरबाट २१ ग्राम ब्राउन सुगर फेला पारे सँँगै बेचबिखानमा संलग्न धिमाल, २२ वर्षीय आलोक धिमाल र भक्तपुर चाँगुनारायण नगरपालिका–१ का २८ वर्षीय उपेन्द्र खड्का समेतलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।