झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

ओखलढुंगा, २ असोज । लोकगायक सन्तोष योञ्जनको नयाँ लोकगीत सार्वजनिक भएको छ । उनको ‘माछीमा काँडे नि हौ खुकुरी गीतको अडियो सार्वजनिक भएको हो । हाक्पारे झ्याउरे भाकाको उक्त पूर्वेली लोक गीत हाट बजार तथा पर्वमा गाउने चलन छ । तेह्रथुम तथा अरुण उपत्यकामा रहेका प्रख्यात तुक्काहरुलाई जोडेर हराउँदै गएको यो भाकालाई संरक्षणका लागि रेकर्डिङ गरिएको हो । पछिल्लो समय पूर्वेली लोकभाका तथा साहित्य संकलन तथा संरक्षणमा काम गर्दै आएको र त्यसैको निरन्तरतास्वरुप नयाँ भाका बजारमा ल्याएको योञ्जनले बताए । उक्त गीतमा संकलक लोकगायक योञ्जन आफैँ छन् । गीतको स्रोत व्यक्ति दधिराम श्रेष्ठ हुन् । गीतको एरेन्ट रूद्र श्रेष्ठले गरेका…

Read More

मोरङ, २ असोज । मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवाबाट लागुऔषध ब्राउनसगुरसहित दुई जनालाई प्रकाउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–२० का ३७ वर्षीय अमृत पुरी र धरान उपमहानगरपालिका–१ का ३० वर्षीय सुसान्त रिजाल रहेका छन् । हिजो दिउँसो भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०५२ प २७१७ नम्बरको मोटरसाइकललाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागुऔषध ब्राउन सुगर १० ग्राम ३० मिलिग्राम फेला पारी उनीहरुलाई पक्राउ गरिएको थियो । पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, २ असोज । अग्रपूजाको अधिकार प्राप्त बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका तीजको व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए…

Read More

झापा, १ असोज । सात प्रदेशमध्ये सबैभन्दा धेरै सङ्क्रमित कोशी प्रदेशमा रहेको आँकडाले देखाएको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कोशी प्रदेशमा मात्रै २० हजार ९२४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि बाग्मती प्रदेशमा ४ हजार २४६ जना सङ्क्रमित छन् भने गण्डकी प्रदेशमा ८७९ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा ८१३, मधेस प्रदेशमा ५६४, लुम्बिनी प्रदेशमा ४६८ र कर्णाली प्रदेशमा ७४ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ । साढे सात महिनाको अवधिमा सङ्क्रमितमध्ये १५ जनाको मृत्यु भएको छ भने डेंगु सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । सङ्क्रमण देखिएका…

Read More

झापा, १ असोज । जम्मा २९ पदका लागि भएको जिल्ला न्यायाधीशको लिखित परीक्षामा एक जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी २११ जनामध्ये पारसमणि पोखरेल मात्र अन्तर्वार्ताका लागि सिफारिस हुनुभएको हो । पोखरेल न्याय सेवाको कर्मचारी छन्। न्याय, कानुन, सरकारी वकिल समूहका कर्मचारी तथा कानुन व्यवसायीसमेत गरी परीक्षामा २११ जना सहभागी थिए। न्याय सेवा आयोगले आइतबार सार्वजनिक गरेको नजिता अनुसार पोखरेल मात्र अन्तर्वार्ता चरणका लागि सिफारिस हुनुभएको हो। पोखरेलको अन्तर्वार्ता असोज १ गते हुने छ। आयोगले जेठ २६ गतेको विज्ञापनबाट २९ जनाको पदपूर्ति प्रक्रिया अघि बढाएको थियो। संविधानको धारा १४९ ९२० को खण्ड ९ख० र ९ग० बमोजिम कुल रिक्त पदमध्ये…

Read More

झापा, १ असोज । पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन ठप्प भएको छ । कोभिड–१९ (कोरोना) को महामारी फैलिएपछि विसं २०७६ चैत ११ गतेदेखि काँकडभिट्टालगायत देशभरका नाका बन्द गरिएका थिए । कोरोना महामारी समाप्त भएपछि पनि भारतले काँकडभिट्टासँग जोडिएको भारतीय नाका पानीटङ्कीको अध्यागमन कार्यालयले पर्यटकलाई नेपाल जाने अनुमति दिएको छैन । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार भारतको पश्चिम बङ्गाल राज्यको अध्यागमन जाँचचौकी (चेकपोस्ट) रानीगन्जले सीमावर्ती पानीटङ्की नाकाबाट भुटानी, नेपाली विद्यार्थी र प्रवासी भारतीय नागरिक प्रमाणपत्र (ओसीआई) भएका पर्यटकलाई मात्र नेपाल जाने प्रवेशाज्ञा दिने गरेको छ । “बङ्गलादेशमा पढ्न जाने नेपाली विद्यार्थी, भुटानी नागरिक र ओसीआई कार्ड होल्डरलाई…

Read More

झापा, १ असोज । बैंकहरूमा अधिक तरलता भएसँगै र कर्जा प्रवाह हुन नसकेपछि वाणिज्य बैंकले असोजका लागि ब्याजदर घटाएका छन् । बैंकहरूले सार्वजनिक गरेको ब्याजदरअनुसार असोजमा औसतमा बैंकको ब्याजदर घटेको देखिएको हो । बैंकले प्रकाशित गरेको विवरणअनुसार असोजमा ब्याजदर ०।०६१ प्रतिशत बिन्दुले घटेको छ । नेपाल बैंकर्स संघले बैंक आफैंले ब्याजदर तोक्न सक्नेगरी निर्णय गरेसँगै बैंकको ब्याजदर फरकफरक भएको छ भने असोजका लागि आठ बैंकले ब्याजदर बढाएका छन् भने आठ बैंकले घटाएका छन् । बाँकी चार बैंकले भने ब्याजदर यथावत् राखेका छन् । ब्याजदर घटाउने बैंकमा ग्लोबल आईएमई, लक्ष्मी सनराइज, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सिटिजन्स बैैंक, कृषि विकास बैंक,…

Read More

झापा, १ असोज । झापाको शिवसताक्षी नगरपालिका–३ को भेट्रान क्लबले नगरस्तरीय भेट्रान फुटबल प्रतियोगिता गर्ने भएको छ । दसैँको अवसर पारेर शिवसताक्षी–३ स्थित पाराबारीमा फुटबल प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष मनकुमार लिम्बुले जानकारी दिए । दसैँको अवसरमा असोज २४ देखि ७ दिनसम्म हुने प्रतियोगिताको तयारी तीव्र पारिएको उनले बताए । शिवसताक्षी–३ स्थित भानु माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा मेचीनगर, भद्रपुर, बिर्तामोड, कन्काई, दमक नरपालिकाको भेट्रान टिम र आयोजकका दुई टिम मोरङको उर्लाबारीसहित ८ वटा टिमको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रा हुनेले नगद ३० हजा…

Read More

झापा, १ असोज । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश सरकारका कार्यालयमा कार्यरत कर्मचारी खाजा खर्च बृद्धि गर्ने निर्णय गरेको छ । यसअघि कर्मचारीहरुलाई प्रतिदिन एक सयको दरले दिँदै आएको खाजा भत्ता विद्युतीय हाजिरीका आधारमा उपस्थिति भएको दिन दैनिक दुई सयको दरले दिने निर्णय गरेको हो । यस्तै, संविधान सभाका अध्यक्ष, पूर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्गको दुःखद र असामयिक निधनप्रति दुःख व्यक्त गर्दै हार्दिक शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ । त्यस्तै, प्रदेश सरकारका मन्त्रालय, आयोग र निकायहरुको आर्थिक वर्ष २०८०÷८१ को अस्थायी सङ्गठन संरचनाका दरबन्दीहरु स्वीकृत गर्ने निर्णय गरेको छ भने सङ्घीय सरकारको…

Read More

झापा, १ असोज । बिना बिलको २४० केजी मरेको माछा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । आइतबार झापाको मेचीनगर नगरपालिका–१३ चारआली स्थित प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोली, कोशी प्रदेश मत्छे किसान समूहका बरिष्ठ उपाध्यक्ष मोहन सिवाकोटी र मेची मत्छे किसान समूह झापाका अध्यक्ष लक्ष्मी सिवाकोटी सहितको संयुक्त टोलीले पुर्वबाट पश्चिम तर्फ सिटिमा लोड गरी ल्याउदैं गरेकोअबस्थामा बिना बिलको करिब ७५ हजार रुपैयाँ बराबरको २४० केजी मरेको माछा नियन्त्रणमा लिएको थियो । पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टा झापासँग समन्वय गरी प्राविधिक टोली बोलाई चेकजाँच गर्दा खानको लागि अयोग्य देखिएकोले उक्त माछा प्रहरी चौकी चारआली झापाको कम्पाउण्डको खाली ठाँउमा खाल्डो बनाएर…

Read More