
झापा, २५ असार । मनसुनको न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) बिस्तारै नेपालतर्फ नजिकिँदै जाने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार हाल देशभर मनसुनी वायूको प्रभाव छ । अनि मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि छ । बुलेटिनमा भनिएको छ, ‘आगामी दिनमा यो बिस्तारै नेपाल नजिकिँदै जाने सम्भावना छ ।’ उक्त रेखा नेपालतर्फ नजिकिनु भनेको मनसुन थप सक्रिय हुनु हो । जसले गर्दा वर्षा हुने क्रम अझ बढ्नेछ ।
Facebook Comments Box


