
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २५ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीले) करिब एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिहरूको राजनीतिक दलका नेताहरूसँगको सम्बन्ध र सम्पर्कबारे अनुसन्धान गर्न थालेको छ । पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ र तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङ लामाको नेपाली र भारतीय सुन कारोबारी तथा नेपाली नेताहरूसँगको सम्बन्धबारे अनुसन्धान सुरु गरेको हो । दावा छिरिङ सुरक्षा निकायले प्रयोग गर्ने सुराकी भएका कारण पनि उनी बढी निगरानीमा परेका छन् । उनले प्रहरीलाई सुराकी दिने नाममा आफ्नो पहुँच बनाएका थिए। ‘दावा छिरिङले सुरक्षा निकायलाई पनि चिनियाँ नागरिकबारे सुराकी दिने गरेको पाइएको…
झापा, २५ साउन । प्रतिष्ठित कम्पनीमा कम्तीमा एक लाख रुपियाँ पाउने प्रलोभन देखाएर गिरीले पीडित राजकुमार (नाम परिवर्तन) सँग दुई लाख रुपियाँ लिएर सम्पर्कबिहीन बने । यस्तैमा वैदेशिक रोजगारीमा साइप्रस पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सिन्धुली सुनकोशी–३ का राजन गिरीलाई काठमाडौँबाट पक्राउ गर्यो । गैरकानुनी बाटोबाटै साइप्रस पुग्ने सपना बोकेका राजकुमारलाई साइप्रस जान के के आवश्यक कागजपत्र चाहिन्छ भन्नेसम्म पत्तो छैन । यति मात्र होइन साइप्रस, क्रोएसिया र पोल्यान्डमा मासिक दुई लाख रुपियाँभन्दा बढी आम्दानी हुने काममा लगाइदिने प्रभोलनमा परी तीन जना युवासँग जनही छदेखि आठ लाख रुपियाँसम्म असुल गरियो । काठमाडौँ उपत्यका अपराध…
झापा / २४ साउन । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले पार्टीमा दुई कारणले समस्या भएको बताएका छन् । काङ्ग्रेसको जारी आन्तरिक विशेष अभियान अन्तरगग आज झापाको धुलाबारीमा नेपाल प्रेस युनियन सम्बद्ध सञ्चारकर्मीसँगको संक्षिप्त अन्तरक्रियामा विश्वकर्माले पार्टी आन्तरिक रुपमा ठिक ढंगले नचलेको र भित्रको यथार्थभन्दा बाहिर बढी प्रपोगण्डा भएको स्पष्ट पारे। ” पार्टी आन्तरिक रूपमा ठिक तरिकाले चलेन र चलेको छैन” विश्वकर्माले भने, ” भित्र पार्टी जसरी चलेको छ, त्योभन्दा बढी बाहिर प्रपोगण्डा भयो।” आन्तरिक विशेष अभियान झापाको केन्द्रीय प्रतिनिधि रहेका विश्वकर्माको उपस्थितिमा सोमबार काङ्ग्रेस झापा जिल्ला कार्यसमितिको बैठक बसेको थियोे । बैठकले अभियान अन्तरगत १० दिने कार्यक्रम तय गरेको…
बुधवारे, २४ साउन । सामाजिक सञ्जाल मार्फत एकजुट भएका युवाहरुको संगठन दारी ग्याङ झापाले झापाको बुद्धशान्तिमा बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखाको समन्वयमा आयोजित कार्यक्रममा ५४ पिन्ट रगत संकलन भएको छ। दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा बुद्धशान्ति १ का वडाध्यक्ष अनिल वाग्ले, वडा ५ का वडाध्यक्ष डेगेन्द्र कार्की ,नेपाल रेडक्रस सोसाइटी झापा शाखाका जिल्ला सदस्य हरि पोखरेल ,रेडक्रस बुद्धशान्ति उपशाखा सभापति पुष्पराज भट्टराई, ईलाका…
गौरादह, २४ साउन । झापा गौरादह नगरपालिकाको १२ औं नगरसभाबाट आर्थिक वर्ष २०८०/०८१ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलन गरी नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरपालिकाले नगरभित्र सञ्चालित व्यवसायीलाई व्यवसाय दर्ता र नवीकरणमा सुविधा दिई व्यवसाय करलाई नियमित र व्यवस्थित गर्ने नगरपालिका लिएको छ । नगर प्रवक्ता नगेन्द्र भण्डारीले नगरको १२ औं नगरसभाले नगरको नीति, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक, खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, माध्यमिक तह सम्मको शिक्षा ऐन २०७९ को संसोधन विधेयक २०८०, विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन…
झापा, २४ साउन । धान र चिया उत्पादनका लागि प्रसिद्ध झापा महत्वपूर्ण नगदे कृषि बाली ‘सुपारी’को उर्वर जिल्लाका रुपमासमेत चिनिएको छ । धार्मिक कार्यमा न्वारान र विवाहदेखि मृत्यु संस्कारसम्म नभइ नहुने सुपारीलाई औषधीय गुणयुक्त मानिन्छ । हिन्दू धर्ममा सुपारीको दानालाई गणेशका रुपमा पूजा गरिने चलन छ । यसको दानालाई फरक स्वादका लागि पानको पातसँग मुखमा चपाउने र पाहुनाको स्वागत गर्ने खाद्य वस्तुका रुपमा धेरै मानिसले प्रयोग गर्दै आएका छन् । यसको पातबाट वातावरणमैत्री थाल तथा बटुकासमेत उत्पादन हुने गरेको छ । वर्षौदेखि जिल्लामा सुपारीको खेती हुँदै आए पनि यसको खेतीले व्यावसायिकस्वरुप धारण गरेको भने धेरै भएको छैन । अरु बालीभन्दा…
झापा, २४ साउन । झापासहित विभिन्न जिल्लाका चार महिलाको साउदीबाट उद्धार गरिएको छ । त्यहाँ यातना भोगिरहेका उनीहरुलाई साउदी अरेबियास्थित नेपाली दूतावास रियादले उद्धार गरेको छ । पीडित हुनेहरुमा महिला झापा, मोरङ, नवलपरासी र दाङका रहेका छन् । ६ वर्षअघि अफिस किल्नरको रुपमा कुवेत पुगेका यी चार महिला एक महिनाको बसाइपछि उनीहरू घरेलु कामदारका रूपमा कुवेत हुँदै साउदी अरेबिया पुगेका थिए । उद्धार गरिएका महिला भन्छन्– २०७४ साल अघि गाउँमा एक एजेन्टले कुवेतमा राम्रो तलब सेवासुविधाको लोभ देखाएर कुवेत पठायो तर हामीलाई काम गर्ने कम्पनीको बारेमा केही थाहा दिएन । कुवेतमा एक अफिसमा १ महिनासम्म राखेर एक साउदीसँग मोलतोल गरी…
झापा, २४ साउन । नेपालमा मनसुनी वायुको साथै बङ्गलादेशको उत्तरी भू(भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रही हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति भने देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा चट्याङ्गसहित…
झापा, २४ साउन । विश्व आदिवासी तथा जनजाति दिवसको अवसरमा आज (साउन २४ गते) कोशी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । अगस्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको रूपमा विश्वभर मनाउँदै आइएको छ । कोशी प्रदेशमा ‘पहिचानको आन्दोलन’ भइरहेको प्रदेश सरकारले पहिलोपटक सार्वजनिक बिदा दिइएको हो । प्रदेश नामकरणको विषयलाई लिएर लामो समयदेखि आन्दोलनरत सो क्षेत्रको भावनाको कदर गर्दै पहिलो पटक आदिवासी तथा जनजाति दिवस दिइएको जनाइएको छ ।
झापा, २४ साउन । विदेशी सेनामा नेपाली नागरिक भर्ना भएकोप्रति ध्यानाकर्षण भएको भन्दै परराष्ट्र मन्त्रालयले साउन १६ गते विज्ञप्ति सार्वजनिक गर्यो। केही देशका राष्ट्रिय सेनामा नेपाली नागरिकलाई भर्ना हुने अनुमति रहेको पनि सबै देशका लागि त्यस्तो नीति नरहेको उल्लेख गर्दै विज्ञप्तिले युद्धग्रस्त मुलुकमा सुरक्षासम्बन्धी काममा नजान अनुरोध गरेको छ। विदेशी सेनामा नेपाली नागरिक भर्ना हुने गरेको इतिहास लामो छ। बेलायती र भारतीय सेनामा नेपाली नागरिकले आफ्नो वीरता र पराक्रम देखाउने गरेको इतिहाससँग विश्व जानकार छ। दुवै देशसँगको ऐतिहासिक सम्झौताको विरासतमा हालसम्म लाखौं नेपाली नागरिक भर्ती भएर सेवा दिइसकेका छन्, अझैं हजारौं कार्यरत छन्। परराष्ट्र मन्त्रालयको ध्यान भने भारत र बेलायतको…