झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

इटहरी, ३ भदौ । सुनसरीको इटहरी उप–महानगरपालिका–१२ स्थित कोशी लोकमार्गमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । हिजो दिउँसो सवा २ बजे खनारबाट इटहरीतर्फ जाँदै गरेको को २४ च ७३८९ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकलयात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा स्थानीय ५० वर्षीय नेत्र अधिकारी गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको छ भने ठक्कर दिने मोटरसाइकल र चालक इटहरी–११ का २० वर्षीय रोहन चौधरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।

Read More

सुनसरी, ३ भदौ । सुनसरीको रामधुनी नगरपालिका–१ हनुमान मन्दिर स्थितबाट नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो २ बजे स्थानीय बिक्रम चौधौरीले सञ्चालन गरेको थारु कटेजमा स्थानीय ३७ वर्षीय रोशन चौधरीले खाजा खाएर पैसा तिर्ने क्रममा नक्कली पैसा दिएको भन्ने जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरीको टोलीले ५०० दरका ३५ वटा नोटसहित चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय पकली पठाएको उक्त कार्यालयले जनाएको छ ।

Read More

ताप्लेजुङ, ३ भदौ । दुर्गम क्षेत्रमा मोबाइल र फोरजीमार्फत इन्टरनेट सञ्चालन भएसँगै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका क्षेत्रमा सञ्चार पहुँच पुगेको छ । फक्ताङलुङ –६ लोवाडाँडामा नेपाल टेलिकमको फोरजी टावरमार्फत सेवा सञ्चालन भएपछि फक्तालुङको माथिल्लो क्षेत्रमा सञ्चारको क्षेत्रमा अर्को फड्को मारेको हो । फोरजी सेवा सञ्चालनमा आएसँगै लेलेपको साँगु, बतासे, मादिबुङ, फेम्बु, लेलेप, लुङथुङ, सेकाथुम लावाजिन, किसोङ्मा, अम्जीलेसा र तापेथोकको हेल्लोक, यासाङ, सोत्लिमा, तापेथोक र इखाबुको केही क्षेत्रमा सुविधा पुगेको छ । फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बूका अनुसार यस सेवामार्फत फक्ताङलुुङ गाउँपालिकाका करिब तीन हजार जनसङ्ख्या प्रत्यक्षरूपमा लाभान्वित भएका छन् । यसबाट स्थानीय समुदायमात्रै नभएर कञ्चनजङ्घा क्षेत्रमा आउने हजारौँ पर्यटकलाई पनि…

Read More

झापा, ३ भदौ । कारागारभित्र कैद भुक्तानीसँगै कैदीबन्दीलाई सामाजिक तथा मानसिक रूपमा सक्रिय र आर्थिक उपार्जनमा सहभागी बनाउने रणनीतिका साथ सरकारले खुला कारागार नीति ल्याएको थियो । कारागार ऐन २०७९ मै उल्लेख भएको सो नीति यसै चालु आर्थिक वर्षभित्र कार्यान्वयनमा ल्याउने भने पनि कार्यविधि पास नहुँदा कैदीबन्दीले खुला कारागारको सुविधा पाउनेमा आशंका उब्जिएको छ । केन्द्रीय कारागार व्यवस्थापन विभागले बाँकेको गनापुरमा १ करोड ७४ लाख रूपैयाँ लगानी गरी ३२ जना क्षमताको भवन दुई वर्षअगाडि नै निर्माण गरेको थियो । विभागले कैदीबन्दीलाई ८ देखि १० बिघा क्षेत्रफलमा कृषि कार्य गराउने उद्देश्यका साथ सो भवन निर्माण गरेको हो । तर खुला कारागार…

Read More

झापा, ३ भदौ । चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर चिकित्सा शिक्षामा देखिएको समस्याको कारण देशभर २ सय २८ नर्सिङ कलेज बन्द भएपछि नेपाली विद्यार्थी भारतसँग सिमाना जोडिएका नर्सिङ कलेजमा अध्ययन गर्न पुगेका छन् । ‘चिकित्सा शिक्षा ऐनकै कारण २०७७–०७८ मा कोसीमा ४, मधेसमा ६, वागमतीमा ३५, गण्डकीमा ४, लुम्बिनीमा १७, सुदूरपश्चिममा ६ र कर्णाली प्रदेशमा १ गरी ७३ वटा कलेज बन्द भएका छन् । आयोगले शुरूमा २ सय २८ बन्द गरायो, त्यसपछि गएको आर्थिक वर्षसम्म ७३ बन्द भएका छन्’ –सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारीले भने । आयोगको अत्याचार विरोधमा निजी कलेज सञ्चालक आन्दोलनमा उत्रिएका छन् । कलेज सञ्चालकहरू एक सातादेखि माइतीघर…

Read More

लिस्बन (पोर्चुगल), ३ भदौ । युरोपेली मुलुक पोर्चुगलमा दुई दिनमा दुई नेपाली युवाको निधन भएको छ । एक युवाले चार तलामाथिबाट हामफालेर आत्महत्या गरेका छन् भने अर्का नेपाली युवाको राति सुतेकै अवस्थामा निधन भएको छ । राजधानी लिस्बनस्थित सेतेरियोस बस्दै आएका झापाको गौरादह नगरपालिका–३ का ३१ वर्षीय अजय थापाले बिहीबार साँझ चार तलामाथि घरको झ्यालबाट हामफालेर आत्महत्या गरेको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए । थापाले के कारणले हामफालेर आत्महत्या गरेका हुन् भन्ने विषय भने खुलिनसकेको अध्यक्ष खड्काले बताए । वैदेशिक रोजगारीका सिलसिलामा ६ वर्षअघि पोर्चुगल आएका थापा पछिल्लो समय खाना डेलिभरी गर्ने कम्पनी उबर इटमा काम…

Read More

झापा, ३ भदौ । बालुवाटारस्थित ललिता निवास जग्गा प्ररकणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान नहुने भएको छ । पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपालको मन्त्रिपरिषद्बाट निर्णय गरेर ललिता निवास जग्गा व्यक्तिको नाममा लैजाने निर्णय भएकोमा उनीहरूमाथि थप अनुसन्धान नगर्ने दिशामा सिआइबी पुगेको छ । सर्वोच्च अदालतले समेत निर्णयकर्तामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन बाटो खुला गरिदिएको अवस्थामा सरकारकै कारण दुई पूर्वप्रधानमन्त्री तत्काललाई अनुसन्धानको दायरामा नआउने भएका हुन् । सिआइबीले पूर्वप्रधानमन्त्रीद्वयलाई अनुसन्धानका लागि बयान नलिएको भनिए पनि सरकारको दबाबका कारण अनुसन्धान प्रक्रिया रोकिएको हो । पूर्वप्रधानमन्त्रीद्वयलाई बयानका लागि बोलाइने भनिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्रीको दबाबमा सिआइबी दुई पूर्वप्रधानमन्त्रीको बयान लिनबाट…

Read More

भद्रपुर, ३ भदौ । नेपाली कांग्रेस भद्रपुर नगर समितिले वर्तमान परिस्थितिमा कांग्रेसको सशक्त भूमिका निर्माणका लागि नागरिकस्तरबाट जनमत संकलन गर्नेे उद्देश्य राखेर भद्रपुर नगर सम्मेलन सम्पन्न गरेको छ । नगर सभापति रामबहादुर कँडेलको अध्यक्षता तथा केन्द्रीय सदस्य शुशिला ढकालको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा नगरबासीका गुनासा र नगर नेतृत्वले गरेका राम्रा कामको पहिचान दिन नसकेकोमा दुखेसो समेत पोखिएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य गोमाकुमारी भट्टराई, जिल्ला सभापति देउमान थेवे जिल्ला सदस्य रमेश पोखरेल, महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटी, महाधिवेशन प्रतिनिधि श्याम सिटौला लगायतले धारणा राखेका थिए । महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य, प्रदेश प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, नगर सदस्य, वडा सभापतिहरू, भातृ…

Read More

झापा, २ भदौ । नेपाली काङ्ग्रेसका महामन्त्री तथा झापा १ का संघीय सांसद विश्वप्रकाश शर्माले तत्कालीन नक्स्लाइट (नक्सलवादी) हरुले ५२ वर्ष अघि हत्या गरेका कर्णबहादुर गौतमको परिवारलाई न्याय दिलाउन आफूले सक्दो सहयोग गर्ने वचन दिएका छन् । गौतम हत्याको सर्जमिनको छाँयाप्रति बुझ्दै शर्मा कानुनी लडाइँमा सहयोग गर्ने र सरकारको ध्यानाकर्षण गराउन पहल गर्ने बताए। “यो र यस्तै घटनामा टेकेर नै मुलुकमा ठूल्ठूला उपलब्धी भएका छन्”, उनले भने, “यस घटनाका साक्षीहरु दिनप्रतिदिन घट्दै गएकाले यस्ता घटनाको अभिलेख राख्ने र यसबारेमा केन्द्रमा आवश्यक छलफलको वातावरणमा जुट्छु।” २०२८ साल जेठ २ गते नक्स्लाइटहरुले चुप्पी, भाला र धारिलो हतियार प्रयोग गरेर तत्कालीन ज्यामिरगडीको बिचार्नीमा…

Read More

कनकाई, २ भदौ । नेपाली काँग्रेस कनकाई-१ ले पार्टीको वडा सम्मेलनमा ३ जना पूर्व सभापतीहरुलाई सम्मान गरेको छ । कनकाई-१ स्थित कालिका सामुदायिक भवनमा आयोजित विशेष सम्मेलन कार्यक्रमका अवसरमा उक्त सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा पार्टीका पुराना नेता १२औ अधिवेशनका निर्वाचित साविक सुरुङ्गा-१ का धुर्वप्रसाद भट्टराई, साविक सुरुङ्गा-२ का लक्ष्मीप्रसाद काफ्ले र १३औ अधिवेशनका कार्यवाहकका नरध्वज खवास गरी तीन जनालाई पूर्व सभापतिका रुपमा सम्मान गरिएको जनार्ईएको छ । पुराना तथा अग्रजहरुले पुर्‍याउनु भएको योगदान प्रति सम्मान र आदर गर्नु नै नेपाली काँग्रेसको संस्कार रहेको जनाईएको छ । १४औ महाधिवेशन पश्चातका नेपाली काँग्रेस केन्द्रिय समितिले सुरु गरेको पार्टी शसक्तिकरण अभियानका…

Read More