झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

एजेन्सी । दिमाग तेज बनाउनका लागि बदाम ओखर खाने होइन बिजुलीको हल्का झट्का खाँदैछन् मानिसहरु, त्यो पनि घरमै । कोभिडका बेला चर्चित भएको फगिङको ट्रेण्डपछि अब घरमै दिमागको उत्तेजना बढाउने (At Home Brain Stimulation) प्रविधिको क्रेज बढिरहेको छ । त्यस अन्तर्गत मानिसको टाउकोमा इलेक्ट्रोड लगाएर केही मिनेटका लागि विजुलीको झट्का दिइन्छ । अनौठो त के भने यस्तो दिमागी झट्का दिने किटको अनलाइन बिक्री समेत सुरु भैसकेको छ । कोभिड संक्रमणपछि मानिसहरुमा लगातार स्मरणशक्ति कम हुने, बिर्सिने तथा कुनै कुरामा फोकस कम हुने जस्ता समस्या बढिरहेका छन् । यसलाई ब्रेन फग अर्थात् दिमागी तुवाँलो भनिन्छ । यसले मानिसको स्मरणशक्ति देखि फैसला…

Read More

झापा, २५ माघ । नेपाल राष्ट्र बैंकले अर्थतन्त्र लयमा फर्किएको तथ्यांक सार्वजनिक गरेसँगै शेयरबजारमा तीव्र वृद्धि भएको छ । मंगलवार नेप्से परिसूचक ३ दशमलव ६५ प्रतिशत ९७६ दशमलव ६४ अंक० वृद्धि भएर २ हजार १७७ दशमलव ३५ विन्दुमा पुगेको हो । सोमवार राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रको पुस मसान्तसम्मको अवस्था सार्वजनिक गरेको थियो । उक्त तथ्यांकले शोधनान्तर बचत, विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्स आप्रवाहलगायत सूचकमा उत्साहजनक सुधार भएको देखाएको छ । राष्ट्र बैंकले अर्थतन्त्रका समष्टिगत सूचकांक प्रगति उन्मुख रहेको प्रतिवेदन प्रकाशन गरेसँगै लगानीकर्ता सकारात्मक बने । यसले गर्दा बजारमा खरीद माग उच्च देखिएको छ । ब्याजदर महँगो हुँदा ऋणको माग कम छ…

Read More

झापा, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिमा नयाँ राष्ट्रपति चयन हुनुपर्ने बताउँदै आएका छन्। उनले सोमबार दुई ठूला दल नेपाली कांग्रेस र एमालेका शीर्ष नेतालाई एकै ठाउँमा राखेर यस विषयमा छलफल गरे। राष्ट्रिय सुुरक्षा विषयमा नेपाली सेनाले ब्रिफिङ गर्ने बैठकमा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि सहभागी गराएर नयाँ राष्ट्रपति चयनका विषयमा छलफल गरेका हुन्। प्रधानसेनापति प्रभुराम शर्माले प्रधानमन्त्री दाहाललाई राष्ट्रिय सुरक्षा विषयमा ब्रिफिङ गर्न सुरक्षा परिषद् बैठक बोलाएका थिए। सोही बैठकमा प्रधानमन्त्री दाहालले ओली र देउवालाई पनि सँगै राखेर राष्ट्रिय सहमतिकै आधारमा नयाँ राष्ट्रपतिको निर्वाचन गर्नुपर्नेमा जोड दिएका…

Read More

झापा, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विश्वासको मत पाएपछि कांग्रेसतिर ढल्किइरहेका छन्। कांग्रेसले विश्वासको मत दिएपछि ओलीले भनेका थिए, ‘कांग्रेसको यस व्यवहारलाई सरकारमाथि विश्वास गरेको मान्न सकिँदैन। मैले त्यति बेलै भनेको थिएँ मतदान मात्रै गरेको भए त ठीकै हो। ढोक्सा थापेको हो भने गल्ती हो। ढोक्सा बेलुका थापिन्छ, अँध्यारोमा माछा पार्न खोजिन्छ।’ ओलीले थप भनेका थिए, ‘बिहान भएपछि रित्तो ढोक्सा बोक्यो फेरि घर फक्र्यो। सरकारलाई दिएको विश्वासको मतलाई राष्ट्रपति र सभामुखको निर्वाचनमा खिचलो खडा गर्ने कांग्रेसको रणनीति देखिन्छ।’ यो प्रत्यन्त कांग्रेसले गरिरहेको देखिन्छ। उसले प्रदेशमा पनि माओवादीका मुख्यमन्त्री, सभामुखलाई मत दिएको छ। राष्ट्रियसभा उपाध्यक्षमा पनि माओवादी उम्मेदवार उर्मिला…

Read More

झापा, २४ माघ । झापाका अण्डा उत्पादक किसानले आज सडकमा अण्डा फालेर र कुखुरा छोडेर विरोध प्रदर्शन गरेका छन् । आफूहरुले उत्पादन गरेको अण्डाले उचित मूल्य नपाएको र बिचौलिया हाबी भएको भन्दै यहाँका किसानले झापाको बिर्तामोडस्थित मुक्तिचोकमा अण्डा फालेर र कुखुरा छोडेर विरोध प्रदर्शन गरेका हुन् । ३० कार्टुन अण्डा र एक हजार छ सय लेयर्स कुखुरा छोडेर विरोध प्रदर्शन गरिएको वाइफावा पोल्ट्री फर्म मेचीनगर–२ का भरत तामाङले बताउनुभयो । “दानाको दाम उच्च छ, अण्डाको मूल्य छैन”, उहाँले भन्नुभयो, “ठूलो लगानी गरेर उत्पादन गरेको अण्डाले मूल्य नपाएपछि बाध्य भएर विरोध स्वरुप फालेका हौं ।” पाँच हजार कुखुरा पाल्दै आउनुभएका तामाङकै…

Read More

विराटनगर, २४ माघ । प्रदेश १ सरकारमा सहभागी चार दलको तर्फबाट निर्माण भएको न्यूनतम साझा कार्यक्रम निर्माण गर्न गठित कार्यदलले सरकारलाई बुझाएको छ । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीका निजी सचिव सुवास श्रेष्ठले न्यूनतम साझा कार्यक्रम कार्यदलले सरकारलाई हस्तान्रतण गरिएको जानकारी दिएका हुन् । उनको अनुसार कार्यदलले १९ बुँदा रहेको प्राथमिकता र विभिन्न ११ शीर्षकमा कार्यक्रमहरु समावेश गरेर उक्त कार्यक्रम बुझाएको छ । मुख्यमन्त्री कार्कीले उक्त कार्यक्रमलाई अपनत्व लिँदै चाँडै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा आगामी पाँच वर्षको प्रदेश १ को कूल ग्राहस्थ उत्पादन (जिडिपी) ७० प्रतिशत वृद्धि गर्ने लक्ष्य राखेको छ । प्रदेश १ को…

Read More

कनकाई, २४ माघ । जेष्ठ नागरिकको लागि स्वस्थ प्रवर्द्धन सेवा कार्यक्रम आज मंगलबार झापाको कनकाई–१ स्थित जेष्ठ नागरिक भवनमा सम्पन्न भएको छ। कनकाई वडा न १ को आर्थिक सहयोग, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुर झापाको विशेषज्ञसहितको प्राविधिक सहयोगमा नागरिक आरोग्य सेवा केन्द्र कनकाई १ को आयोजनामा अविमुखी करण एवम् निःशुल्क आयुर्वेद स्वास्थ्य परिक्षणका साथै औसधि वितरण समेत सञ्चालन गरिएको कनकाई वडा अध्यक्ष सुशील कुमार पोख्रेलले जानकारी दिनुभयो । केन्द्रको बार्षिक कार्यक्रम अन्तरगत झापाको कनकाई नगरपालिका वडा नम्बर १ स्थित जेष्ठ नागरिक भवनमा एक दिवसिय अविमुखी करण एवम् निःशुल्क आयुर्वेद स्वास्थ्य परिक्षणका साथै औसधि वितरण सञ्चालन गरेको हो । नागरिक आरोग्य…

Read More

झापा, २४ माघ । चिया निर्यातबाट बर्सेनि रु तीन अर्ब ८० करोड विदेशी मुद्रा आर्जन भइरहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको छ । सो मध्ये शून्य दशमलव ५० प्रतिशत चिया आन्तरिक बजारमा खपत हुने गरेको बोर्डका प्रमुख इन्द्रप्रसाद अधिकारीले बताउनुभयो । उहाँले नेपालमा २७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा चियाको खेती हुँदै आएको बताउनुभयो । त्यसमध्ये झापामा मात्र १० हजार पाँच सय हेक्टर जमिनमा चियाखेती हुँदै आएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मुलुकमा उत्पादित चियामध्ये ९९ प्रतिशत प्रदेश नं १ मा हुने गरेको…

Read More

झापा, २४ माघ । फागुन ५ गतेदेखि झापामा सञ्चालन हुन लागेको बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव सफल बनाउन बिर्तामोडका राजनीतिक दलहरुले प्रतिवद्धता जनाएका छन् । नगर क्षेत्रभित्र क्रियाशील राजनीतिक दलहरु र महोत्सव आयोजक बिर्तामोड उद्योग वाणिज्य संघ बीच भएको छलफलमा दलका नेता तथा प्रतिनिधिहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनीहरुले बिर्तामोडमा हुने सबैखाले गतिविधिको हिस्सेदार राजनीतिक दल नै भएको उल्लेख गर्दै महोत्सव सफल बनाउन पनि आफूहरुको दायित्व उत्तिकै रहेको धारणा आफूहरु उक्त जिम्मेवारी पूरा गर्न प्रतिवद्ध रहेको बताए । कोभिडपछि कोभिडले नै उब्जाएको आर्थिक समस्याबाट निरास भएका व्यवसायीलाई उत्साह थप्नका लागि भएपनि महोत्सवलाई अबसरका रुपमा हेरिनु पर्नेमा उनीहरुको जोड थियो ।…

Read More

झापा, २४ माघ । झापाको मेचीनगर नगरपालिकाबाट हतियार (एयरगन) सहित चार जना भारतीय नागरिकलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल सिलिगुडी प्रधाननगरका २० वर्षीय ओम साह, २५ वर्षीय सिद्धार्थ मगर, २० वर्षीय मोहम्बद सुल्तान सुसेन र २० वर्षीय बिटु सरकार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा शंकास्पद अवस्थामा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुको साथबाट एयर गन २ थान, एयर पेस्तोल १ थान र एयर गनमा प्रयोग हुने छर्रा गोली १७० पिस बरामद गरेको हो । हतियार र गोलीसहित पक्राउ परेका चारै जनाको इलाका प्रहरी…

Read More