
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ८ जेठ । मोरङ र खोटाङमा दुई भिन्न घटनामा दुई जनाको मृत्यु भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ को भित्रि सडक खण्डमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । आइतबार बेलुका ७ बजे कुर्लेबाट झापातर्फ जाँदै गरेको को २ त ४६७६ नम्बरको ट्याक्टरमा सवार रहेका स्थानीय ५३ बर्षीय मकर ध्वज राई ट्याक्टरबाट लडी पछाडिको चक्काले किच्दा उनको घटना स्थलमै मृत्यु भएको थियो । घटनामा संलग्न ट्याक्टर चालक मानेभन्ज्याङ गाउँपालिका–६ ओखलढुंगाका ३० बर्षीय बलध्वज राईलाई नियन्त्रणमा लिएको र घटना सम्वन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । उता, मोरङको विराटनगर महानगरपालिका ७ पिपल चोकमा मोटरसाइकल…
भद्रपुर, ८ जेठ । झापाको बुद्धशान्तिको आदर्श सामुदायिक वनको हाताभित्र आज बिहान पोथी हात्ती मृत फेला परेको छ । हात्ती मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको स्थानीय पत्रकार तीर्थ तिम्सिना बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
झापा, ८ जेठ । ‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ जैविक विविधता दिवस मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकासजस्ता मुद्दामा जैविक विविधताको महत्व झल्काउन सहयोग पुग्ने खालका जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै आएको छ । जमिन तथा पानीको सतहमा रहने प्राणी तथा वनस्पति एवं सूक्ष्म जीवको जीवनचक्रसहित वातावरणीय पक्षलाई समेत केन्द्रमा राखेर विश्वभर चेतनामूलक कार्यक्रम हुने गरेको छ । जैविक विविधता दिवसका उपलक्ष्यमा नेपालमा वन विभाग र वनस्पति विभागसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–सङ्गठनका तर्फबाट हाइकिङ, र्याली, गोष्ठी,…
झापा, ८ जेठ । किलियन एम्बाप्पेको दुई गोलको सहायताले पेरिस सेन्ट जर्मेन कीर्तिमानी ११ औँ लिग वानको उपाधि नजिक पुगेको छ । आइतबार राति भएको खेलमा अक्सेरमाथि २–१ को जीत निकाल्दै पीएसजी उपाधि नजिक पुगेको हो । साबिक विजेता पीएसजी दोस्रो स्थानमा लेन्सभन्दा ६ अङ्कले अघि रहेको छ । अब बाँकी दुई खेलबाट १ अंकमात्र बटुले टोलीले लिगको उपाधि जित्ने छ । पछिल्ला १० मध्ये आठ लिग उपाधि जितेको पीएसजीले गत सिजन मार्से र सेन्ट एटिनेको १०–१० वटा लिग उपाधिको कीर्तिमान बराबरी गरेको थियो । लिगको सर्वाधिक गोलकर्ता रहेका एम्बाप्पले खेलको छैटौँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । दुई मिनेटपछि…
झापा, ८ जेठ । सार्वजनिक पदमा बसेका सम्पूर्ण राष्ट्रसेवक, जनप्रतिनिधिहरू तथा निजी क्षेत्रलाई समेत सदाचारी बनाएर सुशासन कायम गर्ने लक्ष्यका साथ ल्याउन लागिएको सदाचार नीतिको मस्यौदा ६ वर्षदेखि गायब छ । सो नीतिको मस्यौदा २०७४ सालमा बनेको थियो । सो नीतिमा नागरिक समाजका सदस्य तथा पदाधिकारीलाई समेत सदाचारमा राख्ने गरी प्रस्ताव गरिएको थियो । राज्यकोषबाट तलब खाने सम्पूर्ण राष्ट्रसेवक, जनप्रतिनिधि तथा निजी क्षेत्रलाई समेत सदाचारमा राख्ने र भ्रष्टाचारजन्य कार्यमा संलग्न हुन नदिने उद्देश्यका साथ सो नीति ल्याउन लागिएको थियो । तर, सदाचार नीति आएमा अतिरिक्त कमाइ रोकिने देखिएपछि राजनीतिक र प्रशासनिक नेतृत्वकै साँठगाँठमा सो नीति गायब पारिएको स्रोतको दाबी छ…
झापा, ८ जेठ । नक्कली शरणार्थी प्रकरणमा १६ जना पक्राउ परिसकेका छन् । तर, अझै उजुरी आउने क्रम जारी छ । आइतबार मात्रै थप पाँचवटा उजुरी परेको छ। पक्राउ परेकामाथि अनुसन्धान सँगै प्रहरीले प्रतिवेदन बनाइरहँदा उजरी पनि आइरहेका छन् । पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई थप अनुसनधान गर्नुपर्ने भएकाले आइतबार तीन दिन म्याद थपिएको थियो। उनीहरूविरुद्ध म्याद थप भइरहँदा आइतबार नै ५० लाख ठगी भएको विवरणसहित ५ जनाको उजुरी आएको प्रहरीले जनाएको छ । यस प्रकरणमा अनुसन्धान गरी तयार गरेको प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी पनि थियो। तर, थप उजुरी परेपछि सोमबार मात्रै…
झापा, ८ जेठ । नेपालमा बढ्दै गएको आर्थिक असहजताले व्यापार सामान्य अवस्थाको तुलनामा २५ देखि ४० प्रतिशतमा सीमित भएको थोक व्यापारीले बताएका छन् । पछिल्लो ८ र १० महीनादेखि व्यापारमा यस किसिमको स्थिति देखिएको उनीहरूको भनाइ छ । काठमाडौंको प्रमुख थोक बजार महाबौद्धमा १० वर्षदेखि तयारी कपडाको कारोबार गर्दै आएका यदुनाथ धितालले भाडा तिर्न समेत मुश्किल पर्ने अवस्था आएको बताए । ‘भाडा तिर्नसमेत अप्ठ्यारो अवस्था आइसकेको छ । ९ महीनाअघिको अवस्थासँग तुलना गर्दा व्यवसाय ३० प्रतिशतमा सीमित भएको छ’, उनले भने, ‘स्टाफलाई तलब दिन उत्तिकै गाह्रो छ । समग्रमा अहिले व्यवसाय निकै खस्केको छ ।’ तयारी पोशाक व्यवसायी खनालले अब…
झापा, ८ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रपञ्चमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं कांग्रेस नेत्री आरजु राणा देउवा पनि संलग्न भएको अडियो सार्वजनिक भएपछि त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले आरजुले दिएको उजुरीमाथि छानबिन मात्र गरेको छैन, अडियोमा उल्लेख गरिएको विषयबारे अनुसन्धान पनि गरिरहेको छ । साथै पूर्वगृहमन्त्री रामबहादुर थापाले पनि यो विषयमा उन्मुक्ति पाउने अवस्था देखिन्न । उनका छोरा प्रतीक थापा पक्राउ नपरेकाले पूर्वगृहमन्त्री थापालाई पक्राउ गर्ने आधार नभेटिएको बताइएको छ । प्रहरीले उनलाई शंकाको घेरामा राखिरहेको छ । ‘आरजुले दिएको उजुरीमा दोहोरो अनुसन्धान भइरहेको छ । एकातर्फ साइबर ब्युरोले प्राविधिक पाटो हेरिरहेको…
झापा, ८ जेठ । ‘बिहेवारी २० वर्ष पारि’। बीस वर्षभन्दा कम उमेरमा विवाह गरेमा कानूनले बालविवाह भन्छ। बालविवाह रोकथामका लागि सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले करोडौँ खर्च गरिरहेका छन्। यसले केही मात्रामा न्यूनीकरण भए पनि पूर्णरूपमा हुन सकेको छैन। यसको पूर्ण कार्यान्वयनका लागि मरिण गाउँपालिका सिन्धुलीले विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई प्रोत्साहनस्वरुप एक लाख प्रदान गर्न थालेको छ। मरिणका स्थानीय विद्यार्थी, जसले स्थानीय विद्यालय, क्याम्पसमा अध्ययन गरेका छन्, उनीहरू यसका लाभग्राही हुन्। विद्यार्थीलाई प्रोत्साहन गर्नाका साथै स्थानीय विद्यालयलाई ‘प्रमोट’ गर्ने उद्देश्य यस कार्यक्रमको रहेको गाउँपालिका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ बताउछन्। उनका अनुसार गाउँपालिकाको शिक्षा सुधार कार्यक्रम अन्तर्गत सुरु गरिएको यस…
भद्रपुर, ७ बैशाख । झापाको भद्रपुर नगरपालिकामा दुई दिवसीय पत्रकारिता प्रशिक्षण कार्यशाला सम्पन्न भएको छ । भद्रपुर प्रेस क्लबको आयोजना तथा भद्रपुर नगरपालिकाको वित्तीय सहयोगमा शनिबारदेखि शुरु भएको कार्यशाला आज सम्पन्न भएको हो । भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले पत्रकारहरुको क्षमताबृद्धिमा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले नगरको तर्फबाट बजेट प्रदान गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । कार्यशालाबाट प्राप्त ज्ञान–सीपलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशिक्षक युवराज गौतम, क्लबका निवर्तमान अध्यक्ष गोविन्दचन्द क्षेत्री मन्तव्य राख्नुभएको थियो । त्यस्तै, सहभागीका तर्फबाट इशा प्रधान र दिलिप राईले कार्यशालाबाट धेरै ज्ञान…