
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
दमक, २७ भदौ । नेपाल खेलकुद पत्रकार मञ्च ९एनएसजेएफ० जिल्ला समन्वय शाखा झापाले संस्थाको स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल आयोजना गरेको छ । मञ्चले दमकस्थित कदम थिएटरका कलाकार र मञ्च झापाका पत्रकारबीच फुटसल खेल आयोजना गरेको हो । खेलमा कदम थिएटर १०–५ गोल अन्तरले विजयी भयो । मैत्रीपूर्ण खेलमा प्रमुख अतिथि दमकका समाजसेवी प्रविण चाम्लिङ थिए । उनले खेलले मस्तिष्कलाई स्वस्थ बनाउने बताए । उनले कलाकारिता र पत्रकारितामा सिर्जनशील आवश्यकता रहेकाले खेल अनिवार्यजस्तौ रहेको पनि बताए । मञ्च र २८ औँ स्थापना दिवसका बारेमा सचिव चिरञ्जीवी घिमिरेले जानकारी गराएका थिए । कार्यक्रममा मञ्च झापाका संस्थापक उत्तम रिजाल, कदम थिएटरका कला…
झापा, २७ भदौ । सामुदायिक विद्यालयमा राहत शिक्षक अनुदान कोटामा कार्यरत शिक्षक (राहत शिक्षक) अब स्वतः स्थायी हुने भएका छन् । सरकारले आज संसदमा दर्ता गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई सशोधन र एकीकरण गर्न बनेको विधेयक (२०८०) मा राहत शिक्षकलाई स्वतः शिक्षक दरबन्दीमा परिणत गर्ने प्रावधान समेटिएको छ। विधेयकको मस्यौदाको परिच्छेद ५ मा सार्वजनिक विद्यालयका शिक्षक दरबन्दी तथा पदपूर्ति सम्बन्धि व्यवस्थामा राहत शिक्षकलाई स्वतः स्थायी दरबन्दीमा परिणत गर्ने विषय समेटिएको छ।
झापा, २७ भदौ । गायिका एलिना चौहानले नयाँ गीत ‘तिमी नै तिमी छौ ’ल्याएकी छन् । लोक आधुनिक स्वादका गीत चल्तिमा रहेको बेला एलिनाको ‘तिमी नै तिमी छौ ’ भने केही प्रेम र रोमान्स समेटिएको गीत सार्वजनिक भएको हो । खेम सरु मगरको शब्द तथा को संगीतमा रहेको गीतको भिडियोमा माया र प्रेमलाई प्रस्तुत गरिएको छ । एकान्त मगरले निर्देशन गरेको गीतको भिडियोमा नियुक्ति शेर्पा र डि किङ श्रवणको अभिनय रहेको छ ।रोनिस तामाङकको छायाँकन तथा एकान्त मगरको सम्पादन भिडियोमा रहेको छ ।
झापा, २७ भदौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजो मंगलबारको तुलनामा सुन र चाँदीकै मूल्य घटेको जानकारी दिएको हो । तोलामा ८०० रुपैयाँले सुनको मूल्य घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ थियो । यसबाहेक, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।…
भोजपुर, २७ भदौ । भोजपुरे खुकुरी बनाउने कालिगड व्यवसाय सञ्चालन गरेर भोजपुरका महेन्द्रकुमार विश्वकर्माले मनग्य आम्दानी गर्दै आएका छन् । लोप हुने अवस्थामा रहेको कालिगड पेसालाई अँगालेर यहाँले वार्षिक रु आठ लाखदेखि रु १० लाखसम्म आम्दानी गर्दै आएका छन् । भोजपुर नगरपालिका–५ बोखिमका विश्वकर्माले बाउबाजेले गर्दै आएको कामलाई निरन्तरता दिँदै ४० वर्षदेखि यो पेसा गर्दै आएको बताए । आफ्ना पितापुर्खाले बनाएको भोजपुरे खुकुरीको बजारमा छुट्टै पहिचान रहेकाले यसलाई बचाइराख्न आफूले पनि यो पेसालाई निरन्तरता दिएको उनको भनाइ छ । “पछिल्लो समयमा कालिगड पेसासँगै भोजपुरे खुकुरी लोप हुने अवस्थामा छ”, विश्वकर्माले भने, “भोजपुरे खुकुरी बनाउने हाम्रो पुख्र्यौली पेसा हो । भोजपुरे…
सुनसरी, २७ भदौ । सुनसरीको भोक्रहानर्सिङ गाउँपालिका–१ मा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मंगलबार साँझ साढे ६ बजे सराज मन्सुरीको १० वर्षीया छोरी गुलासा खातुनलाई टर्चलाईट चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेको थियो । घटनाबारे जानकारी पाउना साथ तत्काल घटना स्थलमा खटिएको प्रहरी चौकी भोक्रहानर्सिङको प्रहरी टोलीले घाइते उनलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।
मोरङ, २७ भदौ । मोरङको विराटनगर महानगरपालिका–१४ आसीपी सडकखण्डबाट प्रहरीले बेबारीसे अवस्थामा लागुऔषध गाँजा फेला पारेको छ । मंगलबार राति १० बजे इलाका प्रहरी कार्यालय रानीबाट गस्तीमा खटिएको प्रहरी टोलीले को.१७प.८६३ नम्बरको मोटरसाइकलमा रहेको झोलाभित्र लुकाइछिपाइ राखिएको ४० केजी लागुऔषध गाँजा फेला पारी बरामद गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
झापा, २७ भदौ । झापाको बाह्रदशीगाउँपालिका–४ स्थितबाटप्रतिबन्धीत लागुऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राति साढे १० बजे लागुऔषध किनबेच हुँदैछ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी फुलबारीबाट खटिएको प्रहरी टोलीले २६ वर्षीय सल्मान आलमलाई निजकै घरबाट ७ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको थियो । पक्राउ परेका आलमको सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।
झापा, २६ भदौ । संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा बिहीबार शोक बिदा दिने सरकारले निर्णय गरेको छ । वर्तमान प्रतिनिधिसभा समेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान असामयिक निधन भएको थियो । नेपालको संविधान निर्माण तथा जारी गर्नका लागि स्वर्गीय नेम्वाङले निर्वाह गरेको भूमिका तथा नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न पुर्याएको योगदानको उच्च कदर गर्दै मन्त्रिपरिषद्को बैठकबाट उनको निधनमा अन्तिम सम्मानको व्यवस्था गर्ने तथा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको थियो । नेम्वाङको अन्तिम संस्कार भदौ २८ गते बिहीबार हुने भएकोले उक्त दिन नेपालभरका सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली…
झापा, २६ भदौ । साहित्य, संगीत र कलाको संगम साहित्य चौतारी झापाले मासिक सांगीतिक काव्य सभा र राष्ट्रिय बाल दिवसको अवसर पारेर झापाका विभिन्न पाँच जना अग्रज स्रष्टालाई दीर्घ साधना सम्मान प्रदान गर्ने भएकाे छ । साहित्य चौतारीको श्रीवृद्धिमा सहयोग गरी अभिभावकीय भूमिका निर्वाह गर्ने स्रष्टा सर्जक हरुलाई राष्ट्रिय बालदिवसको अवसरमा भदौ २९ गते आयोजना हुने सांगीतिक काव्यमा दीर्घ साधना सम्मान प्रदान गर्न लागिएको हो । साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले स्थापनाकालदेखि जोडिएर साहित्य चौतारीकाे उद्देश्यमा उल्लेखनीय योगदान दिएवापत स्रष्टाहरुलाई दीर्घ साधना सम्मान प्रदान गर्न लागिएको बताउनुभयो । प्राज्ञसभा सदस्य सुमित्रा वाङ्देल चेलीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा प्राज्ञ…