
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २७ भदौ । चाडपर्व नजिकिएसँगै झापाका सीमावर्ती क्षेत्रबाट बारुदजन्य पदार्थ (पटक) तस्करी हुन थालेको छ । भारतबाट झापाका भद्रपुर, काँकरभिट्टा, सतिघट्टा, केचना लगायतका सीमातर्वी क्षेत्रबाट पटकका भित्रिन थालेको हो । यसैबीच, झापाको भद्रपुर नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा पटका बरामद गरेको छ । भद्रपुर–३ स्थित बगान एरियामा भारतबाट नेपालतर्फ ३ वटा साईकलमा बोरालोड गरी बिष्पोटक पदार्थ (पटका) ल्याउँदै गरेको भन्ने बिशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरले मंगलबार बेलुका दुई लाख रुपैयाँ बराबरको पटका बरामद गरेको हो । प्रहरीले खुर्सानी, चकलेट बम र तीन थान साइकल बरामद गरेको हो । पटका ल्याउने व्यक्तिहरु साइकल छाडेर फरार भएकाले उनीहरुको खोजतलास र…
काठमाडौँ, २७ भदौ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरी प्रशासन थप शंकाको घेरामा परेको छ । घटनाको अभियुक्त भनी प्रहरीले पक्राउ गरेका दिलिपसिंह विष्ट डीएनए परीक्षण नमिलेपछि रिहा भएका छन् । हाजिरी जमानीमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विष्टलाई मंगलबार साँझ रिहा गरेको हो । ‘अनुसन्धान गर्दै जादा दिलीपसिंह विष्टको डीएनए परीक्षणको रिर्पोट नेगेटिभ देखियो’, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी कुबेर कडायतले भने, ‘मुद्दा चलाउनुपर्ने अन्य कुनै पनि यथेष्ट प्रमाण नभेटिएकाले सरकारी वकिलसँगको सहमतिमा हाजिरी जमानीमा छोडिएको हो ।’ मुद्दा अदालतमा लैजान यथेष्ट प्रमाण नपुगेकाले उनलाई छाडिएको प्रहरीले जनाएको छ । ‘अनुसन्धान गर्दै जाँदा हिरासतमा…
सुन्दा अचम्म लाग्न सक्छ, साँझ ६ बज्न नपाउँदै गाउँ नै सुनसान १ अनि सबै घरमा ताल्चा । यति मात्र होईन, घरकै कुनै सदस्य पनि ६ बजेपछि घरभित्र पस्न पाउँदैनन् । हुम्ला जिल्लाको नाम्खा गाउँपालिका ६ मा पर्ने तिलगाउँको चलन हो यो । चारैतिर हिमालै हिमालले घेरिएको बीचको अनकन्टार बस्ती तिलगाउँमा ६ बजेपछि सुनसान हुने चलन पुस्तौँदेखि चल्दै आएको स्थानीय पेमा तामाङले बताए । नजिकै बस्ती नभएका कारण चोरीबाट बच्न र महिला सुरक्षित रहन यस्तो जुक्ति अपनाईएको तामाङले बताए । यो गाउँ तीन हजार ७०३ मिटर अग्लो स्थानमा छ । धेरैपहिले गाउँमा चोरी हुनुका साथै महिला बलात्कृत भएपछि त्यति बेलाका बुढापाकाले…
विभा झा आज तीजको अवसरमा केही लेख्न पाउँदा मन प्रफुल्लित छ । सर्वप्रथम तीजको सबैलाई शुभकामना– महिला र पुरुष दुवैलाई । महिलाले तीज आफ्नो श्रीमान्को दीर्घायू र समृद्धिको लागि गर्छिन् भने पुरुषले पनि महिलाको सुख र दुःखमा दिनरात नभनी साथ दिएका हुन्छन् । अनि यी दुई श्रीमान् र श्रीमती खुसी साथ रहेको घर नै स्वर्ग कहलिन्छ । त्यसैले श्रीमतीको खुसीमा खुशी भई दिने तमाम श्रीमानहरुलाई ह्याप्पी तीज । श्रीमान्को सुख र दुःखमा इमान्दारीपूर्वक साथ दिने हरेक श्रीमतीलाई पनि ह्याप्पी तीज । तीजको सन्दर्भमा जे–जस्तो किम्बदन्ती र परम्परा रहे पनि आज तीज मनाउने र मान्ने शैलीमा धेरै नै परिवर्तन भएको छ…
कञ्चनपुर, २७ भदौ । पटकपटक टोली परिवर्तन भइरहेका छन् । तर, अनुसन्धान अपराधीनजिक पुग्न सकेको छैन । छानबिनमा फरक कोण राख्ने उपसचिव वीरेन्द्र केसीले राजीनामा दिएका छन् । उनको निष्कर्ष आखिर के हो त भनेर प्रधानमन्त्री र गृहमन्त्रीले बोलाएर बुझ्न सक्थे । तर, केसी मंगलबार मन्त्रालय धाउँदा पनि गृहमन्त्रीले भेटसमेत दिएनन् । बर्दीको आडमा प्रहरीले सोझासीधा धेरै पक्राउ गरिसक्यो, तर स्थानीय जनताले जोमाथि निरन्तर औँला उठाइरहेका छन् तिनीमाथि अनुसन्धान केन्द्रित भएको छैन । प्रधानमन्त्रीले टेलिभिजनबाट भनेजस्तै आन्दोलन विवेकहीन हुन्थ्यो र प्रहरीको अनुसन्धान निष्पक्ष हुन्थ्यो भने दिलीपसिंह विष्ट नै अपराधी साबित हुन्थे । तर, डिएनए परीक्षणसमेत त्यही आयो जो कञ्चनपुरवासी जनताले…
काठमाडौँ, २७ भदौ । काठमाडौंमा चिनियाँ रेल कहिले आइपुग्ला भन्ने चासो बढ्दै गर्दा तिब्बती अधिकारीहरूले केरुङ–काठमाडौं रेल आफ्नो उच्च प्राथमिकतामा परेको बताएका छन् । चीनले केरुङ–काठमाडौं रेलको पहिलो चरणको अध्ययन गरिसकेको छ । ‘नेपालमा रेल र सडक सञ्जालले जोडेर विकास सहकार्य गर्न हामी आतुर छौँ, यसमा काम भइरहेको छ’, जनकंग्रेस तिब्बतको स्थायी समिति उपाध्यक्ष र बाह्य सम्बन्ध एवं विदेश मामिला कार्यालयका सचिव चु चुन्हुयाले भने, ‘नेपाल हाम्रो पुरानो र विश्वासिलो मित्र हो । सीमा जोडिएका हामी सहकार्य गरेर अघि बढ्ने हो ।’ नेपाली सीमा केरुङसम्म कहिलेसम्म आउला त रेल ? चिनियाँ उच्च अधिकारीसँग यसको स्पष्ट जवाफ नभए पनि उनीहरू काठमाडौं…
विराटनगर, २७ भदौ । ‘सिलिन्डर बोक्ने जमाना अब गए,’ गत ५ भदौमा विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसदनमा जडान गरिएको गोबर ग्यास प्लान्ट उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओलीले घोषणा गरेका थिए । उपस्थित स्थानीयले ताली बजाएर प्रधानमन्त्रीको घोषणाको स्वागत गरे । त्यहाँका ३५ घरपरिवारले पाइपबाट ग्यास बाल्न पाइने भएपछि खाना पकाउने एलपी ग्यासका सिलिन्डर थन्क्याएका थिए । तर, स्थानीयको त्यो उत्साह लामो समय टिकेन । ग्यास वितरण प्रणालीमा समस्या भएपछि उनीहरू थन्क्याइएका सिलिन्डर निकाल्न बाध्य भएका छन् । विश्व बैंकको सहयोगमा निर्माण भएको र प्रधानमन्त्री ओलीले तामझामसाथ उद्घाटन गरेको प्लान्टबाट आएको ग्यासमा १२ दिन खाना पकाएपछि बन्द भएको छ । गत…
काठमाडौँ, २७ भदौ । संविधान बनेको झन्डै तीन वर्षपछि कांग्रेसले आन्तरिक संरचना संघीय स्वरूपअनुसारको बनाउँदै छ । केन्द्रदेखि निर्वाचन क्षेत्रसम्मका आठ तहका समिति बनाउने गरी विधान मस्यौदा हुँदै छ । पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने तयारी पनि कांग्रेसको छ । नयाँ संरचनामा बुथ समिति, प्रादेशिक निर्वाचन क्षेत्रीय समिति र प्रदेश कार्यसमिति थपिनेछन् । प्रदेश कार्यसमिति ५१ सदस्यीय बनाउने सहमति लगभग भइसकेको छ । अरू तहका समितिको संख्या र अधिकारबारे टुंगो लाग्न बाँकी छ । मस्यौदा समितिका सदस्य प्रदीप पौडेलले संविधानको भावनाअनुसार समावेशी र संरचनागत रूपमा कांग्रेस फेरिन लागेको बताए । ‘संविधान बनेको तीन वर्ष भइसकेको छ, तर हामीले अलि…
काठमाडौँ, २७ भदौ । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीद्धारा अभियुक्त बनाइएका दिलीपसिंह विष्ट रिहा भएपछि अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृतमाथि छानविन हुने भएको छ । मंगलबार राति गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकले घटना अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृतमाथि छानविन गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयको ठहर गर्दै उनीहरुमाथि छानविन गर्ने निर्णय भएको मन्त्रालय श्रोतले बतायो । सिआईबी अनुसन्धानमाथि नै प्रश्न ? निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अनुसन्धान गर्न खटिएको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईबी टोलीमाथि गम्भीर प्रश्नचिह्न उठेको छ । टोलीको सहयोगमा कञ्चनपुर प्रहरीले निर्मला हत्याको आरोपमा ४१ बर्षीय दिलीपसिंह विष्टलाई पक्राउ गरेको थियो । दिलीपको…
झापा, २७ भदौ । कतारमा निर्माण क्षेत्रमा कार्यरत कामदारका लागि प्रतिघण्टा ३० रियाल छुट्याएर पनि उनीहरुको हातमा भने जम्मा ६ रियाल मात्रै पर्ने गरेको छ । कतार सरकारका आयोजनामा काम गर्ने कामदारका लागि प्रतिघण्टा ३० रियाल ज्याला छुट्याईएको हो । आयोजनाको मुख्य ठेकेदार कम्पनीलाई कामदारको लागि कतार सरकारले यो रकम उपलब्ध गराउँछ । तर, ठेकेदार कम्पनीले भने विभिन्न कामदार सप्लाई कम्पनीबाट कामदार ल्याउँदा ज्याला घटेर ६ रियाल पुग्ने गरेको छ । मैले कतारक धेरै उच्च अधिकारीहरुसँग भेट गर्दा प्रतिघण्टा ३० रियालसम्म कामदारका लागि दिएको पाएँ । तर कमदारको हातमा भने ६ रियाल मात्रै परिरहेको स्थिति छ, कतारका लागि नपाली राजदुत…