झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २८ भदौ । झापाको दुई भिन्न स्थानबाट प्रहरीले अवैध सामान बरामद गरेको छ । झापाको गौरीगञ्ज र मेचीनगरबाट प्रहरीले अवैध सामान बरामद गरेको हो । आज गौरीगञ्ज गाउँपालिका–६ देविगञ्जस्थित इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले भारतदेखि नेपालतर्फ अवैध रुपमा भन्सार छली ल्याउदै गरेको ५० केजी धनिया (करिब १० हजार रुपैयाँ मूल्य) नियन्त्रणमा लिएको छ । त्यसैगरी, आज दिउँसो मेचीनगर नगरपालिका–१३ चारआली चोकस्थित जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छलि लुकाई छिपाई ल्याउँदै गरेको ढोकाको छिड्किन, ढोकाको हेण्डल, कलको वासर, कलको जिब्रि र…

Read More

विराटनगर, २८ भदाै । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो सवा २ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा धनकुटाको जोरपाटी गाउँपालिका-६ का ३३ बर्षीय नरेन्द्र खड्कालाई शंकालागी चेकजाँच गर्दा निजको साथबाट १ ग्राम ०३ मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला पारी खड्कालाई नियन्त्रणमा लिएको थियो । त्यसैगरी बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीको टोलीले झापाको शिवसतासी नगरपालिका-३ का २६ बर्षीय सुबास तामाङ र ४० बर्षीय भिम प्रसाद तुम्बाहाम्फेलाई भारतबाट नेपाल तर्फ मे.५ प ९१३५ न.को मोटरसाईकलमा आउदै गरेको अवस्थामा…

Read More

ताप्लेजुङ, २८ भदाै । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-६ बिब्लाटे स्थितमा चट्याङले लागेर एकजना बालकको मृत्यु भएको छ । हिजो अपरान्ह ४ बजे स्थानीय ग्याबु शेर्पाको १६ बर्षीय छोरा फुर्बा शेर्पालाई चौरी गोठाला गई गोठमा फर्किने क्रममा अबिरल बर्षासँगै परेको चट्याङले लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो । थप अनुसन्धान तथा लाशको कानुनि प्रकृयाको लागी ईलाका प्रहरी कार्यालय दोभानबाट प्रहरीको टोली खटिएको उक्त कार्यालयले जनाएको छ ।

Read More

झापा, २८ भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र…

Read More

झापा, २८ भदौ । जनतासाभर वैकल्पिक राजनीतिक दलको रूपमा उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० मा आफ्नै सांसदलाई मन्त्रीबनाउन तीन करोड रुपियाँको लेनदेनको ‘डिल’ गरेको विषयलाई लिएर खैलाबैला मच्चिएको छ । पूर्व सांसद ठाकाकुमार श्रेष्ठले आफूलाई स्वास्थ्य मन्त्री बनाउन पार्टी सभापति रवि लामिछानेको कोर टिममा रहेका केन्द्रीय सदस्य मोहनजंग थापाले ३ करोड मागेको सञ्चार माध्यममा अन्तवार्ता दिएपछि खैलाबैला मच्चिएको हो । पार्टीको साधारण सदस्यबाट समेत निष्कासित पूर्वसांसद ठाकाकुमारले सार्वजनिक रूपमा पोलेका केन्द्रीय सदस्य थापामाथि पार्टीले अनुसन्धानको प्रक्रिया अघि बढाएको रास्वपाले विज्ञप्तिमार्फत् जनाएको छ। बुधबार जारी गरिएको विज्ञप्तिमा मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादनको बैठकले थापामाथि अनुसन्धान शुरू गरेको उल्लेख छ । गत…

Read More

झापा, २८ भदौ । पटक-पटक गरी ब्रेक सुमा ३६० किलो ७७८ ग्राम तस्करीको सुन राखेर ल्याइएको निष्कर्ष निकालेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा राजनीतिक दलका नेतालाई भने ‘सुनपानी’ छर्केको छ। पछिल्लो पटक साउन ३ गते बरामद ६०।७१६ किलो सुन प्रकरणमा नेपालतर्फका मुख्य व्यवस्थापक दाओजिन वाङ र चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङलाई मुख्य प्रतिवादी बनाएको सिआइबीले उनीहरूसँग जोडिएका राजनीतिक व्यक्तिहरूलाई भने प्रतिवेदनमा केही उल्लेख नगरी ‘सुनपानी’ छर्केर चोख्याएको हो। सिआइबीले होटल भियनाका सञ्चालक दावा छिरिङलाई सुन तस्करीको मूल बिचौलिया बनाएको छ। तर उनीहरूसँग जोडिएका माओवादी केन्द्रका उच्च नेताहरूबारे भने केही पनि नखुलेको…

Read More

झापा, २८ भदौ । राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक अनुदान कोटा स्वतः शिक्षक दरबन्दीमा परिणत हुने भएको छ। शिक्षकको स्थायी खुला प्रतिस्पर्धामा राहत, विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षकका लागि कुल दरबन्दीको ५० प्रतिशत सिट छुट्याइएको छ। बाँकी ५० प्रतिशतमा खुला प्रतियोगिताका आधारमा परीक्षा लिएर पदपूर्ति गरिने छ। विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक बुधबार सङ्घीय संसद् सचिवालयमा दर्ता भएको छ। विधेयकमा सो प्रावधान प्रस्ताव गरिएको हो। विधेयकमा राहत, विशेष शिक्षा र प्राविधिक धार शिक्षक कोटामा कार्यरत शिक्षकलाई स्थायी प्रतियोगिताको परीक्षामा सहभागी हुन उमेरको हद पनि नलाग्ने प्रस्ताव गरिएको छ। आरक्षित…

Read More

झापा, २८ भदौ । झापाको हल्दिबारी गाउँपालिकाले यहाँका स्थानीयबासीलाई निःशुल्क खानेपानी वितरण थालेको छ । गाउँपालिकाबासीमा शुद्ध खानेपानीको पहुँच पु¥याउने उद्देश्यले निःशुल्क खानेपानी वितरण थालिएको गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले जानकारी दिनुभयो । “खानेपानी मानिसको आधारभूत आवश्यकता हो”, उहाँले भन्नुभयो, “गाउँपालिकाबासीलाई शुद्ध खानेपानी पु¥याउन प्रयास थालिएको छ ।” गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन शुद्ध खानेपानीको अभाव हुँदा विभिन्न रोगको संक्रमण हुने र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले पनि खानेपानीलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ । गाउँँपालिकाले १० युनिट (१० हजार लिटर) सम्म पानी निःशुल्क गरेको छ । यसअघि उपभोक्ताले मासिक १० युनिटसम्म खानेपानी खपत गर्दा रू एकसय २० तिर्दै आएका थिए ।…

Read More

झापा, २८ भदौ । सरकारले नेपाली श्रमिकका प्रमुख श्रम गन्तव्य देश हुँदै आएका मलेसिया र खाडीका मुलुकको विकल्पमा युरोपतर्फ मोड्ने तयारी गरेको छ । पछिल्लो पटक युरोपका पोल्यान्ड, क्रोएसिया, रोमानिया, सर्बिया, पोर्चुगल, जर्मनी, ग्रिस, माल्टालगायतका देशमा ठुलो सङ्ख्यामा नेपाली चर्को रकम तिरेर गएकाले त्यसलाई सहज सरल गराउने तयारीमा सरकार रहेको देखिन्छ । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा नेपालीका श्रम गन्तव्य देशका १२ जना राजदूतलाई बोलाएर प्रधानमन्त्री कार्यालयमा गरिएको छलफलमा पनि युरोपको विषय प्राथमिकताका साथ उठान भएको बताइएको छ । श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले युरोपमा नेपाली श्रमिकको धेरै माग भएकाले संस्थागत रूपमा पठाउने विषयमा सकारात्मक छलफल भएको जानकारी दिए…

Read More

झापा, २७ भदौ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा प्रहरीका लागि एकदिने जीवन उपयोगी सिप प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको आयोजना तथा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सहकार्यमा सञ्चालन भएको प्रशिक्षण कार्यक्रममा सिनियर प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । प्रशिक्षण कार्यक्रममा प्राज्ञिक बिद्यार्थी परिषद् नेपालका राष्ट्रिय संगठन सचिव नारायण ढकालले प्रहरी कर्मचारीहरुलाई जीवन उपयोगी प्रशिक्षण प्रदान गर्नु भएको थियो । यसैबीच, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको तत्वधानमा ७ कार्य दिनको प्रहरी आचरण ब्यबहार तथा नैतिक शिक्षा सम्बन्धी दोस्रो समुहको तालिमको समापन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा भाद्र…

Read More