झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ७ साउन । नेपाल राष्ट्र बैंकले ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा कार्यक्रम पुनः शुरू गरेको छ । सरकारले ब्याज अनुदान दिन छोडेपछि गत पुसमा रोकिएको कार्यक्रमलाई राष्ट्र बैकले जेठदेखि निरन्तरता दिएको हो । राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार जेठमा १ अर्ब ८७ करोड रुपैयाँ बराबरको ६४४ ओटा कर्जा स्वीकृत भएको छ । बैंक, वित्तीय संस्थाले जेठसम्म १ लाख ४७ हजार ५१० ऋणीलाई २ खर्ब ५८ अर्ब ३४ करोड रुपैयाँ लगानी गरेका छन् । त्यसमध्ये २ खर्ब ३ अर्ब १० करोड रुपैयाँ असुली गर्न बाँकी छ । वैशाखसम्म १ लाख ४६ हजार ८६६ ऋणीले सहुलियतपूर्ण कर्जा लिएका थिए । त्यसमा २…

Read More

झापा, ७ साउन । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति परीक्षामा गलत विवरण पेस गरे भर्ना नै रद्द गर्ने भएको छ । कामपाको शिक्षा शाखाले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थी छनोटको लागि एकीकृत परीक्षा सञ्चालन गर्न लागेको छ । साउन २० गते हुने परीक्षाको लागि विद्यार्थीले गलत विवरण पेस गरी झुठो ठहरिए आवेदन फारम रद्द गरिनुका साथै भर्ना भइसकेको भए पनि भर्नासमेत रद्द गरी शैक्षिक कार्यक्रमबाट निष्कासन गर्ने निर्णय गरेको छ । कामपा शिक्षा शाखा प्रमुख सीताराम कोइरालाले छात्रवृत्ति परीक्षाको लागि फारम भर्दादेखि परीक्षा दिँदासमेत परीक्षाको महत्वलाई ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । कामपाले संस्थागत विद्यालयमा भर्ना भएका विद्यार्थीमध्ये संख्याको आधारमा १० प्रतिशत…

Read More

बिर्तामोड, ६ साउन । युवा ब्यवसायी निर्मल भट्टराई र सुमित्रा बस्नेत भट्टराईकी छोरी एन्जिलाले आफ्नो जन्मदिन अपाङ बाल शिक्षा सरोकार केन्द्रमा मनाएकी छिन् । एन्जिलाले अर्जुनधारा–६ स्थित कप्तानबारीमा रहेको सरोकार केन्द्रमा आश्रित ११ जना आपाङ्ग बालबालिकालाई नगदसहित मिठाई, कपी, पेनसिललगायत सामाग्री सहयोग गर्दै जन्मोत्सव मनाएकी हुन् । उनले शनिवार (आज) २५ औं जन्मोत्सव प्रवेशका अवसरमा सरोकार केन्द्रमा आश्रित आपाङ्ग बालबालिकासँग केक काटेर मनाइन् । एन्जिलाले सरोकार केन्द्रका सञ्चालक कृष्ण दुलाललाई नगर ५ हजार एकसय रुपैयाँ प्रदान गरेकी छिन् । आफ्ना मातापिताको प्रेरणाले पनि सामाजिक कार्य गर्न आफु प्रेरित भएको उनको भनाई छ । उनले हालसालै स्नातकोत्तर अध्ययन सकेर आफ्ना पिताको…

Read More

काठमाडौं, ६ साउन । दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म ‘जारी’ प्रदर्शनको शनिबार सय दिन पुगेको छ । बैशाख १ प्रदर्शनमा आएको फिल्मले शनिबार केही नेपाली हलमा उक्त उपलब्धी हासिल गरेको हो । निर्माता रामबाबु गुरुङले क्यूएफएक्सको सेन्ट्रल सिनेमा, बिग मूभिज र एफक्यूब हलमा सयदिन प्रदर्शन भएको बताए । अभिनेता राई, अभिनेत्री मगरसहित फिल्म क्रिउले सामाजिक संजालमार्फत सयौं दिनको खुशि व्यक्त गरिरहेका छन् । उपेन्द्र सुब्बा निर्देशित यो फिल्मले नेपाली बक्सअफिसमा असार मसान्तसम्म १७ करोड १७ लाख ९५ हजार रुपैयाँ ग्रस कमाइ गरेको चलचित्र विकास बोर्डले जनाएको छ । बोर्डको तथ्यांकअनुसार ‘जारी’को कमाइ ‘छक्कापञ्जा ४’ भन्दा ३५ लाख रुपैयाँले…

Read More

विराटनगर, ६ साउन । सुनसरीको इटहरीमा मोटरसाइकल र पिकअप ठोकिँदा ३ जनाको मृत्यु भएको छ । चारजना चढेको मोटरसाइकल पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानको २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरी रहेको प्रहरीले जनाएको छ । कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार शुक्रबार राति १०ः४० बजेतिर इटहरी १७ कान्छी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो । पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ को पिकअपसँग पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाएको थियो…

Read More

काठमाडौँ,६ साउन । करिब एक क्विन्टल अवैध सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल कार्यालयका नायब सुब्बा सरोज श्रेष्ठ निलम्बित भएका छन् । सुन बाहिरिएको दिन एक्स–रे मेसिन हेर्ने जिम्मा श्रेष्ठले पाएका उनी निलम्वनमा परेका हुन् । भन्सार विभागले यसअघि कार्यालयका दुई जना कर्मचारीलाई निलम्बन गरिसकेको छ । भन्सार जाँचपास अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकाललाई निलम्बन गरेको थियो । क्याथे प्यासिफक एयरलाइन्सबाट काठमाडौं आएको अवैध सुन भन्सार कार्यालयबाट बाहिर आएपछि विभागको टोलीले नियन्त्रणमा लिएको थियो । यस प्रकरणमा चिनियाँ नागरिकसहित १० जनालाई पक्राउ परेका छन् । भन्सार कार्यालयका कर्मचारीको संलग्नता छानबिन गर्न विभागले अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा टोली…

Read More

विराटनगर,६ साउन । लुटपाट गर्ने उद्देश्यले विराटनगरका रोहित चौधरीको हत्या भएको प्रहरीले प्रारम्भिक अनुसन्धानपछि निष्कर्ष निकालेको छ । विराटनगर–५ का २८ वर्षीय चौधरीको एक समूहले सुनसरीको इटहरी–धरान सडक खण्डको जंगल क्षेत्रमा गोली हानी हत्या गरेका थियो । शुक्रबार बेलुका साथीसँग मुलघाट पुगेर फर्कंदै गर्दा सेउती पुल नजिकै तीन जनाको समूहले लुटपाट गर्न खोजको थियो । प्रतिकार गर्दा उनीमाथि गोली प्रहार भएको पाइएको सुनसरीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार राईले बताए । हत्या गरी जंगलतर्फ भागेको समूहको खोजी भइरहेको डिएसपी राईले बताए । प्रहरीका अनुसार घटनामा चौधरीकी केटी साथी सामान्य घाइते भएकी छन् । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार…

Read More

भद्रपुर, ६ साउन । भद्रपुर १० का पशुपालक कृषक उत्तम कालिकोटे खड्काले पालेको गाईले ३ वटा बाछी जन्माएको छ । खड्काले पालेको गाईले ३ वटा बाछी जन्माएको खवर बाहिरिएपछि हेर्न आउनेको भीड देखिएको छ । विरलै लिम्ल्या बाछाबाछी जन्मने गरेको भन्दै स्थानीय गाई र बाछी हेर्न आउने गरेका छन् । भद्रपुर १० का नयाँनाथ पाण्डेको गोठमा जन्मिएको सो गाईले पहिलो बेतमा नै ३ वटा बाछी जन्माए पनि २ वटा जन्मपछि मरेका छन् भने एउटाको स्वास्थ्य अवस्था राम्रो रहेको पाण्डेले जानकारी दिए । उनका अनुसार सो गाइको माउ पनि जम्ल्याहा रहेको र दुर्इृ वटै गाई गोठमा रहेका छन् भने कालिकोटेलाई पाल्न…

Read More

भद्रपुर,६ साउन । ४१ औं विपि स्मृति दिवशको अवसर पारेर चन्द्रगढीमा विपिको समाजवाद स्मरण गर्दै प्रवचन कार्यक्रम सम्पन्न गरिएको छ । नेपाली काँग्रेस भद्रपुर नगर समितिको आयोजनामा भद्रपुर १० स्थित विपि चौकमा रहेको शालिकमा माल्यार्पण गर्दै विपिको विचार बारे चर्चा परिचर्चा सम्पन्न गरिएको हो । नगर सभापति रामबहादुर कँडेलको अध्यक्षता तथा संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस झापाका उपसभापति केशवराज पाण्डे, सचिव कृष्ण हुमागाई, प्रदेश सभा सदस्य गोपाल तामाङ, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, तरूण दल क्षेत्रीय सभापति खड्गबहादुर लिम्बू, महिला संघकी क्षेत्रीय सभापति उर्मिला गौतम लगायतले विपिको विचार बारे धारणा राखेका थिए । महाधिवेशन…

Read More

काठमाडौं, ६ साउन । लिओनल मेसीले डेब्यु खेलमा अन्तिम समयमा गोल गरेपछि इन्टर मियामी विजयी भएको छ । लिग कप साउथ अन्तर्गत समूह सी को खेलमा मेसीले इन्जुरी टाइमको चौथो मिनेटमा फ्रिकिकमार्फत गोल गरेपछि इन्टर मियामीले क्रुज अजुललाई २–१ ले पराजित गरेको हो । उनी डेब्यु खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । त्यसअघि थोमस टेलरले ४४औं मिनेटमा गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए । क्रुजका उरियल अन्टुनाले ६५औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । तर मेसीले इन्जुरी टाइममा गोल गर्दै इन्टर मियामीलाई नाटकिय जित दिलाए । मेसी यसै समरमा पेरिस सेन्ट जर्मेन छाडेर मेजर सकर लिग…

Read More