
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ४ असार । पूर्वी नेपालमा बाढी तथा पहिरोका कारण ६ जनाको मृत्यु भएको छ। विभिन्न जिल्लामा गरी ६ जना घाइते तथा २९ जना बेपत्ता भएका प्रहरीले जनाएको छ। जेठ ३१ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी एवम् पहिरोमा परी संखुवासभामा १ जना, ताप्लेजुङमा ३, पाँचथरमा १ र नुवाकोटमा १ जना गरी ६ जनाको मृत्यु भएको हो। जसमध्ये ५ जना पुरूष र १ जना बालिका रहेका छन्। साथै बाढी एवम् पहिरोमा परी संखुवासभामा ३ जना, ताप्लेजुङमा २ जना र पाँचथरमा १ जना गरी जम्मा ६ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ। यस्तै, संखुवासभामा…
झापाको मध्य भागमा रहेको सुन्दर नगरपालिका कनकाईका प्रमुख प्रशासकीय अधिकृत हुनुहन्छ, मोहनप्रसाद न्यौपाने । जिल्ला प्रशासन कार्यालय इलामबाट सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेर उहाँ कनकाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा आउनुभएको हो । कनकाई नगरपालिकामा विगत ३२ महिनादेखि सेवारत उहाँ एक कुशल प्रशासक हुनुहुन्छ । शारीरिक अस्वस्थताका बाबजुद बिदाका दिनसमेत नागरिकको सेवामा तल्लीन एक कर्मशील राष्ट्रसेवक न्यौपानेसँग झापा अनलाइनका लागि पत्रकार चन्द्र बस्नेतले गर्नुभएको कुराकानीको अंश : कनकाई आउनु अघि कुन ठाउँमा हुनुहुन्थ्यो ?म कनकाई आउनु अघि जिल्ला प्रशासन कार्यालय इलाममा सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरिरहेको थिएँ । म कनकाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत भएको…
बिर्तामोड, ४ असार । नेपाल किसान महासंघ झापाका अध्यक्ष राजेन्द्र भट्टराई कोशी प्रदेश अध्यक्षमा मनोनित हुनुभएको छ । भट्टराई विगत १२ बर्षदेखि झापा अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले भट्टराईलाई कोशी प्रदेश अध्यक्षमा मनोनित गर्नुभएको हो । नेपाल किसान महासंघको संगठन विस्तार एवं कोशी प्रदेशका सम्पूर्ण जिल्लाहरुको अधिवेशन केन्द्रले तोकेकै समयमा सक्न जिम्मेवारी दिदै कोशी प्रदेश अध्यक्षमा भट्टराईलाई मनोनित गरिएको जनाइएको छ ।
सङ्खुवासभा, ४ असार । सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ । गए राति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ । शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीले चैनपुर–४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका १७ जना बेपत्ता भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । वेपत्ता हुनेमा सुपर हेँवा हाइड्रोपावरका फैजबहादुर कार्की (झापा), मीना श्रेष्ठ (झापा), सन्तोष ढकाल (सुनसरी), भुवनसिंह तामाङ (चैनपुर नगररपालिका), सुवास राई (सङ्खुवासभा), गणेश गिरी (धनकुटा), राजकुमार मगर (इलाम), रामजतन…
झापा, ४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत केही दिनयता आएको बाढीपहिरोका कारण देशका विभिन्न भूभागमा ठूलो धनजनको क्षति भएकोमा दुख व्यक्त गर्दै बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूको खोजी, उद्दार कार्य र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचालन गरेको बताएका छन् । आज बिहान ताप्लेजुङ र पाँचथरका राजनीतिक दल र जनप्रतिनिधिहरूको टोलीसँग बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले प्राकृतिक प्रकोपको खतरा अहिले पनि विद्यमान रहेकाले सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने बताएका हुन् । भेटमा ताप्लेजुङ र पाँचथरका राजनीतिक दलका नेता र जनप्रतिनिधिहरूले ताप्लेजुङ, पाँचथर र संखुवासभामा बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको जानकारी गराउँदै तत्कालका लागि टेन्ट, खाद्यवस्तु, भाडाकुँडा र लत्ताकपडा उपलब्ध…
झापा, ४ असार । किसानले प्रतिकिलो ६ रुपैयाँभन्दा पाउने गोलभेडालाई उपभोक्ताले ४० रुपैयाँ तिरेर किनिरहेका छन् । यो अस्वाभाविक अवस्थाप्रति विरोध जनाउन आइतवार किसानले हजारौं किलो गोलभेडा काडमाडौंको सडकमा फालेका छन् । काठमाडौंको कालीमाटीस्थित तरकारी तथा फलफूल बजारअगाडि सडकमा आइतवार झन्डै ३९ हजार किलो गोलभेडा फालिएको थियो । फ्याँकिएको गोलभेडा हटाउन जेसीबी प्रयोग गर्नुपरेको थियो । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार आइतवार गोलभेडाको थोक मूल्य ६ रुपैयाँ प्रतिकिलो थियो । एक महीनाअघि प्रतिकिलो ४० देखि ५० रुपैयाँमा विक्री भएको गोलभेडा आइतवार ६ रुपैयाँमा पनि विक्री नभएको कालीमाटीका व्यापारीको गुनासो छ । गोलभेडाको उचित मूल्य नपाएको भन्दै व्यापारीले…
बनियानी, ४ असार । झापाका सामुदायिक वन हाताभित्रमा हात्तीका लागि आहाल र आहाराको व्यवस्थापनको काम शुरु भएको छ । जिल्लाका सामुदायिक वन क्षेत्रमा जलाशय निर्माण र हात्तीले पन पराउने बाँस तथा केराको बिरुवा लगाउन थालिएको डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिए । राष्ट्रिय वन विकास कार्यक्रमअन्तर्गत झापाको कचनकवल–३ स्थित दुर्गाभिट्टा सामुदायिक वन र बाह्रदशी–१ साधुपर्ती सामुदायिक वन हाताभित्र दुई वटा पोखरी निर्माण गरिएको छ । रु १० लाखको लागतमा ती पोखरी निर्माण गरिएको हो । हात्ती र अन्य वन्यजन्तुलाई पानी खान र आहाल बस्न सहज होस् भन्ने उद्देश्यले पोखरी निर्माण गरिएको उनले बताए । त्यस्तै,…
झापा, ४ असार । काठमाडौँमा एउटा यस्तो सरकारी कार्यालय छ, जहाँ कर्मचारी कार्यालय जानुपर्दैन । उनीहरूले मोबाइलबाट हाजिरी ९ ल्याप्चे ० गरे पुग्छ । अधिकार सम्पन्न एकीकृत वाग्मती विकास समितिले विगत तीन वर्षदेखि करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीका लागि मोबाइलबाटै हाजिरी गर्न सक्ने व्यवस्था मिलाएको छ । समितिका तत्कालीन सदस्य सचिव एवं वाग्मती सुधार आयोजनाका आयोजना प्रमुख लीला ढकालको पहलमा २०७६ कात्तिकदेखि यस्तो व्यवस्था मिलाइएको हो । यसैकारण कार्यरत ५६ जना ज्यालादारी तथा १ सय १० जना करारका कर्मचारीलाई हाजिर गर्न दिनदिनै कार्यालयमा जानुपर्दैन । उनीहरूले आफू फिल्डमा गएको जानकारी मोबाइल एपबाट कार्यालयमा पठाएमा हाजिरी भएको मानिन्छ । त्यहाँ स्थायी…
झापा, ४ असार । राजनीतिक तथा प्रशासनिक नेतृत्वको मिलेमतोमा भ्रष्टाचार हुने क्रमले वर्षेनी तीव्रता पाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी पर्ने क्रम बढ्दै गएको आधारमा आयोगले सो निष्कर्ष निकालेको हो । १० महिनाको अवधिमा झन्डै साढे २२ हजार उजुरी परेको आयोगले जनाएको छ । आयोगका सचिव रामेश्वर दंगालले यो तथ्य आइतबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतबारको बैठकमा राख्नुभएको थियो । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सो संख्यामा उजुरी परेको हो । तीमध्ये करिब आधा मात्र अर्थात् १२ हजार ५ सय ९२ उजुरी मात्र फस्र्योट भएको छ। आयोगका अनुसार उजुरीको संख्या बढनुमा रिसइवीका कारण र…
झापा, ४ असार । कोशी प्रदेशको केही स्थानमा, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी तराई भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ।