
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, १५ भदौ । झापाको भद्रपुर नगरपालिका–७ मा नवजात शिशु फेला परेको छ । चन्द्रगढी बजारबाट भद्रपुर–७ स्थित फूलबार टोलतर्फ आवतजावत गर्ने सडक किनारामा भदौ १२ गते राति नाम, थर, बतन नखुलेको अन्दाजी १२÷१४ दिनको शिशु फेला परेको हो । शिशु फेला परेका बेला हरियो रङ्गको च्यादरमा सुताइएको, सेतो रङ्गको पञ्जा, टोपी, भेष्ट र निधारमा कालो टिका लगाएको अवस्थामा शिशु (छोरा) फेला परेको हुँदा निज शिशुलाई उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुरमा उपचारार्थं पठाइएको छ । शिशुको हालसम्म बुवा आमा, अभिभावको पहिचान हुन नसकी सोही अस्पतालमा उपचारार्थ रहेको व्यहोरा जिल्ला प्रहरी कार्यालय झापाको अपराध अनुसन्धान शाखाको च.न. १९९५ मिति २०८०/०५/१४ गतेको…
भद्रपुर नगरपालिकानगर कार्यपालिकाको कार्यालयभद्रपुर (झापा) को बालक फेला परेकोले हकदाबी गर्न आउने बारेको अन्त्यन्तै जरुरी सूचना । मिति : २०८०/०५/१५ मिति २०८० साल भदौ १२ गते साँझं १९ः४५ बजेको समयमा जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं. ७ फूलाबारी टोलस्थित चन्द्रगढी बजारबाट फूलबार टोलतर्फ आवतजावत गर्ने सडक बाटोको किनारामा नाम, थर, बतन नखुलेको पहिचान हुन नसेको अन्दाजी १२÷१४ दिनको जस्तो देखिने, फेला पर्दाका बखत हरियो रङ्गको च्यादरमा सुताइएको, सेतो रङ्गको पञ्जा, टोपी, भेष्ट र निधारमा कालो टिका लगाएको अवस्थामा शिशु (छोरा) फेला परेको हुँदा निज शिशुलाई उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुरमा उपचारार्थं पठाइएको, निज बालकको हालसम्म बुवा आमा, अभिभावको पहिचान हुन…
पुजन आचार्य पृष्ठभूमि :‘पुस्तकालय’ शब्दको अर्थ आफैमा महत्वपूर्ण छ । संस्कृत भाषामा ‘पुस्तक’ र ‘आलय’ मिलेर पुस्तकालय शब्द बनेको हो । पुस्तकको अर्थ ‘किताब’ र ‘आलय’को अर्थ ‘घर’ हुन्छ । जसले पुस्तकालयलाई ‘किताबको घर’ भन्ने बुझाउँछ । अंग्रेजी भाषाको ष्दिचबचथ ल्याटिन भाषाको ष्दिभचबाट आएको हो । जसको अर्थ पनि पुस्तक हुन्छ । सूचना र प्रविधिको विकाससँगै पुस्तकालयमा पुस्तक मात्र संकलन गर्ने र रहने परम्परागत अवधारणामा परिवर्तन भएको छ । अहिले प्रायः सबै पुस्तकालयमा पुस्तकका अतिरिक्त सूचना प्रदान गर्ने सामग्रीहरूको समेत संग्रह रहेको पाइन्छ । समाजमा लिपिको आविष्कारसँगै क्रमिक रुपमा प्रकाशन युगको आरम्भ भयो । प्रकाशित सामग्रीहरू भावी पुस्ताका लागि संकलन…
झापा, १५ भदौ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको जनाएको हो । निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमशः प्रति लिटर रु ३.१७ र रु २.४८ तथा एलपि ग्यासको मूल्यमा प्रति सिलिण्डर रु १८६.४५ ले वृद्धि भएर आएको छ । पेट्रोल प्रतिलिटर ४, डिजेल र मट्टितेल प्रतिलिटर ३ र एलपी ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको निगमले जनाएको छ ।
पाँचथर, १५ भदौ । पाँचथरको फालेलुङ गाउँपालिकास्थित थकेपुङमा प्रहरी चौकी स्थापना गरिएको छ । प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १५ जनाको दरबन्दी रहने गरी चौकी स्थापना गरिएको हो । हाल छ प्रहरी मात्र कार्यरत छन् । मन्त्रिपरिषद्को २०७६ असोज ७ गतेको बैठकले उक्त स्थानमा प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेको हो । सोही निर्णयबमोजिम बुधबार प्रहरी चौकी उद्घाटन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । फालेलुङ गाउँपालिकाको केन्द्र रहेको सो स्थानमा यसअघि प्रहरी चौकी थिएन । गाउँपालिकाको सेवा केन्द्रमा सुरक्षाको प्रबन्ध नहुँदा नजिकै रहेको इलाका प्रहरी कार्यालय मेमेङले यहाँ सुरक्षा प्रदान गर्दैआएको थियो । यहाँ घरभाडामा…
झापा, १५ भदौ । भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत साउन ३२ गते बझाङ जिल्लाको खिराताडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । रासस
चितवन, १५ भदौ । नेपाल सितोरियो कराँते सङ्घ चितवनको अध्यक्षमा मोहनबहादुर विष्ट चयन हुनुभएको छ । चितवनका ६ पालिकाका अध्यक्ष र ४२ प्रतिनिधि तथा सितोरियो कराँतेका सिनियर गुरु तथा खेलाडी सहभागी भएको अधिवेशनले विष्टलाई अध्यक्षमा चयन गरेको हो । बिहीबार भरतपुरमा भएको सङ्घको प्रथम अधिवेशनले उपाध्यक्षमा रुद्रबहादुर गुरुङ, सचिवमा सुदन दराई, कोषाध्यक्षमा दीपा थापा मगरलाई निर्वाचित गरेको छ । त्यस्तै, सदस्यहरुमा बुद्घिमान सेन्चुरी, राम विक्रम चौधरी, अनिल उपरकोटी, धनबहादुर गुरुङ, लक्ष्मण विक्रम चौधरी, अजय महतो, फुरबहादुर तामाङ, डिलाराम कँडेल, दीपेन्द्र श्रेष्ठ, सुरज सुनार र सुस्मिता मोक्तान निर्वाचित हुनुभएको छ । नेपाल सितोरियो कराँते सङ्घका केन्द्रीय सदस्य तीर्थराज श्रेष्ठको अध्यक्षतामा भएको…
झापा, १५ भदौ । नेपालमा चिनियाँ आपराधिक गिरोहले भिन्नभिन्न स्वरूपमा अपराध धन्दा सञ्चालन गर्दै आएको पाइएको छ । गिरोहले सुन तस्करीदेखि म्याच फिक्सिङ, कल बाइपास, मानव तस्करी, एटिएम तोडफोड, अनलाइन ठगी, विदेशी मुद्राको अवैध कारोबारसमेत गर्दै आएको पाइएको हो । पछिल्लोपटक राजस्व अनुसन्धान विभागले साउन ३ गते ६० किलो सुन तस्करीमा पनि चिनियाँ गिरोह संलग्न रहेको र गिरोहले नेपाल हुँदै भारतमा सुन पुयाएको पुष्टि भइसकेको छ । ‘पछिल्लो पटक चिनियाँ आपराधिक गिरोहको अपराध धन्दा फैलिएको महसुस प्रहरीले पनि गरेको छ’, प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतले भने । उनका अनुसार नेपालमा चिनियाँ पर्यटक भिसामा आउँछन् । यहाँ आएपछि आपराधिक मनोवृत्तिका केही…
झापा, १५ साउन । बाइजुराज इकाई समिति शनिश्चरेले बिहीबार मिलाप दिवस विविध कार्यक्रम गर्दै मनाएको छ । प्रणामी धर्मावलम्बीहरुले रक्षा बन्धनको दिनलाई मिलाप दिवसको रुपमा मनाउने गरेका छन् । आज भन्दा ५ हजार बर्ष अगाडी महाभारत कालदेखि नै श्रीकृष्ण प्रणामी धर्मको विजारोपण भएको हो । करीब धेरै सताब्दी पूर्व सद्गुरु श्री देवचन्द्रजी महाराजद्वारा आज भन्दा ४५० बर्ष अगाडी यश धर्मको खोज र विस्तार भएको हो । श्रीकृष्ण प्रणामी धर्म विस्तार हुदै स्वामी प्राणनाथजी महाराजले विभिन्न ठाउँहरुमा धार्मिक प्रचारको कार्य गर्दै आएको र आज आएर यश धर्म प्रचारको क्रममा त्यसपछिका महाराजजीहरु द्वारा भयरहेको छ । साथै आजको विशेष दिन स्वामी श्री…
झापा, १५ साउन । सङ्घीय निजामती सेवा ऐन जारी भएको एक वर्षपछि मात्र कर्मचारीको अनिवार्य अवकाश उमेर हद ६० वर्ष लागू हुने भएको छ। निजामती कर्मचारीको अनिवार्य उमेर हद ६० वर्ष बनाउने तर ऐन जारी भएको एक वर्षपछि मात्र लागु हुने गरी विधेयक मस्यौदामा प्रस्ताव गरिएको हो। यसअगाडिको मस्यौदामा ऐन जारी भएकै मितिदेखि अवकाश उमेर चरणबद्ध रूपमा ६० वर्ष बनाउने प्रस्ताव गरिएको थियो। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयक मस्यौदा तयार गर्ने क्रममा अनिवार्य अवकाश उमेर हदलाई ६० वर्ष बनाउने गरी प्रस्ताव गरिएको जनाएको छ। सरकारले यस अगाडि गरेको प्रस्ताव भने ऐन जारी भएको मितिदेखि अनिवार्य अवकाश उमेर कर्मचारीको…