
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १० असोज । डेंगु देशव्यापी रूपमा फैलदा सर्वत्र त्रास बढेको छ । पछिल्ला दिनमा डेंगुका कारण मानिसहरू मर्ने क्रम वृद्धिसँगै सर्वत्र त्रास बढेको हो । पछिल्ला केही दिन यता डेंगुका कारण तनहुँमा ३ जना र पाल्पामा एक जनाको मृत्यु भएको छ । यसको प्रकोप देशव्यापी रूपमा फैलिरहेको चिकित्सकहरूले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यही २४ सेप्टेम्बरमा जारी गरेको बुलेटिनअनुसार नेपालमा डेंगुका कारण १५ जनाको मृत्यु भएको छ भने २९ हजार ४ सय ६८ जना डेंगुबाट संक्रमित भएका छन् । नेपालको ७६ जिल्लामा डेंगु फैलिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । मनसुन सकिँदै गएसँगै काठमाडौंको टेकु, स्वयम्भू, सीतापाइला,…
झापा, १० असोज । कोशी प्रदेश प्रहरी कार्यालय बिरानगरले गुनासो व्यवस्थापनको लागि क्यूआर कोडको प्रयोग सार्वजनिक गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा हिजो एक कार्यक्रमका बीच संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले कोशी प्रदेश प्रहरीको क्यूआर कोडको प्रयोग सम्बन्धी कार्यविधि २०८० सार्वजनिक गर्नु भएको हो । क्यूआर कोड सार्वजनिक गर्नु हुँदै संगठन प्रमुख कुँवरले प्रविधिको दुरुपयोग गरी आपराधिक क्रियाकलाप बढ्दो क्रममा रहेको उल्लेख गर्दै प्रहरीलाई दक्षता अभिबृद्धि गरी प्रविधिमा अब्बल बनाई नयाँ नयाँ प्रविधि समेत भित्र्याउनु पर्ने बताउनु भयो । उजुरी पेटीकाको डिजिटल संस्करणको रुपमा प्रदेश प्रहरी कार्यालय बिराटनगरले क्यूआर कोड प्रयोगमा ल्याएको हो । आम सेवाग्राहीहरूको हितलाई…
झापा, १० असोज । नेपाली पुरुष क्रिकेट टोलीले मंगोलियालाई जितका लागि विश्व कीर्तिमानी लक्ष्य दिएको छ । चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तरगत टी—२० ढाँचाको प्रतियोगितामा टस हारी पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ओभरमा तीन विकेट गुमाएर तीन सय १४ रन बनायो । अब मंगोलियाले जितका लागि २० ओभरमा तीन सय १५ रन बनाउनु पर्नेछ । यसअघि टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रनको कीर्तिमान अफगानिस्तानको नाममा थियो । अफगानिस्तानले सन् २०१९ को फेब्रुअरी २३ मा खेलिएको आयरल्यान्डविरुद्घको खेलमा तीन विकेट गुमाएर दुई सय ७८ रन बनाएको थियो । पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको मंगोलियाविरुद्ध नेपाली ब्याट्सम्यान कुशल मल्लले अविजित एक सय…
बिर्तामाेड, ९ असाेज । निर्माण व्यवसायी संघ झापाले मेचीनगरका निर्माण व्यवसायी नयन बराललाई सम्मान गरेको छ । गत फागुनमा राष्ट्रिय निर्माण दिवसको सन्दर्भमा महासंघबाट कोशी प्रदेशको तर्फबाट ‘घ’ वर्गमा बरालले सञ्चालन गरेको उत्कृष्ट निर्माण सेवाले सवोत्कृष्ट अवार्ड पाएको सम्मानमा संघले बराललाई विशेष सम्मान गरेको निमार्ण व्यवसायी संघका महासचिव पुष्पराज निरौलाले जानकारी दिए । मङ्लबार आज झापाको बिर्तामोडमा आयोजित एक समारोहमा उनलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष इञ्जिनियर आङ दोर्जे लामा, महासंघका महासचिव रोशन दाहाल, उपाध्यक्ष मोहनप्रसाद अधिकारी , निर्माण व्यवसायी संघ झापाका अध्यक्ष मिलन वस्नेत लगायतले बराललाई खादा माला सहित सम्मानपत्रद्धारा सम्मान गरेका थिए । यसैगरी,…
झापा, ९ असोज । आज सुनको मूल्य घटेको छ । आज बजारमा छापावाल सुन तोलामा ४ सयले घटेर १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेको छ । चाँदीको आजको मूल्य १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
फुङ्लिङ, ९ असोज । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’बाट हुने भएको छ । यसका लागि यसस्थित ठूलो फेदीमा ‘हेडकाउन्टिङ सिसी क्यामेरा’ जडान समेत गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले पाथीभरा मन्दिर परिसर र पाथीभरा दर्शनका लागि तीर्थयात्री बासस्थानको मुख्य आधार क्षेत्र माथिल्लो फेदीमा सिसी क्यामेरा जडान गरिएको बताए । उनले भने, “नियमित मोनिटरिङ फेदीस्थित प्रहरी चौकीबाट हुने छ । फेदीबाट फाइवर केवल तानेर पाथीभरा मन्दिर परिसरसम्म पुर्याइएको छ । फेदीमा फेस डिटेक्टिङ तथा हेड काउन्टिङ क्यामेरासमेत जडान गरिएको छ ।” प्रविधिलाई प्राकृतिक प्रकोपबाट जोगाउने हरसम्भव उपायका…
मोरङ, ९ असोज । मोरङको विराटनगर महानगरपालिका–१५ स्थितबाट प्रहरीले ठूलो परीणाममा लागुऔषध ब्राउनसुगर बरामद गरेको छ । सोमबार दिउँसो साढे १ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका सुनसरीको इटहरी उप–महानगरपालिका–१२ का ४० वर्षीय सुशीलकुमार साह र चितवन जिल्लाको भरतपुर महानगरपालिका–१ का ३२ वर्षीय राजकुमार श्रेष्ठको साथबाट ५८ ग्राम ७८ मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र नगद १० हजार रुपैयाँ बरामद गरेको थियो । लागुऔषधसहित पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान कार्य भइरहेको उक्त कार्यालयले जनाएको छ ।
झापा, ९ असाेज । नेपाली काँग्रेसको भातृसंघठन नेपाल महिला संघ झापा क्षेत्र नं.–४ मा पुष्पा प्रसाईको सभापतित्वमा २० सदस्यीय समिति गठन गरिएको छ । नेपाली काँग्रेस कनकाई नगर पार्टी कार्यालयमा सोमबार सम्पन्न अधिवेशनवाट उक्त समिति चयन गरिएको हो । समितिको उपसभापतीमा दुर्गादेवी ओली र वेलवती राजवंशी चयन हुनुभएको छ । सचिवमा डा. गृसा रावल र कुमारी योङ्गहाङ्ग तथा सह–सचिवमा यामकुमारी प्रधान र पवित्रा पाण्डे कोषाध्यक्षमा निर्मला बस्नेत ढकाल सर्वसम्मत रुपमा चयन हुनु भएकोछ । त्यस्तै चयन हुने सदस्यहरुमा सम्झना राई, गिता भेटवाल, देविमाया कार्की, उमा खतिवडा, मनमाया आङदेम्वे, ईश्वरा भुजेल, शोभा वजगाईँ, शर्मिला प्याकुरेल, गंगा मैनाली, रमिता गणेश, सिता खत्री…
झापा, ९ असोज । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव नेपालमा रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी प्रदेशमा राति पनि चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाउको छ।
झापा, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणबाट नेपालले आर्थिक र राजनीतिक रूपमा ठुलै लाभ लिने र दीर्घकालीन महत्त्वका सम्झौता हुने अपेक्षा गरिएको भए पनि भ्रमण औपचारिकतामा मात्र सीमित भएको छ। प्रधानमन्त्री दाहाललाई चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याडले राजनीतिक रूपमा महत्त्व दिएर राजकीय सम्मान प्रदान गरे पनि नेपाललाई आर्थिक रूपमा फाइदा पुग्ने कुनै दीर्घकालीन सम्झौता हुन सकेन । प्रधानमन्त्री दाहालको उपस्थितिमा चीनसँग भएका १३ सम्झौता खुद्रे योजनामा सीमित भएको भन्दै टिप्पणी भएको छ । यद्यपि सम्झौता कार्यान्वयन भए केही फाइदा भने हुने विश्वास लिइएको छ । भ्रमणमा जानुअघि स्वयम् प्रधानमन्त्री दाहालले चीनको बहुचर्चित परियोजना बेल्ट एन्ड…