झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, १२ जेठ । झापाको भद्रपुर नगरपालिका–८ बाट प्रहरीले आज लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल दार्जेलिङ खोरीबारीका २२ को शिवु घोष र सोही स्थानकी २६ वर्षीया श्यामली सोरेन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय झापाको टोलीले छुट्टाछुट्टै साइकलमा आउँदै गरेका उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा सोरेनको साथबाट १९४ ग्राम ५४० मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो । घोष प्रतिबन्धित लागुऔषध ब्राउन सुगर डिलरवाला रहेको र सोरेन बोक्ने मान्छेको रुपमा प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Read More

बिर्तामोड, १२ जेठ । झापाको बिर्तामोडमा एकदिने विकास पत्रकारिता सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको सहयोग र नारी सञ्चार गृह झापाको आयोजनामा गोष्ठी सम्पन्न भएको हो । कार्यक्रमलाई लेखक तथा सञ्चारकर्मी केदार शर्माले फरक ढंगबाट सहजीकरण गरेका थिए । शर्माले विकासलाई हेर्ने दृष्टिकोण फरक फरक हुने बताउँदै पत्रकारले विषयवस्तुलाई केलाउँदै तथ्य जाँच्न पछि पर्न नहुने बताए । उनले उद्विकास र विकास फरक भएको दृष्टान्त प्रस्तुत गर्दै विकास पत्रकारितामा सामाजिक आर्थिक पाटोलाई हेरिनु पर्ने बताए । पत्रकारहरुले आदिवासी समुदायको आफ्नो संस्कृति, भाषा, खानाजस्ता आफ्ना परम्परागत कुराहरु लोप हुन लागेको भन्दै त्यसतर्फ कलम चलाउन शर्माले आग्रह गरे । साथै…

Read More

झापा, १२ जेठ । साविक विजेता नेपाल काभा महिला भलिबल च्यालेन्ज कपबाट बाहिरिएको छ । आज भएको सेमिफाइलन खेलमा यसअघिको दुई पटकको च्याम्पियन नेपाल घरेलु मैदानमा काजकिस्तानसँग सेमिफाइनलमा पराजित हुँदै उपाधि होडबाट बाहिरिएको हो । आज भएको पहिलो सेमिफाइनलमा भारतले उज्वेकिस्तानलाई २५–१७, २५–२० र २५–१५ को सोझो सेटमा पाखा लगाउँदै उपाधि नजिक पुगेको छ ।उपाधिका लागि आइतबार सवा चार बजे काजकिस्तान र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

Read More

झापा, १२ जेठ । झापा र इलामका एक हजारबढी श्रमिकले व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षासम्बन्धी तालिम हासिल गरेका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)–को आर्थिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले सञ्चालन गरेको व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा प्रवद्र्धन कार्यक्रमअन्तर्गत सो तालिम प्रदान गरिएको झापाको बिर्तामोडमा आज आयोजित अन्तरक्रियात्मक कार्यक्रममा जानकारी दिइएको हो । पछिल्लो करिब ८ महिनाको अवधिमा झापा र इलामका विभिन्न स्थानमा चिया, अलैंची, अदुवाजस्ता निर्यातजन्य कृषिवस्तुका उद्योगमा कार्यरत एक हजारबढी मजदूरलाई काम गर्दा अपनाउनुपर्ने स्वास्थ्य तथा सुरक्षासम्बन्धी क्रियाकलापका बारे तालिम दिइएको हो ।

Read More

झापा, १२ जेठ । गायक सरगम राईको सुमधुर स्वरमा सजिएको ’जिन्दगीको मोडहरुमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा स्यम सरगम राईको शब्द तथा संगीत मा गीत तयार गरिएको छ । गीतमा फडिन्द्र राईको संगीत संयोजन गरेका हुन् । गीतमा दिपा लामाको समेत स्वर सुन्न सकिन्छ । म्युजिक भिडियोमा युवा माझँमा निकै रुचाइएका प्रयाङ्क स्टार एलिस राई र विमला खजुमको पनि अभिनय छ । भिडियो एलिस राईको परिकल्पना र निर्देशनमा तयार पारिएको हो । सरगम राईको यस अगाडि ’खुशी साटौ जुनी काटौ’ ’माया गाढा छ ’, ’पाती चढाउला’,’दुई मुटु’ लगायतका गीतहरु लोकप्रिय रहेका छन । भिडियोमा निकै आकर्षक…

Read More

कनकाई, १२ जेठ । कनकाई बहुमुखी क्याम्पसको अभ्यास पत्रकारिता सामग्री ‘कनकाई सन्देश’ को लोकार्पण गरिएको छ । मानविकी स्नातक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको प्रकाशनमा वर्ष १२ अंक १ को ‘कनकाई सन्देश’ लोकार्पण गरिएको हो । एक विशेष कार्यक्रमका बिच वरिष्ठ साहित्यकार तथा त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलहारीले उक्त पुस्तकको लोकार्पण गर्नुभयो । कनकाई बहुमुखी क्याम्पसका मानविकी स्नातक तह तेस्रो बर्ष समूहका विद्यार्थीहरुले हरेक बर्ष अभ्यास पत्रकारिताका रुपमा उक्त पुस्तक प्रकाशन गर्दै आइरहेका छन । पुर्णचन्द्र मैनालीको सभापतित्वमा आयोजित कार्यक्रमको संचालन प्रतिक ढकाल र लोकेन्द्रराज दाहालद्वयले गर्नुभएको थियो । कार्यक्रममा कनकाई बहुमुखी क्याम्पसका अध्यक्ष प्रकाश चुडाल, कनकाई बहुमुखी क्याम्पसका प्रमुख…

Read More

सङ्खुवासभा, १२ जेठ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ । सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार सभापोखरी गाउँपालिका–१ कै २३ वर्षीय नन्दराम गदालले दर्नालको हत्या गरेका हुन् । उनी खाँदबारीमा डेरा गरी बस्दै आएकी थिइन् । गदालले युवतीको हत्या गरेपछि खुकरी प्रहार गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ । युवतीको हत्या गरेपछि गदालले आफ्नै पेटमा खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ । गदाल बिहीबारमात्र नेपाल…

Read More

भद्रपुर, १२ जेठ । कोशी प्रदेशमै पहिलो पटक भद्रपुमा युवा सम्मेलन हुने भएको छ । स्थानीय विकासमा युवा सहभागिता सवल नेतृत्व विकास, प्रविधि र उद्यमशीलता भन्ने उद्देश्य बोकेर भद्रपुरमा प्रथम नगर सम्मेलन ‘२०८०’ हुने भएको हो । भद्रपुर नगर युवा परिषद्को आयोजनामा जेठ १८ र १९ गते भद्रपुर प्रथम नगर सम्मेलन हुन लागेको परिषद्का सदस्य सचिव योगेन्द्र पौडेलले जानकारी दिएका छन् । प्रथम नगर सम्मेलनलाई सभ्य र भव्य बनाउने उद्देश्यले नगर युवा परिषद्ले नगर क्षेत्रका सरोकारवाला निकायसँग बृहत् छलफल समेत गरेको छ । छलफलमा कार्यक्रमको उद्देश्य र विषयवस्तु प्रस्तुत गर्दै परिषद्का सदस्य सचिव पौडेलले नगर सम्मेलन मार्फत युवाहरूको नेतृत्व विकास,…

Read More

भद्रपुर, १२ जेठ । भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले नगरले कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट घट्ने नदिने बताउनुभएको छ । नगरको समृद्धि र जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले नगरले यी क्षेत्रलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । अगामी दिनमा कृषि बिमा, पशु बिमा, पशु सुत्केरी भत्ता लगायतका सुविधा किसानलाई दिने तयारी गरिरहेको उहाँले बताउनुभयो । “तरकारी पकेट क्षेत्र घोषणा गरेर नगरले काम गरिरहेका छ”, उहाँले भन्नुभयो, “यस पटक तोरी खेतीलाई प्रबद्र्धन गर्न नयाँ कार्यक्रम गर्यौं, विभिन्न कृषि उपकरण समेत दिएका छौं ।” उहाँले अगामी बजेटमा कृषि क्षेत्रमा थप रचनात्मक काम गर्ने बताउनुभयो । नगरप्रमुख पोखरेलले नगरमा रहेका विपन्न सन्थाल…

Read More

झापा, १२ जेठ । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा फाइनलको यात्रा तय गर्न आज नेपालले कजाकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपाल र कजाकिस्तान भिड्न लागेका हो । उक्त खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु हुनेछ । दुबै टोली उक्त खेलमा एकअर्कालाई हराएर प्रतियोगिताको फाइनलमा स्थान बनाउने योजनामा छन् । आज हुने पहिलो सेमिफाइनल खेलमा भारतले उज्वेकिस्तानको सामना गर्नेछ । उक्त खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स, किर्गिस्तान, कजाकिस्तान र उज्वेकिस्तानको सहभागिता रहेको छ ।

Read More