
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३० चैत । यस पटकको वसन्तयाममा सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सुरु भएको छ। हरेक वर्ष आरोहण सुरु हुनुपूर्व दोस्रो शिविर (क्याम्प टु) सम्मको कठिन बाटो बनाउनुपर्ने हुन्छ। यसरी बाटो बनाउने कार्य निकै कठिन बन्दै आएको छ। बाटो बनाउने काम सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले गर्दै आएको छ। एसपीसीसीले २०५४ सालदेखि पर्यटन विभागको पर्वतारोहण महाशाखासँग सहकार्य गरेर क्याम्प टुसम्म बाटो बनाउने र मानव मलमूत्रको व्यवस्थापनको जिम्मा लिँदै आएको छ। यस पटक क्याम्प टुसम्मको बाटो बनाउन खटिएका १० जना अनुभवी आइसफल डाक्टर ९हिमालमा बाटो बनाउने मानिस०ले १० दिन पहिले नै क्याम्प टुसम्मको बाटो तयार पारिसकेका छन्। एसपीसीसीका अध्यक्ष…
बिर्तामोड २९ चैत । नेपाल नाई संघ झापाको सातौं जिल्ला अधवेशनले मनोज ठाकुरको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । बिर्तामोडमा सम्पन्न अधिवेशनले ठाकुरको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा राजकपुर ठाकुर र विश्वनाथ ठाकुर, सचिवमा विजय ठाकुर, सहसचिवमा मौजुलाल ठाकुर र कोषाध्यक्षमा मुकेश ठाकुर चयन भएको निर्वाचन अधिकृत जयकुमार दाहालले जानकारी दिनुभयो ।सदस्यमा उमेश ठाकुर, बुधन ठाकुर, छविलाल हजाम, दिनेश ठाकुर, प्रमोद ठाकुर र दिलिप ठाकुर चयन भएका छन् । १७ सदस्यीय समितिमध्ये पालिकाहरुको प्रतिनिधित्व गराउँदै पाँचजना सदस्य कार्यसमितिको बैठकले मनोनयन गर्ने बताइएको छ ।
झापा, ३० चैत । कोशी प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद्ले चार निर्णय गरेको छ । बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमवली २०७९ स्वीकृत गर्ने र प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमवली २०७५ खारेज गर्ने, मनमोहन प्राविधिक विश्वविद्यालय भौतिक पूर्वाधार निर्माणका लागि द्विपक्षीय समझदारी अनुसार तय हुने गरी आर्थिक सहयोग उपलब्ध गराउन भारत सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै, मनमोहन प्राविधिक विश्वविद्यालयका लागि द्विपक्षीय समझदारी अनुसार तय हुने गरी विभिन्न विषयका विज्ञ र दक्ष प्राविधिक प्रशिक्षक उपलब्ध गराउन भारत सरकार समक्ष अनुरोध गर्ने र कोरोना भाइरस प्रकोपको सतर्कताका लागि आवश्यक पहलकदमी चाल्नका लागि स्वास्थ्य मन्त्रालयलाई निर्देशन…
झापा, २९ चैत । मंगलबार राति बैतडीमा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा जीप दुर्घटना हुँदा एकै गाउँका छ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। जीप सवार पाँच जना सकुशल छन् । जीप खस्ने क्रममा सडकमै हामफालेका पाँचै जना सकुशल रहेको प्रहरीले जनाएको छ । झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको…
झापा, २९ चैत । विस्फोटक पदार्थको अभावमा पहाड फोर्न नसक्दा नारायणगढ–मुग्लिन सडकअन्तर्गतको तुइन खोलामाथिको पुल निर्माण कार्य लामो समयदेखि रोकिएको छ । पुलसँगै रहेको पहाड काट्न विस्फोट नै गर्नुपर्ने तर त्यसका लागि आवश्यक पर्ने बारुदको खरिद प्रक्रिया ढिला हुँदा समस्या भएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकृत कृष्ण आचार्यले जानकारी दिए । “मेसिनले पहाड काट्न नसकिने अवस्था भयो । त्यो चट्टान काट्न विस्फोट नै गराउनुपर्छ तर विस्फोटक पदार्थ लिन माग गरिएको अनुमतिको फाइल नै सदर भएको छैन,” उनले भने । नारायणगढ–मुग्लिन सडक दिउँसो ४ घण्टा रोकेरै मेसिनले चट्टान काट्न लाग्दा पनि नसकिएपछि बारुदको खोजी भएको हो । तुइन खोलासँगै रहेको ११…
झापा, २९ चैत । कोभिड–१९ को प्रभाव को प्रभाव र रुस(युक्रेनबीचको तनावले आर्थिक गतिविधि प्रभावित हुँदा संकटउन्मुख बनेको अर्थतन्त्र लयमा फर्किन थालेको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले अर्थतन्त्रमा बाह्य क्षेत्रको स्थिति मजबुत हुनुका साथै आन्तरिक अवस्था पनि विस्तारै लयमा फर्किन थालेको देखाएको छ । राष्ट्र बैंकले मंगलवार पत्रकार सम्मेलन नै गरेर चालू आर्थिक वर्षको आठ महीनासम्मको आर्थिक अवस्था सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र ट्र्याकमा आएको दाबी गरे । ‘अर्थतन्त्रको आन्तरिक र बाह्य अवस्था सुध्रिएको छ’, उनले भने, ‘अब ब्याजदर पनि घट्दै जान्छ ।’ आजको आर्थिक…
झापा, २९ चैत । रारा, डाँडैडाँडाको बीचमा पानीमय उपत्यका । जहाँ दिन ढल्दै गर्दा सूर्यको प्रकाशको चमकमा राराले आफ्नो रूप बदल्दै छ, अनि हावाको वेगमा गति पनि । पानीको छाल यति तेज छ कि कर्णालीको भेलजस्तै राराका छालहरू किनारामा मस्ती मारिरहेका छन् । बिहान ७ बजेबाट चलेका डुंगा दिउँसो १२ बज्दा किनारमा तैरिदै छन् । सन्तोषकुमार मल्लको डुंगा पनि किनारमा आइपुग्यो । ‘बिहानैबाट डुंगा चल्छ, ४५ मिनेट घुमाएको ५ सय रुपैयाँ लिन्छौं,’ उनले भने, ‘तीन किलोमिटर दूरी पार गर्दै अर्को किनारसम्म पुग्छु ।’ रारा नेपालकै ठूलो ताल, जसले आफ्नो गर्भमा असीमित सम्भावना लुकाएको छ । सबैले कर्णालीमा समृद्धिको ढोका राराले…
बिर्तामोड, २८ चैत । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाको अधिवेशन यही बैशाख दोस्रो साता हुने भएको छ । मञ्चको जिल्ला समन्वय शाखा झापाको हालै सम्पन्न कार्यसमितिको बैठकले तेस्रो झापा अधिवेशन यही बैशाख ९ गते शनिबार गर्ने निर्णय गरेको अध्यक्ष हिमाल खरेलले जानकारी दिए । अधिवेशनले तीन बर्से कार्यकालका लागि नयाँ समिति चयन गर्नेछ । मञ्चको अधिवेशन बिर्तामोडस्थित आदर्श ब्यांक्वेटमा हुनेछ । बैठकले सदस्यहरुलाई अधिवेशनको दिनसम्म सदस्यता नवीकरण गर्न आग्रह गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, नयाँ सदस्यताका लागि सचिव अर्जुन राजवंशीको संयोजकत्वमा समिति बनाइएको छ । मञ्चले खेलकुद विधामा पत्रकारिता गर्दै आएका झापाली सञ्चारकर्मीलाई प्रशिक्षण प्रदान गर्नुका साथै…
झापा, २८ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कानूनका विद्यार्थीहरु सामााजिक इन्जिनियर (सोसियल इन्जिनियर) भएकाले उनीहरुले समाजलाई अपाङ्ग हुनबाट बचाउनुपर्ने बताउनु भएको छ । मङ्गलबार विराटनगर स्थित ब्राइट भिजन ल कलेजको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले मेरो मात्र भाषा, मेरो मात्र संस्कृति, मेरो मात्र भूगोल र मेरो मात्र पहिचान सबै कुरा हो भन्दै र अरुको कुरालाई स्वीकार गर्दिन भन्न थाल्यौ भने हामी अपाङ्ग भएर अगाडि बढ्न नसक्ने दृष्टान्त प्रस्तुत गर्दै सोसियल इन्जिनियरका रुपमा रहनु भएका कानुनका विद्यार्थीहरुले यो कुरा समाजलाई राम्रोसँग बुझाउनु पर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो– ‘मेरा मात्र भाषा,…
झापा, २८ चैत । विश्वविद्यालयमा विद्यार्थी घटिरहेका छन्। विगतमा विद्यार्थीको अत्यधिक चाप हुने र भर्ना हुन चर्को प्रतिस्पर्धा हुने विषयमा समेत विद्यार्थीको विकर्षण देखिन थालेको छ। काठमाडौँ विश्वविद्यालयमा कुल विद्यार्थी भर्ना क्षमताको ३० प्रतिशत कोटा रिक्त छ। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा। भोला थापाले विद्यार्थीको आकर्षण बढाउन अनेक अभियान सञ्चालन गरिरहे पनि सफल नभएको बताए । काठमाडौँ विश्वविद्यालयमा सबैभन्दा धेरै विद्यार्थी कोटा स्कुल अफ आर्ट्स र स्कुल अफ मेडिसिनमा रिक्त छ। विश्वविद्यालयले स्नातक, स्नातकोत्तर र एमफिल तथा पीएचडीसमेत गरेर दुई सयवटा कार्यक्रम सञ्चालन गरिरहेको छ। स्कुल अफ मेडिसिनअन्तर्गतको बीएनएस ९केएमसी०मा कुल विद्यार्थी भर्ना कोटा ४० रहेकोमा नौ जना मात्रै भर्ना भएका…