
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
कनकाई, १८ भदौ । झापाको कनकाई नगर खेलकुद विकास समितिले एसिया कप क्रिकेटमा विजेता बन्न सकेमा नेपालबाट खेल्ने सबै खेलाडीलाई जनही १ लाख रुपैयाँ पुरस्कार स्वरुप प्रदान गर्ने घोषणा गरेको छ । एसिया कप क्रिकेटमा भारत विरुद्ध पहिला ब्याटिङ गर्न लागेको नेपालका खेलाडीलाई अग्रिम बधाई तथा शुभकामना व्यक्त गर्दै कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जविन तिम्सिनाले खेलाडीलाई थप हौसला प्रदान गर्दै पुरस्कार स्वरुप नगद राशी प्रदान गर्ने घोषण गरे । अध्यक्ष तिम्सिनाले प्रतियोगितामा यदि नेपाल उपविजेता बनेको अवस्थामा समेत एकसय रन सम्म ल्याउँने नेपाली खेलाडीलाई रु.एकलाख पुरस्कार स्वरुप प्रदान गर्ने घोषणा गरे । भारतीय कप्तान रोहित शर्माले टस जितेर…
झापा, १८ भदौ । साहित्य संगीत र कलाको संगम साहित्य चौतारी झापाले नेपाली सांगीतिक जगतका बहुप्रतिभाशाली व्यक्तित्व कुवेर राईलाई ‘दीर्घ साधना सम्मान’ प्रदान गरेको छ । इलामको निजी निवासमा पुगेर साहित्य चौतारीले गायक तथा सङ्गीतकार राईलाई उक्त सम्मान प्रदान गरेको हो । साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ, अध्यक्ष हस्त परियार, वरिष्ठ सल्लाहकार तथा लोक गायक अनिरुद्र ओली, साहित्य चौतारी रजत स्मारिकाका सम्पादक राजेन्द्र सङ्ग्रौला, यात्रा सारथी कृष्ण शर्मासहितको टोली सम्मानका लागि राई निवास पुगेको थियो । नेपाली सांगीतिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै राईलाई नगदसहित दोसल्ला ओढाएर ‘दीर्घ साधना सम्मान प्रदान गरिएको साहित्य चौतारीका संस्थापक संरक्षक श्रेष्ठले बताए ।…
झापा, १८ भदौ । शब्दपत्र प्रकाशन प्रालिद्वारा सञ्चालित शब्दपत्र डटकम अनलाइन तेस्रो वर्षमा प्रवेश गरेकोे छ । वार्षिकोत्सवको अवसरमा अनलाइनका प्राविधिक अमरेशप्रसाद चौधरीले शब्दपत्रलाई प्राविधिक रुपमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नगदसहित सम्मान गरिएको छ । आइतबार प्रकाशन प्रालिका अध्यक्ष बालकृष्ण गिरीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममाा अध्यक्ष गिरीले पत्रकारिताको क्षेत्रमा शब्दपत्रले गरेको योगदानको चर्चा गरे । कार्यक्रममा सञ्चालक समिति सदस्य बासु दुलालले समय सापेक्ष शब्दपत्रले पत्रकारिताको मूूल्य मान्यतामा आधारित रहेर अघि बढिरहेको चर्चा गरे । शब्दपत्र डटकमका कार्यकारी सम्पादक तथा प्रबन्ध निर्देशक उद्धव पुरीले सञ्चालन गरेको कार्यक्रममा प्रालिका सञ्चालक उमेश भारतीले…
लीलाराज झापालीकनकाई, १८ भदौ । पूर्वाधार विकास आयोजनाको प्रदेशकै गौरवको आयोजनाका रुपमा हेरिएको सुरुङ्गा झापा अमरपथ सडक खण्ड अन्र्तगतको सुरुङ्गा चप्रामारी सडक खण्ड समयसिमा सकिनुभन्दा केहि महिना अगाडि नै आयोजना सम्पन्न भएको छ । यसरी देशमा ठेकेदार कम्पनीले काम समयमै नसकेको भनेर समाचार आइरहेको बेला यसभने समयबाकी रहदै काम सम्पन्न भएसगै स्थानीय र सरकार पक्षले निर्माण कम्पनी कनकाई आशिस जेभीलाई धन्यावाद दिएका छन । कनकाई नगरपालिकाका र झापा गाउँपालिकामा रहेको यस सडक खण्डको कनकाई तर्फको ठेक्का पाएको यस कनकाई आशिस जेभिले पाएको थियो भने झापा गाउँपालिकाको भने मैनाचुली निर्माण कम्पनीले पाएको थियो । तर झापा गाउँपालिकाको भने काम हुन बाकी…
झापा, १८ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बङ्गालको खाडीको उत्तर(पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी भू(भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र गण्डकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। त्यस्तै मंगलबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका…
झापा, १८ भदौ । लोडसेडिङ कालमा विशेष सुविधाका रूपमा डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् आपूर्ति लिएका औद्योगिक र व्यापारिक ग्राहकलाई विद्युत महसुल बक्यौता तिर्न नेपाल विद्युत् प्राधिकरणले सक्रियता देखाएको छ । विभिन्न समयमा अदालतको आदेश मन्त्रीपरिषद्का निर्णय तथा निर्देशन प्राधिकरण सञ्चालक समितिका निर्णय भइसके पनि प्राधिकरणले सो रकम असुलउपर गर्न सकिरहेको छैन । प्रसारण लाइन तथा वितरण सञ्जाल विस्तारमा आफैँले समेत लगानी गर्नुपर्ने दबाममा रहेको प्राधिकरणले आइतबार सार्वजनिक सूचना जारी गर्दै महसुल बक्यौता १५ दिनभित्र नतिरे कानुनी व्यवस्थाबमोजिम लाइन काटिने चेतावनी दिएको छ । लोडसेडिङको समयमा प्राधिकरणको विद्युत् प्रणालीमा निरन्तर विद्युत् आपूर्ति हुने डेडिकेटेड फिडर र एक सबस्टेसनबाट अर्को सबस्टेसन…
झापा, १८ भदौ । सरकारी अनुदानको चिनी खरिद प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी खरिदका लागि महिनाअघि अर्थ मन्त्रालयसँग स्वीकृति माग गरेको भए पनि स्वीकृति नदिएपछि चिनी खरिद अगाडि बढ्न नसकेको हो । अर्थ मन्त्रालयका उपसचिव धनीराम शर्माले चिनी खरिद स्वीकृति मागको फाइल मन्त्रालयमा आए पनि खरिदको विषयमा अहिलेसम्म कुनै निर्णय नभएको जानकारी दिए । उनले भने, ‘चिनी खरिदको विषयमा मन्त्रालयमा छलफल भएको छ, अहिलेसम्म चिनी के कति परिणामको खरिद गर्न स्वीकृति दिने भन्ने विषयमा कुनै निर्णय भएको छैन ।’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट्र टेडिङ कर्पोरेसन र नेपाल खाद्य व्यवस्था तथा…
झापा, १८ भदौ । ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ भन्ने नाराका साथ सुरु भएको नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियानमा मोरङ बेलबारी ३ को जिम्मा पाएका छन् संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले । माओवादीका केन्द्रीय सदस्य समेत रहेका उनी १५ गते नै बेलबारी आइपुगे । अन्य माओवादी नेताको भन्दा उनको अभियानको शैली भने फरक देखियो । अभियानमा उनी जनताबाट सुझाव संकलन गर्न भन्दै तीन प्रश्न समेटिएको ‘सुझाव पत्र’ वितरण गर्छन् । विगतमा सरकारमा पुर्याउन भोट मागेको र जनताले भोट दिएका कारण सरकारमा पुगेको भन्दै मन्त्री किरातीले अब सरकारले गर्नुपर्ने कामहरु पनि जनताकै सुझाव आधारमा हुनुपर्ने बताउँछन् । सुझाव पत्र…
इलाम, १८ भदौ । मंगल शैक्षिक विकास गुठीले इलामको सूर्योदय नगरपालिका–३ मेहेलबोटेस्थित नर्वदा कल्याण बोर्डिङ्ग स्कुलका शिक्षक, विद्यालय कर्मचारी तथा विद्यालय व्यवस्थापन समितिलाई सम्मान गरेको छ । आइतबार सन्त श्री १०८ कृष्णदासजी महाराजको प्रमुख आतिथ्यता तथा गुठी सञ्चालक समिति अध्यक्ष धर्मप्रसाद भट्टराईको अध्यक्षतामा श्रीकृष्ण प्रणामी मंगल मन्दिर मेहेलबोटेमा आयोजित सम्मान कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । शैक्षिक सत्र २०७८ को एसईईमा जिल्लाकै उत्कृष्ट जिपिए हासिल गर्न तथा २०७९ को एसईईमा नगरकै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको भन्दै भूपू विव्यस अध्यक्ष चिरञ्जीवी पौडेलसहित १९ जनालाई सम्मान–पत्र, दोसल्ला तथा नगदद्वारा सम्मान गरिएको हो ।
अर्जुनधारा, १८ भदौ । सहयात्रा ग्रुप नेपालको आयोजनामा लागुपदार्थ दुर्व्यशनीविरुद्धको सचेतना कार्यक्रम आईतबार सम्पन्न भएको छ । संस्थाले अर्जुनधारा नगरपालिका–३ को जनता माविमा लागुपदार्थ दुर्व्यशनीविरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरेको हो । नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखा र इलाका प्रहरी कार्यालय अनरामनी बिर्तामोडको सहकार्यमा सञ्चालन भएको कार्यक्रममा किसोर अवस्थाका विद्यार्थीहरुलाई लक्षित गरेर अभिमुखीकरण गरिएको थियो । जनता माविको सभाहलमा भएको कार्यक्रममा करिब २ सय ५० जना विद्यार्थीले सहभागिता जनाएका थिए । सचेतना कार्यक्रमलाई इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक सुरज कार्की, सहयात्रा ग्रुप नेपालका उपाध्यक्ष तथा कार्यक्रम संयोजक टिकाराम कट्टेल, लागुपदार्थ दुर्व्यशनीविरुद्धको अभियन्ता कृष्ण गौतम र लागुपदार्थ दुर्व्यशनीविरुद्धको अभियन्ता…