झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २४ साउन । नेपाल सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति–२०८० स्वीकृत गरेको छ। मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले उक्त नीति स्वीकृत गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले मन्त्रीपरिषद् बैठकले साइबर सुरक्षा नीति–२०८० स्वीकृत गरेसँगै साइबर सुरक्षासम्बन्धी कानुन बनाउने बाटो खुलेको बताए । उनले मुलुकमा भरपर्दो, सुरक्षित एवं उत्थानशील साइबर स्पे निर्माणका लागि सरकारले यस्तो नीति बनाएको जानकारी दिए । “जहाँ जहाँ इन्टरनेटको प्रयोग भएको छ, त्यसलाई सुरक्षित प्रयोग गर्ने भन्ने सोच यस नीतिले राखेको छ। अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन ९आइटियु० ले विश्वभरका टेलिकम्युनिकेसनलाई निर्देशन गरिरहेको हुन्छ,” उनले भने, “त्यसैले हामीले पनि आइटियुका केही आयामहरूलाई यस नीतिमा सम्बोधन गर्ने…

Read More

झापा, २४ साउन । बुद्धशान्ति गाउँपालिकाले डेंगु रोग फैलाउने लामखुट्टेको लार्भाको खोजी र नष्ट गर्ने अभियान सञ्चालन गर्ने भएको छ । जिल्ला डेंगु संक्रमण बढ्दै गएका बेला बुद्धशान्तिमा सोको रोकथामका लागि लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने अभियानमा गाउँपालिका जुटेको हो । गाउँपालिकाले एक सूचना जारी गर्दै डेंगुको लार्भा नष्ट गर्ने अभियानमा सरिक हुन गाउँपालिकाबासीलाई अपिल समेत गरेको छ । शुक्रबार गाउँपालिकाको प्राङ्गणबाट बृहत आमभेला गरी अभियानका रुपमा सञ्चालन गरिने गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले जानकारी दिनुभयो । अभियानमा सरिक हुन यहाँका सम्पूर्ण संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधि, सरोकारवालाहरुलाई अनुरोध समेत गरिएको बताउनुभयो । रोग लागेर उपचार गर्न…

Read More

जलथल, २४ साउन । हल्दिबारीमा जग्गा वर्गीकरण नीति विरुद्ध चर्को विरोध भएपछि गाउँपालिकाले त्यसलाई सम्बोधन गर्न भू–उपयोग तथा जग्गा वर्गीकरण सम्बन्धी सहजीकरण समिति गठन गरेको छ । वैज्ञानिक आधारमा जग्गा वर्गीकरण नगरिएको भन्दै स्थानीय राजनीतिक दलहरूले विभिन्न मागहरू सहित आन्दोलन घोषणा गरेका थिए । जग्गा भू–उपयोग वर्गीकरणसम्बन्धी विषयमा गाउँपालिकामा नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रले बुझाएको सोही मागलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनको संयोजकत्वमा सो समिति गठन गरिएको हो । श्रावण २३ गते गठित समितिका सदस्यहरूमा– गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, सबै वडाध्यक्षहरू, क्रियाशील राजनीतिक दलका एक–एक जना प्रमुख तथा प्रतिनिधि तथा सदस्य–सचिवमा प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईं रहेका…

Read More

झापा, २३ साउन । गए रातिदेखिको अविरल वर्षासँगै गएको बाढी पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । अविरल वर्षासँगैको बाढी पहिरोका कारण मकवानपुर जिल्ला बागमती गाउँपालिका–५ सिक्रेदोभान बस्ने ५५ वर्षीया सन्तमाया सेन्ताङ तथा सोही ठाउँका अर्का २२ वर्षीया शीला पहरीको मृत्यु हुनुका साथै पाँच जना बेपत्ता भएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार बाढी पहिरोकै कारण हालसम्म कूल रु ११ लाख २५ हजार बराबरको क्षति भएको छ । देशभरका एक दर्जन जति स्थानमा पहिरो गई राजमार्ग अवरुद्ध भएको गृह मन्त्रालयले जनाएको छ । बाढी पहिरोको घटना तथा…

Read More

इलाम , २३ साउन । इलाममा श्रीमान्द्वारा श्रीमतीको हत्या भएको छ । इलामको सूर्योदय नगरपालिका– २ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरी बस्ने पाँचथरका पूर्णबहादुर तामाङले कान्छी श्रीमतीको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुका अनुसार गएराति करिब ५० वर्षे पूर्णबहादुरले करिब ४५ वर्षकी श्रीमती डम्बरकुमारी तामाङको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनका अनुसार घटना अगाडि श्रीमान् श्रीमतीबीच सामान्य झगडा भएको थियो । झगडापछि राति पूर्णबहादुरले श्रीमती डम्बरकुमारीको टाउकोको पछाडिपट्टीको भाग ९घुच्चुक० मा धारिलो हतियार बामफोकको प्रयोग गरी हत्या गरेको बताइएको छ । राति करिब ९ बजे सो…

Read More

अर्जुनधारा, २३ साउन । झापाको अर्जुनधारा नगरपालिकामा पशुमा लाग्ने लम्पी स्किन रोगविरुद्ध खोप अभियान शुरु भएको छ । अर्जुनधारा–९ का वडाध्यक्ष भीष्म मिश्रको अध्यक्षतामा सोमबार भएको एक कार्यक्रमका बीच स्थानीय प्रकाश नेपालको गाईलाई खोप लगाएर अभियान शुरु गरिएको हो । अभियान शुरु गरिएको हो । नगर प्रमुख बलदेवसिंह गोम्देनले भ्याक्सिन टोली प्रमुख पशुपन्छी तथा मत्स्य विकास शाखाका अधिकृत बेनुप बस्नेतलाई खोप तथा आवश्यक सामग्री हस्तान्तरण गर्दै उक्त अभियानको उद्घाटन गर्नुभएको थियो । ११ वटा वडा रहेको अर्जुनधारामा प्रत्येक वडामा दुई दिनका दरले २२ दिन सम्म अभियान सञ्चालन हुने र अभियान अन्तरगत २५ हजार भन्दा बढी गाई गोरुलाई खोप लगाइने जनाइएको…

Read More

झापा, २३ साउन । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। मधेस र बागमती प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। नेपालमा मनसुनी वायुको साथै बङ्गलादेशको उत्तरी भूभागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही…

Read More

झापा, २३ साउन । ललिता निवास जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि अनुसन्धान गर्न आइतबार निर्देशनात्मक आदेश दियो। आदेश आएसँगै यो विषयमा चासो राख्ने धेरैको एउटै प्रश्न छ, ‘अब अख्तियारको अनुसन्धानको फाइल कहिले खुल्छ ?’ सर्वोच्च अदालतले मन्त्रिपरिषद्को निर्णय तथा निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्ष रूपमा संलग्न हुनेहरू, किटानी प्रस्ताव पेस गर्ने एवं प्रस्तावमा संलग्न माथिल्लो तहका पदाधिकारी वा अधिकारीको पदसोपानबाट समेत गरी अब उप्रान्तको थप अनुसन्धान कार्य अविलम्ब सम्पन्न गर्नरगराउन निर्देशनात्मक आदेश आएपछि सबैको ध्यान यता सोझिएको हो । सर्वोच्चको आदेशपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गर्न दबाब परेको छ। अख्तियारका एक…

Read More

हुुम्ला, २३ साउन । एक दम्पती १३ वर्षदेखि जङ्गलमा बास बस्दै आएको पाइएको छ । गाउँमा भएको घर बर्खामा भत्किएपछि ती दम्पती जङ्गलमा झुपडी बनाएर बस्दै आएका हुन् । सर्केगार्ड गाउँपालिका–३ को उनापानी गाउँको कलिवान फडेरा र च्यापु फडेरा जङ्गलमा बस्दै आएका हुन् । फडेरा दम्पतीले गाउँबाट एक घण्टा टाढाको जङ्गलमा झुपडी बनाएर बस्दै आएको बताए । उमेरले उनीहरू कलिवान ७४ वर्ष र च्यापु ६४ वर्षका छन्। कलिवानले १३ वर्ष अगाडि उनापानी गाउँमा रहेको घर बर्खाको पानीले भत्काएपछि फेरि बनाउन नसक्ने भएका कारण जङ्गलमा झुपडी बनाएर बस्नुपरेको बताए । “भएको खेतबारीमा खेतीपाती गर्न नसकिने अवस्था भयो । त्यसै कारण जङ्गलमा…

Read More

झापा, २३ साउन । नागरिकतासम्बन्धी संशोधित ऐन लागू भएको दुई महिना बितिसक्दा पनि नियमावली नबन्दा नागरिकता ऐन पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । ऐन आएको थाहा पाएर आमाको नाउँमा नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा आउनेहरू नियमावली नआएपछि नागरिकता नलिई फर्किनुपरेको छ। त्यसै गरी बाबु बेपत्ता भएका, पितृत्व र मातृत्व ठेगाना नभएका सन्तानले नागरिकता पाउन सकेका छैनन्। ऐन बनेपछि जन्मसिद्धका सन्तानले नागरिकता पाउनेबाहेक अन्य प्रकृतिको नागरिकता पाउन सकेका छैनन्। नियमावली आएपछि आमाको नाउँमा नागरिकता लिन आउनु भनेर कार्यालयले फर्काउने गरेको सेवाग्राहीहरू बताउँछन्। ललितपुर महानगरपालिका १६ का ६५ वर्षीय रुकमणि महर्जनले नेपालमा नै जन्मिएर नेपालमा नै बस्दै आएका आफ्ना ३८ वर्षीय…

Read More