
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २४ जेठ । झापाको बुद्धशान्ति बर्ने चिया बगानस्थित मेची राजमार्ग किनारमा शिरीष फूलेर राताम्य भएपछि आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । झापा र इलामको सिमाना नजिक पर्ने सो स्थान बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा छ । चियाको बुट्यानयुक्त प्राकृतिक हरियालीमा फूलको सौन्दर्य थपिएपछि मेची राजमार्ग हुँदै पहाडी जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङ जाने अधिकांश यात्री एकछिन रोकिएर रमाउने र फोटो खिचाउने गर्छन् । शिरीष फूलको सौन्दर्यले मोहित हुँदै खिचिएका फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिरालो जमिन भएकाले भूक्षय हुन नदिन शिरीषका विरुवा हुर्काइएको थियो । पुराना ती रुखहरू वर्षमा एकचोटि फूलेर राताम्य हुँदा…
ताप्लेजुङ, २४ जेठ । प्रत्यक्षरूपमा रातो हाब्रे (रेड पाण्डा) को बासस्थान तथा बसाइँको अवस्थाबारे अध्ययन तथा अनुसन्धानका लागि यहाँ एक अनुसन्धान केन्द्र खोलिएको छ । रेडपाण्डा का लागि उपयुक्त बासस्थान ताप्लेजुङ पनि हो । यहाँको धेरै स्थानमा रेड पाण्डा पाइन्छ रेडपाण्डा नेटवर्कको प्रविधिक तथा आर्थिक सहयोग तथा हिमाली संरक्षण मञ्चको सहजीकरणमा रेड पाण्डा संरक्षण कार्यक्रम हुँदै आएको हिमाली संरक्षण मञ्चका सचिव विवश केदेमले बताउनुभयो । रेड पाण्डा दसदेखि २५ डिग्री सेल्सियस तापक्रम र वाषिर्करूपमा कमै मात्र तापक्रम घटबढ हुने १८०० देखि ४८०० मिटर उचाईका क्षेत्रमा पाइने गर्छ । यो खासगरी गुराँस र बाँस प्रशस्त भएको समशितोष्ण पतझड र कोणधारी जङ्गलमा…
झापा, २४ जेठ । मलेसिया पठाउने नाममा लाखौं रूपैयाँ असुल गरेको द रिभर ओभरसिजले १९ जना श्रमिकलाई झुलाएको छ । वैदेशिक रोजगार विभागलाई समेत अटेर गरेको छ । वैदेशिक रोजगारीका लागि मलेसिया पठाउने भन्दै ओभरसिजले प्रति व्यक्ति २ लाख ५५ हजार रूपैयाँसम्म बढी असुल गरेको थियो । उक्त असुल गरेको रकम तीन दिनभित्र फिर्ता गर्ने लिखित प्रतिबद्धता गरेको थियो । प्रतिबद्धता पत्रमा १ कात्तिक २०७९ मा पीडितहरूलाई ३ दिन भित्रमा उक्त रकम फिर्ता गर्ने भन्ने उल्लेख गरिएको छ । तर, लिखित प्रतिबद्धता गरेको सात महिना वितिसक्दा पनि पैसा फिर्ता नगरेको पीडितहरूले बताएका छन् । मलेसिया उड्नुअघि विभागले उक्त कम्पनीमा छापा…
झापा, २४ जेठ । सरकारले बजेटमार्फत तरकारी तथा फलफूल जस्ता संवेदनशील वस्तुुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै आयात रोकेर विरोध गरिएको छ । अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसअघि दिइएको छुट खारेज गरेर सरकारले बजेटमार्फत १७० वस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरे । कालीमाटी फलफूल तथा तरकारी बजारमा गएको चार दिनदेखि देशबाहिरबाट आउने तरकारी भित्र्याइएको छैन । संवेदनशील वस्तुमा भ्याट फिर्ता लिनुपर्ने माग गर्दै कालीमाटीका थोक व्यापारीहरूले आलु, प्याजलगायतका तरकारी बजारमा भिœयाएका छैनन् । वर्तमान सरकारले छुट तथा सहुलियत व्यवस्थामा पुनरवलोकन गरी करका आधार विस्तार गर्ने उद्देश्यले मूल्य अभिवृद्धि करका १७० र…
झापा, २४ जेठ । पूर्वीय ज्ञान र पश्चिमी विज्ञानका ज्ञाता महात्मा सच्चिदानन्द सरस्वती (खप्तड बाबा) ले ५० वर्ष बिताएको खप्तड क्षेत्रमा योग गुरु रामदेवले योग सिकाउने भएका छन् । खप्तडको गंगा दसहरा मेलाको अवसरमा आयोजित पहिलो अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनका अवसरमा बाबा रामदेव र आचार्य बालकृष्णले योग गराउने भएका हुन् । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको सो कार्यक्रममा योग गुरु बाबा रामदेव र आचार्य बालकृष्ण विशेष अतिथिका रूपमा सहभागी थिए । मंगलबार बाबा रामदेवले र बाँकी दुई दिन आचार्य बालकृष्णले योग सिकाउने कार्यक्रम रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहले जानकारी गराए । नेपाली सेनाको…
झापा, २३ जेठ । झापाको अर्जुनधारामा सडक स्तरोन्नती र मर्मतका लागि करोडौं बजेट प्राप्त भएको छ । संघीय सरकारमातर्फत् यहाँका नौ वटा सडक स्तरोन्नती र मर्मतका लागि ४ करोड ४० लाख बजेट प्राप्त भएको अर्जुनधारा नगरपालिका प्रेस संयोजक आकाश खतिवडाले जानकारी दिनुभयो । उनका अनुसार सभामुख एवम् झापा क्षेत्र नं. २ का सांसद् देवराज घिमिरे र नगरप्रमुख बलदेव गोम्देनको पहलमा अर्जुनधारा–२, ४, ८, १० र ११ नम्बर वडाको सडक स्तरोन्नती र मर्मतका लागि उक्त बजेट आएको हो । यस्तो छ प्राप्त बजेट
भद्रपुर, २३ जेठ । नेपाल पूर्व प्रहरी संगठन झापाले टिकापुर नरसंहारको आरोप प्रमाणित भएका भनिएका रेसम चौधरीको आम माफी फिर्ता हुनु पर्ने माग राख्दै सरकारलाई ज्ञापन पत्र बुझाएको छ । संगठनका झापा अध्यक्ष खड्गबहादुर खड्काको नेतृत्वमा आएको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञानप पत्र पठाएको हो । अध्यक्ष खड्गबहादुर खड्का, उपाध्यक्ष अबिचन्द्र रिजाल र सचिव कृष्णप्रसाद सापकोटाद्वारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा भनिएको छ —मुलुकी ऐन तथा फौजदारी संहिताको १५९ र फौजदारी कसुर ऐन दफा २४ र ३७ को भावना विपरित आरोपी छोड्ने निर्णय आएकोले सच्याएर चौधरीलाई कारावास मै राख्न माग गरिएको छ ।
इलाम, २३ जेठ । इलामको रोङ गाउँपालिका–३ मा रहेको पाथीभरा मन्दिरमा पाँच वर्षमा संकलन भएको भेटी हरहिसाब विषयमा गाउँपालिकाले लिएको अडानप्रति रोङका राजनीतिक दलहरूले समर्थन गरेका छन् । पाथीभरा संरक्षण संस्थाले पाँच वर्षमा करिब १५ करोड बढी हिसाब गोलमाल गरेको भन्दै गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई छानबिन गर्न पत्र लेखेको थियो । तर, जिल्ला प्रशासन कार्यालयले उल्टै असहयोग गरेको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) ले बताउनुभयो । अनियमितता छानबिन गर्न सर्वदलीय बैठकको निर्णयले आग्रह गर्दा प्रशासनले गाउँपालिकालाई छलफलमा बोलाएर असहयोग गरेको गाउँपालिका अध्यक्ष सुवासको आरोप छ । गाउँपालिकामा क्रियाशील राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलले…
भद्रपुर, २३ जेठ । झापाको पहिलो नगरपालिका भद्रपुरले स्थानीय विषयवस्तु समेटर पाठ्यक्रम तयार पारेर लागु गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी स्थानीय जाति, भाषा, भूगोल, संस्कृति पर्यटकीय क्षेत्रको पहिचान लगायतका विषय समेटेर पाठ्यक्रम तयार गरी यस शैक्षिक वर्षबाट लागु गरेको हो । नगरपालिकाले चालू शैक्षिक सत्रमा कक्षा १ देखि ८ कक्षासम्म ‘भद्रपुरको सेरोफेरो’ विषयमा स्थानीय पाठ्यक्रम तयार गरेर पठन पाठन सुरु गरेको छ । पाठ्यक्रममा ७ वटा क्षेत्र समेटेर तयार पारिएको छ । जसमा भद्रपुरको भौगोलिक अवस्था, प्राकृतिक सौन्दर्यता, नदी, खोला, तालतलैया, मठमन्दिरहरू, धार्मिक ऐतिहासिक स्थलको परिचय, नैतिक आचरण, योग शिक्षा तथा नगरपालिकाको…
बिर्तामोड, २३ जेठ । बिर्तामोडमा एक दिने बाख्रा पालन तालिम सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको पशुपंछी तथा मत्स्य विकास शाखाको आयोजनामा भएको तालिम आज सम्पन्न भएको हो । बाख्रा पालनमा देखिएको समस्या, व्यावसायिकक बाख्रा पालनमा ध्यान दिनु पर्ने कुराहरुको बारेमा कृषकहरुलाई जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिनु भयो । तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बाख्रा पालन कृषकहरुको लागि आवश्यक प्राविधिक,औषधि उपचार तथा परामर्शमा कमी हुन नदिने बताउनुभयो । व्यावसायिक बाख्रापालनबाट कम्तिमा वार्षिक ६ लाख रुपैयाँ आम्दानी गर्नु पर्ने भन्दै उहाँले उत्पादन बढाउनु पर्ने बताउनुभयो । बाख्रापालन जीवन धान्नमात्र नभई…