झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

शिवसताक्षी, १६ असार । झापाको शिवसताक्षी नगरपालिकाले बालबालिका र युवा वर्गमा पठन संस्कृतिको विकास गर्नका लागि पालिकाका विभिन्न स्थानमा ज्ञानघर निर्माण सुरु गरेको छ । शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रो (रोशन)ले शनिबार शिवसताक्षी नगरपालिका–७ ब्याङ्गडाँडामा आज ज्ञानघरको निर्माणपछि उद्घाटन गर्दै अभियानको सुरुवात गर्नुभएको हो । स्थानीय गोर्खाली हर्ट नामक क्लबको संयोजनमा नगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको ज्ञानघरमा नगरप्रमुखले विभिन्न पुस्तक प्रदान गर्दै उदघाटन गर्नुभयो । गाउँपालिकाले प्रदान गरेको ४ लाख रकममा अन्य दाताहरुको सहयोगबाट उक्त ज्ञानघरको सुरुवात गरिएको गोर्खाली हटका अध्यक्ष विजय लिम्बूले बताउनुभयो । यसै आवमा सञ्चालनमा आउने गरी शिवसताक्षीको माइधार र धरमपुरमा ज्ञानघर तयार भइसकेको र आगामी आर्थिक…

Read More

बिर्तामोड, १६ असार । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको कार्यालय स्थापना भएको छ । झापाको बिर्तामोड–४ स्थित भद्रपुर रोडमा संघको कार्यालय स्थापना भएको हो । संघको कार्यालयको आज संघका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले उद्घाटन गर्नुभएको छ । संघका झापा अध्यक्ष मिलन ओलीको अध्यक्षतामा भएको कार्यालय स्थापना कार्यक्रममा स्वागत संघका पूर्व झापा अध्यक्ष सुमन शर्मा जमरकट्टेलले गर्नुभएको थियो । उहाँले झापामा इक्यानको शाखा सञ्चालनमा आएसँगै पहिलो बैठकमै कार्यालय स्थापना गर्ने निर्णय गरिएको बताउनुभयो । उहाँले सबैको सहयोगबाट कार्यालय सञ्चालन भएको र सबै सदस्यको हित प्रबद्र्धनका लागि सिंगो कार्यसमिति लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा संघका पूर्व केन्द्रिय अध्यक्ष बिष्णुहरि पाण्डे, पूर्व…

Read More

बिर्तामोड, १६ असार । चिकित्सा पर्यटन, उद्योग पर्यटन तथा समग्र व्यवसायीलाई एउटै छानामुनी ल्याउने उद्देश्यका साथ बिर्तामोडमा ‘स्वास्थ्य पर्यटन प्रबद्र्धन कार्यक्रम’ आयोजना भएको छ । नेपाल टुरिजम बोर्डको आयोजना तथा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेश र होटल ब्यवसायी संघ झापाको सह–आयोजना तथा बिर्तामोड नगरपालिकासँगको सहकार्यमा आज स्वास्थ्य पर्यटन प्रबद्र्धन कार्यक्रम भएको हो । हेल्थ टुरिजम प्रोमोशन प्रोग्रामको उद्घाटन बिर्तामोड नगरपालिकाकी नगर प्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथि पवित्रा महतरा प्रसाईले उद्घाटन गरेकी हुन् । कार्यक्रममा नेपाल र भारतका पर्यटन व्यबसायी, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेका थियो । कार्यक्रमले स्वास्थ्य सेवा प्रदायक, बिरामी र पर्यटन उद्योग लगायत बिभिन्न…

Read More

झापा, १६ असार । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र बाहुनी मोरङले विपन्न सदस्यको एक बिगाहा खेत रोपाइँ गरेको छ भने एकल महिनालाई एक लाख ५० हजार रुपैयाँ ऋण मिनाह गरेको छ । साकोसको सेवा केन्द्रले २० औं राष्ट्रिय धान दिवसको अवसर पारेर शुक्रवार अधिया खेती गर्ने बिपन्न सदस्य सन्ध्याकुमारी चौधरी थारुको एक बिगाह खेत रोपाई गरेको छ भने अर्की एकल महिला रमादेबी चौधरी थारुलाई धान रोपाईका लागि एक लाख ५० हजार रुपैयाँ ऋण मिनाह गरेको हो । संस्थाको एक दिन श्रम एक दिनको कमाई समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रम अन्तरगत सेवा केन्द्रले बेलबारी नगरपालिका वडा नम्बर ७…

Read More

झापा, १६ असार । रोमानियामा गीत गाइरहेका बेला आफूलाई बोतल प्रहार गरिएको घटनाले आफू विक्षिप्त भएको गायक प्रकाश सपुतले बताएका छन्। असार १० गते राति १२ बजे रोमानियामा आयोजित कन्सर्टमा गीत गाइरहेका बेला सपुतलाई दर्शकको भीडबाट अचानक बियरको बोतलले हानिएको थियो। बोतलले लागेर उनको नाकबाट रगत आएको थियो। उनलाई बोतल प्रहार गर्ने नेपाली युवकलाई तत्काल त्यहाँको प्रहरीले गिरफ्तार गरेको थियो भने आयोजकले उजुरी पनि दर्ता गराएको थियो। तर आफूले गर्दा एकजना नेपाली नै युवकको भविष्य बर्बाद हुने भन्दै उनीवरुद्धको मुद्दा फिर्ता लिन आयोजकलाई आग्रह गर्दै दोषीलाई माफी दिएका थिए। बरु उनले आफूलाई बोतल आक्रमण गर्ने युवकलाई भेटेर यस्तो व्यवहारले आफ्नै…

Read More

झापा, १६ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेताहरूलाई कटाक्ष गरेका छन् । असार १५ मा फोटो सेसनका लागि खेतमा पुग्ने नेताहरूलाई कटाक्ष गर्दै उनले ‘नेताज्यूहरूले यसरी नै, वर्षभरि नै धान रोपिदिनुभयो भने, तपाईंहरू भारतको गुलाम हुनु पर्दैन’ भनेका छन्। २०औँ धान दिवसको अवसरमा शुक्रकार विभिन्न दलका नेताहरू औपचारिक कार्यक्रमका साथ धान दिवस मनाउन खेतमा पुगेका थिए। पत्नी राधिका शाक्यसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा अध्यक्ष रवि लामिछाने र रास्वपाका अन्य सांसदहरू, कृषिमन्त्री वेदुराम भुसाललगायत नेताहरू असार १५ मनाउन किसानका खेतमा गएका थिए ।

Read More

झापा, १६ असार । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेको हो । सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । अठ्ठाइस घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै यस सडक भएर यात्रा गर्ने यात्रु अलपत्र परेका छन् । पहिरो पन्छाउने काम सुरु गरिएको छ । सो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी…

Read More

झापा, १६ असार । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । शनिबार देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ। आइतबार पनि देशभर आंशिक देखि…

Read More

चन्द्र बस्नेतकनकाई, १५ असार । झापाको कनकाई–३ सुरुङ्गाको हरिकुल माविले आफ्ना विद्यार्थीलाई धान रोपाइँमा सहभागी गराएको छ । आधुनिक युवा पुस्तालाई कृषिमा लाग्न प्रेरित गर्ने उद्देश्यले स्कुलले राष्ट्रिय धान दिवसको अवसर पारेर विद्यार्थीलाई रोपाइँमा लगाएको प्रिन्सिपल रोषन खत्रीले जानकारी दिनुभयो । विद्यार्थी तथा शिक्षकहरुलाई कनकाईका विभिन्न स्थानमा गएर धान रोपेर राष्ट्रिय धान दिवस मनाएका छन् । कनकाईको सुरुङ्गा, लालपानी, टप्पु, टेक्रालगायत विभिन्न स्थानमा शिक्षक र अभिभावकसहित विद्यार्थीहरुले गएर धान रोपाइँ गरेको विधालयकि प्रबन्ध निर्देशक ग्रीशा रावल थापाले जानकारी दिनुभयो । सो विद्यालयका विद्यार्थीहरु प्रत्येक धान दिवसमा बर्सेनि धान रोप्न जाने गरेका छन् । अबको शिक्षा व्यावहारिक, सीपमुलक र आयआर्जनमुलक हुनुपर्ने…

Read More

अर्जुनधारा, १५ असार । झापाको अर्जुनधारामा २०औं राष्ट्रिय धान दिवसको अवसरमा विविध कार्यक्रम गरि मनाइएको छ । “जलवायु अनुकूलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि” भन्ने मुख्य नारासहित नगर कृषि विकास शाखाको आयोजना र अर्जुनधारा–८स्थित अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको व्यवस्थापनमा अर्जुनधारा–४ स्थित कृषक राजेन्द्र निरौलाको खेतमा विविध कार्यक्रम गरि मनाइएको हो । संस्थाका अध्यक्ष प्रत्युस रानाको अध्यक्षता र नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उत्कृष्ट कृषक सम्मान, खुल्ला पुरुष तथा महिला हिले दौड प्रतियोगिता, खुल्ला छात्र र छात्रा हिले दौड प्रतियोगिता, अर्जुनधारा–९स्थित पाथीभरा नौमती बाजा समूहबाट नौमती बाजासहितको बेठी नाच तथा पञ्चकन्या संगिनी समूहबाट संगिनी…

Read More