
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ४ पौष । सुनको भाउ आज घटेको छ । सुन आज तोलामा २ हजार रुपैयाँले घटेर २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ २ लाख ६० हजार ४ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको पनि घटेको छ । आज चाँदी ७५ रुपैयाँले घटेर तोलाको ४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ अहिलेसम्मकै उच्च ४ हजार ८० रुपैयाँ थियो ।
कुनै पनि स्तनधारी प्राणीका लागि दुध अतिनै आवश्यक पदार्थ हो । अझ मानव जीवनका लागि त झनै महत्वपूर्ण पदार्थ हो । कुनै पनि शिशुका लागि जन्मेको ६ महिना सम्म उसको सम्पूर्ण खानेकुरा भनेकै दुध मात्र हो । अर्थात दुध बाहेक अरु चिज दिन सकिदैन वा हुदैन पनि । बच्चाको उमेर बढदै जाँदा विस्तारै आमाको दुध आउने र बच्चाले खानेक्रम घटदै जान्छ । त्यसको पूर्ति गाई , भैँसी, भेडा, बाख्रा लगायतका जनावरका दुधबाट पूर्ति गर्ने गरिन्छ । दुध ‘माइक्रो न्युट्रेन्ट’ हो , जसले शरीरको सम्पूर्ण बृद्धिविकासका लागि सहयोग पुर्याउछ । दुधबाटै शरीरका लागि आवश्यक पर्ने प्रोटिन, कार्वोहाइट्रेड, फ्याट र मिनरल्स लगायतका…
विश्वले पर्खिरहेको फिल्म ‘अवतार’ को तेस्रो श्रृंखला शुक्रबारदेखि विश्वभर प्रदर्शनमा आउँदैछ । नेपालमा ११ दिनअघि नै यो फिल्मको एड्भान्स टिकट बिक्री सुरु भैसकेको छ । यस्तोमा, ‘अवतार ः फायर एण्ड एस’ को पर्खाइ नेपाली दर्शकमाझ पनि देखिन्छ । यसको स्पष्ट संकेत, मंगलबार दिउँसोसम्म विक्री भएको टिकट संख्या र ग्रस कलेक्सनलाई लिएर देख्न सकिन्छ । मंगलबार बिहान ११ बजेसम्म सिनेपाः बक्सअफिसमा यो फिल्मका ८ हजार ३४६ वटा टिकट बिक्री भैसकेका छन् । त्यति टिकट बिक्रीबापत फिल्मले ३६ लाख ४० हजार ४८० रुपैयाँ नेरु ग्रस कमाएको छ । विहिबार बेलुकासम्म फिल्मको एड्भान्स टिकट बिक्रीले ४५ देखि ५० लाख सजिलै नाघ्ने अनुमान गर्न…
इटहरी, १ मंसिर । इटहरी उपमहानगरपालिका वडा नम्बर २ स्थित भानुभक्त टोलमा आफ्नै घरभित्र थुनिएको अवस्थामा एक व्यक्तिको मृत्यु भएको छ। केही दिनदेखि घरको ढोका नखुलेको देखेपछि स्थानीय छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए। खबर प्राप्त हुनासाथ हलगडाबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। त्यसपछि स्थानीय जनप्रतिनिधि, इलाका प्रहरी कार्यालयबाट खटिएको थप प्रहरी टोली तथा मृतककी श्रीमतीको उपस्थितिपछि ढोका फोडेर घरभित्र प्रवेश गरिएको थियो। ढोका खोलेर हेर्दा मृतकको आधा शरीर शौचालय (टोइलेट) भित्र र आधा बाहिर घोप्टो अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। शव अर्धनग्न अवस्थामा रहेको र केही दिन पुरानो भएकाले फुलेको अवस्थामा भेटिएको बताइएको छ। मृतक राजेश बिष्ट रहेको…
काठमाण्डौ, १ मंसिर । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगेका छन् । भोलि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ती हात्ती कतार पठाउने तयारी छ । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका सात वर्षको रुद्रकली र छ वर्षको खगेन्द्रप्रसाद आज बिहान ४ बजे भैरहवा पुगेका हुन् । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अहिले ती हात्तीलाई विमानस्थलको छेउमा रहेको खाली जग्गामा राखिएको छ । ती हात्तीलाई हिजो सौराहाबाट बिदाइ गरिएको थियो । ती हात्ती राख्नका लागि बनाइएको खोरमा राखी ट्रकमा पठाइएको हो । वन तथा वातावरण मन्त्रालयका सचिव एवम् राष्ट्रिय…
वासिङ्टन, १ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गा अघि आफ्ना समर्थकहरूलाई दिनुभएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने गरी प्रस्तुत गरिएको आरोप लगाउँदै बेलायती प्रसारक बिबिसीविरुद्ध कम्तीमा १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गर्नुभएको छ । फ्लोरिडाको मियामीस्थित सङ्घीय अदालतमा सोमबार दायर गरिएको मुद्दामा बिबिसीमाथि कथित मानहानि तथा फ्लोरिडा भ्रामक र अनुचित व्यापार अभ्यास ऐनको उल्लङ्घन गरेको आरोप लगाइएको छ । मुद्दामा दुई छुट्टाछुट्टै गणनाअन्तर्गत प्रत्येकका लागि पाँच अर्ब डलरभन्दा कम नहुने गरी क्षतिपूर्तिको माग गरिएको छ, जसको कुल माग कम्तीमा १० अर्ब डलर पुग्छ । उनासी वर्षीय राष्ट्रपति ट्रम्पले सोमबार…
भद्रपुर, १ पुस । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ । शाखाका प्रमुख दीपककुमार राजवंशीका अनुसार शाखामा दैनिक करिब दुई सय मेट्रिक टन मल प्राप्त भइरहेको छ भने त्यति नै परिमाणमा बिक्रीवितरण भइरहेको छ । उहाँका अनुसार चालु आर्थिक वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्म शाखाले १३ हजार ४०७ दशमलव २७५ मेट्रिक टन रासायनिक मल बिक्रीवितरण गरेको छ । “चालु आवमा १२ हजार ९५३ मेट्रिक टन मल प्राप्त भएको छभने गत आवको समेत कार्यालयमा ८७३ मेट्रिक टन मल मौज्दात छ”, उहाँले भन्नुभयो । शाखा कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पाँच…
राबात, २९ मंसिर। मोरोक्कोको अटलान्टिक तटीय प्रान्त साफीमा परेको भीषण वर्षा तथा आकस्मिक बाढीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् । स्थानीय निकायले आइतबार जारी गरेको वक्तव्यमा यसबारे जानकारी दिएका हुन् । वक्तव्यअनुसार करिब एक घण्टाको अवधिमा परेको तीव्र मेघगर्जनसहितको वर्षाले प्रान्तका विभिन्न क्षेत्रहरूमा आकस्मिक बाढी निम्त्याएको हो। यसका कारण दर्जनौँ आवासीय घर तथा व्यापारिक प्रतिष्ठानहरू जलमग्न भएका छन् । यसअघि राष्ट्रिय समाचार संस्थाले सार्वजनिक गरेको विवरण अनुसार साफी नगरमा करिब ७० घर तथा व्यापारिक भवनहरूमा बाढी पसेको थियो भने १० वटा सवारी साधन बाढीले बगाएको थियो । बाढीका कारण सडक संरचनामा क्षति…
झापा, २९ मंसिर । सुनको भाउ आजपनि बढेको छ । आज सुन तोलामा १ हजार ९ सय रुपैयाँले बढेर तोलाको २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको भाउले कीर्तिमान कायम गर्दै तोलाको २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी ४५ रुपैयाँले बढेर तोलाको ३ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
सुनसरी, २९ मंसिर । सुनसरी जिल्लाको छुट्टा छुट्टै दुई स्थानबाट मंसिर २९ गते लागू औषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहा स्थितबाट बा.१८ च ३८३४ नम्बरको कारको पछाडीको सिट र डिक्कीमा कालो प्लाष्टिक भित्र ५ वटा पोकामा लुकाईछिपाई राखेको १ सय ३० किलोग्राम लागू औषध गाँजा बरामद गरेसगै कार चालक ईटहरी–१७ पकलीका २४ बर्षीय करण साह र कारमा सवार मोरङको विराटनगर– ५ का २१ बर्षीय सचिन मेहतालाई नियन्त्रणमा लिएको छ । त्यस्तै अस्थायी प्रहरी बिट जोरसखुवाले धरान–१६ बाट सोहि स्थानका २९ बर्षीय बिष्णु सुब्बालाई प्रतिबन्धित लागूऔषध ट्रामाडोल…