
झापा, १२ असार । झापाको शिवसताक्षी नगरपालिकाले सुरक्षित मातृत्वका लागि गर्भवती महिलाको निःशुल्क भिडियो एक्स–रे गरिदिने भएको छ । नगरको १२ औ नगर सभामा उपप्रमुख नरमाया कार्कीले यससँग सम्बन्धी मापदण्ड बनाएर गर्भवती महिलालाई निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गरिने बताइन् ।
उपप्रमुख कार्कीले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दे भनिन्, ‘यस नगरपालिका भित्र रहेका गर्भवती महिलाहरुको निशुल्क भिडियोे एक्सरे सेवा प्रदान गरी सुरक्षित मातृत्व सेवा कायक्रमलाई प्रभाकारी रुपमा सञ्चालन गरिने छ ।’
नगर उपप्रमुखले कार्यविधि बनाएर कार्यक्रम संचालन गरिने पनि बताईन् । खास गरेर महिलाहरुले आफ्नो गर्भ परिक्षणका लागि नगर बाहिर जानु नपरोस्, घर घरमै सुविधा पाउन सकुन भनेर आगामी आर्थिक वर्ष ०८०—०८१ को नीति तथा कार्यक्रममा यो योजना पनि समावेस गरिएको बताएकी छन् ।
‘मैले निर्वाचनताका मत माग्दै गर्दा यो विषयलाई प्राथमिकतामा राखेर सुविधा प्रदान गर्ने बाचा गरेको थिए,’ उनले भनिन् ‘मेरा बाचा यसरी नै क्रमश पुरा हुदै जानेछन् ।’ नगरका गर्भवती महिला प्रजनन् स्वास्थ्यका लागि दमक, विर्तामोड, भद्रपुर, विराटनगर, धरान लगायतका स्थानमा प्रजनन् स्वास्थ्यका लागि जाने गरेका छन् । नगरमा यो कार्यक्रम संचालन भयो भने फोनको एक कलमा घरैमा सुविधा पाईने नगर उपप्रमुख काकीले बताएकी छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



