
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, १२ साउन । भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को कार्यक्रम अन्तरगत सम्पन्न सिपमुलक तालिमका सहभागीलाई प्रमाण पत्र तथा औजार हस्तान्तरण गरेको छ । सामाजिक विकास शाखाको आयोजनामा सिलाइकटाइको एड्भान्स तालिम, प्लम्बिङ र नौमती बाजा बजाउने तालिमको समापन गर्दै औजार हस्तान्तरण गरिएको हो । सामाजिक विकास शाखाकी प्रमुख जीवनकला राउतको अध्यक्षता तथा नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा तालिममा सहभागी भएका प्रशिक्षार्थीलाई तालिम प्राप्त गरेको प्रमाण पत्र तथा चौमती बाजा हस्तान्तरण गरिएको थियो । कार्यक्रममा सहभागि प्रशिक्षार्थीलाई उपप्रमुख राधा कार्की लगायतले मन्तव्य राख्दै तालिमलाई जीवन उपयोगिताका लागि प्रयोग गर्न सुझाव समेत दिएका थिए ।
भद्रपुर, १२ साउन । झापाको हल्दिबारी गाउँपालिकाले ‘जनता उपचार कोष’मार्फत् दुई सय जनालाई उपचार सहयोग प्रदान गरेको छ । गाउँपालिकाले स्थापना गरेको उक्त कोषमार्फत् गत आर्थिक वर्ष २०७९/०८० मा यहाँका दुई सय जना बिरामीलाई रू १९ लाख ४४ हजार पाँच सय आर्थिक सहयोग प्रदान गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पुस्कर निरौलाले बताउनुभयो । गाउँपालिकाले वार्षिक रुपमै बजेट छुट्याएर आर्थिक अवस्था कमजोर भएकादेखि गम्भीर प्रकारका रोग लागेका बिरामीलाई रोगको प्रकृति अनुसार उपचार सहायता प्रदान गर्ने गरेको गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन लिङ्देनले बताउनुभयो । आर्थिक विपन्नता कारण सामान्य रोग लाग्दासमेत उपचारबाट बञ्चित भएको पाइएकाले छुट्टै कोष बनाएर गाउँपालिकाबासीको स्वास्थ्य सेवामा पहुँच अभिबृद्धि…
शिवसताक्षी, १२ साउन । झापाको पर्यटकीय स्थल दोमुखा जाने सडक निर्माण भएको केही समय नविदै वर्षातका कारण भत्किएको छ । केही उत्छृखल व्यक्तिले सडकमा लगाइएको ह्यमपाइप थुनिदिदा पानीको वहावले सडकमा क्षति पुर्याएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जंगलबाट आएको पानी सडक माथिबाट नाघेर जाँदा कल्र्भड छेउमा सडकको केही भाग भत्किएको हो । सडक भत्किएको खबर पाउँना साथ शिवसताक्षी नगरपालिको टोली र इलाका प्रहरी कार्यालय झिलझिलेको टोली उक्त स्थानमा पुगेका थिए । टोलीले ह्यामपाइमा बाँसको भाटा लगाई माटोले थुनेको भेटे पछि उच्छृकल व्यक्तिको खोजी कार्य सुरु गरेको थियो । दोमुखा सडकमा बनाइएको ह्यामपाइमा बाँसको भाटा र बाटो लगाएर थुनिदिएका कारण पानीको…
इटहरी, १२ साउन । सुनसरीको दुहबी नगरपालिका–२ स्थितमा करेन्ट लागेर बालकको मृत्यु भएको छ । हिजो साँझ साढे ७ बजे आफ्नै घरमा सिटी सफारी चार्जमा हाली राखेको अवस्थामा कुशुम लाला साहको छोरा ३ वर्षीय दिनेश शाह सोही सिटी सफारीमा खेल्ने क्रममा अचानक करेन्ट लागि घाइते भई उपचारको लागि बिराट टिचिङ हस्पिटल लगिएकोमा उनको मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
झापा, १२ साउन । कोशी प्रदेश प्रहरी कार्यालय PIT समुह र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउनसुगर सहित छ जनालाई पक्राउ गरेको छ । हिजो सुनसरीको धरान उप-महानगरपालिका-८ स्थितमा लागुऔषध बिक्रि बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको PIT समुहबाट खटिएको प्रहरी टोलीले स्थानीय २२ बर्षीय साजन बि.क., ३३ बर्षीय सिताराम तामाङ, ४२ बर्षीय जनक राई, ३५ बर्षीय रबिन बराईली र २४ बर्षीय आलोक मगरलाई २ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो । त्यसैगरी, मोरङको रंगेली नगरपालिका-४ स्थित ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले भारतिय नागरीक ७० बर्षीय भल्लु पासवानलाई शंका लागि…
झापा, १२ साउन । खोटाङ र तेह्रथुमको दुई छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिजो दिउँसो १ बजे खोटाङको खोटेहाङ गाउँपालिका–६ कच्ची सडक खण्डस्थितमा खोटाङ बजारबाट रसुवातर्फ जादै गरेको ना. ६ त २४६६ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल झरी दुर्घटना हुँदा घाइते भएका ट्याक्टर चालक खोटेहाङ–३ का २३ बर्षीय पवन तामाङलाई उपचारको लागि धरान घोपातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । त्यसैगरी, तेह्रथुमको आठराई गाउँपालिका–६ स्थित बा. ६८ प ५८३८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका आठराई–३ का २५ वर्षीय नबिन थिङलावुको फिदिम अस्पतालतर्फ लादै गर्दा बाटोमा मृत्यु भएको…
झापा, १२ साउन । सहकारी संस्थाहरुमाथि अमर्यादित गतिविधि हुन थालेको भन्दै झापाका सहकारीले सुरक्षाको माग गरेका छन् । झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल र सचिव भवानीप्रसाद दंगालले बिहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै सहकारी क्षेत्रको सुरक्षाका लागि प्रशासन समक्ष माग गरेका हुन् । जारी विज्ञप्तिमा कुनै पनि गलत कार्य गर्ने, त्यस्तो कार्यमा प्रोत्साहन गर्ने, ऋण नतिर्ने सबैलाई कानूनतः दण्डित गर्न आग्रह गरेका छन् । यसअघि जिल्लाका सहकारी संस्थाहरुले गत जेठ १४ गते जिल्ला प्रशासन कार्यालय झापामा शान्ति सुरक्षाको प्रत्याभूतिका लागि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई ज्ञापनपत्र बुझाएका थिए । त्यस्ता किसिमका गतिविधि नरोकिएको भन्दै सो कार्यमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा…
अर्जुनधारा, १२ साउन । ग्रामीण भेगको आवाज र समस्यालाई निरन्तर उठाउन गर्दै आएको यलम्वर टाइम्स साप्ताहिक १६ औं वर्षमा प्रवेश गरेको छ । अर्जुनधारा नगरपालिकाकै एक मात्र अखबार यलम्बर टाइम्स श्रावणको पहिलो साताबाट १६ औं वर्षमा प्रवेश गरेको हो । यस क्षेत्रका जनताको सहयात्री बनेको यस साप्ताहिकले १६ औं वर्ष प्रवेश सँगै यहाँसम्म ल्याइपु¥याउन सहयोग गर्नुहुने समस्तग्राहक, विज्ञापनदाता, शुभचिन्तहरु प्रति आभार प्रकट गरेका छन् । गाउँको सारथी बनेर समाचार सम्प्रेसण गर्दा जति सजिलो देखिए पनि व्यावसायिक रुपमा केही कठिनाईहरु आउने गरेका सम्पादक दिपीन राईले बताए । २०६४ सालबाट बिर्तामोडमा कार्यालय स्थापना गरी निरन्तर प्रकाशनमा रहेको यो अखबार २०७१ सालबाट अर्जुनधारा…
झापा, १२ साउन । राजस्व अनुसन्धान विभागले करिब एक सय किलो सुन बरामद गरेदेखि नै तस्करीको ‘राडर’मा देखिएका दुई व्यक्तिमध्ये एक राकेशकुमार अडुकिया फरार छन् । विभागले बुधबार साँझ घरमा छापा मारे पनि उनी फेला परेनन् । सुन बरामद भएको एक सातापछि विभागले उनको घरमा छापा मारेको हो । त्यसक्रममा केही कागजात बरामद भए पनि उनी फेला परेनन् । विवादास्पद व्यापारी अडुकियाले विगतदेखि नै हङकङमा कार्यालय खोलेर चाँदीको व्यापार गर्दै आएका थिए । हङकङबाट गत मंगलबार नेपालमा सुन भित्र्याउने कार्यमा संलग्नता रहेको देखिए पनि बेलैमा खोजबिन नगर्दा यनी फरार हुने अवस्था आएको हो । उनीसँगै शंकाको घेरामा देखिएका व्यापारी दीपक…
झापा, १२ साउन । हाल नेपालमा मनसुनी वायुको साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती,…