झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २१ भदौ । झापा गाउँपालिकामा एक व्यक्ति मृत फेला परेका छन् । झापा गाउँपालिका–६ निवासी अन्दाजी ४८ वर्षीय विनोद दाहाल सानो कनकाई माई खोलामा डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । झापा–७ भएर बग्ने सो खोलामा बुधबार बिहान अन्दाजी ८ बजे दाहाललाई पानीमा डुबेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार मृत दाहाल तीन दिन अघि घरबाट हिँडेका थिए । मदरगाछ पूर्व सानो माईको पुलनेर उनको साइकल र टोपी फेला परेको थियो । मृतक दाहालको शव पोस्टमार्टमका लागि पठाएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उता झापाको बुद्धशान्तिमा पनि पानीमा…

Read More

झापा, २१ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेस प्रदेश र कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ। आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक९दुई स्थानमा चट्याङ्गसहित हल्का…

Read More

झापा, २१ भदौ । नागरिकता नियमावली मन्त्रिपरिषद्बाट स्वीकृति भएसंगै नेपाली नागरिकले नागरिकताविहीन हुनुपर्ने स्थितिको अन्त्य भएको छ । गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले नागरिकता ऐन २०६३ को संशोधन २०७९ बमोजिमको नियमावली भदौं १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको जानकारी दिए । सो नियमावली सरकारले औपचारिक रुपमा सार्वजनिक गर्न बाँकी नै छ। प्रवक्ता भट्टराईका अनुसार एक साताभित्र सो नियमावली राजपत्रमा प्रकाशित हुने र त्यसपछि नागरिकतासम्बन्धी नयाँ कानून पूर्ण रुपमा कार्यान्वयनमा आउने छ। उनले भने– ‘अब आमाको नाउँमा नागरिकता लिन सहज भएको छ। त्यसैगरी बाबु बेपत्ता भएका, पितृत्व र मातृत्व ठेगाना नभएका सन्तान, विदेशीसंग विवाह गरेको नेपाली महिला र तिनका सन्तान, गैर…

Read More

झापा, २१ भदौ । चिनियाँ बाटो प्रयोग गरेर तेस्रो देशबाट नेपालमा पहिलो पटक आयात भएको छ । तर आयातीत सामान भने नेपालमै पर्याप्त उत्पादन गर्न सकिने कृषिजन्य वस्तु बेसार रहेको छ । भियतनामबाट नेपालका लागि आयात गरिएको बेसार बोकेको कन्टेनर बुधबार तातोपानी नाकाबाट नेपाल प्रवेश गरेको हो । यससँगै लामो समयदेखि थाती रहेको नेपाल–चीन व्यापार तथा पारवहन सम्झौता पनि कार्यान्वयनमा आएको छ । अन्तर्राष्ट्रिय व्यापारमा खास गरी तेस्रो देशबाट हुने आयातमा भारतलाई मात्र ‘ट्रान्जिट’ का रूपमा प्रयोग गरिँदै आएकोमा बुधबारदेखि चीनबाट पनि तेस्रो देशको सामान आयात गर्न सकिने सम्भावनाले ठोस नतिजा प्राप्त गरेको छ । २०७२ चैत ८ गते चीनसँग…

Read More

झापा, २० भदौ । पूर्वी नाका काँकरभिट्टाबाट एक महिनाको अवधिमा ९६ करोड ४६ लाख बराबरको अलैंची निर्यात भएको छ । चालू आर्थिक वर्ष २०८०÷०८१ को पहिलो महिना अर्थात् साउनमा महिनामा रू ९६ करोड ४६ लाख ५ हजार बराबरको सात लाख ८८ हजार ७ सय ४० किलोग्राम अलैंची निर्यात भएको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । गत आर्थिक २०७९÷०८० को साउन महिनाको तुलनामा चालु आर्थिक वर्षकोे पहिलो महिनामै अलैंचीको निर्यात उच्च रहेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षकोे साउन महिनामा २२ करोड ८५ लाख ८६ हजार मुल्य बराबरको २ लाख ७७ हजार…

Read More

झापा, २० भदौ । झापाको भद्रपुर नगरपालिका–८ विमानस्थल छेउबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित २ जना र काँकरभिट्टाबाट एक जना गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं, जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले मंगलबार दिउँसो तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारतीय नागरिक दार्जिलिङ जिल्ला नक्शालबारीकी २८ वर्षीया कल्याणी बर्मनी, २८ वर्षीया राधा बर्मनी र २४ वर्षीय कल्याण बर्मण रहेका छन् । राधा र कल्याणी ९८ ग्राम ९०० मिलिग्राम लागुऔषध ब्राउनसगुरसहित भद्रपुरबाट पक्राउ परेका हुन् भने कल्याण वर्मण ९८ ग्राम ९०० मिलिग्राम लागुऔषधसहित काँकरभिट्टाबाट पक्राउ…

Read More

झापा, २० भदौ । मल उत्पादन भएकै मुलुकको सक्कल कागज नभए पनि सेटिङमा ल्याइने रासायनिक मल बनावटी कागजकै भरमा भन्सारमा पास हुने गरेको पाइएको छ । सरकारको सम्बन्धित मन्त्रालय र विभागको दबाब अनि कर्मचारी झुक्किने दुरुस्त बनावटी कागजका कारण भन्सार कार्यालय पनि नतमस्तक हुने गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले आयात गरेको रासायनिक मल भन्सारमा लामो समय जाममा नपर्ने कारण पनि सबै सेटिङकै कारण फास्ट ट्र्याकमा हुने गरेको भेटिएको छ । मल ल्याउने कम्पनी आइपिएलसहितको सेटिङमा मल ल्याउँदा–ल्याउँदै जाँचपास हुने गरेको प्रत्यक्षदर्शीले समेत बताए । अझ यसपटकको मल गुणस्तरमा समेत कैफियत रहेको खुलेको छ । गाडीमा मल लोड गरेको ठाउँबाट…

Read More

झापा, २० भदौ । सिमसार र जङ्गलमा खेती गरिने अलैँचीमा डढुवा रोग लागेपछि धेरैजसो बगान नै सखाप भएका छन् । अलैँचीमा एकातिर डढुवा रोगको समस्या छ भने अर्कातिर भँवरा र मौरीको सङ्ख्या घट्दा परागसेचन प्रक्रियामा समस्या हुँदा उत्पादन निरन्तर घट्दो छ । यसका साथै विषादीको बढ्दो प्रयोग र जलवायु परिर्वतनको असर पनि अलैँची खेतीमा परेको छ । जसका कारण अलैँची किसान वार्षिक करोडौँ रुपियाँ बराबरको घाटा बेहोर्न बाध्य भएका छन् । वनस्पतिविद्का अनुसार विश्वमा जङ्गली फूलका ९० प्रतिशत प्रजाति, खाद्यबाली ७५ प्रतिशत र कृषिबाली ३५ प्रतिशत जीव परागसेचनमा निर्भर रहने गरेको छ । त्यस्ता जीवको सङ्ख्यामा कमी आएसँगै अलैँची उत्पादनमा कमी आएको आकलन गरिएको छ ।…

Read More

झापा, २० भदौ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा…

Read More

मेचीनगर, १९ भदौ । झापाको मेचीनगर–६ आदर्शटोलकी शोभा बुढाथोकीले तीन महिनादेखि बेपत्ता भएका ५१ वर्षीय श्रीमान् दुर्गा दाहाल खोजी गरिदिन आग्रह गरेकी छन् । गत २०७९ चैत महिनादेखि घर नाअएको र असारमा फोन सम्पर्क भएपछि हाल बेपत्ता भएकाले श्रीमानको खोजी गरिदिन उनले आग्रह गरेकी हुन् । बुढाथोकीले सबै ठाउँमा सम्पर्क गरेको र इलाका प्रहरी कार्यालयमा खोजीदिन निवेदनसमेत दिएको बताइन् । दाहालले विगत ६ वर्षयता इट्टा र कोइलाको व्यापार गर्दै आएका थिए । गत जेठमा एक पटक घर आएका दाहाललाई भारत पानीट्यान्कीमा धुलाबारीका एक जना साथीसँग असार ७ गते भेट भएको र त्यसपछि बेपत्ता भएको उनको भनाइ छ । उनको घरमा…

Read More