झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ९ भदौ । चेल्सीले प्रिमियर लिगमा पहिलो जीत हासिल गरेको छ । शुक्रबार भएको खेलमा चेल्सीले लुटन टाउनलाई ३–० गोल अन्तरले हराउँँदै फाराकिलो जीत निकालेको हो । चेल्सीको जीतमा राहिम स्टर्लिङले दुई गोल गर्दै टोलीको जीत सुनिश्चित गरेका थिए भने निकोलस ज्याक्सनका लागि खेलको तेस्रो गोलको अवसर पनि स्टर्लिङले नै सिर्जना गरेका थिए । जीतपछि टोली लिगको आठौँ स्थानमा उक्लिएको छ । टोलीको ४ अंक रहेको छ ।

Read More

झापा, ९ भदौ । प्रदेश र स्थानीय तहको दोहोरो सहमतिका आधारमा स्थानीय तहमा सरुवा भएका कर्मचारीलाई स्थानीय तहले दरबन्दी भएकै ठाउँमा धमाधम फिर्ता पठाउन थालेका छन् । सरुवा भई जाने र आउने प्रदेश तथा सम्बन्धित स्थानीय तहको दोहोरो सहमतिका आधारमा सरुवा भएका कर्मचारी स्वीकृत दरबन्दीभन्दा बढी भएको भन्दै कतिपय स्थानीय तहले ती कर्मचारीलाई दरबन्दी भएकै कार्यालयमा फिर्ता पठाउन थालेका हुन् । स्थानीय तहले कर्मचारी फिर्ता गर्दा ती कर्मचारी समस्यामा परेका छन्। अहिले ती कर्मचारीको कुन कार्यालयमा गएर कामकाज गर्ने भन्ने अन्योल भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहले फिर्ता पठाएका कर्मचारीमा स्वास्थ्य, लेखा र प्रशासन सेवाका धेरै…

Read More

झापा, ९ भदौ । विद्यार्थी त्यही विषय पढ्छन् जसको बजार छ । विश्व नै बजारमुखी बन्दै गएको अवस्थामा विद्यार्थीले बजारमा बिक्न सक्ने विषय अध्ययनमा रुचि राख्छन् । पछिल्लो एक दशकमा कक्षा १२ उत्तीर्ण अधिकांश विद्यार्थीको उच्च शिक्षा रुझान व्यवस्थापन विषय बनेको तथ्यांकले देखाएको छ । भलै हाम्रो देश कृषि प्रधान हो तर अचेल कृषि विषय पढ्न चाहनेको संख्या निकै न्यून रहेको विश्वविद्यालय अनुदान आयोगको तथ्याँकले देखाएको छ । एक दशक अघिसम्म कक्षा १२ पास गरेकामध्ये अधिकले शिक्षा शास्त्र अध्ययन गर्थे तर अहिले त्यस्तो छैन । सरकारले प्राविधिक शिक्षामा जोड दिने नीति लिए पनि उच्च शिक्षातर्फ यो विषय पढ्ने विद्यार्थीको रुचि…

Read More

झापा, ९ भदौ । आमा पनि नक्कली बनाइन्छ भन्ने सुन्दा अचम्म लाग्छ । तर मकवानपुरको थाहा नगरपालिकाका एक व्यक्तिले नक्कली आमा बनाएर अर्कैका नामको जग्गा आफ्नो नाममा हत्याएका छन् । यस घटनामा कीर्तिपुर र थाहा नगरपालिकाका जनप्रतिनिधिको पनि संलग्नता रहेको छ । जग्गामा रकम हाल्ने भारतीय नागरिकको जाहेरीपछि मात्र यो घटना सार्वजनिक भएको हो । प्रहरीले दुई जना वडाध्यक्षसहित २१ जनाविरुद्ध गत साउन २८ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । घटना विवरण अनुसार कीर्तिपुरको महँगो जग्गा हात पार्न थाहा नगरपालिका–१२ का सतराज गुरुङले नक्कली आमा खडा गराएर सबै प्रक्रिया पूरा गरेका थिए । यस कार्यमा मकवानपुरको थाहा…

Read More

धरान, ८ भदौ । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिकालाई लक्षित गरेर निषेधाज्ञा जारी गरेको छ । चौतर्फी नाकाबाट भोलि (शनिबार) धरान प्रवेश गर्न रोक लगाइएको छ । सामूहिक रुपमा सामाजिक, धार्मिक, राजनीतिक सभा, र्‍याली÷भेला जम्मा÷प्रदर्शन लगायतका कुनै पनि कार्यक्रम नगर्न÷नगराउन आग्रह गरिएको छ । यस्तै धरानका सबै राजनीतिक दलहरुले पनि सामाजिक सद्भाव कायम गर्न र द्वन्द्वको वातावरण अन्त्य गर्न सबैपक्षलाई अपिल गरेका छन् । शुक्रबार बसेको सर्वदलीय बैठकले विगत केही दिनदेखि धरानमा देखिएको असहज परिस्थितिले सामाजिक सद्भाव, सहिष्णु वातावरण बिथोलिने आशङ्का उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरिएको छ । ‘हाम्रो बहुलतायुक्त विशेषतालाई आत्मसाथ गर्दै सबै जाती, धर्म, समुदायले एक…

Read More

विराटनगर, ८ भदौ । नेपाल किसान महासंघ कोशी प्रदेश तदर्थ समितिले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई २० बुँदे ज्ञापनपत्र बुझाएको छ । बिराटनगर स्थित मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगेको किसानहरुको टोलीले ज्ञापनपत्र बुझाएको हो । बिगतदेखि बर्तमानसम्म जति सरकार परिवर्तन भएपनि किसानका समस्याहरु सम्बोधन नभएको भन्दै २० बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको नेपाल किसान महासंघका केन्द्रीय सदस्य केशब भट्टराईले बताए । प्रारम्भमा नेपाली कांग्रेसका कोशी प्रदेश सभापति तथा प्रदेश सांसद उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त हुनुभएकोमा महासंघको तर्फवाट बधाईसहित सम्मान पत्र हस्तान्तरण गरिएको थियो । केन्द्रीय सदस्य केशब भट्टराई तथा प्रदेश अध्यक्ष राजेन्द्र भट्टराईले संयुक्त रुपमा सम्मानपत्र हस्तान्तरण गर्दै सफल…

Read More

भद्रपुर, ८ भदौ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले शिक्षा क्षेत्रमा शोषण र विकृति बढेको भन्दै अबिलम्ब रोक्न माग राखेर नगर शिक्षा शाखालाई ज्ञापनपत्र बुझाएको छ । नगर समितिका अध्यक्ष विदुर ढुंगानाको नेतृत्वमा गएको टोलीले संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीमाथि चरम शोषण बढिरहेको तथा नीति नियम मिच्ने प्रबृत्ति बृद्धि भएकोले नियामक शिक्षा शाखाले कडा कदम चाल्नु पर्ने माग राखेर ज्ञापनपत्र बुझाएको हो । ज्ञापन पत्र शाखाका कर्मचारी योगेन्द्र पौडेलले बुझ्दै संस्थागत विद्यालयका शिक्षक कर्मचारीका माग पूरा गराउन सम्बन्धित ठाउमा पहल गर्ने प्रतिबद्धता समेत जनाएका थिए । पछिल्लो समय सरकारले तय गरेका नीति नियम विपरित संस्थागत विद्यालय सञ्चालकहरू…

Read More

झापा, ८ भदौ । झापाको शिवसताक्षी नगरपालिका–९ झरना पुल नजिकै ड्यूटीमा खटिएका प्रहरी निरीक्षक युवराज कटुवाललाई बन्चरो प्रहार गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा शिवसताक्षी–९ का ३६ वर्षीय अशोक पोखरेल, ३२ वर्षीय विकाश भन्ने अरूण तामाङ र ३३ वर्षीय लक्ष्मण टुडु रहेका छन् । उक्त स्थानमा लागूऔषध सेवन गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक कटुवालको नेतृत्वमा खटिएको प्रहरी टोलीले मे.४ प २७५१ नम्बरको मोटरसाइकल लापरबाही तरिकाले चलाई आएका उनीहरुलाई सोधपुछ गर्ने क्रममा मोटरसाइकलमा सवार अशोकले अचानक प्रहार गरेका थिए । घाइते भएका प्रहरी निरीक्षक कटुवालको स्थानीय दुधे मेडिकलमा सामान्य उपचार पश्चात थप…

Read More

झापा, ८ भदौ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले श्रावण महिनामा प्रदेश भरीबाट उत्कृष्ट कार्य गर्ने २ जना प्रहरी कर्मचारीलाई महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गरेको छ । बिभागीय मुल्य मान्यता, आदेश निर्देशनको पालना गरी उच्च मनोवलका साथ आफ्नो कर्तब्य निर्वाह गर्ने कोशी प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समुह९एक्ष्त्० मा कार्यरत प्रहरी सहायक निरीक्षक किरण मगर र जिल्ला प्रहरी कार्यलय खोटाङमा कार्यरत प्रहरी सहायक निरीक्षक सृजना राईलाई श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गरेको हो । पुरस्कृत भएका प्रहरी सहायक निरीक्षक मगरले धरानको जंगल एरियामा श्रृंखलाबद्ध रुपमा भएको लुटपाट र श्रावण ५ गते सेउती पुल नजिक लुटपाट गर्ने…

Read More

भद्रपुर, ८ भदौ । भद्रपुर १० चन्द्रगढी निवासी स्वर्गीय काशिनाथ अधिकारीको स्मृतिमा अधिकारी परिवारले नेपाल पत्रकार महासंघ झापा शाखाको साहारा पत्रकार उपचार कोषलाई १० हजार एक सय पाँच रूपैया सहयोग गरेको छ । गत वर्ष भदौ ८ गते ७० वर्षको उमेरमा उपचारको क्रममा निधन हुनु भएका पति तथा शसुरा बुबाको स्मृतिमा पत्नी गंगादेवी अधिकारी र बुहारी मञ्जु खतिवडा अधिकारीले पत्रकार उपचार कोषलाई सो रकम सहयोग गर्नु भएको हो । खोटाङ्ग जिल्लाको साविक डुम्रेधारापानी १ हिडपा गुहेलेमा वि सं २००९ साल अशोज १३ गते जन्मनु भएका स्वर्गीय अधिकारी लामो समय सरकारी सेवामा कार्यरत राष्ट्र सेवक हुनुहुन्थ्यो । उहाँ परिवार सहित भद्रपुर…

Read More