
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विराटनगर, ४ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार काकीले प्रदेश र स्थानीय सरकार बीचको सम्बन्धलाई व्यवहारिक बनाउन आवश्यक रहेको बताउनु भएको छ । सोमबार विराटनगरमा आयोजित ‘कोशी प्रदेश समन्वय परिषद’को बैठकमा बोल्दै मुख्मन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । उहाँले प्रदेश र स्थानीय सरकार बीच कुनै समस्या आएमा त्यसलाई आपसी समन्वयबाटै समाधान गर्नुपर्ने कुरामा जोड दिदै यस्ता समस्यालाई आमसञ्चार माध्यममा छरपस्ट नपार्न स्थानीय निकायका पदाधिकारीहरुलाई निर्देशन दिनुभयो । मुख्यमन्त्री कार्कीले प्रदेश र स्थानीय दुबै सरकार वित्तीय हिसावले कमजोर भएकाले आपसमा समन्वय गरेर काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नभयो–‘आगमी वर्ष देखि प्रदेश सरकारको अर्थमन्त्रालय अन्तर्गत राजस्व महाशाखा मार्फत…
भद्रपुर, ४ बैशाख । झापाको बिर्तामोड–२ स्थित सहारा नेपालको जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समिति झापाको संयोजना तथा सहारा नेपालको आयोजनामा आज बैठक सम्पन्न भएको हो । सहारा नेपालले सञ्चालन गर्दै आएको विभिन्न कार्यक्रमका बारेमा जानकारी दिने र कार्यक्रम बारे सुझाव संकलन गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो । बैठकमा सहारा नेपालले सञ्चालन गर्दै आएको विश्वास परियोजना, सुरक्षित आवास, वित्तीय साक्षरता लगायतका विषयमा जानकारी गराइएको थियो । सहारा नेपालले सञ्चालन गर्दै आएको विश्वास परियोजनाका संयोजक पवन राई, सुरक्षित आवासका बारेमा नविन लामिछाने र वित्तीय साक्षरताका बारेमा कृष्ण गौतमले जानकारी दिनुभएको थियो । झापा र…
झापा, ४ बैशाख (एजेन्सी)। राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई तीन विकेटले पराजित गरेको हो । गुजरातमाथि राजस्थानको यो पहिलो जित हो। अन्तिम सात ओभरमा राजस्थानले सयभन्दा बढी रन बनाएर गुजरातको हातबाट जित खोस्यो । हेटमायरले २५ बलमा अर्धशतक पूरा गरे भने सञ्जुले पनि २६ बलमा अर्धशतक बनाएका थिए । आईपीएलमा प्रतियोगिताको २३ औं खेल गुजरात र राजस्थानबीच अहमदाबादमा भएको थियो । टस जितेर राजस्थानले पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले २० ओभरमा सात विकेट गुमाएर १७७ रन बनाएको थियो । गुजरातको सुरुवात पनि राम्रो भएन । ऋद्धिमान साह पहिलो ओभरमै आउट भए भने साई सुदर्शन…
झापा, ४ बैशाख । सामाजिक सञ्जाल फेसबुकले ५८ वर्षपछि दाजु–बहिनीको भेट गराएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१०, भृकुटीनगर निवासी ७५ वर्षीया हिमा ज्ञवालीले बर्मामा बस्ने ८० वर्षीय दाजु डीपी शर्मा घिमिरेलाई ५८ वर्षपछि फेसबुकले गर्दा भेट्न पाएका हुन् । हिमा ज्ञवालीका दाजु डीपी शर्मा घिमिरेले फेसबुकबाट आफन्तलाई खोजी गर्दा बहिनी हिमालाई भेटे । त्यसपछि बर्मामा बस्ने दाजु नेपालगञ्ज आएर बहिनीसँग भेट गरे । दाजु–बहिनीबीच ५८ वर्षसम्म कुनै प्रकारको भेटघाट र सम्पर्क थिएन । बर्मामा बस्ने दाजु घिमिरेले नेपालमा रहेका घिमिरे, पन्थी र ज्ञवाली इष्टमित्रलाई फेसबुकमा खोज्दै जाँदा धेरै मेहनत र लामो समयपछि बहिनी हेमाको ठेगाना पत्ता लगाए । त्यसपछि उहाँ बहिनी…
महोत्तरी, ४ बैशाख । भाइको फोटो देखाएर दाइसँग विवाह । यस्ता दृश्य काल्पनिक सिरियलमा देखिन्छ । तर, धनुषाको धनुषाधाम नगरपालिका–४ मा यस्तै घटना घटेको छ । सुन्दा आङै जिरिङ हुन्छ । लमीको सहयोगमा भाइको फोटो देखाएर १७ वर्षीया किशोरीको दाइसँग विवाह गरिदिए । जब किशोरीले विवाहमा धोका भएको थाहा पाइन् । उनको जीवनमा अर्को बज्रपात आइलाग्यो । आफ्नै सासु र नन्दले वंशका लागि भन्दै श्रीमान्का भाइ (देवर)सँग यौन सम्पर्क गर्न दबाब दिए । गएको असारमा गौशाला–५ का लालेन्द्र साहसँग किशोरीको विवाह भयो । विवाहको कुरा हुँदा लमीले विवाह गर्ने पुरुष भन्दै शैलेन्द्र साहको फोटो देखाएका थिए । किशोरीले बुहारी भएर…
झापा, ४ बैशाख । तीन महिनाभित्र वीर अस्पतालमा जलन उपचार कक्ष ९बर्न वार्ड० सञ्चालन गर्ने घोषणा भएको समय व्यतीत हुन लाग्दा सामान्य भौतिक पूर्वाधार मात्र तयार भएको छ। दुई महिनामा सामान्य भौतिक पूर्वाधार तयार भएको छ भने आवश्यक उपकरण र जनशक्तिको व्यवस्था अझैसम्म भएको छैन। नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी २०७९ फागुन ३ गते राति ग्यास विस्फोटमा परेर घाइते हुँदा नेपालमा उपचार हुन सम्भव नभएपछि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो। सोही घटनामा उनकी आमाको भने निधन भएको थियो। नेपालमा कीर्तिपुर बर्न अस्पताल मात्र जलनको उपचारका लागि राम्रो अस्पताल मानिएकोमा त्यहाँ पनि उपचार हुन नसक्दा सांसद…
झापा, ४ बैशाख । प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सर्तकता केन्द्र र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका विभिन्न प्रतिवेदनले जनताको बढी भीड लाग्ने सरकारी कार्यालयहरू नै बिचौलियाको घेराबन्दीमा रहने गरेकाले सुशासन कार्य जटिल र चुनौतीपूर्ण रहेको निष्कर्ष निकालेका छन् । भ्रष्टाचार नियन्त्रणमा काम गर्दै आइरहेका यी दुवै निकायले भ्रष्टाचार रोक्न ती सरकारी कार्यालयमा बिचौलिया प्रथा अन्त्य हुनुपर्ने सुझाव दिएका छन् । अख्तियारले गत आर्थिक वर्षमा मात्रै घुसको लेनदेन गर्ने १ सय ७४ जना बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्नुले पनि बिचौलियाहरू कुन हदसम्म हावी भइरहेका छन् भन्ने तथ्य उजागर गरेको छ । अख्तियारले भ्रष्टाचारको प्रकृति विश्लेषण गर्दा कर्मचारीका साथै निर्वाचित तथा मनोनित पदाधिकारी…
बिर्तामोड, ४ बैशाख । साहित्य चौतारी झापाले चार जना प्राज्ञ सभा सदस्यलाई सम्मान गरेको छ । बिर्तामोडमा आयोजित समारोहका बीच साहित्य चौतारीले प्राज्ञ सभा सदस्यहरु मुनाराज शेर्मा, हरिप्रसाद पौडेल, डा. खेमराज खनाल र सुमित्रा वाङ्देल चेलीलाई सम्मान गरेको हो । साहित्यकार डाक्टर पून्यप्रसाद सिग्देलको प्रमुख आतिथ्यमा आयोजित समारोहका बीच उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । साहित्य चौतारीको मासिक सांगीतिक काव्य सभाको अवसर पारेर प्राज्ञ सभा सदस्यहरुलाई सम्मान गरिएको साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए । ‘नयाँ वर्षको समेत अवसर पारेर झापाली प्राज्ञ सभा सदस्यलाई सम्मान गर्दा हामी धेरै उत्साहित भएका छौँ’, कार्यक्रममा संरक्षक श्रेष्ठले भने । सम्मान गरिएका…
बाँके, ४ बैशाख । मुस्लिम पत्रकार क्लब, नेपालका सदस्य एवम् प्रेस सेन्टर नेपाल बाँकेका कार्यसमिति सदस्य अनिश शाहलाई मातृशोक परेको छ । शाहकी आमा नाजबुन निशा आरफीको ६६ वर्षको उमेरमा आइतबार बिहान नेपालगञ्जस्थित निवासमै निधन भएको हो । उहाँको आइतबार नै इस्लामिक पराम्परा अनुसार अन्त्येष्टि गरिएको छ । यसैबीच, मुस्लिम पत्रकार क्लब नेपालका अध्यक्ष आलम खानले एक शोक वक्तव्य जारी गरी आरफीको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नु भएको छ ।
भद्रपुर, ३ बैशाख । सिरूवा पर्वको अवसर पारेर भद्रपुर ६ महेशपुरमा आदिवासी राजवंशी संग्रालय भवनको शिलान्यास गरिएको छ । भद्रपुर ६ महेशपुरमा ७ कठ्ठा क्षेत्रफमा ५ करोड बढी लगानीमा पूर्वी तराइका आदिवासी राजवंशी समुदायको सम्पूर्ण पहिचान झलकने गरी संग्रालय निर्माण गर्ने लक्ष्यका साथ भवनको शिलान्यास गरिएको हो । पहिलो चरणका लागि भद्रपुर नगरपालिकाले प्रदान गरेको २० लाख रूपैयाबाट पहिलो चरणको काम थालिएको संग्रालयको शिलान्यास भद्रपुर नगर प्रमुख गणेश पोखरेलले गरेका छन् । भद्रपुर नगरपालिका भित्र राजवंशी समुदायका विभिन्न संस्थाको साझा नेतृत्व गरिरहेको आदिवासी राजवंशी भाषिक साँस्कृतिक विकास प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा पहिलो चरणको निर्माण कार्य थालनी गर्न लागिएको जानकारी दिइएको…