
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १२ असार । बेरोजगार समस्याका कारण जिविकोपार्जनमा समस्या भएको झापाका दृष्टिविहीनहरुले दुखेसो गरेका छन् । उनीहरुले जिल्लास्थित सरोकारवाला समक्ष दृष्टिविहीनको बेरोजगार समस्या समाधानका लागि पहल गरिदिन आग्रह समेत गरेका छन् । मंगलबार जिल्लाको बिर्तामोडमा आयोजित ‘अपाङ्गता भएकाहरुले भोगिरहेका समस्या समाधानमा सरोकारवालाको भूमिका’ विषयक् अन्तरक्रियामा उनीहरुले आफ्ना समस्याहरु राखेका थिए । हेलन केलरको १४३ औं जन्मजयन्तीको अवसरमा आयोजित अन्तरक्रियामा बेरोजगार समस्या र त्यसबाट उत्पन्न परिस्थिति बारे जिल्लाका विभिन्न स्थानबाट आएका दृष्टिविहीनले आफ्ना समस्या बताएका थिए । जिल्लामा करिब ३ सयको संख्यामा दृष्टिविहीन छन् । उनीहरुमध्ये कक्षा १२ भन्दा माथि पढेका तथा सीप सिकेका ५० जना दृष्टिविहीन रहेको नेत्रहीन युवा संघ…
झापा, १२ असार । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले झापा जिल्ला अन्तरगत भद्रपुर एरियाको सिमा क्षेत्रको निरीक्षण तथा अनुगमन गर्नु भएको छ । निरीक्षण तथा अनुगमन पश्चात वडा प्रहरी कार्यालय भद्रपुर मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहुँदै सिमावर्ती क्षेत्रमा हुने बिबिध अपराधका घटनाहरुमा बिशेष चनाखो भई काम कारवाही गर्न र सिमावर्ती क्षेत्रमा कडाईका साथ चेकजाँचको ब्यबस्था मिलाई हुन सक्ने चोरी निकाशी पैठारीका घटनाहरुलाई नियन्त्रण गर्न २४ सै घण्टा दत्त चित्त भई लागी पर्ने निर्देशन दिनुभयो । यता, बास्तोलाले विपद व्यवस्थापन गुल्म चन्द्रगढी झापाको समेत निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यालयको बस्तुस्थिति र…
झापा, १२ असार । झापाको शिवसताक्षी नगरपालिकाले सुरक्षित मातृत्वका लागि गर्भवती महिलाको निःशुल्क भिडियो एक्स–रे गरिदिने भएको छ । नगरको १२ औ नगर सभामा उपप्रमुख नरमाया कार्कीले यससँग सम्बन्धी मापदण्ड बनाएर गर्भवती महिलालाई निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गरिने बताइन् । उपप्रमुख कार्कीले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दे भनिन्, ‘यस नगरपालिका भित्र रहेका गर्भवती महिलाहरुको निशुल्क भिडियोे एक्सरे सेवा प्रदान गरी सुरक्षित मातृत्व सेवा कायक्रमलाई प्रभाकारी रुपमा सञ्चालन गरिने छ ।’ नगर उपप्रमुखले कार्यविधि बनाएर कार्यक्रम संचालन गरिने पनि बताईन् । खास गरेर महिलाहरुले आफ्नो गर्भ परिक्षणका लागि नगर बाहिर जानु नपरोस्, घर घरमै सुविधा पाउन सकुन भनेर आगामी…
भद्रपुर, १२ असार । उद्योग–व्यवसाय क्षेत्रको विकास र उद्योगी–व्यवसायीको सुरक्षा तथा हकहितको माग गर्दै झापा उद्योग वाणिज्य संघले भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष प्रज्वल राईको नेतृत्वमा सोमबार नगरपालिका पुगेको संघका पदाधिकारी–सदस्यहरुको टोलीले नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की र प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएको हो । खुला सीमाका कारण खस्कँदै गएको भद्रपुर बजारलाई पुरानै अवस्थामा फर्काउन गर्न सकिने काममा सक्रियता देखाउन आग्हसहित संघले नगरपालिकालाई १२ बुँदे ज्ञापनपत्र बुझाएको छ । नगरप्रमुखको कार्यकक्षमा संक्षिप्त कार्यक्रम गरी संघले ज्ञापनपत्र बुझाएको थियो । संघका अध्यक्ष राई, विशिष्ट मानार्थ सदस्य आदित्य पराजुली, विशिष्ट सदस्य अड्क लिम्बू, उपाध्यक्ष…
अर्जुनधारा, १२ असार । झापाको अर्जुनधारा–७ स्थित मंगलश्री क्रसर उद्योगमा एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ घर भएका अन्दाजी २३ वर्षीय अर्जुन भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार मिलन बस्नेतले सञ्चालन गरेको क्रसर उद्योगमा सोमबार दिउँसो मिक्स गिट्टी लोड गर्ने क्रममा टिपर पल्टिदा थिचिएर मजदुर भट्टराईको घटनास्थलमै मृत्यु भएको हो । ‘क्रसर मेसिनबाट टिपरमा मिक्स गिट्टी लोड हुँदै थियो, माथिबाट टिपर पल्टियो, टिपरसहितको गिट्टी मजदुरमाथि पोखियो,’ घटनास्थल पुगेका एक प्रहरीले भने । यता इलाका प्रहरी कार्यालय अनारमनिको प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ ।
भद्रपुर, १२ असार । झापाको हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–७ निवासी ५३ वर्षीय गिरेन कर्मकार रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रनाउ खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । प्रहरीका अनुसार मंगलबार बिहान ४ बजेको समयमा हल्दिबारी गाउँपालिका–२ स्थित देउनियाँ खोलाको पुलबाट ३०० मिटर उत्तरमा रहेको महेन्द्र पोखरेलको चिया बगान छेउमा कर्मकार जंगली च्याउ टिप्न गएका थिए । सोही चिया बगानमा रहेका हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमा मृत्यु भएको डीएसपी रिजालले बताए । घटना लगतै हल्दिबारी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोली घटनास्थल पुगेको छ । शवको कानुनी प्रक्रिया…
इलाम, १२ असार । इलामको माङ्सेबुङ–५ बाह्रलाखे माङमिक्तोक्ला टोलमा आगलागी हुँदा आठ घर जलेर पूर्णरूपमा नष्ट भएका छन् । स्थानीय समिर चेम्जोङको घरबाट सुरु भएको आगलागी अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन । स्थानीय पत्रकार सुमन लावतीका अनुसार घटनाको पूर्ण विवरण आउन सकेको छैन । गए राति करिब २ः०० बजेबाट आगलागी भएको थियो । स्थानीय तथा प्रहरीको सहभागितामा आगो निभाउने प्रयास भइरहेको छ । आगलागीबाट के–कति क्षति भयो भन्ने अझै यकिन भइसकेको छैन । रातको समय र आगलागी पूर्णरूपमा नियन्त्रणमा आइनसकेकाले क्षतिको विवरण आउन बाँकी रहेको बताइएको छ । आगलागी के कारणले भयो समेत खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी…
चन्द्र बस्नेतकनकाई, १२ असार । झापाको कनकाई नगरपालिकाले चैते धान रोप्ने कृषकलाई सोमबारदेखि प्रोत्साहन रकम वितरण शुरु गरेको छ । नगरका सबै वडाका चैते धान रोप्ने कृषकलाई प्रोत्साहन स्वरूप राहत रकम दिन सुरु गरेको नगर कृषि शाखाले जनाएको छ। नगरपालिकाको सभाहलमा वडा नं. १ का कृषकलाई राहत रकम प्रदान गर्दै नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरपालिका सधैं कृषकको साथमा रहेको बताउनुभयो । नगरपालिका परिसरमा आयोजित एक कार्यक्रमका बीच नगरपालिकाका नगरप्रमुख पोखरेलले चैते धान रोप्ने कृषकलाई राहत रकम हस्तान्तरण गर्दै चैते धान रोप्ने नगरबासीलाई केही मात्रामा भए पनि स्थानीय सरकारको प्रत्याभूति होस् भनेर राहत रकमप्रदान गरिएको बताउनुभयो । “बजेट अभावमा नगरका धेरै…
बिर्तामोड, ११ असार । झापाको बिर्तामोडमा ‘स्वास्थ्य पर्यटन प्रवद्र्धन कार्यक्रम’ हुने भएको छ । नेपाल टुरिजम बोर्डको आयोजनामा मुलुकको चिकित्सा क्षेत्रलाई पर्यटनसँग जोड्ने र स्वास्थ्य पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो । आगामी असार १६ गते बिर्तामोडमा स्वास्थ्य पर्यटन प्रवद्र्धन कार्यक्रम हुनेछ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेश र होटल ब्यवसायी संघ झापाको सह–आयोजना तथा बिर्तामोड नगरपालिकाको सहकार्यमा उक्त कार्यक्रम हुने आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो । हेल्थ टुरिजम प्रमोशन प्रोग्राममा झापाका हस्पिटल, कोशी प्रदेशका ट्राभल, होटल, होमस्टे साथै पर्यटन ब्यवसायीहरुले आ–आफ्ना व्यवसाय प्रवर्धनका सामग्रीसहित स्टल राखेर सहभागिता जनाउने नाट्टा कोशी…
भद्रपुर, ११ असार । नेपाली कांग्रेस भद्रपुर नगरसमितिले भद्रपुर–बिर्तामोड सडक निर्माणमा भइरहेको ढिलाइप्रति लक्ष्यित गरेर छिटोभन्दा छिटो काम सम्पन्नको माग राख्दै ज्ञापनपत्र बुझाएको छ । पछिल्लो पटकको म्याद अनुसार सो सडक निर्माण गर्ने अन्तिम मिति २०८० भदौ ४ गते रहेको भए पनि सो समयमा काम सम्पन्न नहुने निश्चित भएको भन्दै काँग्रेसले छिटो काम सम्पन्न गर्ने वातावरण बनाउन सरकारसित माग राख्दै ज्ञापनपत्र बुझाएको हो । नगर सभापति सामबहादुर कँडेलको नेतृत्वमा गएको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलमार्फत नेपभल सरकारलाई ज्ञापन पत्र पढाएको हो । ज्ञापनपत्रमा भनिएको छ— तोकिएको समयमा सडक निर्माण नसकिने अवस्थामा रहेको हुँदा यो महत्वपूर्ण योजनालाई जतिसक्दो छिटो…