झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाण्डौ, ८ असोज । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करी प्रकरणको छानबिन गर्न नचाहेको आरोप लगाउनुभएको छ । सुन तस्करी प्रकरणको छानबिनका लागि आयोग गठन गर्न सरकारलाई आफ्नो पार्टीले बाध्य पारे पनि त्यो आयोगमार्फत छानबिन गर्न भने नमानेको उहाँको जिकिर थियो । आज सोमवारदेखि काठमाण्डौमा शुरु भएको पार्टीको बाग्मती प्रदेश अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । सुन तस्करहरूलाई भगाउनका लागि सरकार एक महिनापछि मात्रै आयोग बनाउन तयार भएको उहाँले दाबी गर्नुभयो । ओलीले पछिल्लो समय भएका सबै सुन तस्करीको कुनै न कुनै दिन छानबिन गराएरै छाड्ने चेतावनीसमेत दिनुभयो । उहाँले…

Read More

काठमाडौं, ८ असोज । माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै नेपाल यु–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार दशरथ रंगशालामा माल्दिभ्सलाई फराकिलो गोल अन्तरले पराजित गर्दै नेपालले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। पहिलो हाफमै २–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप दुई गोल गरेको थियो। खेलको १७ औं मिनेटमा प्रशान्त लक्षमले गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएका थिए। डिबक्सभन्दा निकै टाढाबाट प्रशान्तले प्रहार गरेको बल गोलमा परिणत भएको थियो। समिर तामाङले ३० औं मिनेटमा नेपालको अग्रतालाई दोब्बर बनाए। दोस्रो हाफमा ५८ औं मिनेटमा लायन रसिदले गोल गर्दै माल्दिभ्सलाई खेलमा फर्काउने प्रयास गरे पनि सफल हुन सकेनन्। खेल…

Read More

काठमाडौं, ८ असोज । विज्ञापन बोर्डले होर्डिङ बोर्ड, सवारी साधन लगायतका माध्यममा विज्ञापन गर्दा अनिवार्य स्वदेशी कलाकार र व्यक्तिको फोटो राख्न विज्ञापनदाता, एजेन्सी र सञ्चारमाध्यमलाई निर्देशन दिएको छ । विज्ञापन नियमावली–२०८० को नियम ९ (क)को उपनियम(३) मा पहिलो संशोधन गर्दै बोर्डले नियमानुसार स्वदेशी कलाकार वा व्यक्तिको फोटो राखी विज्ञापन गर्न भनेको हो । बोर्डले विज्ञापनबाट विदेशी कलाकार वा व्यक्तिको फोटो हटाउन समेत भनेको छ ।

Read More

बिर्तामोड,८ असोज । बिर्तामोड नगरपालिका वडा नम्बर ३ बिर्ताबजारमा निर्माणधिन अवस्थामा रहेको कृषि तथा सामुदायिक विल्डिङ्गमा प्रयोग भएको कमसल इटा उद्योगमै फिर्ता पठाइएको छ । असोज ३ गते नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलासहित जनप्रतिनिधि तथा कर्मचारीले गरेको अनुगमनमा ३ नम्बर ईटा प्रयोग भएको फेला परेको थियो । नगरप्रमुख प्रसाईले कमसल इटा प्रयोग गरि बनाईएको वाल तत्काल भत्काउन र ईटा फिर्ता पठाउन निर्देशन दिनु भएको थियो । सोहिअनुरुप वाल त्यसैदिन भत्काईएको र शनिबार र आइतबार गरि ७ ट्याक्टर ईटा नमुना ईटा उद्योग हल्दिबारी १मा फिर्ता पठाईएको ठेकेदार कम्पनीका उमेश श्रेष्ठले जानकारी दिनुभयो । कमसल ईटा प्रयोग भएको पाईएपछि…

Read More

झापा, ८ असाेज । सुरुङ्गा जेसीजको जेसीज सप्ताह अन्तर्गत गत भाद्र २२ गते शुक्रबारबाट सुरु गरिएको सुरुङ्गा जेसीज सप्ताह आज आईतबार कनकाई नगर खुल्ला मावि स्तरिय वक्तृत्व कला प्रतियोगिता गर्दै सम्पन्न भएको सप्ताह कार्यक्रम संयोजक जेसी रोहित कोईरालाले जानकारी दिनुभयो । स्थापना काल देखिनै समाज रुपान्तरणमा उत्तरदायी भूमिका खेल्दै आएको सुरुङ्गा जेसीजले यस पटक भने केही फरक गरि जेसीज सप्ताह मनाएको हो । विगत वर्ष भन्दा यस वर्ष विशेष गरेर बालबालिकाहरुलाई आजको समाजको आवश्यकता अनुसार समाज रुपान्तरण कसरी गर्न सकीन्छ ?अनि उनीहरुलाई कसरी असल शिक्षा दिन सकीन्छ ? यसको लागी आम अभिभावक र शिक्षकको भुमिका कस्तो रहनु पर्छ ? जस्ता…

Read More

झापा, ८ असोज । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस र बागमती प्रदेशहरूका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। भोलि मंगलबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित…

Read More

झापा, ८ असोज । कोशी ग्यास उद्योगको सिल प्याक सिलिन्डर खाली पाइएको छ । मोरङको बुढिगंगास्थित कोशी ग्यास उद्योगबाट बजारमा बिक्रीका लागि लगिएको सिलप्याक सिलिण्डरमा ग्यास नै नभएको पाइएपछि उक्त उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । सो उद्योगलाई आइतबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले दुई लाख रुपैयाँ जरिवाना गराएको हो । बूढीगंगा गाउँपालिका–४, नेमुवास्थित कोशी ग्याँस उद्योगले बिक्रीका लागि लगेको ग्याँस विराटनगर–९ ट्राफिक चोक घर भएकी अञ्जना सिंहले खरिद गरेकी थिइन् । सिलप्याक सिलिन्डरमा १४ केजी २ सय ग्राम ग्याँस हुनुपर्ने हो । तर, कोशीको १५ केजी ४ सय ग्रामको सिलिण्डरमा ग्याँस नै नभरेको भेटिएको वाणिज्य…

Read More

झापा, ८ असोज। भद्रपुर नगरपालिका–२ मा कृषि आइपिएम कक्षा सञ्चालन गर्ने उद्देश्यले तीन वर्षअघि स्थापना गरिएका संरचना प्रयोगविहीन बनेका छन् । पालिकाले करिब एक बिघा जमिनमा तारजालीको घेराबारा गरेर तरकारी खेतीका लागि तीन टनेल निर्माण तथा सेक्युरिटी गार्डका लागि भवन निर्माण गरेको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकलाई लक्षित गरेर स्थापना गरिएका संरचना हाल प्रयोगविहीन भएको पालिकाका पूर्व प्रमुख जीवन श्रेष्ठले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेका छन् । उक्त जग्गामा तरकारी नभई झार जङ्गलले छोपेको उनको भनाइ थियो । विसं २०७७ मा वडा नं १ को कार्यालय अगाडि संरचना निर्माण गरिएको जनाउँदै उक्त जग्गा नगरपालिकाको रहेको श्रेष्ठले बताए । उनका…

Read More

झापा, ८ असोज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ६१ किलो सुन तस्करीमा संलग्न दावा छिरिङसँग कनेक्सन देखिएर विवादमा आएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीलगायतका सुन काण्डमा मुछिएका कर्मचारीलाई छिट्टै बयानमा बोलाउने भएको छ । तस्करी प्रकरणमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहितका कर्मचारीको सम्पत्ति छानबिन थालिरहेको अख्तियारले उनीहरूलाई छिट्र्टै बयानमा बोलाउने तयारी गरेको हो । अख्तियारले उनीहरूका बारेमा विस्तृत अनुसन्धान गरिरहेको छ । साथै, यसअघिको ९ किलो सुन तस्करीमा संलग्न रहेका र प्रहरी हिरासतमा रहेका कर्मचारीहरूको पनि कल डिटेल्सको बारेमा अख्तियारले छानबिन थालेको छ । ६१ किलो सुन तस्करी प्रकरणमा मुछिएर पक्राउ परेका भन्सार अधिकृत सन्तोष चन्द, खरिदार…

Read More

झापा, ८ असोज । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्तीकरणीसम्बन्धी मुद्दा आइतबारका लागि पेसी चढेको भए पनि सूचीमा भने देखिएन । पेसीमा रहेको मुद्दा न्यायाधीशको सङ्ख्या कम रहेकाले सुनुवाइको सूचीमा नपरेको अदालतले जनाएको छ । गत कात्तिकदेखि लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालतमा २६ पटकसम्म पेसी चढिसकेको छ । यो मुद्दामा १३ जना छुट्टाछुट्टै न्यायाधीशको इजलासमा सुनुवाइसमेत भइसकेको छ । बलात्कारजस्तो संवेदनशील मुद्दा छिन्न ढिलाइ हुँदा अनेक टिप्पणी गर्न थालिएको छ । निकै चासोपूर्वक हेरिएको मुद्दा हालसम्म चार पटकसम्म छुट्टाछुट्टै न्यायाधीशले प्रमाण बुझ्ने आदेश गरिसकेका छन् । तीनपटक हेर्न नभ्याइनेमा परेको मुद्दा ६ पटक स्थगित भएको छ । २०७९ कात्तिक १४ मा काठमाडौँ जिल्ला…

Read More