
भद्रपुर, १६ असोज । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा व्यवसायिक रूपमा किसानले लगाएको करिब ८ हजार कोलाका बोटहरु आइतबार बिहान आएको हावाहुरीका कारण नष्ट भएको छ ।
कचनकवल गाउँ कृषि शाखा प्रमुख संगम सापकोटाका अनुसार २३ किसान परिवारले लगाएको ५० देखी ६० प्रतिशत कोलाका बोटहरु हावाहुरीका कारण नष्ट भएको स्थलगत रिपोटबाट देखिएको हो । सापकोटाका अनुसार किसानले आउँदैगरेको चाडबाडलाई लक्षित गरेर लगाएको कोला पूर्ण रुपले क्षति भएको छ ।
कचनकवल गाउँपालिका वडा नं. ४ का मनोज कुमार गणेशका अनुसार उनको बगानमा लगाइएको १५ सय कोलाका बोटहरुबाट आम्दानी हुने बेलामा नोक्सानी पुगेको छ । उनी जस्तै सत्यनारायण गणेश, धर्मेन्द्र यादव, जितलाल गणेश र सतलाल गणेश लगायत २३ किसान परिवारले सहकारी तथा बैङ्कको ऋणमा लगाएको कोला क्षती हुँदा उनीहरु घरको न घाटको भएको बताउँछन । अहिलेको अवस्थामा उनिहरुको लागत खर्चमात्रै दुइ सय पचास पुगिसकेको छ भने प्रति केराका घरि ४०० देखी ५०० सम्ममा बिक्री हुदै आएको उनीहरु बताउँछन । किसानहरुका अनुसार करिब ४० लाखको नोक्सानी भएको र स्थानीय सरकार तथा केन्द्र सरकाबाट उनीहरुले राहतको अपेक्षा समेत गरेका छन.। कृषकहरुलाई कृषि बिमा सम्वन्धि जानकारी नहुदा ठुलो नोक्सानी बेहोर्नु परेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


