झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

मानेभञ्ज्याङ (भारत), १७ असोज । कम्व्याक जित निकाल्दै दलसिंङपाडा स्पोर्टस एकाडेमी डुवर्स सातौ मानेभञ्ज्याङ गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । सिङलिङ स्र्पोटिङ क्लब सिक्किम विरुद्ध ४–३ गोल अन्तरको जित निकाल्दै दलसिंङपाडा अन्तिम ८ मा प्रवेश गरेको हो । पहिलो हाफमा ३–१ गोल अन्तरले पछि रहेको दलसिंङपाडाले दोश्रो हाफमा ३ गोल गरेको थियो । खेलमा अग्रता दलसिंङपाडाले लिएको थियो । ८ औ मिनेटमा पोग्बाले पहिलो गोल गरेका थिए । खेलमा पछि परेको अवस्था उल्टयाउँदै १९ औ मिनेटमा रोहितले खेल बराबरी गरे । ३३ औ मिनेटमा पेमाले गोल गर्दै सिङलिङलाई अग्रता दिलाए । ३५ औ मिनेटमा किरणले अग्रता ३–१ बनाए । पहिलो…

Read More

शिवसताक्षी, १७ असोज । शिवसताक्षी नगरपालिकाले नगरपालिकामा कार्यरत कर्मचारीलाई क्षमता अभिबृद्धि तालिम दिन शुरु गरेको छ । नगरपालिकामा तल्लो तहमा कार्यरत कर्मचारीहरुलाई तीन दिवसीय क्षमता अभिबृद्धि तालिमको आज उद्घाटन गरिएको हो । शिवसताक्षीको पर्यटकीय क्षेत्र दोमुखामा आज नगरप्रमुख मेगाहाङ्ग थोप्राले तालिमको उद्घाटन गरेका हुन् । तालिममा नगरपालिकामा कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । उनले समय सापेक्ष कर्मचारीहरुलाई अपडेट गराउँदै लगे मात्र नयाँ प्रविधि अवलम्बन गर्दै काम छिटो छरितो तरिकाले गर्न सकिने बताए । नगरपालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि शिवसताक्षी नगरपालिका लागि परेको नगर उपप्रमुख नरमाया कार्कीले बताइन् । कर्मचारीहरुका…

Read More

झापा, १७ असोज । पूर्वी पहाडी जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत बनेको अलैंची खेती तथा व्यवसायमा समस्यै–समस्या रहेको सरोकारवालाले बताएका छन् । संघीय सरकारको कृषि तथा पशुपंक्षी मन्त्रालयका सहसचिव सवनम शिवाकोटीको प्रमुख आतिथ्यतामा नेपाल अलैंची व्यवसायी महासंघले आज आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले अलैंची समस्यै–समस्या बताएका हुन् । उनीहरुले अलैंची उत्पादनदेखि बजारीकरणको समस्याले अलैंचीको मूल्यमा निरन्तर उत्तार–चढाब आएको बताए । अन्तरक्रियामा सहसचिव शिवाकोटीलाई नेपाल अलैंची व्यवसायी महासंघले अलैंची खेती तथा व्यवसायमा रहेका समस्याहरुको हल गरिदिन आग्रह गरेका छन् । महासंघले अलैंची खेती तथा व्यवसायका समस्या सम्बन्धमा गम्भीर बन्न आग्रह गर्दै शिवाकोटीलाई १४ बुँदे ज्ञापनपत्र समेत बुझाएको छ ।…

Read More

बिर्तामोड, १७ असोज । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ मेघाबारी टोलमा निर्माण हुने कर्मयोग भवनका लागि बिर्तामोड ३ निवासी समाजसेवी नन्दकुमार बस्नेतले दुई लाख ५० हजार रुपैँया सहयोग प्रदान गरेका छन् । बस्नेतले स्वर्गीय श्रीमती कृष्णमाया बस्नेतको स्मृतिमा कर्मयोग भवनलाई १ धुर जमिन खरिद गर्न उक्त रकम सहयोग गरेका हुन् । कृष्णमायाको ६ महिना अघि क्यानाडामा रहेका छोराबुहारी भेट्न जाने क्रममा क्यानाडाको एयरपोर्टमा मृत्यु भएको थियो । बस्नेतले मानिसले मरेर जाँदा केहि नलाने तर कृति आजीवन रहने भएकाले कर्मयोग भवनका लागि सहयोग गरेको बताए । आफ्नै ठाउँमा पुण्य कर्म गर्न पाउँदा खुशी लागेको उनको भनाई छ । बस्नेतलाई कर्मयोग…

Read More

झापा, १७ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी…

Read More

झापा, १७ असोज । नेपालगन्जमा सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि स्थानीय प्रशासनले नेपालगन्ज नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । मंगलबार दिउँसो १ बजेदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्य जारी गरिएको हो । ओमकार परिवार, हिन्दू समाज र शिव सेना नेपालले मंगलबार दिउँसो संयुक्त रूपमा आयोजना गरेको ¥यालीमा ढुंगा प्रहार भएपछि झडप सुरु भएको थियो । बागेश्वरी मन्दिरदेखि सुरु भएको ¥यालीले बजार परिक्रमा गरी बीपीचोकबाट त्रिभुवनचोक जानेक्रममा ¥यालीमाथि अज्ञात समूहले ढुंगा प्रहार गरेपछि स्थिति भड्किएको थियो । ¥याली नियन्त्रणभन्दा बाहिर गएर सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृंखल गतिविधि प्रदर्शन भएपछि स्थिति नियन्त्रणका लागि कफ्र्यु आदेश जारी गरिएको…

Read More

झापा, १७ असोज । मुलुकभित्र सामान्यतया जून १३ मा मनसुन भित्रिन्छ। अक्टोबर २ मा बाहिरिने गर्छ। तर, सन् २००० यता मनसुन ढिलो गरी बाहिरिन थालेको छ। यसलाई जलवायु परिवर्तनको दीर्घकालीन असर मान्न सकिने मौसमविद्हरू बताउँछन्। जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार सन् २००० यताका १३ वर्षमा मनसुन ढिला बाहिरिएको छ। पछिल्लो मनसुन भित्रिन समय पनि ढिलाइ भइरहेको छ। वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अझै सातादिन जस्तो मनसुन सक्रिय रहने देखिन्छ। त्यसपछि विस्तारै पश्चिमबाट खुल्दै जानेछ। हाल भारतको राजस्थानबाट मनसुन बाहिरिँदै गएको छ। पौडेलले भने, ‘चार÷पाँच दिन अझै केही बद्ली हुने र पानी पर्ने देखिन्छ। त्यसपछि विस्तारै पश्चिमबाट खुल्दै जानेछ।’ जलवायु…

Read More

झापा, १७ असोज । ‘राम्रो कुरामा नभए पनि नराम्रो कुरा (वार्षिक सार्वजनिक बिदा) मा चाहिँ नेपालले विश्वमा उच्च स्थान हासिल गरे छ । अनि हामी गरिब नभए को हुन्छ त ?’ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मंगलबार एक्स (पहिले ट्विटर) मा गरेको पोस्टको पहिलो अंश हो यो । विश्वव्यापी तथ्यांक राख्ने संस्था ुवर्ल्ड स्टाटिस्टिक्सुले सर्वाधिक सार्वजनिक बिदा दिने विश्वका ४८ देशको सूची सार्वजनिक गरेको छ । जसमा वर्षभरि ३५ दिन सार्वजनिक बिदासहित नेपाल पहिलो स्थानमा छ। एक्समा सार्वजनिक यही सूचीको लिंक सेयर गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । भट्टराईले अगाडि लेखेका छन्, ुुगम्भीर बनौं १ काम नगरी दिगो रूपले कोही…

Read More

झापा, १६ असोज । कोटीहोम धार्मिक विकास संस्थाको अध्यक्षमा शेरबहार थापा विजयी हुनुभएको छ । हिजो सम्पन्न निर्वाचनको आज बेलुका साढे ७ बजे अन्तिम मत परिणाम सार्वजनिक भएको हो । थापाले निकटम् प्रतिस्पर्धी नरेन्द्रप्रसाद फुयाँललाई १४७ मत अन्तरले पराजित गर्नुभएको हो । शेयरबहादुर थापाले जम्मा ५२३ मत ल्याउँदा फुयाँलले ३७६ मत ल्याउनुभयो । यसैगरी, महासचिवमा समेत शेरबहादुर थापाकै दिनानाथ खतिवडा विजयी हुनुभयो । खतिवडाले ४३५ मत ल्याएर बिजयी हुदा उहाँका निकत्तम प्रतिद्वन्द्वी कृष्णप्रसाद घिमिरेलले ४२२ मत ल्याउनुभयो । बरिष्ठ उपाध्यक्षमा निर्मल खतिवडा, उपाध्यक्षमा प्रकाश थापा, पर्यटन उपाध्यक्षमा अम्बिका खरेल, सचिवमा यामनाथ खतिवडा, कोषाध्यक्षमा मानबहादुर पौडेल विजयी भएका छन् । कुल…

Read More

भद्रपुर, १६ असोज । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा व्यवसायिक रूपमा किसानले लगाएको करिब ८ हजार कोलाका बोटहरु आइतबार बिहान आएको हावाहुरीका कारण नष्ट भएको छ । कचनकवल गाउँ कृषि शाखा प्रमुख संगम सापकोटाका अनुसार २३ किसान परिवारले लगाएको ५० देखी ६० प्रतिशत कोलाका बोटहरु हावाहुरीका कारण नष्ट भएको स्थलगत रिपोटबाट देखिएको हो । सापकोटाका अनुसार किसानले आउँदैगरेको चाडबाडलाई लक्षित गरेर लगाएको कोला पूर्ण रुपले क्षति भएको छ । कचनकवल गाउँपालिका वडा नं. ४ का मनोज कुमार गणेशका अनुसार उनको बगानमा लगाइएको १५ सय कोलाका बोटहरुबाट आम्दानी हुने बेलामा नोक्सानी पुगेको छ । उनी जस्तै सत्यनारायण गणेश, धर्मेन्द्र यादव, जितलाल गणेश…

Read More