
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ११ माघ । यस वर्षको पुस गयो, माघ पनि आधा आधि जान लाग्दासमेत कुमारी हिमाल माछापुच्छ्रेले आफ्नो रूप देखाउनै सकेन। अहिले सुदूरपश्चिम र कर्णालीतिर हिउँ परे पनि माछापुच्छ्रेसम्म हिउँ आइपुगेको छैन। बायाँ धौलागिरि र दायाँ अन्नपूर्ण च्यापेर बसेको माछापुच्छ्रेको कञ्चन हिउँ पग्लेर क्रमशः कालो पहाडमा परिवर्तन हुँदै गएको छ। पोखरा आउने पर्यटकको रोजाइमा परी क्यामरामा कैद हुने माछापुच्छ्रेसँग यतिबेला पर्यटक पनि खुसी छैनन्। क्यामराका लेन्सले खोजेको माछापुच्छ्रेले आफ्नो रूप लुकाएजस्तो देखिन्छ। पोखरा भन्नेबित्तिकै फेवाताल र माछापुच्छ्रेकै कुरा आउँछ तर आज माछापुच्छ्रे आफैँ खुसी छैन। अन्य हिमाल आरोहण गरे पनि माछापुच्छ्रेलाई अहिलेसम्म कसैले आरोहण गर्न नसकेकाले पोखरेलीहरू यसलाई ‘कुमारी हिमाल’को…
झापा, ११ माघ । सरकारले आर्थिक वर्षको आधा समय गुज्रिसक्दासमेत १५ प्रतिशत मात्र विकास खर्च गरेको पाइएको छ । चालू अर्थात् प्रशासनिक खर्चमा अपेक्षाकृत शतप्रतिशतको हाराहारीमा खर्च भए पनि विकास निर्माणतर्फको खर्च भने १५ प्रतिशत हाराहारी छ । भौतिक पूर्वाधार तथा विकास निर्माणप्रति सरकारी ढिलासुस्ती, बेवास्ता र कतिपय झन्झटिलो नीतिगत व्यवस्थाका कारण भौतिक पूर्वाधार तथा विकास निर्माणतर्फको अपेक्षाकृत पुँजीगत खर्च हुन नसकेको हो । त्यसो त, सरकारले यसपटक मात्रै यति न्यून विकास खर्च गरेको भने होइन । २० वर्षयता नियमित खर्चतर्फ समग्र बजेटको ९० प्रतिशत हाराहारी बजेट कार्यान्वयन हुने गरेको छ भने विकास निर्माणतर्फ अपेक्षाकृत खर्च हुन सकेको छैन ।…
भद्रपुर, १० माघ । भद्रपुर झापा गोल्डकप आयोजक समितिले भद्रपुर नगरपालिकाभित्र रहेका निजी तथा संस्थागत विद्यालय सञ्चालक तथा प्रधानाध्यापकसँग छलफल गरेको छ । मंगलबार भद्रपुरस्थित मेची रंगशालामा रहेको गोल्ड कपको सचिवालयमा आयोजक समितिले गोल्ड कपको प्रथम संस्करणका बारेमा बृहत छलफल गरेको हो । गोल्ड कपको दिगोपना, निजी तथा संस्थागत विद्यालयहरुको सहभागिता, अक्षयकोष लगायतका विषयमा छलफल गरिएको थियो । यही फागुन ७ गतेदेखि भद्रपुर झापा गोल्डकप सुरु हुँदैछ । कार्यक्रममा बैठकमा प्रज्ञा एकेडेमीका प्रिन्सिपल तथा प्याब्सन १ नम्बर प्रदेश उपमहासचिव इशुभ पाण्डे, ब्राइट स्टार स्कुलका प्रिन्सिपल तथा प्याब्सन नगर अध्यक्ष रत्नबहादुर गिरी, ग्रिन फिल्ड स्कुलका प्रिन्सिपल तथा प्यबब्सन नगर सचिव सन्देश…
भद्रपुर, १० माघ । झापा र इलामका कानून व्यवसायीहरुलाई साइबर अपराध सम्बन्धी प्रशिक्षण दिइएको छ । नेपाल बार एसोसिएसन झापा जिल्ला बार इकाई तथा इन्टरनेट गभर्मेन्स इन्स्टियुसनको आयोजना र नेपाल दूरसञ्चार प्राधिकरणको आर्थिक सहयोगमा आज एक दिवसीय साइबर अपराध र दूरसञ्चार सम्बन्धी प्रशिक्षण दिइएको हो । साइबर अपराध रोकथाम, नियन्त्रण र कानूनी उपचारका लागि सहजता ल्याउन प्रशिक्षण दिइएको झापा बारका कोषाध्यक्ष अधिवक्ता खरेन्द्र खरेलले जानकारी दिनुभयो । प्रशिक्षणमा झापा, इलामका कानून व्यवसायी, सरकारी वकिल, झापा जिल्ला अदालतका कर्मचारी, प्रहरी लगायत ८० जनाको सहभागिता रहेको थियो । प्रशिक्षण कार्यक्रममा इन्टरनेट गभर्मेन्स इन्स्टियुसनका अध्यक्ष अधिवक्ता बाबुराम अर्याल तथा नेपाल दुरसञ्चार प्राधिकरणका उपनिर्देशक…
बिर्तामोड, १० माघ । झापामा छ महिनाको अवधिमा २४ हजारभन्दा बढी सवारी–साधन कारबाहीमा परेका छन् । चालू आर्थिक वर्ष २०७९÷०८० को पुस मसान्तसम्ममा ट्राफिक नियम उल्लंघन गर्ने साना–ठूला गरी कूल २४ हजार ५० वटा सवारीसाधन कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख अशोककुमार जवेगुले जानकारी दिनुभयो । नियम उल्लंघन गर्ने ती सवारी–साधनबाट रू एक करोड ६९ लाख ८१ हजार पाँच सय राजश्वसमेत संकलन गरिएको छ । ट्राफिक कार्यालय झापा र मातहतका कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा गरिएको नियमित तथा छड्के चेकजाँचका क्रममा सवारी साधन कारबाहीमा परेका हुन् । कारबाहीमा पर्ने सवारी–साधानमा मोटरसाइकल सात हजार ८४२ वटा, जीप, कार र भेन छ…
झापा, १० माघ । नेपाल व्यापार कर्मचारी संघ (युनिकम) झापाको सोमबार पाँचौं अधिवेशन दोमुखामा भएको छ । अधिवेशनले झापा जिल्ला समिति र बिर्तामोड नगर समितिको चयन गरेको छ । अधिवेशनले झापा जिल्ला अध्यक्षमा अम्बिका भट्टराईलाई चयन गरेको छ । समितिको उपाध्यक्षमा डम्बर थापा, सचिवमा अर्पणा साकोटा, सह–सचिवमा बिमल कट्टेल र कोषाध्यक्षमा गंगा भट्टराई सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यमा श्यामप्रसाद पौडेल, लक्ष्मी पौडेल, राकेश कर्ण र हेम राजवंशी चयन भएका छन् । अधिवेशनले बिर्तामोड नगर अध्यक्षमा खगेन्द्र राईलाई चयन गरेको छ । समितिको उपाध्यक्षमा बबिता पाण्डे, सचिवमा नीता कटुवाल, सह–सचिवमा मेलिना मिश्र र कोषाध्यक्षमा सुवास भट्टराई सर्वसम्मत् चयन भएका…
भद्रपुर, १० माघ । इलामको सूर्योयद नगरपालिका–३ स्थित मेहेलबोटेमा धार्मिक महोत्सव हुने भएको छ । त्यहाँ स्थित श्री कृष्ण प्रणामी मन्दिरको रजत जयन्तीको अवसरमा धार्मिक मेला आयोजना हुन लागेको सुधिर सापकोटाले जानकारी दिनुभयो । १०८ मंगलदासजी महाराजको जन्मभूमिमा मेहेलबोटे स्थित उक्त मन्दिरमा माघ २२ गतेदेखि माघ २८ गतेसम्म धार्मिक महोत्सव हुने उहाँले बताउनुभयो । धार्मिक महोत्सवमा श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाम इटहरीका महाराज राजन सुवेदीद्वारा श्रीमद्तारम वाणी कथा चर्चा रहने छ भने श्रीकृष्ण प्रणामी मन्दिर टिकौली, चितवनका महाराज कृष्ण मंगलले श्रीमद् भागवत कथा वाचन गर्नुहुने छ । साथै, विशिष्ठ संगीतकारका साथमा संगीतमय रुपमा कार्यक्रम हुने सापकोटाले जानकारी दिनुभयो ।
झापा, १० माघ । १४ महिनाअघि सम्पन्न राष्ट्रिय जनगणनाको अन्तिम नतिजा सार्वजनिक गर्न सरकार तथा सम्बद्ध निकायले हेलचेक्रयाइँ गरेको पाइएको छ । गत वर्षको कात्तिक २५ देखि मंसिर ९ सम्म १५ दिन लगाएर १२ औं राष्ट्रिय जनगणना सम्पन्न गरिएको थियो । जनगणना सकिएको दुई महिनामै तत्कालीन केन्द्रीय तथ्यांक विभाग ९हाल राष्ट्रिय तथ्यांक कार्यालय० ले यसको प्रारम्भिक नतिजा सार्वजनिक गरेको थियो। जसअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको छ । विभागले प्रारम्भिक नतिजा सार्वजनिक गर्ने बेलामै ८ देखि ९ महिनाभित्र जनगणनाको अन्तिम नतिजा बाहिर ल्याउने घोषणा गरेको थियो । झन्डै १२ महिना बितिसक्दा पनि नतिजा सार्वजनिक नहुँदा…
झापा, १० माघ । सत्ताबाट बाहिर हुत्तिएको कांग्रेस यतिबेला राष्ट्रपतिको भाग पाउने आशामा लागिपरेको छ। अर्कोतिर कांग्रेसले राष्ट्रपति निर्वाचन जुनसुकै हालतमा समयमै हुनुपर्ने पनि माग गरेको छ। यसै सन्दर्भमा सोमबार बसेको कांग्रेसको पदाधिकारी बैठकले राष्ट्रपतिको निर्वाचन समयमै गरिनुपर्ने निष्कर्ष निकालेको छ। सत्तासाझेदार दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने राष्ट्रपतिको विषयमा कसैले आश नगर्न भन्दै संसद्बाटै झस्काइसकेका छन्। ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका तर सरकारमा सहभागी नभएमा दलहरूलाई इंगीत गर्दै भनेका थिए, ‘विश्वासको मत दिएकै आधारमा कुनै पदको बार्गेनिङ खोज्नुभएको हो भने। त्यो आस मात्र हुनेछ।’ कांग्रेसले भने सरकार र निर्वाचन आयोगलाई राष्ट्रपतिको निर्वाचन अघिल्लो समयमै गर्न ध्यानाकर्षण गराउने भएको…
झापा, १० माघ । बैंक तथा वित्तीय संस्थाहरूले बढी ब्याजदर मागेपछि सरकारले ट्रेजरी बिल्स विक्री गर्न अस्वीकार गरेको छ । नेपाल राष्ट्र बैंकले सोमवार ३६४ दिन अवधिको लागि ७ अर्ब रुपैयाँको नयाँ ट्रेजरी बिल्सका लागि बोलकबोल आह्वान गरेको थियो । तर, बैंकहरूले यसअघि कायम भएको भन्दा अधिक ब्याजदर बोलकबोल गरेपछि विक्री गर्न सरकारले अस्वीकार गरेको हो । यसअघि गत पुस १९ गते जारी भएको ३६४ दिने ट्रेजरी बिल्समा ११ दशमलव ९३ प्रतिशत ब्याजदर कायम भएको थियो । सोमवार जारी गर्न लागेको ट्रेजरीमा त्यसभन्दा बढी ब्याजदरको बोलकबोल भएपछि विक्री नगरेको राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टले बताए । ‘सरकारले कम ब्याजदरमा…