
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १० जेठ । नेपाल खेलकुद महासङ्घले नेपाल सरकारको कुल बजेटको २ प्रतिशत खेल र खेलाडिमा रकम विनियोजन गर्न माग गरेको छ । आज युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुलाइ भेटेर महासंघले १३ बुंदे ज्ञापन पत्र बुझाउदै खेलकुद विश्वविद्यालय तुरुन्तै सञ्चालन गर्न समेत माग गरेको छ । नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको नेतृत्वमा मन्त्रालय पुगेको टोलीले आफ्ना माग तुरुन्तै कार्यान्वयन गर्न ध्यानाकर्सण गराएको हो । नेकोशले राष्ट्रिय खेलकुद परिषदको लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया अविलम्ब अगाडि बढाउन माग गरेको छ भने खेलाडीको दुर्घटना बिमा र निःशुल्क उपचार गर्न समेत माग गरिएको नेकोशका बरिष्ठ उपाध्यक्ष दिपेन्द्र दाहालले जानकारी दिनुभयो…
बिर्तामोड, १० जेठ । झापा बिर्तामोडका युवा व्यवसायी निर्मल भट्टराईले झापा नाटक घरलाई आर्थिक सहयोग गरेका छन् । नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भट्टराईले आज आफ्नो जन्मदिनको अवसरमा बहुजातिय सांस्कृतिक संग्राहलयसहितको निमार्णाधीन झापा नाटक घरलाई ५० हजार रुपैयाँ सहयोग गरेका हुन् । जन्मदिनमा गरिने फजुल खर्चलाई सामाजिक कार्यमा खर्चिने आफ्नो योजना अनुरुप संस्कृति तथा मौलिकता जागरणका लागि निमार्णाधीन नाटक घरलाई सहयोग गरेको उनले बताए । बिर्तामोड–१ स्थित देवीपञ्चकन्या उत्तरपट्टि निमार्णाधीन नाटक घरमै पुगेर भट्टराई तथा उनकी आमा मायादेवीले उक्त रकम क्षितिज नाट्य समूहका अध्यक्ष माधव कल्पितलाई हस्तान्तरण गरे । समूहका अध्यक्ष कल्पितले सहयोगी भट्टराईलाई धन्यवाद दिएका छन् । बिभिन्न…
झापा, १० चैत । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्य सहकारी संस्थाले सदस्यहरुसँग खुला सम्वाद शुरु गरेको छ । सदस्य शिक्षा कार्यक्रममार्फत् संस्थाले प्रदान गर्ने सेवा–सुविधा, संस्थाको वर्तमान अवस्था, सदस्यको संस्थाप्रतिको जिम्मेवारी लगायतको विषयमा अन्तरक्रिया गर्दै दोहोरो कुराकानी गर्ने उद्देश्यले खुला सम्वाद शुरु गरेको हो । सोही सन्दर्भमा संस्थाले आज मेचीनगरस्थित धुलाबारी सेवा केन्द्रमा सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । प्रत्येक सदस्यसँग सल्लाह र सुझाव लिने उद्देश्यले सदस्य शिक्षा कार्यक्रम शुरु गरिएको संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले जानकारी दिनुभयो । “अहिलेको वित्तीय संकटको अवस्थामा सहकारीबारे विभिन्न भ्रम सिर्जना भइरहेको छ”, उहाँले भन्नुभयो, “सहकारी अभियानविरुद्धको भ्रम चिर्न र संस्थाको…
झापा, १० जेठ । झापामा कुष्ठरोगीको संख्या बढ्दै गएपछि घरदैलो खोज पड्ताल कार्यक्रम शुरु भएको छ । जिल्लाका १५ पालिकामध्ये छ वटा पालिकामा ‘कुष्ठरोग घरदैलो खोज पड्ताल कार्यक्रम’ शुरु भएको हो । नेपाल कुष्टरोग संगती संस्थाले स्थानीय पालिकासँगको सहकार्यमा बिर्तामोड नगरपालिका, हल्दिबारी गाउँपालिका, कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिका, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिकामा यो कार्यक्रम शुरु गरेको हो । जसअन्तरगत बिर्तामोड कुष्ठरोग घरदैलो खोज पड्ताल कार्यक्रम शुरु भइसकेको छ । गत आर्थिक वर्ष २०७८÷०७९ मा १२२ जना कुष्ठरोगी फेला परेकोमा चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १४४ जना नयाँ रोगी फेला परिसकेको स्वास्थ्य कार्यालय झापाका कुष्ठरोग फोकल पर्सन वीरेन्द्र दासले जानकारी…
झापा, १० जेठ । दोस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत पाँच हजार मिटर दौडमा सिन्धुपाल्चोकका मिङ्मार सिंह र निनु तामाङले स्वर्ण पदक जितेका छन् । मङ्गलबार भएको खेलमा मिङ्मार पुरुषतर्फ तथा निनु महिलातर्फ स्पर्धामा पहिलो भएका हुन् । मिङ्मारले निर्धारित दूरी १८ मिनेटमा नौ सेकेन्डमा पूरा गरे । सोही स्पर्धामा काठमाडौँका धर्म महर्जन र सिन्धुपाल्चोकका विश्वराम कुँवरले क्रमशः रजत र कास्य पदक प्राप्त गरे । महिलातर्फ निनुले निर्धारित दूरी २१ मिनेट आठ सेकेन्डमा पूरा गरिन् । सो स्पर्धामा दोलखाकी सोनु घोतानेले रजत र भक्तपुरकी रोस्टिना सितिखाले कास्य पदक प्राप्त गरिन् । यसैगरी एथलेटिक्स दुई सय मिटर दौड पुरुषतर्फ मकवानपुरका जिकेश सापकोटा…
झापा, १० जेठ । राजनीतिक दलको लेखापरीक्षण जाँचबुझ गर्न निर्वाचन आयोगले महालेखा परीक्षकको कार्यालयलाई विशेषज्ञ कर्मचारी पठाइदिन पत्राचार गरेको छ। राजनीतिक दलले बुझाएको आयव्ययको विवरणसहितको लेखापरीक्षण प्रतिवेदनमा शङ्का लागेपछि आयोगले विशेष कर्मचारीबाट लेखापरीक्षण गराउने निर्णय गरेको थियो। आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले महालेखा परीक्षकको कार्यालयलाई पाँच जना विशेषज्ञ कर्मचारी पठाइदिन अनुरोधसहित पत्राचार गरेको छ। आयोगले विशेषज्ञ कर्मचारीको तह नै किटान गरेको छ। महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले आयोग पदाधिकारीको बैठकको निर्णयबमोजिम राजपत्राङ्कित द्वितीय श्रेणीका एक, राजपत्राङ्कित तृतीय श्रेणीका दुई र राजपत्र अनङ्कित प्रथम श्रेणीका दुई गरी पाँच जना माग गरिएको जानकारी दिए । आयोगले पठाएको पत्रमार्फत आर्थिक वर्ष २०७८र७९…
झापा, १० जेठ । नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय मिसन शान्ति सेनाका लागि ६ अर्ब रुपैयाँ बराबरका सैनिक सामग्री खरिद गर्न लागेको छ। सेनाले छिमेकी मुलुक चीनबाट ६ अर्ब रुपैयाँ बराबरका २६ वटा आर्मोड पर्सोनेल क्यारियर (एपिसी) र हतियार खरिद तयारी अन्तिम चरणमा पुर्याएको छ। शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले चीनबाट २६ वटा एपिसी, ७२ वटा ट्याक्टिकल भेहिकल र गोली खरिद गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले कार्यान्वयन गर्न सेनालाई अनुमति दिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार सेनाले चीनबाट १० हजार थान सिक्यु राइफलसमेत खरिद गर्ने भएको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले…
बझाङ, १० जेठ । बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ६ मिनेटमा चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको हो ।
झापा, १० जेठ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सात नयाँ कम्पनीलाई धितोपत्र व्यवसायी (ब्रोकर) को लाइसेन्स दिएको छ । पहिलो चरणमा ४३ कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र दिएको सेबोनले सात कम्पनीलाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको हो । जेठ ८ गते बसेको सञ्चालक समिति बैठकले आशयपत्र प्राप्त गरिसकेका सात कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गर्ने निर्णय गरेको बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले जानकारी दिए । आशयपत्र पाएका अन्य कम्पनीको सम्बन्धमा समेत क्रमशः निर्णय गरिने सूचना अधिकारी देवकोटाको भनाइ छ । बोर्डले आशयपत्र प्राप्त गरेका कम्पनीहरूले व्यवसाय सञ्चालनका लागि तयार गरेको पूर्वाधार अवलोकनपछि ब्रोकर लाइसेन्स वितरण गर्ने निर्णय गरेको देवकोटाले बताए…
झापा, १० जेठ । सिंहदरबारका मन्त्रालयदेखि अन्य अधिकांश सरकारी कार्यालयका हाकिमहरू नीति निर्माण गर्न तथा सेवा प्रवाह दिन छोडेर अधिकांश समय मिटिङमा व्यस्त हुने गरेका छन् । मन्त्रालयमा सचिव सहसचिव जुनसुकै समयमा पनि मिटिङमा व्यस्त हुने गर्दा सेवाग्राहीहरू उच्च पदस्थलाई भेट्न पाउँदैनन् । सचिव सहसचिवलाई भेट्न घण्टौं कुर्नुपर्ने अवस्था छ । मन्त्रालयमा दिनहुँजसो मिटिङ हुने भए पनि मिटिङले गरेकामध्ये ८० प्रतिशतभन्दा बढी निर्णय कार्यान्वयन नै नहुने गरेको सरकारी अधिकृतको दाबी छ । सचिव सहसचिवको लगातारको मिटिङले मन्त्रालयमा शाखा अधिकृत तथा खरिदार सुब्बालगायतका कर्मचारीहरू नै अचम्ममा पर्ने गरेका छन् । यतिसम्म कि मुख्य सचिवको अध्यक्षतमा हुने सचिव बैठककै कैयौं निर्णयहरू कार्यान्वयन…