झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, २६ भदौ । अघिल्लो फागुनमा भव्यताका साथ भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको भद्रपुर झापा गोल्डकपले झापा लिग गर्ने भएको छ । यही मंसिर ७ गतेदेखि भद्रपुरको मेची रंगशालामा हुने झापा लिगको तयारी सुरु गरिएको छ । १५ दिनसम्म चल्ने प्रतियोगिता फिफा विश्वकपको ढाँचामा खेलाइने अध्यक्ष दिपेश ढकालले जानकारी दिए । झापाका १५ वटा पालिका र आयोजकको एक टिम गरी प्रतियोगितामा १६ वटा टिमले प्रतिस्पर्धा गर्ने छन् । १६ वटा टिमलाई चारवटा समूहमा विभाजन गरी खेलाइने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । प्रतियोगितामा…

Read More

झापा, २६ भदौ । झापाको छुट्टा छुट्टै दुई स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । हिजो इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका–२ बजारमा साइकल यात्री भारत किसनगञ्ज महमारी धनतोला पन्चायत बस्ने २६ बर्षीय असरफुल हकलाई प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ८ ग्राम ५०० मिलिग्राम सहित पक्राउ गरिएको छ । यसैगरी हिजै झापाको बिर्तामोड नगरपालिका–१ कञ्चनजंघा टोलस्थित बिमला होटल एण्ड लज सञ्चालन गरी बस्ने होटल सञ्चालिका ४० वर्षीया बिमला मोक्तान र भद्रपुर नगरपालिका–७ को २९ वर्षीय रुजन चौधरीलाई १ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरिएको हो । लागुऔषध ब्राउनसुगरको कारोबार भइरहेको सुचना प्राप्त भई इलाका प्रहरी कार्यालय…

Read More

इलाम, २६ भदौ । इलामको रोङ गाउँपालिकाले यहाँका ज्येष्ठ नागरिकलाई रेडियो दिने भएको छ । गाउँपालिकाको गतिविधि रेडियो मार्फत सूचना प्रवाह गर्नका लागि रेडियो दिन लागिएको हो । गाउँपालिकाका लक्षित समूहको रुपमा रहेको ज्येष्ठ नागरिकहरुले सूचना मुलक शिक्षामुलक सामाग्रीहरु सुन्न नपाउने भएकाले रेडियो वितरण गर्न लागिएको गाउपालिका अध्यक्ष मणिकुमार स्याङबो (सुवास)ले बताउनुभयो । करिब एक हजार एक सय घर परिवारलाई रेडियो वितरण गर्न लागिएको छ । यसैबीच, रोङ गाउँपालिकामा नयाँँ प्रमुख प्रशासकीय अधिकृत अनिल त्रिखत्रीलाई स्वागत गरिएको छ । जिल्ला समन्वय समिति पाँचथरबाट सरुवा भइ प्रमुख प्रशासकीय अधिकृतको रुपमा यहाँ आउनुभएका उहाँलाई सोमबार स्वागत गरिएको हो । गाउँपालिका अध्यक्ष मणिकुमार…

Read More

झापा, २६ भदौ । नेपाली राजनीतिमा निकै परिपक्क, शालीन, समन्वयकारी र सबैलाई मिलाएर लैजान सक्ने साझा व्यक्तित्वको छवि बनाउनुभएका संविधान सभाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको छ । विसं २००९ मा माता अपिन्द्रकुमारी र पिता रामबहादुर नेम्वाङको सुपुत्रका रूपमा जन्मनुभएका नेम्वाङ नेपालको राजनीति र संवैधानिक क्षेत्रकै सुपरिचित व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले प्रतिनिधिसभा र अन्तरिम व्यवस्थापिकको सभामुख तथा पहिलो र दोस्रो संविधानसभा अध्यक्ष, नेकपा ९एमाले०को उपाध्यक्ष र संसदीय दलको उपनेताको जिम्मेवारी सम्हाल्नुभयो । इलाम नगरपालिका–७ सुन्तलाबारी स्थायी ठेगाना रहेका नेम्वाङ पछिल्लो समय बालुवाटारस्थित निजी निवासमा बस्दै आउनुभएको थियो । प्राध्यापन, वकालत र राजनीतिलाई पनि उहाँले सँगसँगै अघि बढाउनुभएको…

Read More

झापा, २६ भदौ । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे १ बजे हृदयघातपछि अस्पताल पुर्‍याइएका नेम्वाङको बाटोमा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सल्लाहपछि उनको पार्थिव शरीर घर लैजाने तयारी छ । नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

Read More

झापा, २६ भदौ । कर्मचारीको इच्छाविपरीत प्रदेश र स्थानीय तहमा समायोजन गरिएका कर्मचारीलाई सङ्घमा आउने बाटो सङ्घीय निजामती सेवा विधेयकको मस्यौदामा उल्लेख नहुँदा करिब १६ हजार कर्मचारी प्रभावित हुने भएका छन्। कर्मचारी समायोजनका क्रममा सङ्घमा सम्बन्धित सेवा, समूह र पदको दरबन्दी हुँदाहुँदै सरकारले तत्काल दरबन्दी लुकाई सम्बन्धित कर्मचारीलाई जानकारी नै नदिई प्रदेश तथा स्थानीय तहमा समायोजन गरिएको गुनासो त्यस्ता कर्मचारीले गर्दै आएका छन्। २०७५ सालमा प्रशासन, शिक्षा, लेखालगायतका सेवामा प्रदेशमा १४ हजार ६५९ र स्थानीय तहमा ३१ हजार ४३ जना कर्मचारी समायोजन भएका थिए। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालका अनुसार समायोजन भएका कर्मचारीमध्ये करिब १६ हजारदेखि १८ हजार जना…

Read More

झापा, २६ भदौ । सुन तस्करीको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान प्रतिवेदन बुझाउने समय नजिक आउँदा पनि लगानीकर्ता यकिन गर्न सकेको छैन । चीनतर्फका लगानीकर्ता चिनियाँ नागरिक नै हुन् भने पनि प्रमुख व्यक्ति अझै पत्ता लागिसकेको छैन । त्यस्तै, भारततर्फ किन्ने समूह पनि पत्ता लागेको छैन । ‘हालसम्म पक्राउ परेकाहरू बिचौलिया र नेपालबाट सुन सप्लाई गर्नेहरू मात्रै रहेका छन्’, सिआइबी स्रोतले भन्यो । संगठित अपराध र अन्तरदेशीय अपराधमा अनुसन्धान गरिरहेको सिआइबीले अनुसन्धानका लागि समय अपुग भएको र यसलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै एकदुई दिनमै प्रतिवेदन सरकारी वकिलको कार्यालय पठाउने भएको छ । सिआइबीका प्रमुख एआइजी किरण…

Read More

झापा, २५ भदौ । झापाको बिर्तामोड–४ स्थित मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले ९२ जना शेयर सदस्य तथा उनीहरुका परिवारलाई ८ लाख ४४ हजार ६ सय रुपैयाँ उपचार सहयोग तथा राहत रकम प्रदान गरेको छ । संस्थाले चालु आर्थिक वर्ष चालु आर्थिक वर्ष २०८०÷८१ मा भदौ १५ गते सम्ममा उक्त रकम सदस्य तथा तीनका परिवारलाई प्रदान गरेको हो । राहत कोष अन्तरर्गत मृत्य भएका सदस्यको कर्जा मिनाह, स्वास्थ्य उपाचार, मृत्यु राहत, प्राकृतिक प्रकोप लगायतका राहत सेवा सुविधा अन्तरगर्त सदस्यलाई निरन्तर रुपमा सहयोग प्रदान गरिंदै आएको संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले जानकारी दिए । कार्यकारी प्रमुख बस्नेत संस्थाले…

Read More

झापा, २५ भदौ । झापाको कनकाईमा आज साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज साँझ बोलेरो र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा कनकाई–४ का देवराज सुवेदीको मृत्यु भएको हो । सुवेदी कनकाई स्थित प्यारागन एकाडेमीका प्रिन्सिपल हुन् । कनकाई–८ स्थित पूर्वपश्चिम लोकमार्गको सितल चोकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग १ च ३२४८ नम्बरको बुलेरो र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१३ प १४१७ को मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक ५४ बर्षीय सुवेदीको मृत्यु भएको हो । दुर्घटनाबाट गम्भीर घाइते भएका सुवेदीलाई उपचारका लागि बीएण्डसी अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले…

Read More

बिर्तामोड, २५ भदौ । झापाको बिर्तामोड–४ स्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो ११ औं स्थापना दिवस मनाएको छ । संस्थाले आज बिर्तामोडमा ११ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको हो । संस्थाले कर्मचारी अभिमुखीकरण तथा तीज मिलन कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष सुब्रत न्यौपानको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सञ्चालक समिति, ऋण, लेखा लगायत विभिन्न उपसमिति एवम् कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रमममा संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले संस्थाको आगामी योजना र कर्मचारीको भूमिका लगायतका बारेमा प्रशिक्षण दिनुभएको थियो । सदस्यलाई अधिकतम् सेवा प्रवाह गर्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो । संस्थाका उपाध्यक्ष हेमराज मिश्रले स्वागत गर्नुभएको…

Read More