झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २४ भदौ । पराजुली समाज नेपाल झापाको अध्यक्षमा गणेश पराजुली निर्वाचित भएका छन् । झापाको कनकाईस्थित कोटीहोमको पराजुली भवनमा शनिबार भएको १७ औं साधारणसभा तथा छैटौ अधिवेशनबाट गणेशको अध्यक्षतामा १५ सदस्यीय झापा जिल्ला कार्य समिति चयन भएको हो । कोटीहोमको पराजुली भवनको उद्घाटनसँगै भएको अधिवेशनबाट निर्वाचित गणेश कोटीहोममा पराजुली बन्धुहरुकी कुलदेबी विन्दबासिनी मन्दिरका निर्माणकर्ता समेत हुन् । समितिको प्रथम उपाध्यक्षमा काशी पराजुली, महिला उपाध्यक्षमा शारदादेबी पराजुली, सचिवमा नारायण पराजुली, सह–सचिवमा प्रतिक्षा पराजुली र कोषाध्यक्षमा हरिहर पराजुली चयन भएका छन् । त्यस्तै सदस्यमा चन्द्रप्रसाद पराजुली, टंकप्रसाद पराजुली, बेनु पराजुली, मित्र पराजुली, प्रेमबहादुर पराजुली, भवानी पराजुली, देबीप्रसाद पराजुली, चन्द्रप्रसाद पराजुली र…

Read More

भद्रपुर, २३ भदाै । ११० औं वि.पि. जयन्तिको अवसर पारेर भद्रपुरमा अन्तरक्रिया तथा विचार गोष्ठी सम्पन्न गरिएको छ । विपि प्रतिष्ठान झापा तथा प्रजातान्त्रिक विचार समूह झापाको आयोजनामा विपिको विचार विमर्शका लागि भद्रपुर १० चन्द्रगढीमा अन्तरक्रिया तथा विचार गोष्ठी सम्पन्न गरिएको हो । प्रतिष्ठानका सभापति गोविन्द लम्सालको अध्यक्षता तथा नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विपिको विचार छाडिदै गएको भन्दै काँग्रेस सम्बद्ध अग्रज कार्यकर्ताहरूले नेतृत्वमाथि प्रश्न उठाएका थिए । कार्यक्रममा विचार राख्दै सहमहामन्त्री परियारले नेपाली राजनीतिमा विचार र सिद्धान्त भएको एकमात्र नेता विपि कोइराला रहेको धारणा राखेका छन् । संघीय संसद समेत रहेका परियारले राष्ट्रियताको सवालमा सचेत…

Read More

झापा, २३भदाै । बिर्तामोड नगरपालिका-४ आनन्दगंजस्थित रुपेश्वर शिव पाञ्चायन मन्दिर निर्माणमा सहयोग पु¥याउने दातालाई एक कार्यक्रमकाबीच सम्मान गरिएको छ । आनन्दगंज भजन कीर्तन मण्डलीले २०५७ सालबाट वालादेवी खरेलको अध्यक्षतामा भजन कीर्तन गर्दै आएको र दाता छविलाल प्रसाईले मन्दिरका नाममा साढे ११ धुर जमिन प्रदान गरेसंगै दातासंग सहयोग जुटाएर रुपेश्वर शिव पाञ्चायन मन्दिर निर्माण शुरु गरिएको थियो । भजन कीतन २०७१ सालसम्म नियमित सञ्चालन गर्दै आएको र श्रीप्रसाद खरेलको नेतृत्वमा जग्गा खोजी गर्दै मन्दिर निर्माण कार्य अघि बढाइएको थियो । मन्दिर निर्माण सम्पन्नसंगै जग्गा दाता स्व. छविलाल प्रसाईकी धर्मपत्नी खगमाया प्रसाईलाई सम्मान गरिएको हो । बिर्तामोड साना सहकारी खानेपानी संस्थाका अध्यक्ष…

Read More

धुलाबारी, २३ भदौ । धुलाबारी क्याम्पस नेपालमै पहिलो इन्जिनियरिङ सम्बन्धन पाउने सामुदायिक क्याम्पस भएको छ । नेपाल इन्जिनियरिङ काउन्सिलले यही भदौ १५ गते धुलाबारी क्याम्पसलाई इन्जिनियरिङ संकायको पठनपाठन गराउन पाउने लिखित अनुमति (सम्बन्धन पत्र) दिएको हो । क्याम्पसले पत्रकार सम्मेलन गरी सम्बन्धन पाएको विषयमा जानकारी दिएको थियो । देशभरमा ५ सय ६३ वटा सामुदायिक क्याम्पस रहेकोमध्ये धुलाबारी क्याम्पसले मात्र इन्जिनियरिङ विषयको स्नातक तह पढाउने अनुमति पाएको क्याम्पस प्रमुख पुष्प पौडेलले बताए । ‘समस्त मेचीनगरबासीका लागि यो साह्रै ठूलो खुशीको खबर हो,’ उनले पत्रकार सम्मेलनमा भने, ‘निरन्तरको प्रयासपछि धुलाबारी क्याम्पसलाई नेपाल इन्जिनियरिङ काउन्सिल र पूर्वाञ्चल विश्वविद्यालय दुबैले सिभिल इन्जिनियरिङ संकायका चार…

Read More

बिर्तामोड, २३ भदौ । झापाको कमल गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कमल–३ बोहोरा टोलस्थित भित्री सडकखण्डमा आज दुईवटा मोटरसाइकल एक आपसमा जुध्दा कमल–३ का ३० वर्षीय वीरेन्द्र सहनीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका जनाएको छ । सहनीले चलाएको मे २ प ५९२३ नम्बरको मोटरसाइकल र मे ११ प ९२०३ नम्बरको मोटरसाइकलसँग जुधेको झापा ट्राफिकले जनाएको छ ।

Read More

बिर्तामोड, २३ भदौ । झापाका युवा पत्रकार सन्तोष न्यौपाने सम्मानित भएका छन् । नेपाल अलैँची व्यवसायी महासंघले शनिवार बिर्तामोडमा आयोजित आठौँ अधिवेशनका अवसरमा पत्रकार न्यौपानेलाई सम्मान गरेको हो । एभिन्युज टेलिभिजनका झापा संवाददाता रहेका न्यौपानेले महासंघका गतिविधिलाई उच्च महत्व दिएर प्रकाशन प्रशारण गर्दै आएका छन् । पत्रकारितामार्फत व्यवसायिक क्षेत्रमा गरेको योगदानको कदरस्वरुप उनलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकाल र नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले उनलाई दोसल्ला ओढाएर नगद आठ हजार एकसयसहित सम्मान गरेका छन् । पत्रकार न्यौपानेसँगै कृषक भीमलाल मावो, लघु उद्यमी माया गुरुङ, व्यवसायी प्रभातकुमार अग्रवाल र…

Read More

झापा, २३ भदौ । नेपाली काङ्ग्रेसका सहमहामन्त्री जीवन परियारले नेतृत्वमा भएको चरम गुटबन्दीका कारण पार्टी थिलथिलो बनेको बताएका छन् । पार्टीलाई बदल्न केन्द्रीय नेतृत्व नै सुधारिनुको विकल्प नभएकोमा उनले जोड समेत दिए। नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर १ प्रदेश ‘ख’ सम्मेलनको शनिबार झापाको काँकडभिट्टामा उद्घाटन गर्दै उनले कार्यकर्ताको कुरा नसुन्ने व्यक्ति नेता हुन नसक्ने बताए । उनको यो टिप्पणी पार्टी सभापति शेरबहादुर देउवातर्फ लक्षित थियोे ।पार्टी बिग्रनु र कमजोर हुनुको सम्पूर्ण दोष केन्द्रीय नेतृत्वले लिनुमा उनले जोड दिए। सहमहामन्त्री परियारले पार्टी बिग्रेको दोष कार्यकर्ताले लिन नसक्ने र त्यो उनीहरूको दायित्व नभएको उल्लेख समेत गरे। अहिलेसम्म कोषाध्यक्ष चयन गर्न पार्टी केन्द्रले…

Read More

कनकाई, २३ भदौ । झापाको कनकाई नगरपालिका–१ र ७ मा रहेको कनकाई बिहानी क्लबद्वारा सञ्चालित बिहानी महिला समूहले तीजको अवसरमा तीज विशेष सांस्कृतिक कार्यक्रमका साथ सामूहिक दर खुवाएर मनाएको छ। आफ्नो रीतिरिवाज, संस्कृति र परम्परालाई बचाइराख्न कार्यक्रमको आयोजना गरिएको समूहकी अध्यक्ष इन्दिरा भुजेल (मन्जु) ले जानकारी दिनुभयो । आज शनिबार कनकाई विहानी क्लबको सभाहलमा कार्यक्रम आयोजना गरिएको सचीव शुरेखा कार्कीले जानकारी दिनुभयो ।तीज भन्ने बित्तिकै आजकल प्रायजसो नाचगान गरी रमाइलो गर्ने भन्ने मात्रै बुझिन्छ । तर, तीज चेली–माइतिको सम्बन्धलाई अझ प्रगाढ बनाएर चेलीले आफ्नो बेदना पोख्ने माध्यम पनि हुन्छ भन्ने बुझाउने प्रयास स्वरुप कार्यक्रमको आयोजना गरिएको समूहकी उपाध्यक्ष तथा कार्यक्रम…

Read More

बुधबारे, २३ भदौ । झापाको बुद्धशान्तिमा रहेको बुधबारे जेसीज वर्ष २०२३ को जेसीज सप्ताह शुक्रवारबाट शुरु भएको छ । जेसीज सप्ताह अन्तर्गत सात दिन सात कार्यक्रम तय गरेको बुधबारे जेसीजले पहिलो दिन बुद्धशान्ति गाउँपालिका अन्तरगत रहेका आधारभूत तहका कक्षा ८ का विद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराएर सप्ताह शुरुवात गरेको छ । सामाजिक क्षेत्रमा आफ्नो बेग्लै छाप बनाउँदै आएको बुधबारे जेसीजले विद्यार्थीहरुलाई विज्ञान सम्बन्धि जानकारी दिन भारतको सिलुगुडीमा रहेको साइन्स सिटी विज्ञान सङ्ग्रहालयमा भ्रमण गराएको हो । उक्त सङ्ग्रहालयमा विद्यार्थीहरुले परम्परागत प्रविधिदेखि आधुनिक विज्ञान प्रविधिका मुख्य मुख्य नमूना देख्न पाएका थिए । जसबाट विद्यार्थीहरुले प्रत्यक्ष लाभ लिन पाएर खुसी भएका थिए ।…

Read More

झापा, २३ भदौ । होटल व्यवसायी संघ झापाको अध्यक्षमा पुनः इन्दिरा श्रेष्ठ निर्वाचित भएकी छन् । शुक्रबार बिर्तामोडमा भएको १० औं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि श्रेष्ठ पुनः अध्यक्षमा निर्विरोध चयन भएकी हुन् । आगामी तीन वर्षे कार्यकालका लागि श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । संघको बरिष्ठ उपाध्यक्षमा ख्यामप्रसाद ओली, उपाध्यक्षमा रामकुमार प्रसाईं, महासचिवमा शिवराज पौडेल, सचिवमा मानबहादुर गिरी, कोषाध्यक्षमा रमेश मगर निर्विरोध चयन भएका हुन् भने सदस्यमा तिलकबहादुर श्रेष्ठ, ढुका कुमाल, निरज सिटौला, टेकबहादुर बस्नेत, डम्बरबहादुर नेम्वाङ, जयप्रकाश राई, नोर्वुलामा शेर्पा, भीम सुब्बा र चन्द्रा बुढाथोकी चयन भएका छन् । बिर्तामोड नगर प्रमुख पवित्रा महतरा…

Read More