झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १० असार । सरकारले जन्मसिद्धका सन्तानलाई आज आइतबारदेखि नागरिकता वितरण गर्ने भएको छ । अधिकांश जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि नागरिकता वितरण गर्ने तयारी मिलाएको गृह मन्त्रालयले जनाएको छ । महोत्तरी र सिरहाले शुक्रवारदेखि नै नागरिकता वितरण गर्न थालेका थिए । महोत्तरीस्थित जलेश्वर नगरपालिका वडा–१ का ब्राइट जन्मसिद्धका सन्तानका रूपमा नागरिकता लिने पहिलो व्यक्ति हुन् । चौधरीले शुक्रबार नै जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट नागरिकता लिएका थिए । आफ्ना बाबु र आमा नेपाली नागरिक भएर पनि नागरिकता नपाएकाले लामो संघर्षपछि नागरिकता पाउने स्थिति पैदा भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणीकरण गरेको सो ऐन कार्यान्वयन नगर्न यसअघि दिएको अल्पकालीन आदेश…

Read More

बिर्तामोड, ९ असार । नेपाल मुस्लिम संघ झापाको तेस्रो जिल्ला अधिबेशनले सफिउल्ला अन्सारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । सर्बसम्मत रुपमा गठित समितिको उपाध्यक्षमा एजाज अहमद र मोहम्मद नाजिम, सचिबम ट्फी अहमद शेख, सहसचिवमा जाहिर रहमान, कोषाध्यक्षमा जाहिर रहमान र प्रबक्तामा रेश्मा खातुन चयन हुनुभएको छ । समितिका सदस्यहरुमा नुर अली, अमिरुद्दिन अलि, जमिर अलि,समीर महमद, तवरेज खान, मो अलि आलम, अख्तर अलि, मो मजिबुल रहनुभएको छ ।यसैगरी समितिका सदस्यहरुमा नवाव हुसैन, उस्मान अलि, अख्तर अन्सारी, गुलावरबिन मिया, मो सैरुद्दिन, गुफ्तर मिया, जाहिर हुसैन, जुबेर आलम, मो नसरुद्दिन, अजेन्ता शेख, हसिब, जाकिर अहमद शेख, अलिम अख्तर, हसी जालिम अख्तर,…

Read More

सन्तोष शर्माझापा, ९ असार । झापाको भद्रपुर–८ स्थित प्रादेशिक अस्पतालको नवनिर्मित भवन हस्तान्तरण भएको एक महिना नबित्दै चुहिन थालेको छ । निर्माण कार्य ‘गुणस्तरहीन’ भएपछि भवन हस्तान्तरणको एक महिना नबित्दै छतबाट पानी चुहिन थालेको हो । भवनबाट पानी चुहिन थालेपछि भवनको विभिन्न स्थानका पर्खाल र छत रसाएका छन् । “छतको धेरै ठाउँ चर्किको छ”, नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटी अध्यक्ष शिवराज भण्डारीले भन्नुभयो, “भर्खरै बनेको भवनको कोठाहरुमा पानी चुहिन थालेका छन् ।” भवनको वाल र भुइँबीच धेरै स्थानमा धाँजा फाटेको, भवनको पछाडि भुइँमा बिच्छ्याइएको इन्टरलक दबिएको, प्लम्बिङको पाइपहरु कमसल र लापरबाही किसिमले लगाइएको, भुइँ तलाको केही स्थानमा सामान्य दबाब…

Read More

झापा, ९ असार । हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ। शनिबार देशभर सामान्य बदली रहनेछ। देशभर केही स्थानहरूमा मेघ–गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन प्रणाली नेपालभर फैलिएको छ। नेपालभर मनसुन फैलिन आगमनको दिन देखि यस वर्ष नौ दिनको समय लागेको छ । मनसुनको समयमा बाढी, पहिरो, डुबान, भू-क्षय, बाटो हिलाम्य हुने, तथा गेग्रान बहावजस्ता प्रभावहरूले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ।…

Read More

बुधबारे, ९ असार । झापाको बुद्धशान्ति गाउँपालिकाको १२ औं गाउँसभा अधिवेशन शुक्रबारबाट सुरू भएको छ । गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको अध्यक्षतामा बसेको गाउँसभाले आव ८०–८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । वार्षिक नीति तथा कार्यक्रम शंसोधन सहित सर्वसहमतिले पारित पनि भएको छ । गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले गाउँपालिकाको नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो । नेपालको संविधान स्थानीय सरकार संञ्चालन ऐन २०७४, बजेटका सिद्धान्त र उदेश्य दिगो विकासका लक्ष्य तथा रणनीति लगायतको विषयहरुको सैद्धान्तिक र व्यवहारिक पक्षहरुलाई आत्मसाथ गर्दै बुद्धशान्ति गाउँपालिका आम नागरिकको आवश्यता र मागलाई ध्यानमा राखि गाउँपालिका अध्यक्ष प्रसाईले १७ पृष्ठ लामो नीति तथा कार्यक्रम…

Read More

झापा, ९ असार । करिब २ सय वटा म्यानपावर कम्पनी खारेज हुने भएपछि त्यसलाई रोक्न व्यवसायीहरुले पहल तीव्र बनाएका छन् । खारेजीको मुखमा पुगेका करिब २ सय म्यानपावर कम्पनीलाई जोगाउन सरकारले कानुन नै संशोधन गर्न संसदमा विधेयक लगिसकेको छ । तोकिएको संख्यामा श्रमिक पठाउन नसक्ने म्यानपावर कम्पनीको अनुमतिपत्र खारेज हुने वैदेशिक रोजगार ऐनमा व्यवस्था छ । तर, असार मसान्तअघि संसदबाट विधेयक पारित नभएर म्यानपावर कम्पनी खारेज हुने जोखिम छ । त्यसैले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको टोली विद्यमान ऐनको दफाले पर्ने बाधा अड्काउ फुकाउन माग गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म पुगिरहेको छ । संघका महासचिव मेघनाथ…

Read More

पाँचथर, ९ असार । पाँचथरमा बाढी र पहिराका कारण चार स्थानीय तहका एक सय १९ घर परिवार प्रभावित भएका छन् । सुरक्षा निकायले सङ्कलन गरेको तथ्याङ्कअनुसार बाढी पहिराका कारण जिल्लाका एक सय १९ परिवारका पाँच सय ७४ जना नागरिक प्रभावित बनेका हुन् । बाढी र पहिराका कारण १४ घर पूर्णरूपमा विस्थापित भएका छन् । पूर्ण विस्थापित हुने जिल्लावासीको सङ्ख्या ५९ छ । यस्तै जिल्लाका ८६ घर बाढी पहिराको उच्च जोखिममा छन् । उच्च जोखिममा परेका ८६ परिवारका चार सय २५ नागरिक पनि विस्थापित बनेका छन् । यस्तै बाढी पहिराका कारण १९ घरमा आंशिक क्षति पुगेको छ, जसकारण ९० जना नागरिक…

Read More

कनकाई, ९ असार । झापाको कनकाई नगरपालिका–१ स्थित कनकाई नर्वदेश्वर कीर्तन मण्डलीको ५ औं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लीला अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव र कोषाध्यक्षको प्रतिबेदन पेस गरिएको थियो । सो पश्चात गठित तीन सदस्यीय निर्वाचन समिति गठन भएको थियो । समितिको संयोजक अनिरुद्र ओली र सदस्यमा रिषिकेश खतिवडा, सिमा मैनाली रहेका थिए । अधिवेशनले अगामी कार्यकालका लागि अध्यक्षमा लेखनाथ कोइरालालाई सर्वसम्मत चयन गरेको छ । त्यसैगरी, उपाध्यक्षमा पदम कुमारी कोइराला, सचिवमा सीता अधिकारी, सहसचिवमा देविका गौतम, कोषाध्यक्षमा खेमराज नेपाल र सदस्यमा भरत अधिकारी, मिना अधिकारी, कमला खत्री, तुलसा थापा, साबित्रा तिम्सिना सर्वसम्मत…

Read More

झापा, ९ असार । फितलो तयारीका कारण सरकारले खुला प्रतिस्पर्धा नगराई भेरिएसन गरेर करिब २० लाख थान राहदानी छाप्ने तयारी थालेको छ । समयमा बोलपत्र आह्वान नगरेपछि करिब १३ वर्षदेखि राहदानी छाप्दै आएको फ्रान्सको आडिमिया कम्पनीलाई फेरि पनि राहदानी छपाइको जिम्मा दिन लागिएको हो । अहिले करिब ५ लाख थान राहदानी मात्र मौज्दात छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा टेन्डरमार्फत राहदानी छपाएर खरिद गर्न समय लाग्ने भएकाले भेरिएसनको छिटो माध्यमबाट आपूर्ति गर्न लागिएको हो । अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्ने भएकाले महँगो मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको परराष्ट्रमन्त्री एनपी साउदले बताए । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति…

Read More

भद्रपुर, ९ असार । १३ औं अन्तराष्ट्रिय एकल महिला दिवसको अवसर पारेर चन्द्रगढीमा विविध कार्यक्रम सम्पन्न गरिएको छ । भद्रपुर १० चन्द्रगढी स्थित एकल महिला छाहारीमा समाजका अग्रणी एकल महिला सम्मान तथा दन्त शिविर सञ्चालन गर्दै एकल महिला दिवस मनाइएको हो । मानव अधिकारका लागि महिला एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारीको अध्यक्षता तथा प्रदेश सभा सदस्य निमसरी राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी शिवराज पोखरेल, नेकपा माओवादी केनद्रका अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली काँग्रेस झापाका पूर्व जिल्ला सदस्य देवेन्द्र गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए । साझा डेण्टल चन्द्रगढीको प्राविधिक सहयोगमा सम्पन्न दन्त शिविरमा ३० भन्दा बढी…

Read More