
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १९ भदौ । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं वर्तमान केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले गरिवीको रेखामुनी रहेका जनताको हितलाई ध्यानमा राखेर परिवर्तनको अनुभूति दिलाउनेगरी कार्य गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिनुभएको छ । नेपाली कांग्रेस झापाको आयोजनामा जिल्ला पार्टी कार्यालयमा सम्पन्न पार्टीबाट निर्वाचित जनप्रतिनिधि र तहगत सभापतिहरुसँग अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै नेता सिटौलाले यस्तो निर्देशन दिनुभएको हो । राज्य ब्यवस्था परिवर्तन अघि र संघीयता कार्यान्वयनपछि जनताले परिवर्तन गर्न सके–नसकेको बारे जनप्रतिनिधिहरुको धारणा एवं आ–आफ्नो वडाको अवस्थाका विषयमा गहन छलफल गर्नुभएका सिटौलाले ब्यवस्था परिवर्तनपछि जीवनस्तर सुधारको पूर्ण प्रत्याभूति दिन नसके ब्यवस्थाप्रति नै वितृष्णा पैदा हुने हुँदा जनअपेक्षा अनुसार काम गर्न निर्देशन दिनुभएको…
भद्रपुर, १९ भदौ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा झापाको भद्रपुरमा आयोजना गरिँदै आएको रथयात्राको तयारी पूरा भएको छ । श्रीकृष्ण रथयात्रा उत्सव मूल समारोह समितिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी रथयात्राको तयारीबारे जानकारी दिएको हो । मूल समारोह समितिका अध्यक्ष किरण भारतीले गत वर्षभन्दा पृथक र भव्य तरिकाले रथ यात्रा गर्न लागिएको बताउनुभयो । रथमा रङरोगनसँगै सजावटको काम भइरहेको छ । लक्ष्मी नारायण मन्दिरबाट बिहीबार बिहान ११ बजेदेखि शुरु हुने रथयात्रा ज्ञानेचोकदेखि झापा चोक – भानु चोक – संगम चोक – हस्पिटल चोक –सगरमाथा चोक – किराँत कोलोनी हुँदै बिजुली अफिस – लेखनाचोक – एसपी मोड – क्याम्पस मोड –…
झापा, १९ भदौ । नेपाल निजामती कर्मचारी युनियन झापाको ३३ आंै स्थापना दिवस सम्पन्न भएको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको प्रमुख आतिथ्य तथा नेपाल निजामती कर्मचारी युनियन झापाका अध्यक्ष कविन्द्र विक्रम नेम्वाङको सभापतित्वमा कर्मचारी युनियनले स्थापना मनाएको हो । चन्द्रगढीमा आयोजित कार्यक्रममा निजामती कर्मचारीका हक अधिकारलाई निजामती ऐनमा समेटिनु पर्ने सहभागी बक्ताले जोड दिएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि थेवेले कर्मचारीहरुको आचरणमा सुधार ल्याउनु पर्नेमा जोड दिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने, मेची अञ्चल अस्पताल भद्रपुरका पूर्ब मेडिकल सुपरिटेण्डेन्ट डा. जयकुमार ठाकुर, देवीप्रसाद सुवेदी लगायतले मन्तव्य राखेका थिए । नेपाल निजामती कर्मचारी युनियन…
सुनसरी, १९ भदौ । सुनसरी दुहबी नगरपालिकाले दलित, सीमान्तकृत र अतिविपन्न समुदायका लागि आवासीय घर तयार गरेर हस्तान्तरण समेत गरेको छ । रु सात करोडको लगानीमा दुई बिघा दुई कट्ठा क्षेत्रफलमा नगरपालिकाले निर्माण गरेको आवासीय बस्तीमा ती समुदायका ८० परिवार बस्नेछन् । दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले ‘नगरप्रमुख आवास योजना’अन्तर्गत दुहबी ११ तनबुनामा निर्माण गरिएका आवासीय घर सोमबार हस्तान्तरण गरिएको बताए । उनका अनुसार साढे चार धुर क्षेत्रफलमा निर्माण गरिएको प्रत्येक घरमा शौचालयसहित खानेपानी, बिजुली जडान गरिएका छन् । आवासीय बस्तीमा विवाह, व्रतबन्धलगायत विभिन्न उत्सवका लागि सामुदायिक भवनको समेत व्यवस्था गरिएको छ । घर हस्तान्तरणका लागि नगरपालिकामा परेको दुई सय…
झापा, १९ भदौ । झापाको अर्जुनधारा नगरपालिकाका तीनवटा वडामा धानबालीमा गबारो र फौजी कीराको समस्या देखापरेको छ । रोग फैलिन थालेपछि किसान चिन्तित भएका छन् । रोगका कारण वडा नं ३, ४ र ७ को ४० बिघा क्षेत्रफलमा लगाइएको धानबाली सखाप भएको र अन्यतिर पनि फैलिइरहेको अर्जुनधारा नगरपालिकाको कृषि शाखा प्रमुख एन्जिला बिडारीले जानकारी दिइन् । “गबारो, ढुसी र फौजी कीराको समस्या देखापरेको छ”, उनले समस्याबारे जानकारी दिँदै भनिन्, “केही किसानका खेतमा धानबाली सखाप भएको अनुगमनबाट देखिएको छ भने तत्काल नियन्त्रण गरिएन भने अन्यतिर फैलिने सम्भावना छ ।” रोग नियन्त्रण गर्न किसानलाई कीटनाशक विषादी दिएर पठाउने र रोग नियन्त्रण गर्ने…
झापा, १९ भदौ । सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान र अहिलेको शासन व्यवस्थालाई नै चुनौती दिनेगरी स्थानीय सरकारका केही जनप्रतिनिधि सक्रिय भएपछि त्यसलाई नियन्त्रण गर्न सरकार लागिपरेको हो । स्थानीय तहका मेयर, उपमेयर, प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा सदस्य, नगरसभा सदस्य, गाउँसभा सदस्यलगायत जनप्रतिनिधिहरूको आर्थिक र नैतिक आचरणलाई नियमन गर्न र उनीहरूको उपद्रयाइँ रोक्न कानुन बनाउने तयारी भइरहेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मन्त्रालयले स्थानीय सरकार सुशासन ऐनको मस्यौदा बनाउन आन्तरिक छलफल प्रारम्भ गरेको छ । यस विषयमा एकदुईपटक उच्च कर्मचारीहरूको आन्तरिक बैठक बसेको मन्त्रालय स्रोतले बतायो । यस…
झापा, १९ भदौ । सरकारले स्थानीय तहमा खटाएका प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहमा जान मान्दैनन् । गइहाले पनि अनेकौँ बहाना बनाएर केही महिनामा नै पुनः सङ्घीय कार्यालयमा फर्कछन् । खटाएको स्थानीय तहमा कर्मचारी जान नमान्नु सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सबैभन्दा ठुलो चुनौती बन्दै गएको छ । यस वर्ष साउनदेखि अहिलेसम्म मन्त्रालयले करिब २५० जना कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा स्थानीय तहमा खटाएको छ । करिब एक सय जना कर्मचारी अझै पनि विभिन्न बहानामा खटाएको स्थानीय तहमा नगएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता कलमप्रसाद भट्टराईले कतिपय कर्मचारीको स्वास्थ्य समस्या, परीक्षा र पारिवारिक समस्याले गर्दा खटाएको ठाउँमा नगएको हुन…
झापा, १९ भदौ । त्रिभुवन विश्वविद्यालय ९त्रिवि० अन्तर्गतका सम्पूर्ण निकाय तथा कार्यालयमा स्वचालित प्रणालीको आरम्भ गरिएको छ । विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले सोमबार कीर्तिपुरस्थित रजिस्ट्रार कार्यालयमा आयोजित कर्मचारीको तालिम कार्यव्रmममा कार्यालय स्वचालित प्रणालीको विधिवत् थालनी गरेका हुन् । विद्युतीय प्रशासनलाई प्रोत्साहन गरी सेवा प्रणालीलाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले स्वचालित प्रणालीकोे आरम्भ गरिएको विश्वविद्यालयले जनाएको छ । यससँगै विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण कार्यालयमा हुने दर्ता, चलानी, टिप्पणी, पत्रव्यवहार, परिपत्र र निर्णयका लागि माथिल्लो निकायमा पेस गरिने कागजात स्वचालित प्रणालीमार्फत सम्पादन हुने भएका छन् । त्रिवि केन्द्रीय कार्यालयमा भने गत साउन १ गतेबाट नै यो प्रणाली कार्यान्वयनमा आइसकेको थियो ।…
झापा, १९ भदौ । सरकारले एकदेखि तीन वर्षसम्म १३ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको हो । कालो सूचीमा परेकाहरुले भदौ १९ गतेदेखि कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने जनाइएको छ । गणेशसिंह साउद र केशरबहादुर साउद मुख्य व्यक्ति रहेको गणपति कन्स्ट्रक्सन कञ्चनपुर, प्रविन ब्रह्मदेव पाण्डे मुख्य व्यक्ति र सुवास श्रेष्ठ आधिकारिक व्यक्ति रहेको तथ्य इन्जिनियरिङ एण्ड इन्फास्टक्चर मुम्बई र विनित जोशी नेतृत्वको जोशी विज हाउस प्रालि तीन वर्षसम्मका लागि कालो सूचीमा परेका छन् भने निर्माण न्यौपाने र रोशन खड्का नेतृत्वको…
ताप्लेजुङ, १९ भदौ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा रु तीन करोडभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९÷८० मा रु तीन करोड १९ लाख १६ हजार आठ सय भेटी सङ्कलन भएको हो । नोट पैसा रु दुई करोड ८५ लाख ६२ हजार चार सय ९८, सिक्का सटहीबाट रु आठ लाख १५ हजार छ सय, दाताले बैंकमा जम्मा गरिदिएको रु १४ लाख ५४ हजार चार सय तीन र भेटीवापतको भारु रु १० लाख ८४ हजार तीन सय सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका कायकारी निर्देशक मनमणि काफ्लेका अनुसार अघिल्लो आवमा भने रु दुई…