
बिर्तामोड, १६ असार । चिकित्सा पर्यटन, उद्योग पर्यटन तथा समग्र व्यवसायीलाई एउटै छानामुनी ल्याउने उद्देश्यका साथ बिर्तामोडमा ‘स्वास्थ्य पर्यटन प्रबद्र्धन कार्यक्रम’ आयोजना भएको छ ।
नेपाल टुरिजम बोर्डको आयोजना तथा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेश र होटल ब्यवसायी संघ झापाको सह–आयोजना तथा बिर्तामोड नगरपालिकासँगको सहकार्यमा आज स्वास्थ्य पर्यटन प्रबद्र्धन कार्यक्रम भएको हो ।
हेल्थ टुरिजम प्रोमोशन प्रोग्रामको उद्घाटन बिर्तामोड नगरपालिकाकी नगर प्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथि पवित्रा महतरा प्रसाईले उद्घाटन गरेकी हुन् । कार्यक्रममा नेपाल र भारतका पर्यटन व्यबसायी, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेका थियो ।
कार्यक्रमले स्वास्थ्य सेवा प्रदायक, बिरामी र पर्यटन उद्योग लगायत बिभिन्न सरोकारवालालाई फाइदा पुग्ने आयोजकले अपेक्षा गरेको छ । होटल ब्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत तथा औचित्यमाथि प्रकाश ९नाट्टा० कोशी प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठले पारेका थिए ।
बिर्तामोडको आदर्श ब्याङक्वेटमा भएको कार्यक्रमले व्यापारका अवसरहरु बिकास गर्ने र साझेदारी गठन गर्ने अपेक्षा गरिएको छ । कार्यक्रमले भारतीय बिरामीहरुलाई नेपालका अस्पतालमा उपचार गर्न आउने वाताबरण बनाउने उदेश्य समेत राखेको छ । हेल्थ टुरिजम प्रमोशन प्रोग्राममा झापाका हस्पिटल, कोशी प्रदेशका ट्राभल, होटल, होमस्टे साथै पर्यटन ब्यवसायीहरुले आ–आफ्ना ब्यवसाय प्रवर्धनका सामाग्रीसहित ४० बढी स्टलहरु राखेका थिए ।
कार्यक्रममा नेपाल र भारतका पर्यटन व्यवसायी, चिकित्साकर्मी र सञ्चारकर्मीकोसमेत सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रमको सञ्चालन नाट्टा कोशी प्रदेशका महासचिव नबिन खरेलले गरेका थिए । कार्यक्रममा ४० वटा विभिन्न संघसंस्थाहरुको स्टल रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



