
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ११ असोज । कोशी प्रदेशको मन्त्रिपरिषद्को आज बसेको बैठकले झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सास बीच भगिनी सम्बन्ध कायम गर्न सरकारको पूर्व स्वीकृति लिन सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै, मन्त्रिपरिषद्को आजको बैठकले उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन–२०८० सार्वजनिककरण गर्ने, कृषि आयमा लगाउँदै आएको कर प्रदेश सञ्चितकोषमा दाखिला गर्ने व्यवस्थाको लागि अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै, बैठकले प्रदेश सामयिक कर असुल सम्बन्धी विधेयकको मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति लिने, सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानून मन्त्रीलाई तोक्ने र २०८० असोज १२ गते करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशमा उराव तथा झागड समुदायलाई सार्वजनिक बिदा दिने…
बिर्तामोड, ११ असोज । बिर्तामोड नगरपालिका–३ निवासी श्रीप्रसाद तिम्सिनाले नगर अस्पताललाई फलामको बेञ्च सहयोग गर्नु भएको छ । तिम्सिनाले आफ्नो ८५ औं जन्मदिनको अवसरमा ४ वटा बेञ्च प्रदान गर्नु भएको हो । उहाँले ४० हजार रुपैयाँको लागतमा निर्माण गरिएको बेञ्च बुधबार नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई हस्तान्तरण गर्नुभयो । सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै तिम्सिनाले नगर अस्पतालमा कार्यरत कर्मचारीले दिएको सेवाबाट सन्तुष्ट भएर बेञ्च सहयोग गरेको बताउनुभयो । सामग्री ग्रहण गर्दै नगर उपप्रमुख संग्रौलाले जेष्ठ नागरिक, स्थानीय समाजसेवी तिम्सिना र उहाँकी धर्मपत्नी टिकादेवी तिम्सिनालाई धन्यवाद दिंदै सु–स्वास्थ्य दिर्घायुको कामना गर्नु भयो । फलामको बेन्च सहयोगले दैनिक सयौंको संख्यामा आउने बिरामीहरुलाई बस्नको लागि…
मेचीनगर, ११ असोज । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टा स्थित भन्सार कार्यालय अगाडिबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्वशान्ति गाउँपालिका–२ का ४२ वर्षीय दीपकप्रसाद प्रसाई रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले बुधवार भारतबाट नेपालतर्फ आउँदैं गरेको मे.५ प ५७०९ नम्बरको मोटरसाइकलसहित उनलाई पक्राउ गरेको हो । प्रसाईलाई शंका लागेर चेकजाँच गर्दा मोटरसाइकलको एयर फिल्टरमा लुकाई छिपाई ल्याउँदै गरेको ब्राउन सुगर ४ ग्राम ५०० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको…
अर्जुनधारा, ११ असोज । झापाको अर्जुनधारा नगरपालिकाले यहाँका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरेको छ । नगरपालिकाले अर्जुनधारा–११ का छ जनालाई जग्गा धनीपूर्जा वितरण गरेको हो । सभामुख देवराज घिमिरेको उपस्थितिमा नगरले पहिलो पटक छ जना भूमिहीनलाई धनीपुर्जा वितरण गरेर भूमि समस्या समाधान गर्ने कामको शुरुवात गरेको नगरपालिकाका प्रमुख बलदेबसिंह गोम्देन तामाङले जानकारी दिनुभयो । आफ्नै कार्यकालमा भूमिहीन तथा अव्यवस्थित बसोबासीका समस्या समाधान गर्ने उहाँले प्रतिबद्धसमेत जनाउनुभयो । धनीपूर्जा माग गर्दै अर्जुनधारा नगरपालिकामा नौ हजार भन्दाबढी निवेदन दिएका छन् । नगरपालिकाले २ हजार ७१ जनालाई धनीपूर्जा वितरणका लागि निस्सासमेत प्रदान गरिसकेको छ । वडा न १, ५ र…
झापा, ११ असोज । वन तथा वातावरण मन्त्रालयको नेतृत्व केही निश्चित व्यापारिक घराना तथा निजी क्षेत्र र स्वार्थ समूहको रुचिअनुसार सञ्चालन हुँदा वन क्षेत्रमा सुधार प्रक्रिया अवरुद्ध भएको छ । मुलुकमा रहेको समग्र वनको व्यवस्थापनमार्फत् काठदाउरामा देशलाई आत्मनिर्भर बनाउनुपर्ने मुख्य प्राथमिकतालाई छोडेर केही निजी क्षेत्रलाई खुसी पार्ने योजनाका साथ मन्त्रालयका मन्त्रीलगायतका अधिकारीहरू अगाडि बढ्न थालेपछि वन तथा वातावरण क्षेत्रको सुधार प्रक्रियामा समस्या देखिएको हो । वन मन्त्रालयले कर्मचारी व्यवस्थापनमा समेत हेलचक्र्याइँ गर्दै आइरहेको छ । मन्त्रालयका सचिव डा। दीपक खरालले कर्मचारीको उचित व्यवस्थापनमा खासै ध्यान दिन सकेका छैनन् । कतिपय संवेदनशील र महत्वपूर्ण निकायमा उपसचिव दरबन्दी रहेको ठाउमा सेटिङका आधारमा…
झापा, ११ असोज । सरकारले चाडपर्वलाई लक्षित गरेर आगामी असोज २१ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि उपत्यकासँगै बाहिरी जिल्लामा सहुलियत पसल सञ्चालन गर्न लागिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत पसल सञ्चालनसम्बन्धी कार्ययोजना तयार गरी सहुलियत पसल सञ्चालन गर्न लागेको हो । मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले दसैँ, तिहार, छठ पर्वलाई लक्षित गरेर आगामी असोज २१ गतेदेखि सहुलियत पसल सञ्चालन गर्न लागिएको जानकारी दिए । सहुलियत पसलमा राखिने सामानमा उपभोक्तालाई दुई रुपियाँदेखि ५० रुपियाँसम्म छुट दिइएको उहाँले जानकारी दिनुभयो । चाडपर्वमा बजारमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्तालाई राहत…
झापा, १ असोज । हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न मलेसियन कम्पनीले सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको छ । लगानी बोर्डको कार्यालयले बुधबार सो प्रयोजनका लागि मलेसियन कम्पनी रिनिकोलासँग समझदारीपत्रमा हस्ताक्षरसमेत गरेको छ । समझदारी अनुसार तनहुँको आँबुखैरेनीमा स्थापना हुने प्रस्ताव गरिएको यस परियोजनामा विद्युत् प्रयोगमार्फत पानी खण्डीकरण गर्ने प्रविधि इलेक्ट्रोलाइसिस प्रयोग गरी एमोनिया र क्याल्सियम एमोनियम नाइट्राइट मल उत्पादन गर्ने उल्लेख छ । करिब २६ करोड अमेरिकी डलर अनुमानित परियोजना लागत रहेको यस प्रस्तावित परियोजनाबाट वार्षिक ९५ हजार छ सय मेट्रिक टन हरित एमोनिया र दुई लाख ८६ हजार ९७५ मेट्रिक टन हरित एमोनियम नाइट्राइट मल…
झापा, ११ असोज । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अस्वीकृत भएको छ । अध्यक्ष ओलीको निर्देशन पार्टीका नेता मात्रै नभई सो पार्टीका सर्वसाधारण कार्यकर्ताले समेत अस्वीकार गरेका छन् । अध्यक्ष ओलीले जारी प्रदेश अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिँदै आएका छन् । सर्वसम्मत नेतृत्व चयन गर्न नसके प्यानल नबनाइ स्वच्छ रूपमा प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न ओलीले खोजेका छन् । तर, ओलीको निर्देशनविपरीत लुम्बिनी प्रदेश कमिटीको अधिवेशनमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले प्यानल बनाएरै प्रतिस्पर्धामा उत्रेका थिए । लुम्बिनीमा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न खोजेका थिए । र, सोहीनुसार जुट्न निर्देशन दिए…
भद्रपुर, ११ असोज । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेचीपुलबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई बुधबार बेलुका पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१५ का ३६ वर्षीय विजयकुमार राजवंशी र सोही स्थानका २६ वर्षीय सुमन राजवंशी रहेका छन् । बुधबार बेलुका भद्रपुर–५ स्थित मेचीपुलमा प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे ६ प ८६८८ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा २ ग्राम ९५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो । प्रहरीले मोटरसाइकल चालक विजयकुमारले लगाएको हेल्मेटभित्र कालो प्लाष्टिकमा पोका पारेर ल्याउँदै गरेको अवस्थामा लागुऔषध बरामद गरेको हो । उनीसँगै मोटरसाइकल पछाडि सवार सुमनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय…
शिवसताक्षी, ११ असोज । विश्व पर्यटन दिवसको अवसरमा झापा पर्यटकीय क्षेत्र दोमुखमा पर्यटन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया गरिएको छ । दोमुखा पर्यटन विकास संस्थाको आयोजना र शिवसताक्षी नगरपालिकाको सहकार्यमा एक दिवसीय अन्तरक्रिया गरिएको हो । पर्यटन क्षेत्रलाई चलायमान र धेरै मात्रमा पर्यटन भित्रयाउन के कस्ता योजना ल्याउँदा प्रभावकारी हुने विषयकमा स्थानीय सरोकारवाला निकाय र शिवसताक्षी नगरपालिका प्रमुखहरुसँग अन्तरक्रिया भएको दोमुखा पर्यटन विकास संस्थाले जनाएको छ । कार्यक्रममा विभिन्न बक्ताहरुले पर्यटक भित्र्याउनका लागि सडक, पर्यटकको सुरक्षा र पर्यटकहरुलाई बस्नका लागि राम्रो प्रबन्ध मिलाउनु पर्ने कुरामा जोड दिएका छन् । उनीहरुले विभिन्न जातजातिका भेष, भुषा, लगायत सांस्कृति संग्रहालय निर्माण गर्दा पर्यटकको आकर्षक बढ्ने…