
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
हल्दिबारी, ११ भदौ । नेकपा (माओवादी केन्द्र) हल्दिबारी गाउँपालिका कमिटीले तीन महिने अभियानलाई सशक्त बनाउने निर्णय गरेको छ । पार्टीको गाउँपालिकाको विस्तारित बैठकले केन्द्रीय नीति अनुरुप यही भदौ १६ गतेदेखि शुरु हुन लागेको तीन महिने ‘घरघरमा माओवादी जनजनमा माओवादी’ भन्ने नाराका साथ ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान अन्तरगत नागरिकको घर–घरमा पुगेर अभियानलाई सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको हो । बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य ममता राजवंशीले सरकार अहिले भ्रष्टाचाररहित सुशासनयुक्त र समृद्ध मुलुक निर्माणमा जुटेको बताउनुभयो । सरकारले गरेका राम्रा कामका प्रचारसँगै जनताको सुखदुःख, समस्या, आवश्यकता बुझ्न घर–घरमा जान पार्टीले अभियान सञ्चालन गर्न लागेकाले सोही अनुरुप सबै नेता–कार्यकतालाई जुट्न…
कनकाई, ११ भदौ । झापाको कनकाई नगरपालिका–१ र ७ मा रहेको कनकाई विहानी क्लबद्वारा सञ्चालित विहानी महिला समूहले तीजको अवसरमा तीज मिलन कार्यक्रम गर्ने भएको छ । आफ्नो रीतिरिवाज, संस्कृति र परम्परालाई बचाइराख्न कार्यक्रमको आयोजना गर्न लागिएको समूहकी अध्यक्ष इन्दिरा भुजेल (मन्जु)ले जानकारी दिनुभयो । आगामी २३ गते शनिबार विहानी क्लबको सभाहलमा कार्यक्रम आयोजना गर्न लागिएको समूहकी सचिव सुरेखा शर्मा घिमिरेले बताउनुभयो । तीज भन्ने बित्तिकै आजकल प्रायजसो नाचगान गरी रमाइलो गर्ने बुझिन्छ । तर, तीज चेली–माइतिको सम्बन्धलाई अझ प्रगाढ बनाएर चेलीले आफ्नो बेदना पोख्ने माध्यम पनि हुन्छ भन्ने बुझाउने प्रयास स्वरुप कार्यक्रमको आयोजना गर्न लागिएको समूहकी सल्लाहकार निर्मला बस्नेतले…
झापा, ११ भदाै । झापाको झापा गाउँपालिका-१ बेलायतीबारी स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट आइतबार राती खटिएको प्रहरी टोलीले भारतीय बजारबाट नेपालतर्फ आउँदै गरेका २ वटा मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा ४४ ग्राम २८० मिलिग्राम लागुऔषधसहित बेलवारी नगरपालिका-१० मोरङका २६ बर्षीय सुरेश धिमाल, गौरादह नगरपालिका-४ का २५ बर्षीय सन्देश लिम्बु र उर्लावारी नगरपालिका-७ मोरङका २७ बर्षीय बिनोद लिम्बुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले लागुऔषधसहित नगद ५१ हजार ७ सय २५ रुपैयाँ र ३ थान मोवायल बरामद गरेको तथा तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी…
आषिका लम्सालविराटनगर, ११ भदौ । विराटनगर महानगरपालिका ६ मंगलुवा टोलकी २४ बर्षिया रेखा पासवान र २६ बर्षिय उनका श्रीमान सुरज पासवान अनि २६ बर्षिया तुलसी पासवान र २९ बर्षिय श्रीमान चन्दन पासवानको पहिले सधै झगडा परिरहन्थ्यो । सधै हुने घरेलु झगडाले गर्दा रेखा र तुलसी हिँसा सहन बाध्य थिए भने उनीहरुका श्रीमानको रोजगार पनि भरपर्दो हुन सकेको थिएन । तर आजकल उनीहरुको घर झगडा पनि हुन छाडेको छ । श्रीमानहरुले भरपर्दो रोजगार पनि थालेका छन । रेखा मासु पसल चलाउँछिन भने उनका श्रीमान सिटी रिक्सा कुदाउँछन । श्रीमतीलाई सघाउँछन । यस्तै तुलसीले कपडा व्यापार गर्न थालेकी छन । विराटनगर १५…
झापा, ११ भदौ । झापाको अर्जुनधारा नगरपालिकाले नगर प्रहरी नियुक्त गरी दज्र्यानी चिन्ह प्रदान गरेको छ । नवनियुक्त नगर प्रहरीहरुलाई आक्ष्तबार नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, उपप्रमुख खड्गमाया पराजुली र प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । प्रहरी सहायक निरीक्षक आइतमान तामाङ, प्रहरी हवल्दार डम्बर तामाङ र प्रहरी जवानहरु नीता भण्डारी, पूजा आचार्य, श्याम आचार्य, सरोज खनाल र सुमन लिम्बूले दज्र्यानी चिन्ह पाएको प्रशासन शाखाका नासु सौजन कटुवालले जानकारी दिए ।
झापा, ११ भदौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। साथै हाल पश्चिमी आसाम र त्यस आसपासमा रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको छ । मुलुकका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै, भोलि (मंगलबार) देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
तेह्रथुम, ११ भदौ । तेह्रथुमको म्याङलुङ नगरपालिकामा आइतबार मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ। म्याङलुङ बजारबाट जिरिखिम्तीतर्फ जाँदै गरेको को १४ प ८९२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा म्याङलुङ–८ का २५ वर्षीय सविन लिम्बु र मोटरसाइकल चालक २२ वर्षीय संगम तामाङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । तीव्र गतिको कारण अनियन्त्रित भई मोटरसाइक दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
झापा, ११ भदौ । नेपालमा राजनीतिक अस्थिरता, व्यापक भ्रष्टाचार, झन्झटिलो कर्मचारीतन्त्र तथा ऐन, नियमहरूको कार्यान्वयनमा एकरूपता नभएका लगायतका समस्याका बाबजुद पनि साउन महिनामा मात्रै उद्योग विभागमार्फत ११ अर्ब ९३ करोड १८ लाख रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । अघिल्लो आर्थिक वर्ष २०७९–८० को साउनमा २ अर्ब ६४ करोड ९० लाख रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएकामा चालू आवमा झन्डै साढे चारगुणा वैदेशिक लगानी प्रतिबद्धता आएको हो । सरकारले लगानी बोर्डमार्फत र उद्योग विभागमार्फत वैदेशिक लगानी भित्र्याइरहेकामा उद्योग विभागमार्फत मात्र साउनमा करिब १२ अर्ब वैदेशिक लगानी प्रतिबद्धता आएको हो । नेपाल सरकारले वैदेशिक लगानीसम्बन्धी ऐनमार्फत ६ अर्बभन्दा मुनिका वैदेशिक लगानी उद्योग…
झापा, ११ भदौ । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मङ्गलबार (भदौ १२) देखि कार्यान्वयन चरणमा प्रवेश गर्ने भएको छ । एमसीसीको नेपालस्थित कार्यालय मिलेनियम च्यालेन्ज अकाउन्ट ९एमसिए० ले मङ्गलबारदेखि एमसीसी कार्यान्वयनमा जाने जनाएको छ । एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टका अनुसार एमसीसीको कार्यावधि कार्यान्वयनमा प्रवेश गरेको दिनदेखि पाँच वर्षको हुने छ । एमसिए नेपालका अनुसार एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका आयोजनालाई कार्यान्वयन चरणमा प्रवेश गराउनु पूर्व नेपाल सरकारले पूरा गर्नुपर्ने अधिकांश पूर्वसर्त पूरा भएका छन् । छ वटा प्राथमिक पूर्वसर्तमध्ये छैटौँ वातावरणीय प्रभाव मूल्याङ्कनको स्वीकृति तथा जग्गा अधिग्रहण…
झापा, ११ भदौ । आर्थिक वर्ष २०७९–८० को सुरुदेखि लगातार बढेको श्रम स्वीकृति लिनेको सङ्ख्या चालु आव २०८०–८१ को पहिलो महिनामा घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो महिना साउनमा ५५ हजार ५७५ जनाले श्रम स्वीकृति लिएकामा गत आवको पहिलो महिना साउनमा भने श्रम स्वीकृति लिएर बिदेसिनेको सङ्ख्या ६१ हजार ६३० थियो । जुन सङ्ख्या चालु आवको भन्दा छ हजार ५५ ले बढी हो । गत साउनपछि लगातार उकालो लागेको विदेश जानेको सङ्ख्या एकै महिनामा ७६ हजार जनाले सम्म श्रम स्वीकृति लिएका थिए । विभागका अनुसार चालु आवको साउनमा बिदामा आएर पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १६…