
झापा, ११ असोज । कोशी प्रदेशको मन्त्रिपरिषद्को आज बसेको बैठकले झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सास बीच भगिनी सम्बन्ध कायम गर्न सरकारको पूर्व स्वीकृति लिन सिफारिस गर्ने निर्णय गरेको छ ।
त्यस्तै, मन्त्रिपरिषद्को आजको बैठकले उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन–२०८० सार्वजनिककरण गर्ने, कृषि आयमा लगाउँदै आएको कर प्रदेश सञ्चितकोषमा दाखिला गर्ने व्यवस्थाको लागि अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

यस्तै, बैठकले प्रदेश सामयिक कर असुल सम्बन्धी विधेयकको मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति लिने, सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानून मन्त्रीलाई तोक्ने र २०८० असोज १२ गते करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशमा उराव तथा झागड समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



