
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
शिवसताक्षी, १ असोज । झापाको शिवसताक्षी नगरपालिकामा भएको अन्तर पालिका वत्तृmत्वकला प्रतियोगितामा कचनकवल गाउँपालिकाकी खन्जना राजवंशी प्रथम भएकी छिन् । ५९ औं बाल दिवसको अवसरमा जिल्ला बाल सञ्जाल झापाको आयोजजनामा भएको बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी विषयक अन्तरपालिका वत्तृmत्वकला प्रतियोगितामा कचनकवल गाउँपालिका स्थित कचनकवल विद्या मन्दिरमा अध्ययरत छात्र खन्जना राजवंशी प्रथम भएकी हुन् । त्यस्तै प्रतियोगितामा गौरादह नगर नगरपालिकाको जनता माविमा अध्ययरत छात्रा लीला खत्रीले द्वितीय स्थान हासिल गरेकी शिवसताक्षी नगरपालिका शिक्षा शाखा प्रमुख छवि ढकालले जानकारी दिए । प्रतियोगिताको तृतीय स्थानमा बुद्धशान्ति गाउँपालिकाकी जेइविएसमा अध्ययरत छात्रा जिज्ञासा श्रेष्ठ र सान्त्वना स्थान दमक नगरपालिकाकी प्राप्ति काफ्ले र हल्दिबारी गाउँपालिकाका विशाल…
बुद्धशान्ति, ३१ भदौ । झापाको बुद्धशान्ति–१ स्थित त्रिभुवन माविले विविध कार्यक्रमका साथ ५९ औं बाल दिवस कार्यक्रम मनाएको छ । विद्यालयले बाल दिवसको अवसरमा सांस्कृति तथा साहित्यिक कार्यक्रम र भित्ते पत्रिकाको शुभारम्भ गरी मनाएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष खड्गबहादुर तिमसिनाको सभापतित्व तथा बुद्धशान्ति–१ का वडाध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकोे थियो । http://jhapaonline.com/?p=75846 कार्यक्रममा विशिष्ठ अतिथि लक्ष्मीप्रसाद कडेल, अतिथिहरुमा स्थानीय समाजसेवी बालकृष्ण खतिवडा, खिवनाथ गौतम, विश्वराज भण्डारी, चन्द्रमणि बराल, सल्लाहकार समिति संयोजक मोहन तिमसिना लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्यापक कुमार आचार्यले गर्नुभएको थियो भने कार्यक्रमको औचित्यमाथि प्रकाश शि.अ.संघ अध्यक्ष पूर्णप्रसाद सञ्जेलले गर्नुभएको…
खोटाङ, ३१ भदौ । गाभा सरेर पोटाउन लागेको धान बालीमा गभारो नामको कीरा तथा ब्लाष्ट नामक रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका छन् । रावाबेँसी, दिप्रुङ चुइचुम्मा, साकेला, खोटेहाङ गाउँपालिका सहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा लगाइएको धान बालीमा कीरा तथा रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका हुन् । धानको बाला लाग्ने ठाउँदेखि तल डाँठको वरिपरि तथा आँख्लामा खैरो रङ भएको दाग तथा गभारो नामको कीराको समस्या देखिएको किसानले बताएका छन् । थोप्ला जोडिँदै जाँदा पूरै पात डढेको देखिने र रोग लागेको धानको पात वा गेडामा स–साना गोलाकार वा लाम्चिला खैरो थोप्ला देखिएको उनीहरुको भनाइ छ । गाभा सरेर…
झापा, ३१ भदौ । काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको हत्या प्रकरणका पछाडि दाजुभाइको झगडा हुन सक्ने अनुमान गरिएको छ । सःमिलमा चारजनाको बीभत्स हत्या भएको घटनालाई लिएर प्रहरीबाट गरिएको प्रारम्भिक अनुमानअनुसार कपडा र जुत्तामा रगत लतपतिएको अवस्थामा प्रहरी कार्यालयमा पुगेका दीपेन्द्र राई नै सो घटनामा संलग्न हुन सक्छन् । घटनापछि दीपेन्द्र ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी कार्यालय पुगेका थिए । सःमिलमा काम गर्ने मोरङ बेलबारीका अन्दाजी २० वर्षका नवीन राईलाई दीपेन्द्रले कुटपिट गरेपछि छुट्याउने क्रममा त्यहीँ कार्यरत दोलखाका ५६ वर्षका कुमार भुजेल, उनकी पत्नी ५२ वर्षीया अम्बिका भुजेल र आमा ७६ वर्षीया सुभद्रा भुजेलले अनाहकमा ज्यान गुमाएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि घटनाबारे…
झापा, ३१ भदौ । विद्यालय शिक्षा विधेयक संशोधन नभएसम्म राजधानी नछाड्ने उद्घोषसहित सामुदायिक विद्यालयका शिक्षक भोलि सोमबारबाट विद्यालय बन्द गरेर राजधानी आउने भएका छन् । देशभरका ३० हजार विद्यालयका ६० लाख विद्यार्थीको पढाइमा गम्भीर असर पर्ने गरी शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघको अगुवाइमा असोज ३ गतेबाट अनिश्चितकालीन विद्यालय बन्द गर्ने चेतावनी दिएका शिक्षकहरूले राजधानीमा दैनिक बानेश्वरदेखि माइतीघरसम्म आन्दोलन गर्ने भएका छन् । महासंघले विधेयक संशोधन नभएसम्म राजधानी नछाड्न सबै शिक्षकलाई अपिल गरिसकेको छ । महासंघको आन्दोलनलाई सबै राजनीतिक दलको शिक्षक संघ–संगठनका साथै निजी विद्यालयका शिक्षकको संस्था निजी विद्यालय शिक्षक युनियन ९इस्टु० समेत समर्थन गर्ने भएको छ । महासंघका अध्यक्ष…
वीरगन्ज, ३१ भदौ । वीरगन्ज महानगरपालिकामा कार्यरत ७३८ जनाको जागिर खोसिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा उजुरी परेपछि महानगरपालिकाले भदौ २७ गते बुधबारदेखि लागु हुने गरी ती कर्मचारीलाई कामकाजमा नलगाउन आदेश जारी गरेको हो । महानगरपालिकाले जारी गरेको पत्रमा सबै वडा कार्यालय, महाशाखा, उपशाखा, एकाइ प्रमुख, स्वास्थ्य चौकी, केन्द्रका कार्यालयमा स्थायी र करारमा कार्यरत रहेका कर्मचारीबाहेकका कसैलाई पनि कामकाजमा नलगाउने भनिएको छ । यस्तो पत्र जारी भएपछि विभिन्न मिति र विभिन्न तहमा नियुक्ति पाएका ज्यालादारी कर्मचारीको जागिर सकिएको छ । महानगरपालिकाको प्रशासन महाशाखाका अनुसार नियुक्ति पाएकामध्ये सरसफाइमा १९२, कम्प्युटर अपरेटर ११५, कार्यालय सहयोगीमा ७४, नगर प्रहरी ६६,…
बिर्तामोड, ३१ भदौ । झापाको अर्जुनधारा र बुद्धशान्ति गाउँपालिकाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । शनिबार बेलुका अर्जुनधारा नगरपालिका–११ बसपार्क स्थित ताप्लेजुङ फक्तालुङ होटल अगाडिबाट भारत पोराभिट्टा, जिरनगाछ किसानगञ्ज जिल्ला बिहार बस्ने २१ वर्षीय लाल मियाले प्रहरीलाई देख्ना साथ होटलको दोस्रो तलासम्म भागेकाले लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पछ्याई नियन्त्रणमा लिई चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ११८ ग्राम ७१० मिलीग्राम फेला परेकोले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य भइरहेको छ । त्यसैगरी शनिबार नै इलाका प्रहरी कार्यालय बुधबारे झापाबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ती गाउँपालिका–७ सुनमाई का २८ वर्षीय…
कनकाई, ३१ भदौ । नेपाल महिला सघ कनकाईको आयोजनामा तीजमिलन कार्यक्रम शनिबार सम्पन्न भएको छ । कनकाई–३ स्थित कनकाई उद्योग वाणिज सघको सभा हल परिसरमा नेपाल महिला सघ कनकाई नगर सभापति रेनुका मैनालीको सभापतित्व एवं नेपाली काङ्ग्रेस कोशी प्रदेश सदस्य लक्की गणेशको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गणेशले पछिल्लो समय चाडपर्वहरु मनाउँदा विदेशी संस्कृति तथा भेषभूषा भित्रिएको भन्दै जतिसक्दो आफ्नै मुलुकमा उत्पादन भएका भेषभूषाको प्रयोग गर्नुका आफ्नै पहिचान झल्कने कला र संस्कृति बचाई राख्न पनि यस्तो कार्यक्रमले थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा परम्परागत गीत एवं सन्थाल नृत्य संगीनीका साथै तीज गीत…
बिर्तामोड, ३१ भदौ । साहित्य, संगीत र कलाको संगम साहित्य चौतारी झापाले मासिक सांगीतिक काव्य सभा र राष्ट्रिय बाल दिवसको अवसर पारेर झापाका विभिन्न पाँचजना अग्रज स्रष्टालाई दीर्घ साधना सम्मान प्रदान गरेको छ । साहित्य चौतारीको श्रीवृद्धिमा सहयोग गरी अभिभावकीय भूमिका निर्वाह गर्ने स्रष्टा सर्जकहरुलाई राष्ट्रिय बालदिवसको अवसरमा शुक्रवार आयोजनागरिएको सांगीतिक काव्य सभामा दीर्घ साधना सम्मान प्रदान गरिएको हो । साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले स्थापनाकालदेखि जोडिएर साहित्य चौतारीको संस्थागत विकासमा अनरवत उल्लेखनीय योगदान दिएवापत स्रष्टाहरुलाई दीर्घ साधना सम्मान प्रदान गरिएको बताए । प्राज्ञसभा सदस्य सुमित्रा वाङ्देल चेलीको प्रमुख आतिथ्यर साहित्य चौतारीका अध्यक्ष हस्त परियारको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा…
५९औँ राष्ट्रिय बाल दिवसका अवसरमा त्रिभुवन माविका विविध कार्यक्रमका केही झलकहरु