झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कञ्चनपुर, ४ असोज । निर्मला पन्तको हत्या भएको दुई महिना पुग्न लागेको छ । घटनापछि उनका सहपाठी समेत भयभीत छन् । कक्षाकोठामा बसे पनि पढ्न सकिरहेका छैनन् । स्कुल आउँदा, जाँदा र कक्षाकोठामा बस्दा सोही घटना मनमा खेल्ने गरेको उनीहरु बताउँछन् । भीमदत्त नगरपालिका २ उल्टीखामकी १३ बर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । उनी सरस्वती उच्च मावि, खोल्टीमा कक्षा ९ मा पढ्थिन् । ुहामी सानैदेखि सँगै पढ्थ्यौं, सँगै खेल्थ्यौुं ९ कक्षामै अध्ययनरत जानकी भट्टले भनिन्, ुउनी नहुँदा पढ्न मनै लागिरहेको छैन । स्कुल पनि नआउँ जस्तो लाग्छ ।ु जानकी र निर्मला एउटै बेञ्चमा बस्ने २ कक्षादेखिका साथी हुन् ।…

Read More

काठमाडौँ, ४ असोज । ०७४, ०७५ मा ६ सय २८ जनाको हत्या भएको थियो । आव ०७३, ७४ मा यस्तो अपराध ६ सय १६ थियो । यसैगरी, बलात्कारका मुद्धा ३० प्रतिशत बढेका छन् । बर्ष ०७४, ७५ मा एक हजार ४ सय ८० बलात्कारका घटना प्रहरीमा दर्ता भए ।यस आधारमा दैनिक तीनभन्दा धेरै बलात्कारका घटना हुने गरेको देखिन्छ । गत बर्ष सामाजिक अपराध ४० प्रतिशत बढेको छ । ०७३, ७४ मा १० हजार २ सय ५६ घटना भएकोमा गत बर्ष १४ हजार ४ सय ५० रह्यो । प्रहरीले तदारुकताकासाथ मुद्धा दर्ता गर्ने भएकाले पनि घटना बढेको देखिएको प्रहरी प्रवक्ता देशभर…

Read More

बिर्तामोड, ४ असोज । नगरका संघ संस्थाहरुको सहभागितामा बिर्तामोड नगरपालिकाले संविधान दिवस समारोहको आयोजना गरेको छ । बिर्तामोडस्थित मुक्ति चोकबाट शुरु भएको एक र्यालीले नगर परिक्रमा गरेपछि आयोजित कोणसभा नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा भएको थियो । उपप्रमुख पबित्रा महतारा प्रसाईंले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सांसद जसमाया गजमेर, पूर्वसांसद मनकुमार गौतम, नरेश खरेलले संविधान निर्माणमा आफूहरुले खेलेको भूमिकाका विषयमा प्रकाश पारेका थिए । वक्ताहरुले जनताले लामो समयसम्म संघर्ष गरेर प्राप्त भएको संविधानका उपलब्धिलाई जोगाएर, आफ्नो क्षेत्रको विकासका लागि लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सञ्चालन नगरपालिकाका अधिकृत जय तिम्सिनाले गरेका थिए । सो र्यालीमा विरता जेसीज,…

Read More

भद्रपुर, ३ असोज । ‘सामुदायिक वनको पहिचान, संघीयतामा समृद्धिको अभियान’ नारासहित वन ऐन २०४९ को संशोधन अन्र्तगत दोस्रो वन ऐन संशोधन २०७३ बारे दुई दिने अन्र्तक्रिया सम्पन्न गरिएको छ । चन्द्रगढी वन समितिको आयोजनामा भद्रपुर ९ स्थित समितिको कार्यालयमा सहायक वन अधिकृत राजन राई र सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष छत्र पौडेलले वन संरक्षण, सामुदायिक वन स्रोत सर्वेक्षण, वैज्ञानिक वन व्यवस्थापन र अधिकार प्रयोग विषयमा दुई दिन प्रशिक्षण प्रदान गरेका हुन् । समितिका अध्यक्ष हिराप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिमा आबद्ध वन पदाधिकारी, रक्षक, कर्मचारी तथा उपभोक्ताले सहभागिता जनाएका थिए ।

Read More

बिर्तामोड, ३ असोज । झापाको कनकाई नगरपालिका–१ स्थित प्रजापति सामुदायिक वन समूहको आयोजनामा ‘झापा जिल्ला सामुदायिक वन स्तरीय नकआउट फुटबल प्रतियोगिता’ हुने भएको छ । समूहले बुधबार वन हाताभित्र पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो । समूहका अध्यक्ष एवम् खेल संयोजक सूर्यकुमार थापाले दशैंको उपलक्ष्यमा असोज १३ गतेदेखि ३० गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको बताए । ‘वनसँग युवालाई जोड्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो’, उनले भने, ‘सामुदायिक वन संरक्षणमा युवा सहभागिता बढाउन पनि प्रतियोगिता गर्न लागिएको हो ।’ प्रतियोगिताका लागि जिल्लाभरका ५९ वटा सामुदायिक वनलाई पत्रचार गरिसकिएको र कम्तिमा ३०÷३५ वटा टिमले सहभागिता जनाउने आयोजकको अनुमान छ ।…

Read More

बिर्तामोड, ३ असोज । झापाको कनकाईमा आयोजित एक कार्यक्रमका सहभागीले स्थानीय सरकार संविधान कार्यान्वयको एउटा स्वरुप भएको बताएका छन् । संविधान दिवसको अवसरमा कनकाई नगरपालिकाले बुधबार यहाँ आयोजना गरेको कार्यक्रममा सहभागीले त्यस्तो बताएका हुन् । संविधान एकै पटक नभई क्रमिक रुपमा कार्यान्वयन हुँदै जाने र संविधान कार्यान्वयनकै स्वरुप स्थानीय सरकार भएको उनीहरुको भनाइ थियो । कार्यक्रममा प्रदेश सांसद् हिरा थापाले समृद्ध मुलुक बनाउन संविधान कार्यान्वयन हुनुपर्ने बताउनुभयो । ‘हजारौँ शहीदको बलिदानी र संघर्षबाट गणतन्त्र स्थापना भएको छ’, उहाँले भन्नुभयो, ‘त्यसलाई स्थापित गर्न पनि संविधान कार्यान्वयन हुनुपर्छ ।’ संविधान कार्यान्वयनको चरणमा रहेको सबै कुरा एकै पटक नहुने र क्रमिक रुपमा परिवर्तनको…

Read More

भद्रपुर, ३ असोज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन विपरीत झापाका अधिकांश सरकारी कार्यालयले करार सेवाका तल्ला दर्जाका कर्मचारी हटाउन थालेका छन् । मन्त्रालयले असोज मसान्तसम्म कुनै पनि दर्जामा करार सेवामा कार्यरत कर्मचारी नहटाउन परिपत्र गरेको भए पनि अधिकांश कार्यालयका प्रमुखले रकम अभाव भएको बहना बनाएर तल्ला दर्जाका कर्मचारी हटाउन थालेका हुन् । अस्थायी नियुक्ति लिएर कार्यालय सहयोगीका रूपमा विगत धेरै वर्षदेखि काम गरिरहेका मालपोत, भूमिसुधार, नापी, जिल्ला समन्वय समिति, नगरपालिका, गाउँपालिका लगायत कार्यालयमा रहेका दर्जनभन्दा बढी कर्मचारी सेवाबाट हटाइएपछि समस्यामा परेका छन् । कतिपय कार्यालय प्रमुखले आफ्ना मान्छे प्रवेश गराउन पुराना कर्मचारी हटाएको आरोप पीडित पक्षले लगाउन…

Read More

भद्रपुर, ३ असोज । झापाको भद्रपुरस्थित रोटरी क्लब अफ भद्रपुरले संविधान दिवस २०७५ को अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन् । रोटरी क्लबका एरिया प्रेसिडेन्ट उमेश डालमियाको प्रमुख आतिथ्य तथा भद्रपुरका अध्यक्ष भेषराज ढकालको नेतृत्वमा सम्पन्न रक्तदान कार्यक्रममा ४ जना महिला सहित ३९ जनाले रक्तदान गरेका हुन् । रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा भद्रपुर स्थित सगरमाथामा चौकमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो ।

Read More

काठमाडौँ, ३ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो सङ्ख्याका जनतालाई गरीबीमा राखेर केहीको मात्रै समृद्धिले सुरक्षा, दिगोपना र हिंसारहित समाजको कल्पना गर्न नसकिने बताएका छन् । अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा चीनको च्याङ्सु प्रान्तको नानजिङमा आयोजना गरिएको ‘विश्वको दिगो शान्ति र सुरक्षा तथा मानव जातिका लागि साझा भविष्य निर्माण गर्न मिलेर काम गरौँ’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तन र गरीबीको चुनौतीलाई सम्बोधन नगरेसम्म दिगो शान्ति र वास्तविक सुरक्षा सपनामै सीमित रहने उल्लेख गरे । उनले भने, ‘मानव सुरक्षालाई जलवायु परिवर्तनले वास्तवमै चुनौती खडा गरिदिएको छ । विश्व वाष्पीकरण, मरुभूमीकरण तथा पानीको अभाव र…

Read More

महोत्तरी, ३ असोज । महोत्तरीमा व्यापारीलाई लुटपाट गर्ने चार लुटेरालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–८ का १७ वर्षीय कुमार लामा, महोत्तरीको गौशाला नगरपालिका–११ का १८ वर्षीय विवेक श्रेष्ठ, १६ वर्षीय सुरेश महतो तथा सोनमा गाउँपालिका–११ का ३० वर्षीय रामभरोसकुमार यादव रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । लुटेराले मनरासिस्वा नगरपालिका–२ इटहर्वाका व्यापारी विनोद चौधरीसँग रहेको रु पाँच लाख लुटेका थिए । घरबाट गौशाला जाँदै गरेका यादवलाई गौशाला नगरपालिका–८ स्थित मरहा खोला नजिक पेस्तोल देखाउँदै नगद लुटेर उनीहरु भागेका थिए । पर्सा प्रहरी चौकीले चारै जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट…

Read More