
भद्रपुर, १२ साउन । झापाको हल्दिबारी गाउँपालिकाले ‘जनता उपचार कोष’मार्फत् दुई सय जनालाई उपचार सहयोग प्रदान गरेको छ ।
गाउँपालिकाले स्थापना गरेको उक्त कोषमार्फत् गत आर्थिक वर्ष २०७९/०८० मा यहाँका दुई सय जना बिरामीलाई रू १९ लाख ४४ हजार पाँच सय आर्थिक सहयोग प्रदान गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पुस्कर निरौलाले बताउनुभयो ।
गाउँपालिकाले वार्षिक रुपमै बजेट छुट्याएर आर्थिक अवस्था कमजोर भएकादेखि गम्भीर प्रकारका रोग लागेका बिरामीलाई रोगको प्रकृति अनुसार उपचार सहायता प्रदान गर्ने गरेको गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन लिङ्देनले बताउनुभयो ।
आर्थिक विपन्नता कारण सामान्य रोग लाग्दासमेत उपचारबाट बञ्चित भएको पाइएकाले छुट्टै कोष बनाएर गाउँपालिकाबासीको स्वास्थ्य सेवामा पहुँच अभिबृद्धि गर्ने काम भइरहेको उहाँको भनाइ छ ।
उक्त कोषमार्फत् गत आवमा वडा नं. १ का ३८ जना, वडा नं. २ को ५९ जना, वडा नं. ३ को २९ जना, वडा नं. ४ को २८ जना र वडा नं. ५ को ५६ जनाले आर्थिक सहायता पाएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



