
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २५ जेठ । नेपाल रग्बी संघको आयोजनामा इलामको माई नगरपालिकास्थित शुक्रबारे बजारमा यु–२० राष्ट्रिय रग्बी प्रतियोगिता हुने भएको छ । संघको आयोजनामा भोलिदेखि यु–२० महिला तथा पुरुष रग्बी प्रतियोगिता हुने भएको हो । माई नगरपालिकाको शुक्रबारे खेलमैदानमा हुने राष्ट्रिय यु–२० रग्बी प्रतियोगिता सेभेन साइटमा हुनेछ । प्रतियोगितामा हिमालयन टाइगर्स रग्बी क्लब, हेटौडा रगर्स, कटारी रग्बी क्लब, कर्णाली रग्बी क्लब र बर्दिबास रग्बी क्लबको महिला र पुरुष गरी १० वटा टीमको सहभागिता रहने आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो । सम्मेलनमा रग्बी संघका कोशी प्रदेश अध्यक्ष विनोद कटुवालले प्रतियोगिताको तयारी पूरा भएको जनाए । नेपालमा भर्खरै भित्रिएको रग्बी खेलको…
रञ्जित राई त्यो बेला सबैले भन्ने गर्थे: “हेड सर कडा छ” । साचै हाम्रो हेड सर अर्थात मखन बहादुर गुरुङ सर कडै हुनुहुन्थ्यो । हामी बिद्यार्थी हेड सर देखे पछि डरले थुर थुर नहुने कुरै भएन । भरसक उहाँको अघि पर्दै नपर्ने, स्कुल वा बाटोमा झम्का भेट हुँदा नमस्कार ठोकेर हिडि हाल्ने हो, के थाहा उहाँले बाटैमा पो धुलाई गर्नु हुने हो कि! यस्तै यस्तै नाना थरी का सोच हुन्थ्यो त्यो बाल्यकाल र किसोर अवस्थाको समयमा ।आठ क्लास पास गरे पछि, म स्कुलको अन्य बिबिध गतिबिधिमा सकृय हुन थाले । बिबिध गतिबिधी गर्ने बेलामा कहिले काहीँ अफिस जानु पर्ने हुन्थ्यो…
बिर्तामोड, २५ जेठ । लागुऔषध मुद्दामा फरार रहेका झापा अर्जुनधारा नगरपालिका–११ का २८ वर्षीय दिलकुमार भन्ने कुमार राई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यान्वयनको लागि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । झापा जिल्ला अदालतले गत २०७९ भदौ ५ गते राईलाई लागूऔषध मुद्दामा एक वर्ष कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो । मंगलबार पक्राउ गरी बुधवार फैसला कार्यन्वयन गर्न झापा जिल्ला अदालत चन्द्रगढीमाउपस्थित गराइएको र अदालतको आदेश अनुसार राईलाई कैद भुक्तानको लागि झापा कारागार चलान गरिएको छ । राई २ महिना २५ दिन न्यायिक हिरासतमा बसिसकेका छन् ।
झापा, २५ जेठ । वैदेशिक रोजगारीका सन्दर्भमा नेपालीले नेपालीलाई नै ठग्ने प्रवृत्ति दिनप्रतिदिन बढ्दो छ । कामका लागि बिदेसिनुपर्ने नेपाली युवाको बाध्यतालाई धेरैले ठगीको धन्दा बनाएका छन् । सिंगापुर पुयाउने सपना बाँडेर आफूलाई पत्रकार भनेर चिनाउने सुजन आचार्यले ३९ जना बाट १० करोड रूपैयाँ ठगी गरेको पाइएको छ । तिनै ३९ जनामध्येका चार जना करिब चार महिनादेखि काठमाडौंको एक होटलमा बन्धकको अवस्थामा छन् । काठमाडौंको कोटेश्वरस्थित ओल्ड दरबार होटलमा अछामका मीन अधिकारी र प्रेम साउद, बाजुराका भरेन्द्र सिंह र कैलालीका सुरेन्द्र शाह बन्धक बनेर रहेका हुन् । रोजगारीका लागि आचार्यको प्रतीक्षामा बस्दाबस्दै होटलको बिल बढ्दै जाँदा पैसा तिर्न नसक्दा उनीहरू…
झापा, २५ जेठ । गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी असार तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । बोर्डका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण गरेर नतिजा ल्याउने काम भइरहेको छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार विभिन्न केन्द्रमा परीक्षण सम्पन्न भएका उत्तरपुस्तिका र नतिजा केन्द्रीय कार्यालयमा ल्याउने काम अन्तिम चरणमा पुगेको छ । बोर्डले उत्तरपुस्तिका परीक्षणका लागि मुलुकभर ५१ वटा केन्द्र तोकेको छ । ती केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरेपछि केन्द्रमा पठाउनुपर्ने हुन्छ । सबै केन्द्रबाट उत्तरपुस्तिका प्राप्त भएपछि कम्प्युटरमा प्रविष्ट गराइने परीक्षा नियन्त्रक श्रेष्ठले बताए । गत चैत १७ गतेदेखि २९…
झापा, २५ जेठ । भारतबाट मुर्रा राँगा नेपाल आउने भएपछि पशु वैज्ञानिक उत्साहित भएका छन्। भारत सरकारले उपहारस्वरूप दिने भनिएका १५ वटा मुर्रा राँगाका कारण भैँसीको उत्पादन क्षमतामा सुधार हुनेमा पशु वैज्ञानिक विश्वस्त देखिएका छन् । मुर्रा जातका राँगा नेपाल ल्याउने प्रयास निकै अघिदेखि गरिँदै आएको थियो। यस पटक बल्ल प्रयास सफल भएपछि नश्ल सुधारका लागि आशा जागेको पशु वैज्ञानिकको भनाइ छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक डा. नारायण पौडेलले ‘जेनेटिक मेटेरियल’ नेपाल आउने भएपछि त्यसले ऊर्जा थपेको बताए। उनले भने, “नेपालमा हाल रहेका मुर्रा जातका राँगाको शुद्धताको मापन हुन सकेको छैन। भारतबाट शुद्धताको मापन भएर आउने राँगामार्फत नेपालले…
भद्रपुर, २५ जेठ । भद्रपुर–१० मा रहेको साना किसान चन्द्रगढीले वित्तीय साक्षरता तथा क्षमता अभिवृद्धि एवम् पशु तथा बाली संरक्षण सम्बन्धी तीन दिने अभिमुखीकरण तालिमको सम्पन्न गरेको छ । साना किसान कृषि सहकारी संस्थाको आयोजना तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोगमा जेठ २२ गतेबाट सुरू भएको तालिमको बुधबार समापन भद्रपुर नगर प्रमुख गणेश पोखरेलले गरेका थिए । तालिमको सहजीकरण क्रमशः बचत तथा ऋण सहकारी संंघका केन्द्रीय सञ्चालक सदस्य तथा कोशी प्रदेश संयोजक घनश्याम अधिकारी, साना किसान कृषि सहकारीका देवी कोइराला, नगर सहकारी शाखा प्रमुख नेत्र पोखरेल, नेप्सुनका कार्यक्रम अधिकृत मुकेश दाहालले गरेका थिए ।…
झापा, २५ जेठ । लोपोन्मुख मेचे जातिको संस्कार, संस्कृति, भाषा, भेषभूषा लगायतका पक्षलाई समेटेर निर्माण थालिएको चलचित्र ‘विक्रम देवा’को छायाँकन अन्तिम चरणमा पुगेको छ । झापा र इलामका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको विक्रम देवाको ९९ प्रतिशत छायांकन सकिएको निर्माता एवम् नायक प्रताप मेचेले बताउनुभयो । तीन वटा गीत रहेको चलचित्रमा अन्तिम गीतको छायांकन बाहेक अरु सकिएको उहाँले बताउनुभयो । चलचित्र निर्माण युनिटले बुधबार झापाको सालबारीमा गीतको छायांकन गरेको छ । चलचित्रमा रोमान्टिक फ्लेवर ल्याउन सुन्दर पर्यटकीय स्थल सालबारीमा गीतको छायाँकन गरिएको नृत्य निर्देशक कमल राईले बताउनुभयो । चार दशकदेखि चलचित्रको दुनियाँमा क्रियाशील राईले पहिलो पटक मेचे चलचित्र निर्माणमा काम…
झापा, २४ जेठ । झापाको कनकाई नगरपालिकाले यहाँका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई धनीपूर्जा वितरण गरेको छ । आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले उनीहरुलाई धनीपूर्जा वितरण गर्नुभएको हो । मन्त्री चौधरीले कनकाई–५ का दलित भूमिहीन वरदान मण्डल र रेतिया मण्डललाई जग्गा धनीपूर्जा प्रदान गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । नगरपालिकाले आज कनकाई–५ का २२ र कनकाई–८ का छ भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई धनीपूर्जा वितरण गरेको हो । कार्यक्रममा सम्बोधन गर्दै मन्त्री चौधरीले सरकार राष्ट्रिय भूमि आयोग गठन गरेर सरकारले हरेक नागरिकलाई जग्गाधनी बनाउन लागि परेको बताउनुभयो । “सरकारले हरेक नागरिकमा भूमिको…
झापा, २४ जेठ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले सात वटा निर्णय गरेको छ । पहिचानवादीसँग वार्ताका लागि खानेपानी, सिचाई तथा ऊर्जामन्त्री तीलकुमार मेन्याङ्बोको संयोकत्वमा तीन सदस्य वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ । टोलीका सदस्यहरुमा कोशी प्रदेश सरकारका प्रवक्ता तथा उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी रहनु हुनेछ । मन्त्रिपरिषदले प्रदेश निजामती सेवा ऐन २०७९ (पहिलो संसोधन) अध्यादेश, २०८० लार्ई प्रतिस्थापन गर्ने विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ । त्यस्तै, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रदेश…