झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, ३ बैशाख । भद्रपुर झापा गोल्डकपले उमेर समूहको झापा जिल्लास्तरीय अन्तरपालिका लिग फुटबल प्रतियोगिता गर्ने भएको छ । गोल्डकप कार्यसमितिको आज मेची रंगशाला चन्द्रगढीमा सम्पन्न बैठकले उमेर समूहको लिग फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय पारित गरेको हो । गोल्डकपका अध्यक्ष दिपेश ढकालका अनुसार भद्रपुर झापा गोल्डकपको उत्कृष्ट टिम तयार गर्ने उद्देश्यले झापा लिग सञ्चालन गर्न लागिएको हो । लिगमार्फत खेलाडी छनोट गरेर आयोजकको टिमबाट खेल्ने खेलाडी विशुद्ध झापाकै बनाउन लागिएको अध्यक्ष ढकालले बताए । महासचिव जीवनकुमार श्रेष्ठले यही असोज कात्तिकमा लिग सुरु गर्नेगरी तयारी भइरहेको जानकारी दिए । झापामा ८ वटा नगरपालिका र ७ वटा गाउँपालिका गरी १५ पालिका…

Read More

बिर्तामोड, ३ बैशाख । नेपाल उद्योग तथा व्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको दोस्रो नगर अधिवेशनको तयारी पूरा भएको छ । महासंघले आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी दिइएको हो । बिर्तामोडको अतिथि सदनमा भोलि वैशाख ४ गते बिहान ११ बजे प्रतिनिधि सभाका सदस्य तथा महासंघका अध्यक्ष लालप्रसाद (एलपी) साँवाले अधिवेशनको उद्घाटन गर्ने तय भएको छ । उद्योग तथा व्यवसायको क्षेत्रमा लागेका तथा प्रगतिशील सोच भएका युवा लगानीकर्ताको सामुहिक नेतृत्व गर्दै व्यवसायिक हकहितका लागि आवाज उठाउने सशक्त संगठनका रुपमा महासंघलाई चिन्नुपर्ने केन्द्रीय सदस्य अर्जुन मैनाली बताउँछन् । देशमा लगानीमैत्री वातावरण बनाउँदै राज्यलाई कर तिर्न उत्प्रेरित गर्दै आएको महासंघको…

Read More

बिर्तामोड ३ बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले विधि, पद्धति र नियमानुसार संगठन सञ्चालन गर्दै पार्टीका गतिविधिलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस झापाको आयोजनामा विर्तामोडमा सम्पन्न कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेता सिंहले जनताको विश्वासयोग्य संगठन बनाउन नीति, नियम र विधान बमोजिम पार्टी सञ्चालन गर्नुपर्ने बताउनुभएको हो । संघीय सांसद पनि रहनुभएका नेता सिंहले संघीयता कार्यान्वयनका लागि थुप्रै नीति, नियम र कानून बन्न बाँकी रहेको बताउँदै अब संसद र सरकारले नीति निर्माण गरी तीनै तहका सरकार स्वस्फूर्त रुपमा चल्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । ‘संघीयता र संविधानको अक्षरशः कार्यान्वयन सबै दलको जिम्मेवारी हो’–नेता सिंहले…

Read More

बनियानी, ३ बैशाख । झापासहित देशभर व्यक्तिगत घटना दर्ता अभियानमा शुरु भएको छ । बैशाख १ गतदेखि शुरु भएको अभियानमा बैशाख ७ गतेसम्म सञ्चालन हुनेछ । प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादव झापाको दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिकाले व्यक्तिगत घटना दर्ता अभियानमा सहगभागी हुन गाउँपालिकाबासीमा आह्वान गरेको छ । गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले व्यक्तिगत घटना दर्ता सबै नागरिकको कर्तव्य भएकाले अभियानमा अनिवार्य सहभागी हुनुपर्ने बताउनुभयो । गाउँपालिका क्षेत्रमा भए÷ गरेका जन्म, मृत्यु, बसाइसराइँ लगायतको घटनाको वास्तविक तथ्यांक संकलनसँगै गाउँपालिकाले आगामी दिनमा बनाउनुपर्ने विभिन्न योजना निर्माणमा सहज हुने उहाँले बताउनुभयो । साथै, विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, राहदानी…

Read More

झापा, ३ बैशाख । राष्ट्रिय परिचयपत्रलाई सरकारले बहुउपयोगी आधिकारिक दस्तावेज बनाउने भनी लगत सङ्कलनको काम गरिरहेको छ । सङ्कलित विवरणबाट केहीलाई परिचयपत्र वितरण पनि गरेको छ । तर उक्त परिचयपत्रलाई नचिन्दा एक जना सांसद तथा पूर्वमन्त्री नै समस्यामा परेका छन् । राष्ट्रिय परिचयपत्र बोकेर भारतको बेङ्लुरु जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता तथा पूर्वमन्त्री डोलप्रसाद अर्यालको राष्ट्रिय परिचयपत्रलाई विमान सेवाका कर्मचारीले मान्यता दिएनन् । नेपाल वायुसेवा निगमको उडानबाट जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगमका कर्मचारीले शनिबार राष्ट्रिय परिचयपत्रलाई यात्राको कागजात (ट्राभल डकुमेन्ट) को मान्यता नदिँदा समस्या भएको हो । सार्वजनिक सेवालाई सहज र नागरिकमैत्री बनाउन राष्ट्रिय परिचयपत्र अर्थात्…

Read More

झापा, ३ बैशाख । नयाँ शैक्षिक सत्रमा भर्ना अभियानकै क्रममा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुग्ने भएको छ । विगतमा समयमै कम विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध हुन्थ्यो भने शैक्षिक सत्र सकिँदासम्म पूरै विषयका पाठ्यपुस्तक नपाउने अवस्था केही जिल्लामा हुन्थ्यो । यस पटक विद्यार्थीलाई भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तयारी छ । सरकारले आइतबारदेखि मुलुकभर विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दैछ । भर्ना अभियान वैशाख १५ गतेसम्म सञ्चालन गरिन्छ । यस वर्ष कक्षा ५, ८ र १० का नयाँ पाठ्यक्रमअनुसारका पाठ्यपुस्तक छापिएका छन् । कक्षा १–५ का पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रले र कक्षा ६–१० का पाठ्यपुस्तक जनक…

Read More

भद्रपुर, ३ बैशाख । भद्रपुर नगरपालिका ९ स्थित हडिया निन्दा खोलामा घाट निर्माणका लागि अम्बिका पोखरेलको अध्यक्षतामा १५ सदस्यीय निर्माण समिति गठन गरिएको छ । नयाँ वर्ष तथा सिरूवा पर्वको अवसरमा भृकुटी युवा परिवारले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सिर्जनात्मक कार्यका रूपमा रूपान्तरण गर्दै स्वर्गद्वारी घाट निर्माण समिति गठन गरिएको हो । जसको बरिष्ठ उपाध्यक्षमा डिल्लीराम पोखरेल, उपाध्यक्षमा उर्मिला सापकोटा र ताराचन राजवंशी, महासचिव लिला घिमिरे, सचिव पानीलाल राजवंशी र विमला भट्टराई, कोषध्यक्ष भरत लम्साल भास्कर, सहकोषध्यक्ष सुकलाल राजवंशीलाई निर्विरोध चयन गरिएको छ । यस्तै सदस्यहरूमा क्रमशः सागर घिमिरे, माहावीर मित्रुका, ज्ञानबहादुर राई, धनप्रसाद शिवाकोटी, सुनिता राजवंशी र भृकुटी…

Read More

झापा, ३ बैशाख । सरकारले तामझाम गरेर भर्ना अभियान सञ्चालन गरेको जनाए पनि कक्षा १–८ को आधारभूत तहमा वर्षेनी विद्यार्थी संख्या घट्दो क्रममा छ । चार वर्षको अनुपातमा विद्यार्थी संख्या ८ दशमलव ७७ प्रतिशत घटेको छ । सरकारले आजबाट यो वर्षको भर्ना अभियान सञ्चालन गर्दै छ । पाँच वर्षको अवधिमा सामुदायिक विद्यालयमा २० दशमलव १४ प्रतिशतले घटेको र संस्थागत विद्यालयमा ४७ दशमलव ५५ प्रतिशतले विद्यार्थी बढेको पाइएको छ । सरकारले सबै बालबालिकालाई शिक्षामा पहुँच सुनिश्चित गर्ने र माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क गर्न अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ कार्यान्वयनमा ल्याए पनि सरोकारवाला निकायले पूर्ण रूपमा कार्यान्वयन गर्न सकेका…

Read More

मेचीनगर, २ बैशाख । झापाको मेचीनगर नगरपालिका वडा नं. २ मा अवस्थित मेची जनसाधारण माविका पूर्व विद्यार्थीहरुको भेलाबाट १३ सदस्यीय समिति गठन गरिएको छ । नयाँवर्ष २०८० को शुभकामना आदानप्रदान गर्ने उद्देश्यले वैशाख १ गते विद्यालयमा पूर्व विद्यार्थीहरुको भेला आयोजना गरिएको थियो । सो विद्यालयको इतिहासदेखि वर्तमानसम्मको क्रेजलाई जीवन्त राख्न एवम् विद्यालयको भौतिक र शैक्षिक उन्नयनमा योगदान गर्ने उद्देश्यले समिति गठन गरिएको हो । मेचीनगर–१ का निवर्तमान वडाध्यक्ष, विद्यालयका २०४५ सालको एसएलसी ब्याचका विद्यार्थी पासाङ तामाङको अध्यक्षतामा समिति गठन गरिएको हो । समितिको नामाकरण भइसकेको छैन । पूर्व विद्यार्थी समाज वा मेजसा मावि एलुम्नाई के नाम राख्ने भन्ने विषयमा छलफल…

Read More

बिर्तामोड, २ बैशाख । ग्लोबल ओरियन्स नेपाल प्रालि कम्पनीले कुनै बिक्री कक्ष र वितरकबाट गल्ती कमजोरी भएको भए त्यस्ता वितरक र कम्पनीका बिक्री कक्षलाई कारवाही गर्ने जनाएको छ । केही दिनअघि केही सञ्चार माध्यममा कम्पनीका विषयमा प्रकाशित समाचारमा ध्यानाकर्षण भएको जनाउँदै बिहीवार बिर्तामोडमा कम्पनीले पत्रकार सम्मेलनको आयोजना गरी त्यस विषयमा कम्पनीले छानविन गर्ने र गलत भएको पाइए कारवाही गर्ने जनाएको हो । कसैलाई ठगी गर्ने उदेश्य नरहेको बताउँदै कम्पनीका अध्यक्ष वसन्त पण्डितले यदि कुनै वितरक र बिक्री कक्षबाट त्यस्ता कार्य भएको भए छानविन गरी कानुनी कारवाही अगाडि बढाउने बताएका छन् । कम्पनीको बिक्री कक्ष र वितरकबाट पीडित बनेका व्यक्ति सम्पर्कमा…

Read More