
झापा, ९ असाेज । नेपाली काँग्रेसको भातृसंघठन नेपाल महिला संघ झापा क्षेत्र नं.–४ मा पुष्पा प्रसाईको सभापतित्वमा २० सदस्यीय समिति गठन गरिएको छ ।
नेपाली काँग्रेस कनकाई नगर पार्टी कार्यालयमा सोमबार सम्पन्न अधिवेशनवाट उक्त समिति चयन गरिएको हो । समितिको उपसभापतीमा दुर्गादेवी ओली र वेलवती राजवंशी चयन हुनुभएको छ । सचिवमा डा. गृसा रावल र कुमारी योङ्गहाङ्ग तथा सह–सचिवमा यामकुमारी प्रधान र पवित्रा पाण्डे कोषाध्यक्षमा निर्मला बस्नेत ढकाल सर्वसम्मत रुपमा चयन हुनु भएकोछ ।
त्यस्तै चयन हुने सदस्यहरुमा सम्झना राई, गिता भेटवाल, देविमाया कार्की, उमा खतिवडा, मनमाया आङदेम्वे, ईश्वरा भुजेल, शोभा वजगाईँ, शर्मिला प्याकुरेल, गंगा मैनाली, रमिता गणेश, सिता खत्री र मैया चौहान रहेका छन् ।
झापा क्षेत्र नं.–४ का क्षेत्रीय सभापति जयनारायण शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा महाधिवेशन प्रतिनिधि भक्तीप्रसाद सिटौला, महिला संघ जिल्ला सचिव वर्षा श्रेष्ठ नवनिर्वाचित सभापती पुस्पा प्रसाईं लगायतले मन्तव्य राख्नु भएको थियो । महाधिवेशन प्रतिनिधि पर्शुराम ढुंगाना, धनमाया चिमरिया, जिल्ला सदस्य लिलाप्रसाद चिमरिया, शिवसताक्षी नगरसभापति अशोक बस्नेत, कनकाइ नगरसभापती दुर्गाप्रसाद प्रसाईं, झापा गाउपालिका सभापती सागिरथ गणेश, गौरिगञ्ज गाउँपालिका सभापति अग्नु राजवंशी, वडा अध्यक्ष कात्र्तिकलाल गणेश, महिला संघ कनकाई नगरसभापति रेनुका मैनाली, लगायतको आतिथ्यता रहेको थियो ।
पार्टीको चौधौं अधिवेशन सँगै विभिन्न भातृसंघडनहरु विस्तार गर्ने क्रममा महिलासंघलाई समिते पूर्णता दिदै आएको बताईएको छ । यसरी महिला केशि जिम्मेवारी सहित अगाडी बढाउनाले संघठन विस्तारमा सरलता र दर्विलो हुने हुनाले पनि महिलाहरुले जुटनु पर्ने कुराका जोड दिएको जिल्ला सदस्य लीलाप्रसाद चिमरियाले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



